सरकारको विरोध किन?
२१ चैत्र २०६९
•
८ मिनेट पाठ
सरकारको विरोध किन?
खिलराज रेग्मीको नेतृत्वमा चुनावी अन्तरिम परिषद् गठनपछि देशमा नयाँ धुव्रीकरण हुने संकेत देखिएको छ। यो सरकारको विरोध र समर्थनमा दल विभक्त भएका छन्। सरकार समर्थकको तर्क 'लोकतन्त्रका लागि चुनाव एक अनिवार्य सर्त हो र चुनावको विरोध गर्नु लोकतन्त्रकै विरोध गर्नु हो, वर्तमान संक्रमणकालको अन्त गर्न र स्वतन्त्र र निश्पक्ष चुनाव गराउन यो सरकार गठन बाध्यतात्मक कदम हो' भन्ने छ। तर यहाँ यो सरकारको विरोध किन? र अब के गर्न जरुरी छ? भन्ने विषयमा केही लेख्नु आवश्यक देखिएको छ।
पहिलो, यो सरकार निर्दलीय सरकार हो। त्यसैले यसको विरोध गर्नुपरेको हो। किनभने सिद्धान्ततः लोकतन्त्रमा राजनीतिक दलको नेतृत्व, सर्वोच्चता, स्वतन्त्रता र प्रतिस्पर्धाको सुनिश्चितता हुन आवश्यक हुन्छ। आज राजनीतिक दलको नेतृत्व गुमिसकेको अवस्थामा लोकतन्त्र छ भन्नु आत्मरतिमा रमाउनुमात्र हो। दलहरु आफैँले लोकतन्त्रको हत्या गर्ने अनि फेरि लोकतन्त्र ब्युँताएर ल्याउने कुरा गर्नु भनेको जनतालाई मूर्ख बनाउने खेलमात्र हो।
दोस्रो, यो सरकार संवैधानिक आधारविना नै बनेको हो। त्यसैले यसको विरोध भएको हो। यो सरकार गठनको कुनै पनि संवैधानिक आधार छैन बरु जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको अपहरण गर्ने रणनीतिअन्तर्गत व्यापक र चौतर्फी विरोधका बाबजुद केवल चार दलका चार नेताले हतारमा बाधा अड्काउ फुकाउको नाममा अन्तरिम संविधान संशोधन गरेर न्यायाधीशलाई सत्ता सुम्पनु एक किसिमको निरंकुश कदम हो। किनभने प्रधानमन्त्रीले आयोजना गरेको दलहरुको सर्वपक्षीय बैठकमा चार पार्टी एकातिर र बाँकी १८ पार्टी अर्कोतिर भएको २४ घण्टापछि नै आफ्नै पार्टीभित्रको चर्को विरोधको बेवास्ता गर्दै केही निश्चित नेताले मात्रै संविधान संशोधनको कथित सहमति गरेका हुन् ।
तेस्रो, नेपालमा नागरिकता विधेयक र बिप्पा सम्झौता पास गरेर देशको सिमानाबारे जनमत संग्रह गर्ने लाइन पेश भएको एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनबाट नै खिलराज रेग्मी प्रधानमन्त्रीको उम्मेदारका रूपमा अगाडि आएका हुन्। र, यो एमाओवादीको प्रस्तावको विरोधमा रहेका सुशील कोइराला र राष्ट्रियताको सवालमा कम विवादित पूर्व प्रधानमन्त्री झलनाथ खनालको विरोध नाटकीयरूपमा समर्थनमा बदलिएको हो। यो वदलाव अमेरिकी र बेलायती राजदूतको माघ अन्तिम साता भएको भारत भ्रमणपछि आएको थियो। यसरी अन्तमा चार दलका नेताहरुले खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पँदै देशमा अब चुनावको दियो बलेको उद्घोष गरेका छन्। त्यसैले यो सरकार विदेशी शक्तिकेन्द्रको स्वार्थमा बनेका कारण विरोध गरिएको हो।
चौथो, असफल संविधान सभाको दोस्रो चुनाव त्यसै पनि प्रतिगामी कदम हँुदै हो। किनकि न पार्टीहरु संविधान सभा असफलताको समीक्षा गर्न तयार छन् न त आफ्ना पुराना नीति र अडानमा नै पुनर्विचार गर्न तयार छन्। जनयुद्ध र जनआन्दोलनबाट एकदम कम प्रभावित भएको न्यायालयबाट कार्यपालिकाको प्रमुख बनेका व्यक्तिले तय गर्ने नयाँ राजनीतिक यात्रा अग्रगामी हुनै सक्दैन। वषार्ंैदेखि स्थानीय निकाय कर्मचारीले चलाएको र अब राजनीतिक पार्टीले नेतृत्व लिनुपर्ने माग भइरहेका बेला केन्द्रीय निकायको कार्यकारी पनि कर्मचारी हुनु एक हिसावले प्रतिगामी कदम नै हो। त्यसैले पनि यो सरकारको विरोध गर्नुपरेको हो।
पाँचौ, संक्रमणकाल लम्बिँदै जाँदा देश पूरै अस्तव्यस्त र लथालिङ्ग हुँदै गएको छ र जनतामा निराशा बढ्दै गएको छ। राजनीतिक पार्टी र नेताहरुप्रति जनतामा एक प्रकारको वितृष्णा र घृणाभाव छ। यो वस्तुगत परिस्थितिमा हुने राजनीतिक धुव्रीकरणको चुनौतीको सामाना गर्न सरकारले शक्तिको प्रयोग प्राथमिकतामा राखिसकेको छ। त्यसैले यो सरकारले चुनावको प्रजातन्त्ररूपी आवरणमा जनतामाथि जबर्जस्त दमन गर्न पुग्नेछ। त्यसैले यो सरकारको विरोध गर्न जरुरी भएको हो।
यो सरकारलाई खारेज गरी अग्रगामी र राष्ट्रवादी राजनीतिक शक्ति र पार्टीहरुको सर्वपक्षीय गोलमेच सभा आयोजनाबाट राष्ट्रिय संयुक्त सरकार गठनका लागि सशक्त जनआन्दोलन जरुरी छ। र, यसका निम्ति बृहत् संयुक्त मोर्चा निर्माण आवश्यक छ। देशमा भएका सबै राजनीतिक पार्टी वास्तवमा अहिले नेपालमा आइपरेको राष्ट्रिय संकटको समाधानार्थ राष्ट्रिय स्वाधीनताका खातिर एक हुनैपर्छ। नागरिक समाजले पनि विगतको आन्दोलनको विशेषरूपले स्मरण गर्दै पुनः त्यसलाई निरन्तरता दिनुपर्छ। र, आजको संकट समाधानका लागि संयुक्त मोर्चा आवश्यक छ र सम्भव पनि छ।
अन्तमा, चुनाव निरपेक्ष लोकतान्त्रिक विधि होइन। त्यसैले कुनै पनि राजनीतिक पार्टी चुनावको निरपेक्ष विरोधी र समर्थक हुन सक्दैन। मुख्य कुरा कसको नेतृत्वमा कुन उद्देश्यका लागि को को सहभागी भई चुनाव गर्ने भन्ने हो। प्रजातन्त्र समृद्धिका लागि भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले घोषणा गरेको चुनाव र अहिले घोषणा गरिएको चुनावमा तात्विक भिन्नता छैन। यथास्थितिमा चुनावमा भाग लिने तिनै दल र नेताहरु हुन, जसले लोकतन्त्रलाई जानिबुझी हत्या गरेका छन्। तर, अहिले भने चुनावको नौटंकी गरिएको छ। फेरि यिनैलाई लोकतन्त्र प्राप्तिका नाममा जनताले किन मतदान गर्ने र सत्ताको कुर्सीमा विराजमान गराउने? त्यसैले आजको नेपाली राजनीतिमा जुनरूपमा खिलराज रेग्मीलाई अघि सारिएको छ, यो एक हिसावले दलहरूलाई प्रयोग गरेर गरिएको 'कु' नै हो।
लेखक नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन्।
अर्को समाचार
सरकारको विरोधमा कपाल मुण्डन
०१ असोज २०७६
•
५ मिनेट पाठ
सरकारको विरोधमा कपाल मुण्डन
सोल – सरकारको विरोध गर्ने विभिन्न देशमा विभिन्न शैली हुन्छन्। यसैबीच दक्षिण कोरियाली विपक्षी नेताहरुले सरकारको विरोध गर्न अपनाएको शैलीले विश्वको ध्यान खिचेको छ। सरकारको विरोध गर्नका लागि दक्षिण कोरियाका एक विपक्षी नेताले आफ्नो कपाल मुण्डन गरेका छन्। ह्वाङ क्यो–अहान नामका ती नेताले सरकारको विरोध गर्नका लागि सोमबार साँझ राष्ट्रपतीय दरबार अगाडि समर्थक र पत्रकारहरुका अगाडि आफ्नो टाउकोमा रहेको सबै कपाल खौरिएका हुन्।

परिवारका सदस्यमाथि भ्रष्टचारको अभियोग लागेका चो कुक नामका एक नेतालाई सत्तारुढ दलले न्याय मन्त्री बनाएको विरोधमा दक्षिण कोरियामा प्रदर्शन भइरहेका छन्। यही प्रदर्शनलाई समर्थन गर्दै विपक्षी नेता ह्वाङले आफ्नो कपाल मुण्डन गरेका हुन्। सरकारको यही निर्णयको विरोध गर्दै गत साता पनि दुई महिला सांसदले आफ्नो केश मुण्डन गरेका थिए। सरकारको विरोधमा कपाल मुण्डन गर्ने तीनैजना नेता दक्षिण कोरियाको कन्जरभेटिभ राजनीतिक धारबाट उदाएका नेतृत्व हुन्। उनीहरुले राष्ट्रपति मुन जाय–इन नेतृत्वको वर्तमान सरकारको विरोध गरिरहेका छन्।

प्राध्यापकसमेत रहेकी नवनियुक्त न्यायमन्त्री चोकी श्रीमतीले आफ्नी छोरीलाई विश्वविद्यालयमा प्रवेश गराउन र छात्रवृत्ति सुरक्षित गर्नका लागि जालसाजीपूर्ण सामग्री तयार गरेको भन्दै विश्वविद्यालयका अन्य विद्याथीलाई आक्रोशित बनेका थिए।

उनीहरुले हालसालै नियुक्त भएका न्यायमन्त्री चोको राजीनामा वा उनलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन्। वर्तमान राष्ट्रपति मुन जाय–इनका नजिकका सहयोगी एवं कानुनका पूर्वप्राध्यापक चो कुक गत सातामात्रै दक्षिण कोरियाका न्यायमन्त्री नियुक्त भएका थिए। तर उनको परिवारमाथि शैक्षिक धोखाधडी र वित्तीय अपराधको निरन्तर आरोप लगाइए पनि उनलाई राष्ट्रपति मुनले न्यायमन्त्रीमा नियुक्त गरेको भन्दै उनका आलोचक क्रोधित छन्।

प्राध्यापकसमेत रहेकी नवनियुक्त न्यायमन्त्री चोकी श्रीमतीले आफ्नी छोरीलाई विश्वविद्यालयमा प्रवेश गराउन र छात्रवृत्ति सुरक्षित गर्नका लागि जालसाजीपूर्ण सामग्री तयार गरेको भन्दै विश्वविद्यालयका अन्य विद्याथीलाई आक्रोशित बनेका थिए। अभियोजनकर्ताहरुले नवनियुक्त मन्त्री चोका अर्का नातेदारमाथि लागेको इक्विटी कोषमा लगानी गरेको विषयसँग सम्बन्धित आरोपमा पनि अनुसन्धान गरिरहेका छन्।

पछिल्ला केही साताभित्र अभियोजनकर्ताहरुले चोको परिवारसँग सम्बन्धित रहेर कैयौं छापासमेत मारेको छ। मन्त्री नियुक्त हुनुपूर्व भएको सुनुवाईमा उनले आफ्नी छोरीले पाएको भनेको विशेष सुविधालाई लिएर युवा पुस्तासमक्ष माफसमेत मागेका थिए। यद्यपि उनले देशका न्याय प्रणालीमा व्यापक सुधारका लागि आफूले मन्त्री पद सम्हाल्न चाहेको पनि बताएका थिए।

राष्ट्रपति मुनले भने मन्त्री चोमाथि लागेका आरोप प्रमाणित भइ नसकेकाले आरोपकै आधारमा कसैलाई पनि नियुक्त नगर्नु खराब नजीर हुने बताउँदै आएका छन्। तर यो विषय दक्षिण कोरियामा वर्ग विशेषाधिकारको बारेमा सार्वजनिक बहसको कारण बन्न पुगेको छ। दक्षिण कोरियामा पछिल्ला वर्ष भ्रष्टाचारका विविध घटना सार्वजनिक भइरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस