कांग्रेसको घोषणापत्रमा एमाले माओवादीप्रति आक्रोस
१३ कार्तिक २०७४
•
११ मिनेट पाठ
कांग्रेसको घोषणापत्रमा एमाले माओवादीप्रति आक्रोस
काठमाडौं– नेपाली कांग्रेसले कम्युनिष्ट आवरणमा मुलुकमा फेरि अतिवाद उदाउन खोजेको भन्दै लोकतन्त्रको सबलीकरणका लागि सबैलाई एक जुट हुन आह्वान गरेको छ। मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टी घोषणापत्र तयार गर्दै उसले लोकतन्त्रको रक्षाका मध्यमार्गी दलको पक्षमा उत्रन आग्रह गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनीक गर्ने निर्वाचन घोषणा पत्रमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुप्रति कांग्रेस आक्रमकरुपमा प्रस्तुत भएको छ ।

एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ । संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गरेर कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसले आरोप लगाएको छ ।

एमाले र माओवादी केन्द्र कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित  कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोजेको जनाउँदै कांग्रेसले संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी नगर्ने दाबी गरेको छ ।

संविधानभसाबाट जारी भएको संविधान कार्यान्वयनमा नजाँदै वाम गठबन्धन वर्तमान शासकीय स्वरुप परिर्वतन गर्न लागि परेको आरोप लगाउँदै कांग्रेसले राष्ट्रपति प्रणालीले राजनीतिक स्थिरता नदिने उसको विश्लेषण छ । ‘यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ,’ कांग्रेस घोषणापत्रमा छ ।

माओवादी केन्द्रको ढुलमुले प्रवृत्तिले मुलुकको राष्ट्रिय राजनीति अस्थीर बनेको आरोप लगाउँदै उसमा सत्ताको लाभ खोज्ने प्रवृत्ति हामी भएको कांग्रेसले आरोप लगाएको छ । ‘पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि  नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस  मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन  र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको छ,’ उसले भनेको छ ।

त्यस्तै, संघीयताले देश तोड्ने नभएर जोड्ने उल्लेख गर्दै त्यसको सफलता कार्यान्वयन र संचालनका लागि पार्टीले चुनाव जित्नु पर्ने दाबी गरेको छ। ‘पर्याप्त स्रोत साधन, अधिकार, क्षमता र जवाफदेही सहितका स्थानीय, प्रादेशिक र संघीय सरकार जसले एकीकृत राष्ट्रिय अर्थतन्त्र मार्फत हिमाल, पहाड र मधेशलाई एकताको मालामा उन्नेछन्,’ उसले भनेको छ, ‘तिनको सफल संचालनका लागि नेपाली कांग्रेस आवश्यक छ ।’

छिमेकी राष्ट्रहरुसंग सन्तुलित र सम्मानजनक कूटनीतिक सम्बन्धलाई जोड दिंदै कांग्रेसले आर्थिक अन्तर्निर्भरता, जलवायुपरिवर्तन र आतंकवाद जस्ता साझा मुद्दामा छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने जनाएको छ । एमालेले दिएको खोक्रो राष्ट्रवादको नाराले मित्र राष्ट्रहरुसँग विश्वासको संकट बढेको उसले विश्लेषण छ ।

‘सबैछिमेकी राष्ट्रहरुसंग असल सम्वन्ध र सार्वभौम समानताका आधारमा स्वतन्त्र परराष्ट्रनीति अवलम्वन गर्दैगैरआवासीय नेपालीहरुलाई मुलुकको विकास मूलधारमा समाहित गर्न उनीहरुको सीप र पूँजीको अधिकतम उपयोग भएको हुनेछ,’ कांग्रेसले भनेको छ, ‘संसदीय लोकतन्त्रको जगमा समावेशी, न्यायपूर्ण, उत्तरदायी, भ्रष्टाचार–रहित शासन व्यवस्था सुदृढ भएको हुनेछ ।’

सशस्त्र द्वन्द्व–कालीन मुद्दाको निरुपण, आम पीडित जनतामा न्यायको प्रत्याभूति र शान्ति सम्झौतालाई विधिवत टुंगोमा पुर्‍याउने प्रतिवद्धता जनाउँदै संक्रमणकालीन न्याय निरुपण गर्ने जनाएको छ । कांग्रेसले मात्र शान्ति प्रक्रियाको भरपर्दो नेतृत्व गर्न सक्ने दाबी गरेको छ । समाजका हरेक समूह र वर्गवीच सिर्जनात्मक सहकार्य र सद्भाव कायम गर्ने जनाउँदै कांग्रेसले संघ–संस्था एवं सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी सामाजिक–धार्मिक सद्भाव कायम गर्ने उल्लेख छ । बीपी कोइरालाको आदर्श अनुरुप लोकतान्त्रिक समाजवादी राज्य स्थापना गर्ने जनाउँदै कांग्रेसले स्तरीय शिक्षा र स्वास्थ्य सेवा लगायत चुस्त सार्वजनिक सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ। ‘समतामूलक समाज स्थापना गर्दै जोखिममा बाँच्ने नेपालीहरुको संख्या न्यून हुनेगरी २१औं शताब्दी अनुकुल सामाजिक सुरक्षा प्याकेजको महत्वाकांक्षी योजना कार्यान्वयन गरीने छ ,’ कांग्रेस घोषणापत्रमा छ।

उसले अबको दश वर्षमा अधिकांश नागरिक मध्यम–वर्गीय, निजी उद्यम र व्यवसाय–मैत्री भएको गतिशील लोककल्याणकारी राज्य हुने परिकल्पना गरेको छ । त्यस अवधिमा द्रुत र फराकिलो आर्थिक बृद्धि हासिल भई अर्थतन्त्रकोआकार एक सय खर्वकोहाराहारीमा पुग्ने लक्षयसहित लाखौं नयाँ रोजगारी सिर्जना हुने उसले सपना देखेको छ ।

‘कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत (वार्षिक रु. १खर्वदेखि ५ खर्व) बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिनेछ । अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५ प्रतिशत पुगी अन्तर्राष्ट्रिय उत्पादन संजालमा गाँसिएको हुनेछ,’ कांग्रेसले दश वर्षे विकास लक्ष्य दृष्टीकोणमा भनेको छ, ‘गरिबीको रेखामुनिरहेका जनताको हिस्सा ३ प्रतिशत भन्दा कम हुनेछ । जीवनचक्रका जोखिमपूर्ण अवधिहरुमा केन्द्रित भई सशर्त नगद हस्तान्तरण, न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएकोबृहत सुरक्षा प्याकेजको कार्यान्वयन हुनेछ।’

सबै युवाहरु साक्षर भएका र कुनै न कुनै विषयमा सिप र दक्षता हासिल गरेको हुने जनाउँदै उसले भनेको छ, ‘औसत नेपालीको आयु७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटेर एकल अंकमा सीमित हुनेर मातृमुत्युदर २५८ (प्रति एक लाख जीवित जन्म) बाट घटेर ५० पुगेको हुनेछ ।’

१५ हजार मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन गर्ने जनाउँदै कांग्रेसले आन्तरिक खपत भन्दा बढी ऊर्जा निर्यात गरिनेछ र नेपालको अन्तर्राष्ट्रिय छवि “शत प्रतिशत स्वच्छ उर्जामा आधारित वातावरण मैत्री अर्थतन्त्र” बनाउने घोषणापत्रमा लेखिएको छ ।

सबै नेपालीको पहुँचमा मोबाइल फोन र इन्टरनेट पुर्‍याउने उल्लेख गर्दै १६ वर्ष भन्दा माथिका सबै नेपालीको बैंक खाता हुनेछ भने ऋण लिएका ८० प्रतिशत भन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्र हुनेछ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस