काठमाडौं महानगरपालिकालगायत देशका सबै स्थानीय निकायका लागि सबैभन्दा चर्को चुनौती सायद फोहोर व्यवस्थापन नै भएको छ। नगरवासीमा सरसफाइ चेतना र फोहोर व्यवस्थापनमा वैज्ञानिक दृष्टिकोणको अभावले यो समस्या झन् झन् चुनौतीपूर्ण हुँदैगएको छ। केही वर्ष यता निकै बढेका व्यापारिक भवनहरूको फोहोर व्यवस्थापन यस क्रममा पछिल्लो चुनौती हुनपुगेको देखिन्छ। अहिले महानगरपालिकाले लैजान नमानेको भन्दै अधिकांश व्यापारिक भवनका फोहोर सडकमा फाल्न थालिएको छ। घरजग्गा करलगायत स्थानीय निकायलाई तिर्नुपर्ने विभिन्न शुल्क नतिरेपछि महानगरपालिकाले त्यस्ता भवनको फोहोर उठाउन छाडेको रहेछ। महानगरपालिकाले लगाएको वैध कर तिर्नु व्यापारिक भवनका व्यवस्थापनको दायित्व हो तर कर उठाउन महानगरपालिकाले अपनाएको उपाय भने सही भएन। महानगरपालिकालाई कर नतिर्नेको सम्पत्ति बेचबिखन गरेर पनि राजस्व असुलउपर गर्ने अधिकार भएको महानगरपालिकाले छ जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने उपाय अपनाउनु हुँदैन। कर तिर्न दबाब दिन जनस्वास्थ्य र सहरको वातावरणमा प्रतिकूल प्रभाव नपर्ने उपाय अपनाउनु उचित हुनेछ।
हुनत, सडकमा फोहोर थुप्रिने समस्या कर असुलीसँग सम्बन्धित विषय होइन। यसको जड मूलतः फोहोर व्यवस्थापन प्रणालीमा रहेको त्रुटि हो। सहरीकरणसँगै फोहोर व्यवस्थापनको समस्या बढेर जानु स्वाभाविकै हो। गाउँमा मानव मलमूत्र र सिनो तह लगाउनेबाहेक फोहोर व्यवस्थापनको खासै समस्या हुँदैन। पहिलो त, फोहोर उत्पादनै कम हुन्छ। त्यसमाथि कतिपय जैविक फोहोर मल र पशुपंक्षीको आहारका रूपमा प्रयोग गरिन्छ। गाउँघरमा सामान्यतः नसड्ने प्रकारको फोहोरको उत्पादनै कम हुन्छ। उपभोक्ता संस्कृतिले ढाकी सकेको सहरमा भने फोहोरको प्रकृति निकै फरक भइसकेको छ। अहिले काठमाडौं महानगरलगायत अधिकांश नगर क्षेत्रमा नसड्ने फोहोरको अनुपात बढ्दै गएको छ भने सड्ने फोहोर पनि परिवारले व्यवस्थापन गर्न सम्भव नहुने भइसकेको छ। यसैले स्थानीय निकायले फोहोर व्यवस्थापनलाई महत्व दिनु अनिवार्य भएको हो। सम्भवतः नगरवासीले नगरपालिकासँग गर्ने पहिलो अपेक्षा फोहोर व्यवस्थापन नै हो। यसैले महानगरपालिकालगायतका स्थानीय निकायले जनसमर्थन र नैतिक वैधता हासिल गर्न पनि फोहोर व्यवस्थापनको दायित्वबाट पन्छन मिल्दैन।
फोहोर गर्नेलाई नै त्यसको व्यवस्थापनमा लाग्ने खर्च तिराउने प्रणाली नअपनाउनु सामान्य नगरवासीप्रति अन्याय हो। अहिले कर तिर्न आनाकानी गर्ने ठूला व्यापारी भवनबाट दिनहुँ ठूलो मात्रामा फोहोर निस्कन्छ। तिनले गर्ने फोहोरमा जैविक र अजैविक सबै प्रकारका हुन्छन्। कतिपय फोहोर त खतरनाक पनि हुन्छन्। जनस्वास्थ्यमा तिनको तत्काल गम्भीर दुष्प्रभाव पर्न सक्छ। यस्तै, अस्पताल, होटल, रेस्टुराँ, आवासीय विद्यालयबाट पनि ठूलो परिमाणमा फोहोर निस्कन्छ। त्यस्तो फोहोर तह लगाउन नगरवासीको करको पैसा खर्च गर्नु अन्याय हो। नगरवासीले तिरेको कर नगरमा सुविधा बढाउनमात्र प्रयोग गर्न पाइन्छ। यसैले फोहोर व्यवस्थापनमा लाग्ने खर्च फोहोर गर्नेसँगै उठाउने प्रणाली अपनाउनु आवश्यक र न्यायोचित हुने देखिन्छ। मलहरूले तिर्ने घरजग्गा करका सम्बन्धमा महानगरपालिकाको निर्णयमा चित्त नबुझे माथिल्लो निकाय वा अदालतमा गए हुन्छ तर जनस्वास्थ्यमा डरलाग्दो असर पर्ने गरी सडकमा फोहोर थुपार्ने अपराध भने व्यापारिक भवनका सञ्चालकले पनि गर्नु हुँदैन। वर्षा याममा यसै पनि सरुवा रोग फैलने जोखिम बढी हुन्छ। त्यसमाथि सडकमा फोहोर थुपार्न थालियो भने खतरा निकै बढ्नेछ। अतः आवश्यक भए सरकारले समेत बेलैमा हस्तक्षेप गरेर महानगरपालिकालाई कर र फोहोर दुवै उठाउन सहयोग गरोस्।