प्राकृतिक स्रोतको अधिकार
२१ भदौ २०६६
•
११ मिनेट पाठ
प्राकृतिक स्रोतको अधिकार
संविधान सभादेखि विभिन्न गोष्ठी सेमिनार भाषण लेखोट टेलिभिजनलगायतका संचार माध्यममा आईएलओ महासन्धि १६९को प्रसंग उप्काएर आदिवासी जनजातिको जल जङ्गल र जमिनमा अधिकारको चचालाई उत्कर्षमा पुर्याइएको छ।
त्यति मात्र हैन केही ठाउँमा जबर्जस्ती अधिकार स्थापना गर्ने प्रयासमा अरुलाई निषेध गर्ने सार्वजनिक उपयोगका प्राकृतिक स्रोतलाई कुनै खास जात वा समुदायको पेवा मानेर विक्री गर्ने कार्य भइरहेको छ।
राज्यको मूल चरित्र सामूहिकतामा हुन्छ। व्यक्तिगत र सार्वजनिक वा सामूहिक सम्पतिको विभेद र परिभाषा राज्य संचालनको प्रमुख आवश्यकता हो। प्रत्येक व्यक्ति र समुदायले राज्यका लागि अधिकार र कार्यक्षेत्र छोड्नुपर्छ र आफ्नो अधिकार सीमित गर्नुपर्छ्र। हामी संविधान बनाउन लागेका छौँ। यही दस्ताबेजमा नै त्यस्ता सबै अधिकारको व्याख्या गर्नुपर्छ। त्यसैले यस विषयलाई कॆलाउनु र बुझ्नु आवश्यक छ।




नेपाल विभिन्न जाती समुदाय र धर्म संस्कृति भाषा भएका मानिस बसोवास गर्ने थलो हो । २०५८ सालको जनगणनाअनुसार देशमा १०२ जाति जनजाति देशको विभिन्न भागमा छरिएर बसेका छन् । उदाहरणका लागि झापा जिल्लामा ९६ विभिन्न जातजातिका मानिस बस्छन् । विभिन्न जात र समूहबीच पनि अनेकौँ भिन्नता छन्।

एउटै मानिस पनि वर्गीकरणका कारण विभिन्न समूहमा पर्छ । मोरङ्गको राजवंशीलाई मधेशी जनजाती मैथिली भाषी पिछडिएको र महिला भए थप अर्को वर्गमा वर्गीकरण गर्न सकिन्छ । जातिगत आधारमा अधिकार घटीवढी गर्ने अवधारणागत आधार देखिँदैन । आर्थिक वा मानव विकासका आधारमो वर्गीकरण गरेर पछाडि परेका समूहको उत्थानका लागि काम गर्नु आवश्यक छ । त्यस सम्बन्धमा कानुन नै बनाएर केही समयका लागि सकारात्मक विभेदका उपाय अपनाउन सकिन्छ । तर आर्थिक विकासको आधार जातीय अधिकार हुन सत्तैन।

देशको भौगोलिक अवस्थिति विविधतापूर्ण छ । यहाँ २०० किलो मिटर मात्रको फरकमा पनि उखरमाउलो गर्मी समशीतोष्ण र कठाङ्ग्रिदो जाडो हुन्छ। त्यसैगरी समुद्र सतहको ७० मिटरदेखि संसारकै उच्च शिखरसम्म उँचाइ नेपालमा पाइन्छ। यो सम्पूर्ण जलवायु र पर्यावरण प्रणाली एक आपसमा गाँसिएको र अन्तर्निर्भर छ। पहाडका नदीनालाले समथर तराई पुगेर खेती र खानेपानी अनि अरु प्रयोगका लागि पानी उपलब्ध गराउँछन्। वनजङ्गल र अन्न पात सबै एक अर्कामा गाँसिएका छन्। तराईको अन्न पहाडमा पुग्छ। पहाडका फलफूललगायतका बेमौसमी उत्पादन र जलविद्युत् तराई पुग्छ।

नेपालका सन्दर्भमा आईएलओ महासन्धि १६९ लाइ यसै पृष्ठभूमिमा केलाउनु आवश्यक छ । यो महासन्धि दक्षिण एसियामा नेपालबाहेक हामी जस्तै वा हामीभन्दा पनि धेरै जनजाति र आदिवासी जातजाति भएका भारत पाकिस्तान श्रीलङ्का मलेसिया वङ्गलादेशजस्ता देशले अनुमोदन गरेका छैनन् । यस महासन्धिले 'आदिवासी जनजाति'का आफ्ना रीति परम्परा संस्कृतिक धार्मिक क्रियाकलापलाई संरक्षण गर्न पाउने अधिकारका साथै आफूले प्रयोग गर्दै आएको प्राकृतिक स्रोतमा पनि अधिकार हुनॆ व्यवस्था गरेको छ । यस महासन्धिले स्वीकार गरेको आर्थिक सांस्कृतिक भाषिक सामाजिक अधिकार प्रत्येक देशको आआफ्नॊ संदर्भमा व्याख्या गर्न र लागू गर्नुपर्ने हुन्छ । कुनै पनि अधिकारको निरपेक्षरुपमा व्याख्या गरिएको छैन । महासन्धिको धारा १५ ३४ र ३५ मा यस विषयमा प्रष्ट उल्लेख गरिएको छ । कुनै पनि अधिकारको राष्ट्रिय कानुनविपरीतमा व्याख्या गर्न सकिँंदैन । राष्ट्रिय कानुन र न्याय प्रणाली सबैका लागि हुने सामूहिक आधारमा र समान अधिकारका मान्यतामा अडिनुपर्छ । नेपालले जातजातिका आधारमा विभेद गर्न नपाइने संयुक्त राष्ट्र संघीय महासन्धि पनि अनुमोदन गरेको छ । यसबाट कुनै एउटा जात जातिको सम्बन्धमा विशेष व्यवस्था र अधिकार सिर्जना गरेर अरुको अधिकार खोस्न पनि पाइँदैन।

