लोकतन्त्रको पक्षमा
१० भदौ २०७०
•
११ मिनेट पाठ
लोकतन्त्रको पक्षमा
नेकपा–माओवादी नेतृत्वको ३३ दलसँगको वार्ता 'असफल' भएसँगै नेपालमा लोकतन्त्रको भविष्यलाई लिएर बहस सुरु भएको छ। आगामी संविधान सभामा नेकपा–माओवादी नेतृत्वको मोर्चाले भाग नलिएमा फेरि जनयुद्ध सुरु हुन सक्छ भन्ने केहीको शंका छ, जसले फेरि पनि लोकतन्त्रमाथि नै धावा बोल्न सक्छ भन्ने उनीहरुको तर्क छ। तर के अहिले नेपालमा जनयुद्ध सुरु हुनसक्ने सामाजिक आर्थिक अवस्था छ? अन्तर्राष्ट्रिय आधार त्यस्तो छ त? नेपालको आन्तरिक र बाह्य अवस्थालाई मिहिनरूपमा विश्लेषण गर्ने हो भने नेपालमा अहिले पनि लोकतन्त्रको भविष्य कमजोर भएको छैन।
समाजशास्त्री जेम्स माहोनीले लोकतन्त्रबारे लोकतन्त्रको ऐतिहासिक अवस्थालाई अध्ययन गरेर लोकतान्त्रिक सत्ता उत्पत्तिका आधारहरुबारे विस्तृत उल्लेख गरेका छन्। उनका अनुसार बलियो मध्यमवर्गीय पुँजीपतिहरु लोकतन्त्रको उत्पत्ति र निरन्तरताका लागि महत्त्वपूर्ण हुन्छन्। मध्यमवर्गीयहरु लोकतन्त्रका प्राण हुन्। लोकतन्त्रको बलियो सेना भनेका सहरी क्षेत्रमा बसोबास गर्ने, सानातिना उद्योग व्यवसाय गर्ने, नोकरी गर्ने व्यक्ति हुन्। यिनीहरुले लोकतन्त्रमा मात्र आफ्नो उन्नति देख्छन्, त्यसैले लोकतन्त्रका लागि जीवन आहुति दिनसमेत पछि पर्दैनन्।
म्ााहोनीले लोकतान्त्रिकीकरणलाई एउटा प्रबुद्ध वर्गमा आधारित राजनीति र राजनीतिक प्रक्रिया हो, जसमा दलहरु र प्रबुद्ध व्यक्तिहरुको भूमिका महत्त्वपूर्ण हुन्छन् भनेका छन्। उनी भन्छन्– 'राजनीतिक दलहरुले विभिन्न समूहको माग र चाहनाबीच सामञ्जस्यताका लागि मध्यस्थता गर्छन्, यिनीहरु लोकतन्त्रका लागि महत्त्वपूर्ण हुन्छन्। नेपालमा पनि दु्रत गतिमा हँुदै गएको सहरीकरण र कारखानाको रोजगारीले लोकतान्त्रिक विचारधारालाई हलक्कै बढाइदिएको छ। लोकतन्त्रले सामाजिक र आर्थिक संरचनाहरुमा व्यापक परिवर्तन ल्याइदिएको छ। यस अवस्थामा राजनीतिक सन्तुलनका लागि लोकतन्त्र अपरिहार्य हुन पुग्यो। विस्तारै कृषि क्षेत्रमा हँुदै गएको व्यवसायीकरणले सामन्ती र अर्धसामन्ती श्रम सम्बन्धहरु धरासायी भएका छन् र पुँजीपतिहरु बलिया भएका छन्। यसकै जगमा उत्पत्ति भएको नेपाली लोकतन्त्रको भविष्य सुन्दर छ।
नेपालमा यतिखेर लोकतन्त्रको भविष्यलाई लिएर निकै बहस हुने गरेका छन्। विशेषगरी नेकपा–माओवादीको व्यवहार, नीति र कार्यशैलीले लोकतन्त्रलाई धरासायी बनाउँदै लगेको देखिन्छ। नेकपा–माओवादी नेतृत्वको मोर्चाले मंसिर ४ को निर्वाचन सार्नुपर्ने र खिलराज रेग्मी नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने मागबाट पछाडि नहटेपछि वार्ता भंग भएको छ। यसपछि वैद्य जसरी पनि निर्वाचन भाँड्ने योजनामा छन् भने अन्य दल जसरी पनि निर्वाचन गरिछाड्नेमा दृढ देखिन्छन्। यस्तो अवस्थामा निर्वाचन र लोकतन्त्र चेपुवामा पर्छ कि भन्ने शंका छ। वैद्य माओवादीको निर्वाचन विरोधी गतिविधिले नेपालमा लोकतन्त्र धरापमा पुगेको हो कि भन्ने सोच राख्नेहरुलाई थप आधार दिएको छ। तर, लोकतन्त्रको जग कुनै एउटा राजनीतिक दलमात्र होइन, नेपाली समाजका विविध विधाहरुले लोकतन्त्रलाई आत्मसात गरिसकेको छ र लोकतन्त्रका आधारस्तम्भहरु बलिया भइसकेका छन्। त्यसैले वैद्य माओवादीले चाहँदैमा मात्र नेपालबाट लोकतन्त्रको विघटन गरेर जनवादी व्यवस्था स्थापना सम्भव देखिँदैन।
