चुनाव लड्न पाल्नुस् भनी सबैलाई नम्र निवेदन गर्नु जिम्मेवार पक्षहरुको परम् धर्म हो। चुनाव चाहिनेले चुनाव लड्छन्, नचाहिनेले विरोध बोल्छन्। लोकतान्त्रिक राजनीतिको चलनचल्तीको खेल आखिर यही त हो।
बिहानीको ऐना हेरेर दिनको छाटछन्दको सहजै लख काट्न सकिन्छ। यो तथ्य व्यक्ति वा संस्थाको हकमा पनि चरितार्थ हुन्छ । गैरराजनीतिक खिलराज रेग्मी नेतृत्वको सरकार र टापटिपे निर्वाचन आयोगको बिहानीले तिनका संस्कारगत कर्मले ल्याउने अप्रिय दिनको संकेत गरेको अत्यासलाग्दो आभास हुदैछ। सरकारका अध्यक्ष खिलराज रेग्मीका प्रथम दुई हप्ता मखलेल मुद्रामा फूलमाला, पुष्पगुच्छा, खादा र अबीर ग्रहण गर्दै र फोटो सेसन चलाउदैमा बिते। दैवका कृपाले तालुमा आलु फलेर अध्यक्ष बन्दाको क्षणमा उनले फुर्किंदै शीघ्रातिशीघ्र चुनाव गराइछाड्ने वाचा गरेका थिए। तर बोल्दाबोल्दै आफ्नो वाचा बिर्सेर उनी बधाई र जयजयकारको नशामा लठि्ठदै दुई हप्ता बिताए। चुनाव विरोधी असन्तुष्ट पक्षसग वात मार्ने बुद्धि उनलाई बल्ल दुई हप्तापछि फुर्योा। यसो हेर्दा कुरो ठीकै हो। यी अध्यक्ष र यिनको मातहतका मन्त्रीहरु पञ्चायती पाठशालामा दीक्षित र संस्कारित झर्रा पात्र हुन्। त्यो दीक्षा र संस्कारको चुरो कुरो हो- 'राजाको काम, कहिले जाला घाम।' दिन बित्दा छन्, चुनावको तयारी गर्ने समय नासिदो छ। तर हातमा चुनावको लगाम लिएका खिलराज महोदयलाई मानौ उत्रो चिन्ता छैन। मस्ती मुद्रामा आलटाल र ढिलढालमा समय बियाल्दै उनी आनन्दसग भन्न थालेका छन्- 'मिति फेर्नेगरी चुनावको मिति तोकिदैन।' यिनले बुझिनेगरी भन्न खोजेको कुरो के हो भने असारमा चुनाव हुदैन। आखिर चुनाव हुन्छ कहिले त श्रीमान्?
उता निर्वाचन आयोगका प्रमुख नीलकण्ठको कण्ठबाट पनि खिलराजवाणीकै प्रतिध्वनि सुन्न सकिन्छ। मानौ खिलराज मूल कपी हुन् र नीलकण्ठ हुन् यिनको कार्बन कपी। आयोग प्रमुखमा भर्ती हुदाको दिव्य क्षणमा नीलकण्ठ उमङ्गमय मुद्रामा भन्दै थिए- असारका के कुरा, जेठैमा चुनाव गराउन म आतुर छु। उस्तै परे बाटो छोट्याएरै भए पनि, युद्धस्तरमा काम गरेरै भए पनि...। तर जसोजसो खिलराज उसैउसै नीलकण्ठको भाकामा हिजोको आजै तिनले पनि ख्यास्स कुरो फेरे। र, भन्न थाले- मतदाता नामावली ठिकठाक नभई, कानुनी बन्दोबस्त पक्कापक्की नभई, इही-इही, उहु-उहु...। ती सब कुरा ठीकठाक पार्न तागिता गर्नुपर्ने दायित्व कसको हो? अगोचर, निराकार र अनस्तित्वबासी भगवान्को? पाठकवृन्द, हेर्नोस् है ताल † फेरि उही 'राजाको काम, कहिले जाला घाम।'
खिलराज नेतृत्वको गैरराजनीतिक सरकार जब बन्यो, एकथरी कागजी विधिप्रेमीहरुले शब्दका छर्राहरु छाडेर आकासै कुहिरीमण्डल बनाए। संविधान छैन, तिनलाई संविधानवादको उग्र चिन्ता छ। तर तिनलाई चुनावको पर्वाह छैन। राजनीतिक प्रणालीको स्थूल खाकासमेत बनेको छैन, तिनलाई शक्ति पृथकीकरणको भयंकर फिक्री छ। तर तिनलाई चुनावको मतलब छैन। तिनको विकल्पविहीन विरोध वास्तवमा खसोखास शून्यवादी थियो। तसर्थ तीसग मत बझाउदै मैले तर्क गरे, दलीय राजनीतिक व्यवस्थामा गैरराजनीतिक सरकार एक चुत्थो विकल्प हो। तर विडम्बनावश, यो विकल्पहीन विकल्प हो। परिवर्तनको मुखर पक्षधरता र परिवर्तनको छद्म विरोध एवं आपसी शंका, भय र अहंकारका कारण दलीय नेतृत्वमा सरकार बन्ने सबै विकल्प गोपीक्याच भए। र बाकी रह्यो यही एउटा चुत्थो विकल्प। चुत्थै भए पनि अड्को, पड्को तेलको धूप त यो हो नै। आखिर घ्यूको जोहो नहुन्जेल तेलकै धूप हालेर भए पनि तरकारी त खानैपर्यो्।
ऊ बेला विकल्पहीन विकल्पलाई 'चुत्थो' भन्नु अलि चर्को पो भयो कि भनेर मलाई कसोकसो असजिलो लागेको थियो। तर दुई हप्ता बित्न नपाई यो 'चुत्थो' विकल्पले आफनो चरित्र प्रदर्शन गर्न लागिसक्यो। यसो हेर्दा कुरा ठीकै हो। काकतालीवश सरकारको कार्यकारी गद्दामा विराजमान हुन पुगेको खिलराजगणका जीवहरु काम, क्रोध, लोभ र मोहसहितका सांसारिक जीव हुन्। यी सेवानिवृत्त वृद्ध हुन्। यिनलाई अब जागिर खानु छैन। यिनलाई बढुवा हुनु छैन। यिनलाई भीषण प्रतिस्पर्धाको डबलीमा मतको याचना गर्दै चुनाव लड्नु छैन। तसर्थ चुनाव नहुदा आइलाग्ने अपजसबाट यिनलाई निजी जीवनमा कुनै घाटा हुने छैन। चुनाव जति पर सर्यो , यिनका गद्दीको आयु उति नै बढ्छ। दलहरुका त्यत्रा त्यत्रा नेताहरुले 'लौ न प्रभु, यो संक्रमणको भवसागरबाट उद्दार गरिपाऊ' भन्दै जुम्लाहात गरेर आफूलाई सभक्ति प्रदान गरेपछि अब त्यसबाट तल खसाल्न कुन इन्द्रेका बाउ चन्द्रेको पिताम † बस्, यो भएन भन, त्यो भएन भन। यसो नभई उसो हुदैन भन, उसो नभई यसो हुदैन भन। आखिर एकबारको जुनीमा चिल्लो तालुमा फलेको अब्बल आलु हतारमा त्यसै किन गुमाउनु जी † चुनाव त हुन्छ नै। असारमा नभए मंसिरमा हुन्छ। मंसिरमा नभए अर्को जेठमा हुन्छ। समय अनन्त छ। अर्को जेठमा नभए झन् अर्को जेठमा।
ठूलाबडाहरुका नजरमा सानो मुखले ठूलो कुरा गरेजस्तो होला। तर सत्य तीतो हुन्छ भन्ने हक साना मुखहरुलाई पनि छ। तर्क गराइको यो तोरीलाहुरे तालमा चुनावहीन चुनावको कामना छ। राजनीतिक डबलीमा चुनावबारे भीषण मतान्तर छ। झट्ट हेर्दा ती मत नदीका दुई किनारजस्ता लाग्छन्, जसको लगत्तै भेट हुने सम्भावना एक पित्को पनि छैन। एकथरी मत भन्छ- खिलराज नेतृत्वको सरकारलाई खारेज गर। सर्वपक्षीय गोलमेच भेला गर। दलीय सरकार बनाऊ। अनिमात्र चुनावमा उठ्ने वा चूप लागेर सुत्नेबारे म गम खाउला। यो चुनावनिषेधी एवं असम्भव तर्क हो। माउ राजनीतिक दलका दाज्यैज्यूहरुले आफ्नो गर्धन कलमी गरेर आफ्नो गिडमा गैरराजनीतिक खिलराज महोदायको शिर जडान गरेका छन्। अब तिनले बदर गरुन् कसरी? अर्थ के हो भने मतान्तरका दुई पक्षबीच चुनावी सहमति असम्भव छ। राष्ट्रपति यादव, खिलराज सरकार वा नीलकण्ठ आयोगको सर्वसम्मतिको आग्रह वीरवल काजीको खिचडीजस्तै हो, जो जे गरे पनि पाक्दैन। दलीय राजनीतिमा जब निरपेक्षरुपले सबैलाई रिझाउने यत्न गरिन्छ, तब ती यत्नकर्मीहरुको दशा गधाको कथाका उल्लू पिताश्रीको जस्तै हुन्छ। तसर्थ चुनाव लड्न पाल्नुस् भनी सबैलाई नम्र निवेदन गर्नु जिम्मेवार पक्षहरुको परम् धर्म हो। चुनाव चाहिनेले चुनाव लड्छन्, नचाहिनेले विरोध बोल्छन्। लोकतान्त्रिक राजनीतिको चलनचल्तीको खेल आखिर यही त हो।
गर्न खोजे असारमा चुनाव हुन्छ। तर हाई काड्दै, काखी कन्याउदै र अनेक बहाना गर्दै भद्रो हेेरेर केको चुनाव हुन्छ? चुनाव गर्न खोजेर हुन्छ, सुतेर हुदैन। कानुनी उल्झन भए उल्झन सुल्झाऊ। तिम्रा हात कसले बाधेको छ? मतदाता नामावली अपुरो भए फूर्तिसाथ पूरा गर। तिम्रा खुट्टा कसले बाधेको छ? जे गर्न/गराउन सरकार र निर्वाचन आयोग बनेका हुन् त्यो गर्न मरिमेटेर लागिनपर्नु अनि यसो र उसोको वृथा बहाना गर्नुमा चुनावप्रतिको निष्ठा कहा छ? पदप्रतिको दायित्वबोध कहा छ? लोकतन्त्रप्रतिको आदरभाव कहा छ? यसमा छ केही भने आखिर लाभदायक पदको आयु बढाउने लालसा न छ।
म त भन्छु, चुनाव कि असारमा हुन्छ कि हुदै हुदैन। रात रहे अग्राख पलाउछ। रङ्गरङ्गका कुलीन काजीहरु र प्रतिगामी पाजीहरु पितापुर्खाका पालादेखि खाइपाइ आएको शक्ति, सम्पत्ति र मोजमस्ती गुम्ने डरले थुरथुर कामिरहेका छन्। चुनावको ऐनामा तिनले अफ्नो अस्तित्वको विकराल संकट देखेका छन्। राज्य र समाजको प्रगतिशील परिवर्तनमा तिनले आफ्नो वर्चस्वको हरिबिजोग देखेका छन्। त्यसैले अन्यौल, अराजकता र भयको भवसागरमा चुनावको डुङ्गा डुबाउन ती आतुर छन्। उसो त कुरो अर्को पनि छ। कलमधारी खिलराजको नागरिक अनुहारको पछाडि बन्दुकधारी जङ्गीको अनुहार टासिएको छ। असारमा चुनाव नभए के हुन्छ? सत्ता राजनीतिको बागडोर राजनीतिक दलहरुका हातमा शायद फर्किंदैन। त्यो शायद पछाडिको अनुहारतिर सर्छ। खिलराज त केवल यो खेलको कास्टिङ हुन्, पूर्ण प्रदर्शनको अभ्यास त नेपथ्यमा पो भइरहरहेको होला। आफ्नो गिडमा खिलराज महोदयको टाउको सिउरेर हास्यास्पद मनोदशामा कन्सिरी कन्याइरहेका बडे दलहरुका दाज्यैज्यूलाई यो कुरा थाहा छ? थाहा भए तिनले 'राजाको काम, कहिले जाला घाम' का संवाहकहरुलाई ठाडो भाषामा भनून्- कम्मर कस असारमा चुनाव गराऊ † नगराए जे गर्नु सडकले गर्छ †