यस महासन्धिलाई नेपालको संदर्भमा गलत ब्याख्या गरेर भ्रम फैलाउन र समस्या चर्काउन विदेशी संघ संस्थाका क्रियाकलापहरु पनि जिम्मेवार छन् । केही विदेशीले संचालन गरेका परियोजना र कार्यक्रमको अनुसन्धान गरेमा यो अवस्था स्पष्ट देखिन्छ । हालै एउटा संयुक्त राष्ट्र संघिय निकायवाट अध्ययन अनुगमनको लागि आएका जेम्स अनयको प्रतिवेदन एएचआरसीर१२र३४ अतिरिक्त ३ २० जुलाई २००९ को अध्ययन गरेमा स्पष्ट हुन्छ । उनमको प्रतिवेदनमा किपट जस्तो शोषणयुक्त र गरिबमारा व्यवस्थालाई जनजातिको जमिनमाथिको अधिकारका रुपमा प्रंशंसामात्र हैन स्थापना गर्न पैरवी पनि गरीएको छ । विश्वमा नै प्रशंसा कमाएको सामुदायिक वन व्यवस्थापनको भने दोहोलो काढिएको छ ।

भूमि व्यवस्थामा रहेको चरम शोषणलाई हटाएर २०२१ सालमा मोहियानी प्रथा कायम गरी जोत्नेको हक स्थापित गरिएको बिर्ता उन्मूलन गरेर भूमिउपर ठालुहरुको आधिपत्य हटाइएको बनजङ्गल दुर्लभ जन्तु चराचुरुंगीआदि संसारमै महत्वपूर्ण मानिएको पर्यावरण संरक्षणका लागि विश्व प्रसिद्ध राष्ट्रिय निकुाजहरुको स्थापनाजस्तो कामको पनि खोइरो खनिएको छ । साथै आर्थिकरुपले विपन्न विकासमा पछाडि परेका जाति जनजातिलाई समयको गतिमा अंधकारबाट बाहिर ल्याउनमा भन्दा त्यही अवस्थामा रहने दिनुपर्ने सिफारिस गरिएको छ । उनको प्रतिवेदनमा संविधान निर्माणमा हस्तक्षेपपूर्वक आत्मनिर्णयको खुला वकालत र सिफारिस पनि छन् । महासन्धिका विभिन्न दफामा वर्णित अधिकारलाई निरपेक्षरुपमा लागू गराउने वकालत र त्यस्तो नभएको मूल्यांकन नै उनको प्रतिवेदनको सार हो। एक पक्षीय दृष्टिकोणसहितको यो प्रतिवेदन पूर्वाग्रही हस्तक्षेपकारी र अव्यावहारिक छ।