पुँजीवादले लोकतन्त्र माग्छ। करिब २०० वर्षअघिबाट सुरु भएको पुँजीवादको विस्तारले नेपालमा लोकतन्त्रको बलियो जग निर्माण गरेको छ। साथै, पछिल्लो ३ दशकदेखि नेपालमा विश्वव्यापीकरण र उदारीकरणको बाटोबाट प्रवेश गरेको  नवपुँजीवाद बलियो ढंगले विकास हुँदै आएको छ। पुँजीवादी विकास तथा लोकतन्त्रबीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ। समाजशास्त्री वेरिंगटन मुरका अनुसार राष्ट्रको सामाजिक तथा आर्थिक जगमा लोकतन्त्रको विकास हुन्छ र यसले कामदार वर्गको आयमा वृद्धि गराउँछ। त्यसैले पुँजीपति, मध्यम वर्ग र कामदार वर्ग मिलेर लोकतन्त्र स्थापना गर्छन्। मुरले भनेजस्तै नेपालमा पनि बलिया सामाजिक र आर्थिक जगसहित लोकतन्त्र स्थापना भएको छ। नेपालमा २०४६ साल र २०६२/२०६३ सालमा भएका जनआन्दोलन, दुवैमा मुरले भनेका तीनवटै वर्गको समान सहभागिता थियो। तीनवटै वर्गको समान योगदानका कारण आएको लोकतन्त्रको जग बलियो छ।  
लोकतन्त्र अहिले हाम्रो मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। नेपाल आफँैले मात्र चाहेर यहाँ जनवादी वा निरंकुश शासनको स्थापना गर्न सकिने अवस्था अब छैन। समाजशास्त्री थेडा स्कक्पलले अन्तर्राष्ट्रिय साथ सहयोग र भूमिकाका कारण लोकतन्त्र स्थापना हुने सवाललाई सप्रमाण बलियोसँग उठाएकी छिन्। नेपालमा २०४६ र २०६२/२०६३ सालमा भएको जनआन्दोलनमा पनि अन्तर्राष्ट्रिय भूमिका महत्त्वपूर्ण रहेको सबैले अनुभव गरेकै हो। नेपालले चाहेर मात्र कुनै पनि सवालमा स्वतन्त्रपूर्वक निर्णय लिन सक्ने अवस्था छैन। नेपालमा लोकतन्त्र यतिखेर हाम्रो मात्र चासो र सरोकारको विषय होइन, हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायको पनि हो।
मध्यम वर्गको उत्पत्ति र विकासले लोकतन्त्रको भविष्यलाई निकै उज्यालो बनाएको छ। शिक्षित र चेतनशील मध्यम वर्गको विकास र विस्तारले गर्दा लोकतन्त्र माथि कसैले धावा बोले पनि त्यो दिगो हुन सक्दैन। वि.सं. २०२८ सालमा आएको नयाँ शिक्षा योजना तथा २०४६ सालपछि भएको व्यापक विस्तार र पहुँचले शिक्षित मध्यम वर्ग उत्पादन गर्‍यो। यी मध्यम वर्गलाई रोजगारी, स्वतन्त्र र व्यक्तिगत चाहनाको प्राप्तिका लागि लोकतन्त्र निर्विकल्प शासन व्यवस्थाका रूपमा रहेको छ। एक तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको करिब ४५ प्रतिशत मध्यमवर्गीय व्यक्ति छन्। यति ठूलो संख्यामा रहेका मध्यम वर्गले नै लोकतन्त्रको संरक्षण गर्छन्।
