अबोध बालबालिकालाई काँधमा बोक्दा तिनले बोक्नेभन्दा आफू अग्लो भएको अनुभूति गर्छन्। र, त्यो अग्लाइको अनुभूतिबाट तिनलाई अपार आनन्द प्राप्त हुन्छ। तिनको त्यो अनुभूति निश्छल र निष्कपट हुन्छ। र, त्यो अनुभूति कुण्ठा, दम्भ र पाखण्डमुक्त हुन्छ। तर छिप्पट मानवको कुरा बेग्लै हो।कुनै छिप्पट वा बृद्ध मानवलाई उसको बुद्धि र बुता तथा अनुभव र योगदानभन्दा ठूलो पद, इज्जत र हैसियत दिएर जब घ्याप्प काँधमा बोकिन्छ, म के के भएँ भन्ठान्दै ऊ बेपत्तासँग पात्तिन्छ। उसले आफूलाई बोक्नेलाई आफ्ना खुट्टा ठान्छ र आफूलाई ठान्छ अग्लो न अग्लो, यशस्वी र ओजस्वी। त्यसैत्यसै मात्तिएर र उल्किएर ऊ भ्रमित हुन्छ। र, उसले आफूलाई बोक्नेको उचाइलाई समेत आफ्नै उचाइको अभिन्न अंश ठान्छ। उसले उत्ताउलिएर धरातल छाड्छ। र, उसले आफूलाई बोक्नेका काँधैमा लाजै नमानी लितिक्क बिस्ट्याउँछ। विचलन र बेथितिको ओरालो झर्दै उच्चाटलाग्दा दृश्यको सिर्जना गरिरहेको राजनीतिमा यस घडीमा यस्ता भूइँफुट्टा पात्र देख्न हामी अभिशप्त छाँै। कुन्नि, यथार्थको यस्तै विद्रूप परिदृश्यमा खिलराज रेग्मी र नीलकण्ठ उप्रेती हाजिर भएका पो हुन् कि ! यी दुई मानव आआफ्ना तिर्खालु तालुमा सपनामा पनि नचिताएका आलु फलेका तिलस्मी नायक हुन्। श्रीमान् रेग्मी परे लोकलाई पत्याउनै गाह्रो पर्ने मन्त्रिपरिषद्का नायक र उप्रेती महोदय परे निर्वाचन आयोगका नायक। यिनका वचन र कर्ममा बेतालका फाइँफुट्टी र तुजुकहरु देखिन्छन्। यिनका ताहुरमाहुर र चुरिफुरीमा विचित्रको परिहासको झल्को आउँछ। जसले कृपापूर्वक वा लाचारीपूर्वक आफूलाई काँधमा बोके, यी तिनैलाई खिसी गर्छन्। जसले आफ्ना तालुमा सपनामा पनि नदेखेको आलु फलाइदिए, यी तिनैको मान मर्दन गर्दै हिँड्छन्। लुकिछिपी त्यसो गरे केही थिएन, यी त जनजनका नजरमा छर्लङ्गै देखिने सार्वजनिक थलामा त्यसो गर्दैछन्। मुसे आवाजमा त्यसो गरे तैबिसेक ठीकै हुन्थ्यो भनौँ, यी त ढ्वाङमा मुख जोतेर आकाशै चिरिने गरी फतफत गर्दा छन्। लोकतन्त्रको इज्जत र लोकहितका दृष्टिले यो सब शुभ लक्षण किमार्थ होइन।
राजनीतिको मौसम ठीक छैन। यो राजनीतिमा नायक र खलनायक गालेमाले भएको गन्जागोल याम हो। जो नायक थियो, ऊ आफैँले जन्माएको खलनायकलाई काँधमा बोकेर कन्दै हिँडिरहेछ। जो नवजात खलनायक हो, ऊ नायकका काँधमा बसेर चञ्चल बालकले झैँ खुट्टा हल्लाउँदै राजसी मुद्रामा मुस्कुराइरहेछ। के जाती गर्नेलाई भन्दा त्यो गरेको देख्ने हामी नागरिकलाई यो अश्लील दृश्य हेर्न र पचाउन कति गाह्रो !