नेपालको जातीय बनौट हेर्दा कुनै पनि जातजातिले यहाँको प्राकृतिक स्रोतमा आपुनोमात्र वा कुनै वर्गको मात्र अधिकार छ भन्ने धारणा राख्ने हो भने राज्य विग्रहमा फस्छ । किनतु यही विषयलाई अलिक फरक दृष्टिले हेर्ने हो भनॆ अधिकारको व्याख्या सजिलो छ । कुनै पनि प्राकृतिक स्रोतको उपयोग र त्यसको विकासबाट पर्ने लाभ वा हानिमा सबैभन्दा पहिले स्थानीय जनताको सरोकार हुन्छ । त्यसैले उनीहरुको संलग्नता हित र अधिकारलाई नकार्न सकिँदैन । तर त्यस्तो संलग्नता हित र अधिकार त्यही ठाँउका कुनै खास वर्ग वा जातीका मानिसको सन्दर्भमा मात्र परिभाषित हुन भने सक्दैन । स्थानीय वासीको हैसियतले पर्ने प्रभाव र त्यस्तो स्रोतमा हाल कायम निर्भरताको दृष्टिले सबै स्थानीय जनताको समान अधिकार हुन्छ । यस्तोमा आदिवासी जनजातको मात्र अधिकार हुन्छ र उनीहरुबाहेकको हुँदैन भनेर जातीय विभेद गर्न पाइँदैन। प्राकृतिक स्रोत राष्ट्रिय सम्पत्ति हो। त्यस्तो सम्पत्तिको प्रयोग र विकास बृहत्तर राष्ट्रिय हितका लागि हुनुपर्छ। उदाहरणका लागि मेलम्चीमा हेल्मु जाती वा हेलम्बु वासीले सिसडोलमा सिसडोल वासीले वा चिलिमेमा त्यहाँका मानिसले गरेका एकतर्फी अव्यावहारिक र कहिले पूरा गर्न नसकिने दाबीलाई स्वीकार्न सकिन्न। कुनै वर्ग वा जातजातिको अधिकारका नाममा बृहत्तर राष्ट्रिय हित कुण्ठित गर्न पाइँदैन। नेपालको कुनै पनि भाग आफैमा स्वतन्त्र रहनसक्ने अवस्था छैन भन्ने बिस्रनु हुन्न। यहाँ पारस्परिक निर्भरता अपरिहार्य छ। नेपाली राष्ट्रियता त्यही पारस्परिक निर्भरता र एकताको भावनामा अडिएको अनुभूति हो। त्यसैले राष्ट्र र राष्ट्रियतालाई हेक्का राखेर अनेकतामा सामूहिकताको विकास गर्नु अहिलेको आवश्यकता हो।
surya@upd.wlink.com.np
(लेखक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त हुन्।)
अर्को समाचार
'स्थानीय अधिकार सुनिश्चित गर'
३० असार २०७२
•
४ मिनेट पाठ
'स्थानीय अधिकार सुनिश्चित गर'
काठमाडौं- प्राकृतिक स्रोत राष्ट्रिय परिसंघ नेपालले संविधान मस्यौदामा प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र सदुपयोगमा स्थानीय समुदाय र सरकारको अधिकार सुनिश्चित नभएको बताएका छन्। संविधानमा सुनिश्चित गर्नुपर्ने सात बुँदे विषय पनि परिसंघले सिफारिस गरेको छ।उनीहरुले स्थानीय सरकार र समुदायलाई केन्द्रविन्दुमा राखेर संविधान निर्माण गर्नुपर्ने बताए। 'हामीले पटक–पटक प्राकृतिक स्रोतमाथिको अधिकारमा स्थानीय सरकार र समुदायलाई सुनिश्चित गर्नुपर्छ भनेर आवाज उठाउँदा उठाउँदै पनि त्यसतर्फ राजनीतिक दलले ध्यान दिएनन्,' सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने।




उनले संविधान मस्यौदाको प्रस्तावना, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, राज्यको संरचना र राज्यशक्ति बाँडफाँटमा स्थानीयलाई बलियो बनाउने कुरा नआएको बताए। प्राकृतिक स्रोतसम्बद्ध राष्ट्रिय महासंघको साझा मञ्च परिसंघले संविधान मस्यौदामा उल्लेख हुनुपर्ने मुद्दा सिफारिस पनि गरेको छ। परिसंघले प्रस्तावनामा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै भन्ने शब्द राख्न सुझाएका छन्। यसैगरी मौलिक हकमा स्थानीय समुदायलाई सामुदायिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने हक हुनेछ भन्ने थप्नुपर्ने माग गरेका छन्।

यसैगरी स्वच्छ वातावरणको हकमा स्थानीय समुदायलाई सामुदायिक रूपमा प्राकृतिक स्रोत, वातावरण र आफ्ना स्रोत–साधनको दिगो संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने हक पनि थप्न सुझाव दिएका छन्। 'हामीले पटक–पटक यस्तो माग राख्दै आएका हौं, राय–सुझाव लिन गएको टोलीलाई जिल्ला तहमा पनि माग राख्छौं,' कार्कीले भने।

यसैगरी मस्यौदाको राज्यशक्ति बाँडफाँटमा शीर्षकमा संघ, प्रदेश र स्थानीय तहले आफ्ना अधिकारअन्तर्गतका प्राकृतिक स्रोतको स्थानीय समुदायमार्फत व्यवस्थापन गर्न प्राथमिकता दिनुपर्ने उल्लेख गर्न सुझाएका छन्। यसैगरी धारा २४९ अन्तर्गत गठन हुने भनिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको काम, कर्तव्य र अधिकारमा संघ, प्रदेश र स्थानीय तहले अवलम्बन गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गर्न र आवश्यकताअनुसार परिमार्जन गर्न आवश्यक सिफारिस गर्नेलगायत चार बुँदा थप्न सिफारिस गरेका छन्।

'विशिष्ट किसिमका स्रोतबाहेक अन्य स्रोतको आधारमा संघीय राज्यको बाँडफाँट हुनुपर्छ,' कार्कीले भने। समुदायमा आधारित वन सहजकर्ता सन्जाल (कप्सन) नेपालका अध्यक्ष भोला खतिवडाले उल्लेखित माग कानुनी रूपमा भए पनि यिनलाई संवैधानिक रूपमा स्थापित गर्न अपरिहार्य भएको बताए। 'कानुनी रूपमा भएका व्यवस्था खोसिने सम्भावना धेरै हुन्छ, त्यसैले संवैधानिक व्यवस्था हुनुपर्छ,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस