राजनीतिक या समाजको अन्य कुनै क्षेत्रमा नेतृत्व विकास आफंै मात्र हुन्छ भन्ने सिद्धान्तलाई वर्तमान विश्वले चुनौती दिइसक्यो। सशक्त योजनाबाट समाज अनुकूलको नेतृत्व विकास गर्ने परिपाटी विकसित देशहरूले गर्दै आएका छन्। योजनामै समेटेर भविष्यका लागि उपयुक्त नेतृत्व विकास गर्छन्। हाम्रो देशमा त्यसतर्फ खासै ध्यान दिइँदैन। पुरानालाई नयाँले प्रतिस्थापन गर्ने भयले सताइरहन्छ। निकम्मा भइसक्दासमेत पदमै अल्भि्करहने प्रवृत्तिले जरा गाडेको छ। निश्चित उमेरमा निवृत्त हुने कर्मचारीको जागिर जस्तो राजनीति होइन भन्दै पद नछाड्ने प्रवृत्तिका कारण देशले नयाँ जोस, जाँगर र दृष्टिकोणको नेतृत्व पाउनै कठिन छ।
युवा जोसका बाराक ओबामा आफ्नै क्षमताका कारणमात्र अमेरिकाको कार्यकारी प्रमुख बनेका होइनन्। अमेरिकामा नेतृत्व विकासका लागि चालिएको कदमले उनी जस्तो व्यक्तित्वको उदय भएको हो। काला जातिका उनी राष्ट्रपति बन्दा अमेरिकामा रङ्गभेदविरुद्धको सशक्त सन्देश झनै प्रवाहित भयो। समाजभित्र एकता, सद्भाव र उत्साहको सकारात्मक सन्देश दिन सक्ने निडर नेतृत्वको विकास गर्न अमेरिकी योजना सफल भयो। नेतृत्वको खडेरी कहिल्यै नपर्नेगरी अमेरिकीहरूले पद्धति विकास गरिसके। दशकअघि नै नयाँ नेतृत्वको सम्भावित व्यक्तिहरूको प्रक्षेपण भइहाल्छ। नेतृत्व विकासले संस्थागत स्वरूप लिइसक्यो।
लामो समयसम्म नेतृत्व क्षमता सिकेर जो कोही लोकतान्त्रिक प्रणाली र पद्धतिबाट नेतृत्व तहमा पुग्ने सबैभन्दा उत्तम हो। लोकतन्त्रको गतिलो अभ्यास गरिरहेका देशहरूमा नेतृत्व विकास यसरी नै भइरहेछ। नेपालमा नेतृत्व लिँदा प्रायः लोकतान्त्रिक प्रणालीबाटै भए पनि नयाँ नेतृत्वलाई योजनाबद्ध ढंगले उठान गर्ने परम्पराको विकास भएको पाइँदैन। नयाँ पिँढीलाई रोकेर राख्ने प्रवृत्तिबाटै हाम्रो राजनीति एकलकाटे तवरले चलिरहेको प्रष्ट देखिन्छ। फलस्वरूप राजनीतिमा आश्चर्यजनक घटनाहरूको जन्म भइरहन्छ। को कुन कुनाबाट उत्पन्न भई महत्त्वपूर्ण पदमा पुग्छ, टुंगो हुन्न। राजनीतिक नेतृत्व विकासको योजनाले खासै स्थान नपाउँदा देशले आफूअनुकूलको क्षमतावान् नेता पाउन सकिरहेको छैन।
नयाँ नेतृत्वले पुरानो नेतृत्वलाई निश्चित समयमा प्रतिस्थापन गर्ने प्रणाली लोकतान्त्रिक अभ्यास गरिरहेको अमेरिकादेखि कम्युनिष्ट शासन चलिआएको चीनमा समेत छ। चीनमा दश वर्षपछि देशको नेतृत्व स्वतः हस्तान्तरण भयो। हु जिन्ताओले कार्यकाल सकेर उनलाई जी जिङपिङले प्रतिस्थापन गरे। जिङपिङ लामो अनुभवले खारिँदै चीनको योजनाबद्ध नेतृत्व विकासकै प्रतिफल राष्ट्राध्यक्षको तहसम्म पुगेका हुन्। अस्थिरताका कारण आश्चर्यजनक ढंगले देखापरेका होइनन्। उनी चीनको राष्ट्रपति बन्ने एक वर्षअगावैबाटै लगभग टुंगो लागिसकेको थियो। पदमा पुग्नुअघि उनले पूर्वाभ्यासहरू गरिरहे। भारतमा समेत अप्रत्यक्षरूपमा नेतृत्व विकास योजनाले स्थान पाएको छ। भारतको भावी प्रधानमन्त्रीका रूपमा प्रक्षेपित कँग्रेस आईका वर्तमान उपाध्यक्ष राहुल गान्धी राजनीतिक अनुभव र क्षमता अभिवृद्धिमा सक्रिय छन्। नेहरू गान्धी परिवारभित्रबाटै राजनीतिमा उदाएका राहुलको अनुभव र परिपक्वताबारे प्रश्न उठाउनेहरू छन्। यता नरेन्द्र मोदीको चर्चा अनुभव र राजनीतिक परिपक्वताकै उपज हो। उनी भारतीय जनता पार्टीभित्रबाट निरन्तर सक्रिय रहँदै भारतको नेतृत्व लिने तहसम्मको सम्भावनामा गनिएका हुन् न कि रातारात उदाएका हुन्।
तानाशाहसम्मको आरोप खेपेका महाथिर मोहम्मदले समेत नेतृत्व विकास गरी हस्तान्तरण गरेर विश्राम लिए। राजनीतिक अनुवभले खारिएर परिपक्व बनेका उनले मलेसियालाई नयाँ उचाईमा पुर्याेए। देशलाई आर्थिक प्रगतिको गति दिएर अब्दुल्ला अहमद विदवाईलाई नेतृत्व हस्तान्तरण गरेका थिए। देश चलाउने नयाँ नेतृत्वको विकासमा उनी स्वयंले योगदान पुर्या ए। मलेसियाको कठिन कालमा नेतृत्व सम्हालेका उनीसँग स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता थियो। सही आर्थिक नीति अवलम्बन गरेकाले नै महाथिर नायक बने।
समाजमा आफंै सशक्त नेताको उदय हुन्छ भनी करिश्मामयी व्यक्तित्वको आशा गरी बस्ने समाज उभो लाग्दैन। करिश्मामयी व्यक्ति युगौं युगमा मात्र जन्मने हो। हुन त समाजमा उत्पन्न हुने कठिन परिस्थिति या घटनाक्रमले नेतृत्व विकास भएका उदाहरण छन्। महात्मा गान्धी स्वयंले भारतमा निर्माण भएको घटनाक्रमले आफूलाई जन्माएको बताएका थिए न कि उनले भारतलाई स्वतन्त्र बनाउन प्रमुख भूमिका निभाएको दाबी गरे। दक्षिण अफ्रिकाका काला जातिका नेताहरूले त्यहाँको स्वतन्त्रता संग्राममा नेतृत्वदायी भूमिका खेल्न अनुरोध गर्दा उनले परिस्थितिले आफैं नेतृत्वलाई जन्म दिने तर्क गरे। संकट र संघर्षकै दौरान दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको जन्म भयो। तथापि मण्डेला जस्तो नेतृत्वको विकास रातारात सम्भव भएको होइन। दक्षिण अफ्रिकामा राजनीतिक विकासले सकारात्मक गति लिँदै जाँदा मण्डेला उदाए। एक कार्यकाल सकेर नेतृत्व हस्तान्तरण गरे। आर्थिक विकासको गति लिँदै गरेको दक्षिण अफ्रिकामा नेतृत्व विकासको पद्धति बलियो भइसक्यो। देशको भावी नेतृत्वका लागि सम्भावित क्षमतावान् व्यक्तित्वको खोजी दलहरूभित्र धेरैअगाडिबाटै हुन्छ।
राजनीतिक स्थायित्व रहने देशहरूमा रातारात अँध्यारो कुनाबाट नेतृत्वको जन्म हुँदैन। लामो अभ्यास, अनुभवले खारिएपछि प्रतिष्पर्धाको मैदानमा खरो उत्रिएर देखापर्छ। अस्थिर देशहरूमा देशको कार्यकारी नेतृत्व गर्ने व्यक्ति आश्चर्यजनक ढंगबाट उदाउँछ र अनिश्चित राजनीतिक भविष्य बोकेर सत्तामा टिक्छ। पाकिस्तानमा प्रधानमन्त्री परिवर्तन भइरहेको हुन्छ। नेपालको लोकतान्त्रिक इतिहासमा कुनै पनि प्रधानमन्त्री पूर्ण कार्यकाल टिकेको छैन। संविधान सभाको चुनावयता विघटन हुँदै नयाँ चुनावका लागि प्रधान न्यायाधीश मन्त्रिपरिषद्को अध्यक्ष बन्दाको पाँच वर्षमा पाँच जना देशको कार्यकारी प्रमुख भइसके। धेरैजसोले राजनीतिक अस्थिरतामा बाजी मारेर पद हात पार्न सफल भए। देशले न त राजनीतिक विकासको बाटो समात्न सक्यो न अस्थिरता अन्तको माहोल सृजना भयो। उल्टै अस्थिरता गहिरियो। अब केही होला कि भन्दाभन्दै समस्या जटिल बने, समाधानका लागि ठोस योगदानहरू हुन सकेन।
राजनीतिक नेतृत्व हल्का विषय होइन। उसले समाजको ठूलो पंक्तिलाई साथमा लिएर बढिरहेको हुन्छ। समाजलाई निश्चित उद्देश्य प्राप्तिका लागि निरन्तर गति दिनुपर्ने हुँदा उत्तरदायित्व र जिम्मेवारीबोध महत्त्वपूर्ण हुन्छ। राजनीतिक नेताले उपयुक्त विचार, मूल्य/मान्यता, ज्ञान, विवेकका अलावा विशेषता अनुभव र सिकाईबाट मात्र परिपक्व बनाउने अवसर पाउँछ। उसको सिकाईमा रहेको कमजोरी या अनुभवको कमीले आवश्यक परिवर्तनको प्रक्रियालाई नकारात्मक असर पार्छ। नेतृत्वमा गतिलो व्यक्ति नपुग्दा समाज र देश गलत दिशातर्फ गई दुर्घटनामा पर्छ। राजनीतिक नेतृत्वले परिवर्तनकारी प्रक्रियामा भूमिका खेल्नुपर्छ। सही ढंगले विकास नभएको नेतृत्वले परिवर्तनका नाममा विनाश निम्त्याउन सक्छ। सामाजिक, आर्थिक, संवैधानिक या राजनीतिक परिवर्तन बेढंगको हुँदा सिंगो समाजले लामो कालखण्डसम्म मूल्य चुकाउँछ।
सशक्त राजनीतिक नेतृत्वले जनताको आशा र चाहना बुझ्नुपर्ने हुन्छ। समाजको लक्ष्य निर्क्यौल गर्न सक्नुपर्छ। समाजका लागि दृष्टिकोण बनाएर कार्यान्वयनमार्फत् साकार बनाउने दायित्व निर्वाह अनिवार्य छ। सही नेतृत्व त्यो हो, जो सबैलाई साथ लिएर हिँड्न सकोस्। निश्चित परिस्थितिमा सबैको साझा बन्न सकोस्। समाजमा गरिने प्रतिबद्धताहरू हल्काफुल्का र आलाकाँचा हुँदा स्वयं नेतृत्व र देशले समस्या भोग्छ। प्रतिबद्धताहरू महत्त्वाकांक्षी भए पनि पूरा गर्न सकिने हुनुपर्छ। कार्यान्वयन नभएर त्यस्ता प्रतिबद्धता सपनामै सीमित हुन्छन्। समग्र समाजका लागि उपयोगी दृष्टिकोण बनाएर लक्ष्य पहिल्याउन सहज हुँदैन। त्यसका लागि देशभित्र र बाहिर विवेकपूर्ण रणनीति खाँचो छ। कठिन बाटो हिँड्दा तगाराहरू आउँछन्। त्यसको सामना गर्ने नेतृत्वले नै हो। समग्र समाजले चुनौतीको सामना गर्दा हिम्मत जुटाउनसक्ने उत्साह जगाउने क्षमता दह्रो नेतृत्वले मात्र गर्नसक्छ। आफू पनि हिम्मत जुटाउन नसक्ने र अरुलाई समेत हिम्मतिलो बनाउन नसक्ने नेतृत्वबाट देशले मुक्ति पाउनुपर्छ। योजनासहितको नेतृत्व विकासको पद्धति बस्न सके सशक्त नेतृत्वको खडेरी पर्ने छैन।