सूचना प्रविधिको विकासले लोकतन्त्रलाई नै मलजल गर्ने हो। नेपालमा पछिल्लो समयमा विकास भएको एफएम रेडियोहरु, पत्रपत्रिका, टेलिभिजनले लोकतन्त्रका सवाललाई आमनागरिकसमक्ष पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यसैगरी इन्टरनेट सामाजिक सञ्जालहरुले पनि लोकतन्त्रको पक्षमा काम गर्ने हुन्। फेसबुक र टि्वटरमा भेटिने युवा पुस्ता वाक स्वतन्त्रताका लागि सक्रिय छ। यस्ता सामाजिक सञ्जालकै कारण करिब ४ महिना अकुपाई बालुवाटार सञ्चालन भयो। लोकतन्त्रविरुद्ध हुने सानाभन्दा साना गतिविधिको पनि सामाजिक सञ्जालमा आलोचना गरिरहेका पाइन्छन्। भोलि साँच्चै लोकतन्त्रमाथि कसैले प्रहार गर्छ वा धावा बोल्छ भने त्यसको विरुद्धमा यही पुस्ता सक्रिय हुनेछ।
नेपालको सामाजिक असमानता पनि क्रमशः सुधार हँुदै गएको छ। विगतको दिनमा पहाडि हिन्दु पुरुषहरुको मात्र एकाधिकार रहे पनि मुख्यतः २०६२/६३ सालको आन्दोलनपछि समावेशीकरणको क्षेत्रमा उल्लेखनीय सुधार भएको छ। राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत महिला अनिवार्य भएको छ। दलित, जनजाति, मधेसी, अल्पसंख्यक र पिछडिएको वर्गको प्रतिनिधित्वका लागि महत्त्वपूर्ण काम भएका छन्। निर्वाचनले समावेशीकरणलाई आत्मसाथ गरेको छ। निजामती सेवा समावेशी बनेको छ। यस्ा किसिमका सुधार र समावेशी सोचले नेपाली समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाएको छ। त्यसैले कुनै एउटा दल, शक्ति वा समूहले चाहँदैमा नेपालमा लोकतन्त्र गुम्दैन।


अर्को समाचार
गठबन्धन छोडेर आउनुस्, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं: ओली
३२ असार २०७९
•
२ मिनेट पाठ
गठबन्धन छोडेर आउनुस्, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं: ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। काँग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो।




शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए। त्यसको जवाफ दिँदै उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै वामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेस्र्याए।

अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु वामपन्थी हुनै नसक्ने जिकीर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए। उनले काँग्रेसलाई छोडेर वाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए।

ओलीले भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु। चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ? खै, वामपन्थी पार्टी? कम्युनिष्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरु वामपन्थी? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊ। एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं।’

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढि मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे। २००७ देखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए। तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोडनु परेको गुनासो समेत गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस