दोस्रो संस्करणको संविधान सभा निर्वाचनतर्फ राजनीतिले पाइला चालिसकेको छ। प्रमुख दलहरुले जोखिमपूर्ण निर्णय गर्दै प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद बनाएका छन् र निर्वाचन आयोगले प्राविधिक काम थालिसकेको छ। तर ड्यास माओवादीसहित केही साना दलहरु भने खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदले गराएको निर्वाचन बहिष्कार गर्ने मनोदशामा देखिन्छन्।
ड्यास माओवादी अध्यक्ष मोहन वैद्यले त 'निर्वाचनमा गाउँ पसे नेताहरुको खुट्टा भाँच्ने' उत्तेजक अभिव्यक्ति नै दिए। साथै उनका कार्यकर्ताहरु मतदाता नामावली संकलन प्रक्रियालाई अवरोध गर्न सक्रिय छन्। पछिल्लो समाचारअनुसार उनीहरुले बाग्लुङको निर्वाचन कार्यालय नै तोडफोड गरेका छन्।
अघिल्लो संविधान सभाले संविधान निर्माण गर्न सकेन, परिणामबेगर नै विघटित हुन पुग्यो। यसका कारण र परिणामहरुबारे प्रशस्त बहस भइसकेका छन्। परन्तु एउटा अकाट्य तथ्य के हो भने त्यही संविधान सभाले गणतन्त्र घोषणा गर्यो। यो यस्तो ऐतिहासिक परिघटना हो, जसले पुरानो अर्थराजनीतिक सन्तुलनलाई भत्काइदिएको छ र नयाँ सन्तुलन निर्माणको सुक्ष्म क्रियाकलापमा समाजलाई धकेलिदिएको छ। यद्यपि राज्यसत्ताको सारतŒव र विविध संस्थाहरुमा वितरित शक्तिको परिमाणलाई नयाँ स्वरूपमा ढाल्नका लागि आवश्यक नयाँ सारतŒवको संविधान निर्माण भने भइसकेको छैन। तर राज्यसत्तामा कुलीन वर्गको हालिमुहाली स्थापना गर्ने आधारभूत अर्थतन्त्रलाई भत्काउने संघर्षले थप उचाई प्राप्त गरेको छ।
यसर्थ सामाजिक यथार्थ उस्तै छैन, न त राजनीतिक यथार्थ नै उस्तै छ। संविधान सभा त्यहाँ पुगेर विघटित भयो, जहाँबाट गणतन्त्रको सारतŒवलाई संस्थागत गर्ने प्रयत्न बलियो हुन लाग्यो। राजाले दरबार छाडेर हिँड्दा किंकर्तव्यविमूढ रहेको कुलीन वर्गले नयाँ राजनीतिक प्रतिनिधि खडा गर्न अहोरात्र मेहनत गर्यो। संघीय ढाँचामा राज्य पुनर्संरचना हुनासाथ राज्यसत्ता नयाँ ढाँचामा संक्रमण हुन थाल्ने र नयाँ प्रयोगको केही वर्षभित्र राज्यका स्रोत साधनमा पकड कमजोर हुनजाने डर कुलीन वर्गभित्र पैदा हुनु अनौठो कुरो होइन। हिजोसम्म जीहजुरी गर्न बाध्य पारिएका दलित, सीमान्तकृत मानिसहरु शीर ठाडो गरेर खडा हुने स्थिति पाच्य नहुनु कथित् उच्च-जातवादीका निम्ति स्वाभाविक नै हो। तर, निरन्तर सामाजिक राजनीतिक परिवर्तनको लडाईं लडेर आएका वैद्यजस्ता अभियन्ताहरुले भने यही तथ्य देख्न नसक्नु विडम्बना नै मान्नुपर्छ।
अब हुने संविधान सभा निर्वाचन हिजोजस्तो हुनेवाला छैन। हिजो एक्लाएक्लै चुनाव लड्न तम्सेका पार्टीहरु अब गठबन्धन बनाएर चुनावमा जानेछन्। त्यस्तो गठबन्धन सारतः संघीयता, पहिचान र अधिकारको बाँडफाँटका मुद्दाहरुमा आधारित हुनेछ। पहिचान र अधिकारको मुद्दा संवेदनशील बनेर सतहमा आएको छ। संविधान सभाको पहिलो संस्करण विघटन हुनासाथ दलहरुभित्र पहिरो जान थालेको तथ्यले यतैतिर संकेत गर्छ। संक्षेपमा नयाँ संविधानको सारतŒव कस्तो हुने भन्ने संघर्ष अबको निर्वाचनमा स्पष्ट देखिनेछ। यसर्थ निर्वाचनका निम्ति तयार भए पनि दलहरु निश्चिन्त छैनन्, न त परिणामबारे कुनै स्पष्ट आंकलन गर्नसक्ने स्थितिमा छन्। एउटा कुराचाहिँ के भन्न सकिन्छ भने इतिहासभर दबाइएका मानिसलाई राज्यसत्ताको मूलधारमा ल्याउने र नल्याउने शक्तिको बीचमा स्पष्ट ध्रुवीकरण देखापरेको अहिलेको परिस्थितिमा चुनावले यो संघर्षलाई एउटा निष्कर्षमा पुर्याउनेछ।
तर ड्यास माओवादीले एकीकृत माओवादीबाट फुट्ने बेला लगाएको चश्मा अझैसम्म फुकालेको छैन। उसले माथि उल्लिखित तथ्यहरु देख्न सकिरहेको छैन, बरु प्रचण्ड विरोधी मनोदशाको कैदमा आजपर्यन्त आफूलाई बन्दी तुल्याइरहेको छ। आफूलाई अलग पार्टीका रूपमा स्थापित गर्ने हो भने उसले एकीकृत माओवादीबाट मनोवैज्ञानिकरूपमा पनि आफूलाई अलग गर्न सक्नुपर्थ्यो। सैद्धान्तिक भिन्नताका कारण एकीकृत माओवादीबाट अलग्गिएको दाबी गरे पनि ड्यास माओवादी नेताहरुको क्रियाकलाप र अभिव्यक्ति केवल कुनै पुरानो 'तुष' को हिसाबकिताब खोजिरहेजस्तो मात्र देखिन्छ। अन्यथा आफूसमेत हेलिएर निर्माण गरेको आँधीले जे-जे जन्माएको छ, त्यसलाई संस्थागत गर्ने प्रयासमा अलग्गै रहेर पनि योगदान गर्न सकिन्छ।
यहाँ निर्माण गरिने हरेक क्रान्ति यहीँको समाजभित्र रहेका अन्तरविरोधबाट नै निर्माण हुन्छन्। यो सैद्धान्तिक प्रस्थापना ड्यास माओवादीलाई सम्झाइरहनुपर्दैन। तर यही सैद्धान्तिक प्रस्थापनालाई व्यवहारमा लागु गर्ने बेला प्रचण्डविरोधी अन्धताले उसलाई जन्मकालदेखि नै हुरीमा अल्मलिएको भँगेरोजस्तो तुल्याइरहेको छ। अहिले संविधान सभाको दोस्रो संस्करण हुनुहुन्न भन्ने सैद्धान्तिक दृढता पनि ड्यास माओवादीमा छैन र त्यसमा भाग लिने हिम्मत पनि ऊसँग छैन। समाजका घाउ उधेडिएका छन्, ती घाउहरुको उपचार गर्न प्रगतिशील राजनीतिक मुद्दाहरुलाई स्पष्ट संरचनामा खडा गर्न जरुरी छ। सम्भवतः यसमा ड्यास माओवादीको विमति छैन। अर्थतन्त्रको जगमा रहेको असमानता र विभेद रातारात समाप्त हुँदैनन् भन्ने उसलाई थाहा छ। अर्थतन्त्रको जीर्ण पुरानो जगलाई भत्काउन र त्यसको बदला नयाँ स्थापना गर्न सामाजिक, राजनीतिक स्तरमा रहेका विभेद र असमानताहरु समाप्त पार्दै लैजानुपर्छ भन्ने पनि उसलाई थाहा छ। अनि संविधान सभामार्फत् राज्यसत्तामा रहेको यही रोग निको पार्ने प्रयत्न गर्न सकिन्छ भन्ने प्रस्थापनामा टेकेरै उनीहरु यहाँसम्म आइपुगेका हुन्।
जनयुद्धको बहाबका बीचबाट सग्ल्याइएका तिनै मुद्दा अहिले सतहमा छन्। गणतन्त्र स्थापना भइसकेको परिप्रेक्ष्यमा ती मुद्दाहरुलाई राजनीतिकरूपमा संस्थागत गरेरमात्रै आर्थिक आधारमा नयाँ राज्यसत्ताका चरित्रहरु संक्रमण गर्न प्रशस्त अवसर प्राप्त भएको छ। यतिबेला ड्यास माओवादीबाट आमजनताले कस्तो भूमिका अपेक्षा गर्न सक्छन्? रणनीतिक मुद्दाको कुरा छाडिदिउँ, केवल कार्यनीतिक हिसाबले उसले अहिलेको ध्रुवीकृत राजनीतिमा कुन ध्रुवतिर आकर्षित हुनुपर्ने हो? स्पष्ट छ, संविधान सभा विघटनलगत्तैदेखि मुलुक दक्षिणपन्थी र वामपन्थी ध्रुवमा खरो ढंगले विभाजित छ। तर आश्चर्यजनक कुरा त के छ भने ड्यास माओवादीले निरन्तर दक्षिणपन्थसँग हात मिलाइरहेको छ।
अहिले जब बाध्यताको डोरीमा बाँधिएर सबै शक्ति निर्वाचनमा जान तयार छन्, ड्यास माओवादी निर्वाचनको विरुद्ध खडा छ। तर ऊ भनिरहेको छ, केवल रेग्मी मन्त्रिपरिषदले गराएको चुनावमा भाग लिन्न। उसोे भए उसको मुद्दा सरकार बनाउने हिसाबकिताबमै अल्भि्कएको छ, जो लामो खिचातानीपछि एउटा अस्थायी निष्कर्षमा थेग्रिसकेको छ। सरकारको विषयमा चित्त बुझाउनु वा नबुझाउनुको अब औचित्य नै बाँकी छैन, बरु यो सरकारलाई छिटो निर्वाचन गर्न लगाएर राजनीतिक निष्कर्षतिर देशलाई डोर्याउनु जरुरी छ। यदि आफूलाई प्रगतिशील शक्ति दाबी गर्ने हो भने प्रगतिशील मुद्दाहरुलाई बलियो बनाउन निर्वाचनमा कुन भूमिका खेल्ने भन्नेमा माथापच्ची गर्नुपर्छ। निर्वाचन भाँड्नु भनेको अहिलेको राजनीतिक प्रक्रियालाई पछाडि धकेल्ने मन्त्रमात्र हो।
ड्यास माओवादी ठूलो अस्तित्व भ्रममा रहेको निष्कर्ष निकाल्न उसकै गतिविधि काफी छन्। गणतन्त्र घोषणापश्चात् कुलीनहरु बहुरिन खोजिरहेको र अस्तित्वमा रहेका दलहरुलाई उपयोग गरेर यथास्थितिमै मुलुकलाई रोक्न खोजिरहेको छर्लङ्ग हुँदाहुँदै पनि ऊ शत्रु खोज्न केवल पुरानो पार्टीभित्र माइक्रोस्कोप फर्काइरहन्छ। समाजलाई धक्का दिइरहेको परिवर्तनको भुइँचालोलाई राजनीतिक मुद्दाहरुमार्फत् संस्थागत गर्न नसके अर्को क्रान्ति होइन, केवल सम्हाल्नै नसक्ने भद्रगोलमा समाज फस्ने यथार्थ देख्न सक्दैन, बरु गन्तव्यहीन हड्तालमा उत्रन्छ। चुनाव विथोल्ने उद्घोष गर्छ तर चुनावको विकल्पमा अर्को के गर्ने त्यसको दिशानिर्देश गर्नका लागि ऊसँग कुनै वैचारिक हतियार पनि छैन। उसले केवल प्रचण्डले जे गर्छन्, त्यसको विरुद्ध खडा हुने कसम खाएजस्तो देखिन्छ। फलस्वरूप आफू हिँडिरहेको बाटो कहाँ पुग्छ भन्नेसम्म उसलाई थाहा छैन।
संक्षेपमा ड्यास माओवादी नराम्रोसँग भ्रमित भएको छ। संविधान सभालाई पुनः खडा नगरेसम्म सतहमा अलपत्र मुद्दाहरुलाई सम्बोधन गर्न सकिन्न। नेपाली समाजको आधारभूत अन्तरविरोधमा यतिबेला साबेल चलिरहेको छ। तर ऊ चुनाव बिथोल्ने अर्थहीन उद्योगमा मग्न छ। विडम्बनाको यो टुंगोमा पुगेपछि उसलाई अब भ्रमपूर्ण बाटोले नै डोर्याउन थालेको छ।