स्थानीय निकायका समस्या
२८ जेष्ठ २०७०
•
१३ मिनेट पाठ
स्थानीय निकायका समस्या
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको अनुगमनमा स्थानीय निकायमा अनियमितता, भ्रष्टाचार, बेथिति र विसंगति बढ्दै गएको पाइयो। तत्कालीन मन्त्रीकै नेतृत्वमा केही स्थानीय निकायको अनुगमन गर्ने क्रममा यो तथ्य फेला परेको थियो। मन्त्रालयले तराईका स्थानीय निकायमा सशस्त्र द्वन्द्व र असुरक्षाको आडमा थप अनियमितता र भ्रष्टाचार मौलाएको निष्कर्ष निकाल्यो। सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको पनि निचोड थियो। मन्त्रालय आफैँले गरेको अनुगमनमा त यस्ता तथ्य भेटियो भने तेस्रो पक्षबाट अनुगमन हुने हो भने अवस्था कस्तो देखिएला? सहजै अनुमान लगाउन सकिन्छ।
हुन त स्थानीय निकायका समस्यालाई केलाउने काम धेरैपटक भइसकेको छ। त्यसमध्ये पछिल्लोपटक गठन गरिएको प्रशासन पुनःसंरचना आयोगले २०६५ साल फागुन १६ गते प्रकाशित गरेको प्रतिवेदनमा यसबारे केही विषय उठाइएको छ। त्यसमा स्थानीय विकासका चार मुख्य समस्यालाई समेटिएको छ। पहिलो बुदाँमा नेपालको अन्तरिम संविधान, ऐननियमले तोकेका जिम्मेवारी पूरा गर्न जनशक्तिका रूपमा सरकारका तर्फबाट गाविस सचिव र आर्थिक हिसाबले सम्पन्न गाविसले प्राविधिक सहायक नियुक्त गरी काम गराउने व्यवस्था भए पनि कामको अत्यधिक बोझ र जनशक्ति अभावले सेवा प्रभावकारी हुन नसकेको उल्लेख छ।
दोस्रो बुँदामा सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन तथा प्रभावकारिताका विषयमा व्यापक जनगुनासा रहेको उल्लेख छ। तेस्रो बुँदामा स्थानीय निकायमा आर्थिक अनुशासन तथा ऐन, नियमावली पालनाको पक्ष कमजोर रहेको र चौथो बुँदामा राजनीतिक नेतृत्वको अभावमा स्थानीय निकायका काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख छ।
यसका अलावा स्थानीय निकाय अन्य निकै समस्याको भीडमा रुमल्लिरहेको छ। विगत एघार वर्षदेखिको जनप्रतिनिधिविहीन स्थानीय निकायले जनताका अपेक्षालाई सम्बोधन गर्न सकेको छैन। अहिले पनि करिब एक हजार गाविस सचिवको पद रिक्त छ। जसले गर्दा गाविसका सेवा र विकास निर्माण प्रत्यक्ष प्रभावित भएको छ। ६–६ महिनामा कर्मचारी सरुवा हुनु, सामग्रीको सहज आपूर्ति हुन नसक्नु जस्ता कारणले स्थानीय निकायको विकास अलपत्र परेको छ। स्थानीय निकायमा हुने लोकतान्त्रिक अभ्यास थला परेकाले जनताले पाउने सेवा प्रभावित भएको छ।
अधिकांश निकायले प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै सडक रेखांकन र ट्रयाक निर्माण कार्य जारी राखेका छन्। गत वर्ष भौतिक योजना तथा यातायात मन्त्रालयले गरेको अध्ययनअनुसार मापदण्ड पूरा नभएका ग्रामीण सडकमा दुर्घटना दिनदिनै बढ्दै गएको छ। स्थानीय स्वायत्त शासन ऐन, नियमावली, मन्त्रालयले विभिन्न समयमा तयार पारेको कार्यविधि तथा निर्देशिकालाई बेवास्ता गर्दै श्रममूलक प्रविधि अबलम्बन नगरी डोजर र अन्य उपकरण प्रयोग गरेर सडक बनाउँदा रोजगारीको अवसर पनि दिनदिनै घट्दै गएको छ।
गाविस, नगरपालिका र जिविसले बजेटको अनुपातमा प्राविधिक, प्रशासनिक र व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सकेका छैनन्। स्थानीय निकायमा अनुत्पादक र भद्दा संगठनले अनियन्त्रित पुँजीगत लगानी बढ्दै गएको छ। तिनै कर्मचारीले अतिरिक्त सुविधा लिँदै प्रशासनिक खर्च पनि बढाउँदै लगेका छन्। स्थानीय निकायका प्रमुखहरु अनावश्यक सेमिनार, गोष्ठी, छलफलमा सहभागी हुँदा आर्थिक भार बढिरहेको छ। सेवाग्राही नागरिकले समयमा काम नभएर दुःख पाइरहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थासँग समन्वय गर्न नसक्दा एउटै काममा दोहोरो खर्च भइरहेका उदाहरण प्रशस्त छन्। समग्रमा विभिन्न समस्याको भीडमा स्थानीय निकाय हराइरहेको छ।
कस्ता छन् आयोगका सुझाब?
जनप्रतिनिधिविहीन अवस्थाको ११ वर्षको मात्र अध्ययन गर्ने हो भने सरकारको सबैभन्दा कम प्राथमिकतामा परेको क्षेत्र स्थानीय निकाय हो। हुन त यसबीच सरकारले निःशर्त अनुदान बढाउँदै लगेको छ। स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले पनि न्युनतम शर्त पूरा गर्ने गाविसलाई थप अनुदान दिँदै आएको छ। तर पनि स्थानीय निकायबाट पाउनुपर्ने सेवा–सुविधा नागरिकले पाउन सकेका छैनन्। जन्म, मृत्यु दर्ता गर्नुपर्‍यो भने सेवाग्राही सदरमुकाम पुग्नुपर्ने अवस्था छ। स्थानीय तहमै सेवा प्रवाह हुन सकिरहेको छैन।
यस्ता समस्या समाधान गर्न आयोगले विभिन्न सुझाब दिएको छ। तिनै सुझाब कार्यान्वयन गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छन्। ठूलो संख्यामा गाविस सचिव पद खाली छ। आयोगले जिल्लाकै र केन्द्रीयस्तरका कार्यालयमा कामविहीन रूपमा थुप्रिएका कर्मचारीलाई तत्काल गाविसमा सरुवा गरी कमचारी पदपूर्ति गर्नुपर्ने सुझाब दिएको छ। यसका साथै स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र, पशु स्वास्थ्य तथा हुलाक सेवा कार्यालय एउटै भवनमा राखेर स्थानीय निकायको सुपरीवेक्षणमा सेवा प्रदान गर्ने व्यवस्था तत्काल मिलाउन आयोगले सुझाएको छ। तर, सुझाब दिएको पाँच वर्ष बित्दा पनि कार्यान्वयन भएको छैन।
सामाजिक सुरक्षा कार्यक्रमको सवालमा गाविसमा कति व्यक्ति भत्ता पाउन योग्य छन् भन्ने तथ्यांक नभएको, समयमा रकम निकासा नहुने, वितरणमा समस्या र रकम अपर्याप्त भएको अवस्था विद्यमान छ। यसका लागि गाविसमा भएको तथ्यांकअनुसार लक्ष्यित समूहका लागि सरकारले समयमै रकम जिल्ला विकास समितिमा पठाउने व्यवस्था गर्नुपर्ने सुझाब आयोगले दिएको छ। सामाजिक सुरक्षा कार्यक्रमको सुविधा प्राप्त गर्ने योग्यता पुगेका तथा रकम प्राप्त गर्ने व्यक्तिको नामावली अद्यावधिक गरी प्रत्येक महिना गाविसअन्तर्गतका सार्वजनिक स्थलमा टाँस्ने र घर–घरमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाउन समेत आयोगले सुझाब दिएको छ। यस सुझाबलाई मात्रै कार्यान्वयन गर्ने हो भने स्थानीय निकायप्रतिको नागरिकको एक चौथाइ गुनासा अन्त्य हुन्छन्।
आर्थिक अनुशासन र ऐन–नियम पालनाको पक्ष कमजोर हुनु स्थानीय निकायको अर्को समस्या हो । आवश्यकता पहिचानविना नै भर्ना गरिएका कर्मचारीका कारण स्थानीय निकायमा विकास निर्माणको खर्चभन्दा प्रशासनिक खर्च बढी हुने गरेको छ। यसले स्थानीय निकायमा अनुत्पादक तथा फजुल खर्च बढ्दै गइरहेको छ। यसको समाधानका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हरेक स्थानीय निकायको संगठन र व्यवस्थापन सर्वेक्षण गरेर काम र जनसंख्याका आधारमा कर्मचारी तोक्न आयोगले सुझाब दिएको छ। स्थानीय निकायको आन्तरिक स्रोतको विकास खर्च र प्रशासनिक खर्चसमेत निर्धारण गर्नुपर्ने सुझाब आयोगको सुझाब छ।
स्थानीय निकायको मुख्य समस्याको जनप्रतिनिधि अभाव हो। कर्मचारीबाट मात्र कार्यक्रम सञ्चालन गर्दा दीर्घकालीन दृष्टिकोणको बन्न सकेको छैन। तदर्थ रुपमा स्थानीय निकाय सञ्चालन छ। यसले सेवाको दीगोपन कायम हुन सकेको छैन। त्यसैले आयोगले अविलम्ब रुपमा स्थानीय निकायमा राजनीतिक पदाधिकारी पूर्ति गर्न सिफारिस गरेको छ।
कार्यान्वयनमा चुनौती
नेपालको दूर्भाग्य नै हो, २००८ सालदेखि नै प्रशासन पुनःसंरचना आयोगले दिएका सुझाब कार्यान्वयन भएका छैनन्। आयोग गठनसँगै राज्यकोषको ठूलो धनराशी सकिन्छ तर त्यसले दिएको सुझाब कार्यान्वयन हुँदैन। आयोगहरूले दिएका सुझाब अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। यसको प्रमुख कारण सरकारको अस्थिरता हो। राजनीतिक सहमति बन्न नसक्दा विकास निर्माणका काम अलपत्र छन्। नागरिक समाजले जति आवाज उठाए पनि राजनीतिक दलको इच्छाशक्ति नभएकाले आयोगका सुझाब कार्यान्वयन हुन नसकेको हो।
प्रशासन पुनःसंरचना आयोगको सुझाबको कुरै छाडौं, यतिखेर स्थानीय स्वायत्त शासन ऐन, मन्त्रालयले जारी गरेका निर्देशिका तथा कार्यविधि पनि कार्यान्वयन हुन सकेका छैनन्। यसको प्रमुख कारण राजनीतिक इच्छाशक्तिकै कमी हो। स्थानीय निकायका कर्मचारीलाई आवश्यक तालिम दिन नसक्दा ऐन–नियम तथा कार्यविधि कार्यान्वयन हुन सकेको छैन। स्थानीय निकायका पदाधिकारी तालिम तथा आवश्यक प्रशिक्षणको अभावले ऐन–नियम तथा कार्यविधि हुबहु कार्यान्वयन गर्न नसकेको बताउँछन्। बेला–बेला आउने नयाँ कार्यविधि र निर्देशिकाको कार्यान्वयन कसरी गर्ने भन्ने क्षमता अभिवृद्धि नहुँदा काम गर्न गाह्रो परेको उनीहरुको गुनासो छ। यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनु जरुरी छ।
स्थानीय निकायलाई स्थानीय सरकारका रूपमा लिएर सार्वजनिक समस्या समाधान गर्दै जानुपर्छ। यसका लागि प्रशासन पुनःसंरचना आयोगका सुझाब तथा तत्काल देखिएका समस्यालाई तत्काल सम्बोधन गर्नुपर्छ। समस्यालाई बेवास्ता गरेर अगाडि बढ्ने दुस्साहस गरियो भने त्यस्तो यात्राले लक्ष्य भेट्न सक्दैन।
अर्को समाचार
'निकुञ्जका कारण माडीवासीलाई परेको समस्या समाधान हुन्छ'
०७ साउन २०७९
•
२ मिनेट पाठ
'निकुञ्जका कारण माडीवासीलाई परेको समस्या समाधान हुन्छ'
वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन्।

निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए। निरीक्षणमा वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेललगायतको उपस्थिति थियो।

माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र नयाँ ठाउँ प्रयोग गर्नुपरेमा आवश्यक प्रक्रिया अघि बढाउन र सबै समस्या एकमुष्ट रुपमा तत्काल प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिए। माडी चितवन क्षेत्र नं ३ मा पर्दछ।

जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरुसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो। सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए।

महानगर प्रमुख दाहालले भनिन्, 'मन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ। हामीलाई विश्वास छ निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ।' माडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खर्कट्टा बगई सडक निर्माण र  भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका थिए।

प्रधानमन्त्रीसँगको भेटमा गरिएको अर्को भरतपुर विमानस्थल विस्तारको प्रस्तावमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा छलफल गरिएको थियो। यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएकामा सो विषयमा पनि छलफल सकारात्मकरुपले अघि बढेको  महानगरप्रमुख दाहालले जानकारी दिइन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस