नेकपा (एमाले) को सुख, दुःख, ट्रमा, भ्रम सबै माओवादी नै हुने गरेको निकै समय भइसक्यो। अहिले माओवादी फुटेर एकीकृत माओवादी र ड्यास माओवादी भइसकेको छ। ड्यास माओवादीको जन्म एमालेका लागि एउटा सुखद् आश्चर्य हो, त्यसैले ऊसँग एकप्रकारको कार्यनीतिक एकता गर्ने मुडमा छ एमाले। अब उसका लागि माओवादी भनेको एकीकृत माओवादी नै हो, जसको ऐनामा ऊ लगातार आफ्नो अनुहार हेर्छ र दिक्दार भइरहन्छ।
उसका निम्ति पछिल्लो विलासिताको विषय के हो भने जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीलाई धेरै हदसम्म ऊ आफैंजस्तो देख्छ। अनि ऊ तर्क गर्छ, आखिर हाम्रै 'बहुदलीय जनवाद' को बाटो आउनु थियो त यत्रो हिंसा किन? अनि उसलाई एकीकृत माओवादी भन्ने नाम अलि लामो र आफूभन्दा भिन्न लाग्छ। त्यसैले रातो दरबारवाला एलिट बुद्धिजीवीहरुले जुराइदिएको एमाओवादी शब्द प्रयोग गर्दा ऊ खुसी हुन्छ। तर फेरि त्यही तर्कले अर्को समस्या के पार्छ भने आफूजस्तै एमाओवादी भइदियो भने आफूचाहिँ के हुने? अर्थात् उसले हिँडेर आएको बाटोलाई मान्यता दिएको ठहर्ने त होइन? अनि ऊ झस्किन्छ र एमाओवादी आफूजस्तो हुनै नसक्ने तर्क गर्छ।
एकीकृत माओवादीसँगको सैद्धान्तिक सामीप्यता र भिन्नताको यही चक्रब्यूहमा ऊ नराम्रोसँग फसेको छ। त्यसैले कहिले रातो र कहिले सेतो रंगमा बदलिँदा बदलिँदै उसले आफ्नो ओरिजिनल रंग गुमिसकेको पत्तै पाउँदैन। वास्तवमा राजनीतिक दल र तिनका नेता इतिहासका उत्पादन हुन्। एउटै धरातलमा राजनीति गरिरहेका हुँदासाथ ती एउटै हुने होइनन्, न त नाममा कुनै एक शब्द मिल्दासाथ तिनीहरु उस्तै हुनसक्छन्। उस्तै विचारधारा र उस्तै धरातलमा उभिएका दलहरु त फरक दलका रुपमा रहनै सक्दैनन्। त्यसैले इतिहासमा हिँडेर आएको बाटो, समातेको एजेण्डा, समाज परिवर्तनमा खेलेको भूमिकाका आधारमा एकीकृत माओवादी र एमाले उस्तै हुनै सक्दैनन्।
परन्तु एमालेको ठूलो दुःख के हो भने एमाओवादी आफूभन्दा भिन्न र अझ सम्पूर्ण राजनीतिक एजेण्डाकै नेतृत्वदायी भूमिकामा भएकोले ऊ नभई आफू परिभाषित हुने अर्को आधार ऊ भेट्टाउँदैन। त्यसैले एकातिर सैद्धान्तिकरुपले माओवादी आफ्नै ठाउँमा आइपुगेकोमा खुसी जस्तो पनि, अनि उसको जनयुद्धको पृष्ठभूमिका कारण भ्रमित हुँदै एमाले विराट विघटनको संघारमा आइपुगेको छ। अनि ऊ जनयुद्ध केवल ठट्टा जस्तो मात्र थियो भन्ने निष्कर्ष निकाल्छ र फेरि तुरुन्तै त्यो सम्भवै नहुने चीज अकस्मात् सम्भव कसरी भयो भन्ने प्रश्नमा पुगेर स्तब्ध हुन्छ। सीमान्तकृत मानिसहरुको एजेण्डामा राजनीति गर्नुछ तर एमाओवादीको एजेण्डामा पुगेर ठक्कर खानुछ। यो बडो विश्मयकारी अनुभव हो एमालेका निम्ति। अनि ऊ संविधान सभा विघटन भए होस् तर एमाओवादीले उठाएको पहिचान, संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिवाला मुद्दामा पुगेर आत्मसमर्पण गर्न नसक्ने हठमा पुगेर टक्क रोकियो। अन्ततः आफ्नै पार्टीभित्रका जनजाति, मधेसी, आदिवासीलाई 'उग्र जातिवादी' का रुपमा चित्रण गर्दै उसले हप्काएर ठीक पार्ने प्रयत्न गरिरह्यो। उसलाई आजसम्म पनि लागिरहेको छ- यो आफैंभित्र 'माओवादी' कसरी छिर्यो?
यही एमालेको ठूलो ट्रमाको विषय भएको छ। ट्रमा एक प्रकारको मनोवैज्ञानिक रोग हो, जसले मानिसलाई निरन्तर त्रासदिभित्र कैद गरिराख्छ। यो त्रासदि अस्तित्वको संकटको निरन्तर आभास भएर बल्भि्करहन्छ। यो ट्रमाले उसलाई यतिविघ्न पहिचान र संघीयताविरोधी मनोविज्ञान दिएको छ कि ऊ घनघोर महेन्द्रकालीन उच्चजातीय अहँकारको विष घाँटीमा अड्काएर निलकण्ठ हुन तयार देखिन्छ। भर्खरै उपाध्यक्ष अशोक राईसहितको एउटा टोलीले एमाले परित्यागको घोषणा गरेको छ। असोज १८ गते नयाँ पार्टी नै निर्माण गर्ने घोषणा गरेका मूलतः एमाले, काँग्रेससम्बद्ध आदिवासी, जनजाति, मधेसीलगायत् सीमान्तकृतहरुको समूहलाई निस्तेज तुल्याउन एमालेले आज असोज १९ गते देशव्यापी सभाकै आयोजना गरेको छ। अनि पहिचान र संघीयताका मुद्दामा टसका मस नभए पनि एमालेको नेतृत्व तह धेरै सीमान्तकृत समुदायका कार्यकर्ताहरुले विद्रोह नगरुन् भनेर फकाउनतिर लागेको छ। यो छिनाझप्टीमा अलि प्रतिकूल स्थितिको आभास पाएपछि विद्रोहीहरुले नयाँ पार्टी नै चाहिँ घोषणा गरिहालेनन्।
तर यहाँ रमाइलो के छ भने आफ्नै पार्टीभित्रका विद्रोहीलाई निस्तेज पार्न आयोजित सभाको औपचारिक अनुहार भने फरक तुल्याउने कसरत उसले गरेको छ। अशोक राईहरुले छाडे पनि हाम्रो पार्टी त उस्तै छ भन्ने सन्देश दिन आयोजित यो सभाको फेस भ्यालु भने प्रधानमन्त्री बाबुराम भट्टराई र मूलतः एकीकृत माओवादीको विरोध गर्नका निम्ति डिजाइन गरिएको छ। फेरि एमालेका कैयौं नेताहरु भने फेसबुक वा अरु माध्यमबाट घरभित्रको झगडा भित्रै मिलाउन र मन माझ्नका निम्ति भनेर रुष्ट प्रियजनहरुलाई सभामा डाकिरहेका छन्। तर यो सभाको पटाक्षेप उति सुकुमार हुने छाँटकाँट भने देखिँदैन।
एमाले मेलोड्रामाका निम्ति पहिल्यै माहिर पार्टी हो। यसका मुख्य नेताहरु परिवर्तनको राजनीति निर्माणमा भन्दा चुट्किला, घोचपेचलगायत्को कलामा पारंगत छन्। त्यसैले मेलोड्रामा उसको चरित्रभित्रै छ। मेलोड्रामा भनेको अति नाटकीयता हो। हुन त यतिबेला मुलुकको राजनीति नै निरन्तर प्रगतितिर छैन, बरु एउटा स्टेशनमा पुगेर ठप्प रोकिएको छ र त्यहाँ विरसिलो मेलोड्रामा मञ्चित भइरहेको छ। र, यो स्टेशनको सबैभन्दा धेरै उपयोग एमालेले गरिरहेको छ। संविधान सभा विघटन नहुञ्जेल संघीयता र पहिचानको भूतले उसलाई सताइरह्यो।