कुरा हिजैमात्रको त हो। सर्वोच्च अदालतको सर्वोच्च आसनमा बसेर हिजो स्वेच्छाचारी मुद्रामा आफ्नो क्षेत्राधिकार नाघ्दै संविधानसभाको बध गर्ने शूरवीर को थियो? खिलराज रेग्मी स्वयं थिए। आफ्नै हातले बध गरेको शिशुलाई पुनर्जीवन दिने शासकीय आसनमा अहिले को छ? विडम्बनावश, उनै खिलराज छन्। उनको एउटा खल्तीमा मन्त्रीहरुमध्येका शिखर मन्त्रीको पद छ र उनको अर्को खल्तीमा बकाइदा सुरक्षित छ प्रधानन्यायाधीशको पद। ल हेर्नुस्, भाग्यमानीका भूतै कमारा ! रेग्मी परे मर्त्यलोकका हुनुसम्म भाग्यमानी जीवात्, 'चार ठूला'का ठूले हुनगए राजनीतिक वृत्तमा गतिलो पात्र कोही नपाएर तिनलाई काँध थाप्ने लाचार कमारा। 'यी चार ठूला'का ठुलेहरुले दिग्भ्रमको मनोदशामा आफ्नै हातले आफ्ना शिर कलमी गरेर रेग्मीको शिरमा थपक्क टाँसिदिए। शुद्धि हराएको क्षणमा शिर टाँसिदिन त सजिलै भयो होला, अब फर्काउन सजिलो छैन। चुनाव भए त नेताश्रीहरुका अमूल्य शिरहरु फर्किएलान् नै। नभए? नभए कि दैव जानोस् कि जानोस् जनजीवनदेखि धेरै परको अपारदर्शी टापुमा बसोबास गर्ने रहस्यमय जङ्गी अड्डा।
शंकास्पद नजरले दायाँबायाँ नहेरी गर्नुपर्ने काम खुरुखुरु गरिदिए प्राविधिक मार्काको खिलराज सरकारको एउटा र एउटैमात्र काम हो चुनाव गराउनु। म सम्झन्छु, कतै गोप्य खोपीमा गुप्त तरिकाले अराजनीतिक रेग्मी सरकार जब बन्दैथियो त्यो बेला जानिफकारहरु भन्ने गर्थे— कर्मचारीहरुको सरकार कामकाजी हुन्छ। यसले बकबक गर्दैन। तोकिएको काम कर्तव्यबाट यो कतै बरालिँदैन। यो दस बजे सुरुसुरु मन्त्रालय जान्छ र आफूलाई सुम्पिएको काम दिनभरि खुरुखुरु गर्छ। तर जब निर्दलीय खिलराजगण सत्तासीन भयो, यसको नचिताएको औतार लगत्तै दृष्टिगोचर भयो। खिलराजगण त मेरी बास्सै ! मखलेल मुद्रामा जताततै अबीर लाउन निधार थाप्न थाल्यो, फूलमाला र खादा ग्रहण मुन्टो निहुराउन थाल्यो। यसलाई न आफ्नो कामको हेक्का छ न कर्तव्यको चिन्ता। मानौँ उत्सवैउत्सव मनाउन र मोजमस्ती गर्न यो सत्तासीन भएको हो। यसो हेर्यो, हिजोपछि आज तिनको चाल उस्तै छ। कतै तिनको अभिनन्दन हुन्छ, कतै तिनको जयजयकार हुन्छ। अनि कतै तिनका बाहुलीबाट उद्घाटन, कतै विमोचन, कतै भोज, कतै मोज। हुँदाहुँदा रेग्मी महोदय त जोक्कर–जोक्कर टाइपको भाव–मुद्रामा स्काउटको ठिटौले पोशाकमा पो झुल्किन थाले। एवं रीतले कामकुरो एकातिर छ, खिलराजगण हाँसझैँ हल्लिँदै लाग्यो ठम्ठम् ठिमीतिर। ताल पनि ! न किञ्चित् पदीय दायित्वबोध छ, न जिम्मेदारीको एक पित्को चेत छ। न म को थिएँ, म कसरी के बनाइएँ, मैले गर्नुपर्ने के हो भन्ने कुराको सम्झना छ। न बितो, बिग्रियोको एकरत्ती फिक्री छ। अराजनीतिक निर्दलु सरकारलाई आफ्नो सक्कली चरित्र देखाउन बेरै लागेन। जब त्यो देखे, निर्दलु सरकारका निर्माता झस्किए। गाँठ्ठे ! यिनले डुबाउने पो हुन् कि !
राजनीतिको झुर नाटकमा अर्को दृश्य खुल्यो। हिजो 'चार ठूला'का ठूलेहरु दिने ठाउँमा थिए, रेग्मीगण माग्ने ठाउँमा थियो। अब तिनको स्थान उल्टियो। रेग्मीगण गमक्क फुल्दै दिने ठाउँमा माथि उक्लियो, 'चार ठूला'का ठूलेहरु माग्ने ठाउँमा तल झरे। 'श्रीमान् छिटो चुनावको घोषणा गरिपाऊँ'— ती हात पसारेर भीख माग्न थाले। उच्चाटलाग्दो आलटाल र ढिलढालपछि रेग्मीगणले असीम कृपापूर्वक चुनावको घोषणा गर्यो। र, सुन्नेलाई हदै लाज हुने गरी चुनावको घोषणालाई उसले आफ्नो हनिमुन कालको महान्तम् उपलब्धिमा दर्ज गर्यो। झन्डा र डण्डा, सलामी र सुरक्षा तथा भत्ता र प्रतिष्ठासहित जो जे गर्न सत्ताको गद्दामा बसको छ उसले त्यो गर्नु के को महान् उपलब्धि? त्यसभन्दा महान् उपलव्धि त ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थित गर्नु, कुचीकारले सडक बढार्नु र फोहोर उठाउनेले फोहोर उठाउनु पो हो। तथापि सुविधा र सम्मानविहीन यी मनुवा हामी के के न तमास गरिरहेका छौँ भन्दैनन् त! आफूले आफैँलाई 'राम्रो म' भन्नुको सट्टा अरुले भनिदिए नरलोकले लज्जित हुनुपर्ने त थिएन कि !
छिनछिनमा चाबुक नदिई अटेरी बूढो घोडा मरिगए डेग चल्दैन। लाग्छ, निर्दलीय रेग्मी सरकार पनि त्यस्तै हो। अब कि दलीय चाबुकको जोडले चुनाव हुन्छ कि चुनावै गोपीक्याँच हुन्छ। आफैँ आफूलाई निरीह भिखारीको दर्जामा झार्ने 'चार ठूला'का ठूलेलाई थाहै होला।
श्री नीलकण्ठ उप्रेतीका वचन र कर्मले बनेको कथा त झनै कहिनसक्नु छ। खस्रो तलुमा हठात् ढ्याके आलु फलेका उप्रेती महोदय सत्ताको लगाम खैँचिने राजनीतिकर्मी होइन, झर्रा कर्मचारी हुन्। कर्मको वृत्त र चरित्रका हिसाबले कर्मचारी भनेको 'गोपीकृष्ण' महलको जीवात् हो। जसले आफूलाई भर्ती गर्छ, 'गोपीकृष्ण' उसैको खटनमा चल्छ— पट्टु ! खटन गर्ने वास्तवमा पात्रले होइन, चलनचल्तीका नीति र नियमको इसाराले हो। निर्वाचन नायकको उच्चासनमा विराजमान हुने काजीको काम यताउता सट्याकसुटुक नहेरी जीब्रालाई अदपमा राखेर खुरुखुरु नीति र नियममा चल्नु हो। र, निजको कर्तव्य हो चुपचाप चुनावको प्राविधिक र व्यावहारिक चाँजोपाँचो मिलाउनु। तर 'गोपीकृष्ण' महलका नीलकण्ठ महोदयको दिनचर्या अजीव छ। अर्काका काँधमाथि बोकिएर अग्लो हुनाको भ्रमले होला सायद ती त मानौँ आफूलाई 'चार ठूला'का ठूलेभन्दा कति हो कति ठूला ठान्छन्। ती चुनावी तयारीको सात काम छाडेर एकपछि अर्को सभामा भाषण ठोक्दै हिँड्छन्। ती आफूलाई बोक्नेलाई खसालेर बोल्छन्। चुनावका बाटाभारि तगारा छन्, ती कर्तव्यबोध गर्दै हात बढाएर आफ्नो भागका तगारा पन्छाउँदैनन्। बरु 'चार ठूला'का ठूलेहरुतिर चोर औँलो ठड्याउँछन्। लाग्छ, यी निर्वाचन नायक घागडान् राजनीतिकर्मी हुन्। मानौँ, यी आफैँ प्रधानमन्त्री हुन् र राजनीतिका सर्वाधिकारी अधिपति हुन् यी। जब यी राजनीति र राजनीतिकर्मीलाई यस्ता र उस्ता भनेर बात लगाउँदै दिव्यवाणी जारी गर्छन्, सञ्चारका प्रायःजसो हाकिम कारिन्दा दंग पर्छन्। र, यिनको पूर्ण कदको तस्बिर र यिनका दिव्यवाणी अखबारको पहिलो पातोमा प्रमुखता साथ ‰याप्पै छाप्छन्। र, यो सब असङ्गत चर्तिकला देख्दा सके सर्वधारण पाठकलाई लाग्छ — हैन, निर्वाचन नायक त राजै पो भए कि ! जो टुप्पोबाट पलाउँछ त्यसलाई टीके भनिन्छ। टीकेहरुका वचन र व्यवहारमा, दायित्व र कर्ममा सङ्गति हुँदैन। अहिले बोकिएका जीवात्लाई जब देख्छु, मलाई ज्ञानेन्द्र महाराजका पालाका टीकेको झल्झली सम्झना हुन्छ।
संविधान सभाको यो चुनाव नयाँ संविधान सभाको नयाँ चुनाव होइन। यो त उही संविधान सभाको अर्को चुनाव हो, त्यसैको अर्को औतार, त्यसैको निरन्तरता। तर लाग्छ, चिन्तनशील निर्वाचन नायक नीलकण्ठको बुझाइ बेग्लै छ। तिनका दृष्टिमा अघिल्लो संविधानसभा बेग्लै हो, यो बेग्लै। तिनका लागि यी दुईमाझ मानौँ गोरु बेचेको साइनो पनि छैन। त्यसैले त होला, कल्पनाशील नीलकण्ठ महोदय चुनावी आचार संहिताका नयाँनयाँ सूत्रहरुको सिर्जना गर्न कन्दनी कसेर डटेका छन्। गनिनसक्नु दलहरु असहमतिका धोक्रा बोकेर गर्जन गर्दै हिँडिरहेका छन्। एउटा प्रवृत्ति भन्छ — चुनावका लागि म मर्दिन्छु। अर्को प्रवृत्ति जबाफ दिन्छ — चुनाव बिथोल्नका लागि म मर्दिन्छु। जो मर्न तत्पर छन्, तिनका बीचमा कृत्रिम र वास्तविक विमतिको चाङ छ। अनि नीलकण्ठ महोदय? चुनावी बाटोका असहमतिलाई सहमतिमा फेर्ने यत्न गर्नु त कता हो कता, टीके महलका हाम्रा निर्वाचन नायक थप असमति र थप द्वन्द्वको सिर्जना गर्न यत्नशील छन्। संविधानस भाको चुनावको अर्थ पुरानै हो, चुनावको प्रयोजन पुरानै हो, चुनावको अभीष्ट पुरानै हो। अनि बढ्ता जान्ने भएर किन कन्नु पर्यो आचार संहिताका नयाँ–नयाँ सूत्रहरु कोरल्न? अनि किन मरिमेट्नु पर्यो कथित नवीन आचार संहिताको वेदीमा चुनावलाई बलि चढाउन?
जगत्का टीकारामहरु अजीवका जीव हुन्। यिनलाई यिनको यथार्थ उचाइ र साइजमा नराखे यिनले जीवनको डुङ्गा डुबाउँछन्।