त्यतिबेलाको उसको मेलोड्रामा पनि हेर्न लायककै थियो। अखण्डवाला आन्दोलनका नायकहरु यसले आपूर्ति गर्यो, सुटुक्क संघीयताविरोधी बार्गेनिङ गर्यो र आफैं आफ्नो द्वैध चरित्रको जालमा फसेको ऊसँग मेलोड्रमाको रचना गर्नुबाहेक अर्को विकल्प रहेन। त्यसबेलादेखि आँखामा बिझाउन थालेका अशोक राईहरु अहिले एमालेको आँखाको कसिंगर भएका छन्। मूलतः चलिरहेकै व्यवस्थामा रमाउन चाहने एमाले नेतृत्वका निम्ति परिवर्तनका एजेण्डाहरु त्यसै पनि कठोर छन्। तैपनि समस्या के छ भने माओवादीले जबर्जस्त आन्दोलनबाट स्थापित गरिदिएका एजेण्डाबाट भागेर जाने ठाउँ पनि कतै छैन। अनि आधा स्वीकार र आधा अस्वीकारको नाटक गर्नु उसको बाध्यता हुन पुग्यो। उदार अर्थतन्त्र, बहुदलीय प्रजातन्त्रका नाउँमा यथास्थितिवादकै पाइलामा हिँडेर आएको एमालेका निम्ति यो नियति नौलो पनि होइन। राजनीतिमा निरन्तर परिवर्तनविरोधी कित्तामा उभिने र परिवर्तन विरोधी गठबन्धनहरु निर्माणमा मुख्य भूमिका खेल्ने एमाले यतिबेला अझ स्पष्ट अनुहारमा प्रकट भएको छ।
सीमान्तकृत समुदायका नेता, कार्यकर्ताको विद्रोहले उसलाई अब प्रष्ट ढंगले परिवर्तन विरोधी कित्तामा उभ्याइदिएको छ। उसले जतिसुकै प्रयास गरे पनि आफ्नो वास्तविक अनुहार छोप्ने बुर्का अब राजनीतिको हाटबजारमा उपलब्ध छैन। ०४७ को संविधानको अन्तर्वस्तुभन्दा तात्विक अन्तर नपर्ने संविधानका पक्षमा उभिएरै उसले आजसम्मको मेलोड्रामा मञ्चित गरिरह्यो। तर यो मेलोड्रामा नयाँ अनुहारमा पुनर्संरचित भइरहेको नेपाली समाजका निम्ति यति उदास र विरक्तलाग्दो छ कि उसले बिस्तारै उभिने ठाउँसमेत गुमाइरहेको छ। एमालेका निम्ति अझ संकटग्रस्त यथार्थ के हो भने उसले आफ्नो उदास मेलोड्रामाले सम्पूर्ण अपिल गुमाइसकेको भेउ नै पाएको छैन।
आफूलाई सबैभन्दा प्रगतिशील शक्तिका रुपमा चिनाउन चाहने एमालेभित्र 'अग्रगामी विचार समूह' जन्मिनु आफैंमा ठूलो चुनौती हो। तर एमालेले यसलाई केवल एउटा सानो परिघटनाका रुपमा खारेज गरिरहेको छ। थुप्रैथरि अनुहार भएका सीमान्तकृत मानिसले अब उप्रान्त एमालेलाई कसरी हेर्नेछन् र ती बहुसंख्यक आँखाले उसलाई तिरस्कारको नजरले हेर्न थाले भने उसको मेलोड्रामा मात्र उसको अस्तित्वको सञ्जीवनी बूटी बन्न सक्छ र? संविधान सभाको विघटनपछि सुरु भएको नयाँ ध्रुवीकरणले छिटै सम्पूर्ण राजनीतिको स्वरुप फेरिदिनेवाला छ। तर एमाले यो तथ्यलाई केवल गिज्याएर, चुटकिला तुल्याएर सीमान्ततिर धकेलिदिन चाहन्छ। यस्तो व्यवहारले उसलाई अझ ठूलो ध्रुवीकरणको आगोमा झोस्ने निश्चित छ। त्यो आगोलाई केवल उदास मेलोड्रामाको दमकलले निभाउन सक्ला र?