उत्तर कोरियामा भनेजस्तो कपाल पाल्न सहज छैन। सरकारले वैधानिकरूपमा २८ किसिमका कपाल पाल्ने शैली निर्धारण गरेको छ जसमध्ये महिलाका लागि अठार र पुरुषलाई दश छन्। समाजवादी जीवनयापनको नाममा चालिएका कदमअन्तर्गत युवाहरूलाई अधिकतम् २ इन्चसम्मको कपाल पाल्न भनिएको छ। उत्तर कोरियाली सरकारले सन् २००५ बाट पुरुषहरूलाई छोटो कपाल पाल्न प्रभावित हुनेगरी अभियान चलायो। पश्चिमा प्रभावबाट नागरिकको कपालको शैलीलाई समेत मुक्त राख्न यी कदम चालिएका थिए। सरकारले आधिकारिकरूपमा विवाहिता र अविवाहिता महिलाका लागि समेत कपालको शैली तोकिदिएको छ। विवाहिता महिलाको कपाल छोटो हुनुपर्छ। उनीहरूका लागि सामान्य जीवनयापनमा समेत सीमित विकल्प मात्र छन्। जसअन्तर्गत रहेर कम्युनिष्ट शासनको कडा नियम पालना गर्नुपर्छ। तानाशाही शासनले लगाएको बन्देजहरूले आक्रान्त उनीहरू स्वतन्त्रताका लागि छट्पटिँदैछन्।
उत्तर कोरियाली शासकको व्यवहारलाई माथ गर्ने गरी नेपालमा कपाल पाल्ने शैलीमाथि प्रहरीले कैची चलाउन सुरु गरेको छ। त्यहाँको सरकारले २८ प्रकारको कपाल पाल्ने शैली निर्धारण गरी पालनाका लागि अभियान चलाएको छ। नेपालमा चाहिँ युवाहरूलाई 'चुल्ठेमुन्द्रे' नाम दिएर जर्बजस्ती कटानी अभियानले चर्चा पायो। कपालको शैलीमाथि बन्देज लगाउने प्रयास विगतमा पनि नभएका होइनन्। सामाजिक सञ्जालमा प्रतिक्रियामार्फत् व्यंग्य गरिए त कतिपयले आक्रोश पोखे। थोरैले मात्र प्रहरी कदमको समर्थनमा प्रतिक्रिया दिए। कपाल पाल्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएर प्रहरीले समाजमा शान्तिसुरक्षा कायम गर्न खोजेको सन्देश दिन खोज्यो। युवाहरू सिधा तारो बने। उनीहरूको नयाँपन देखाउन खोज्ने र नौलोपना ल्याउन खोज्ने चरित्रमाथि धावा बोलियो।
कलात्मक कपाललाई शान्ति सुरक्षासँग जोडेर हेर्ने प्रचलन प्रहरीमा अझै गएको छैन। शान्ति सुरक्षाको बाधकका रूपमा प्रहरीले युवाहरूलाई बाधक ठान्न खोज्ने चलिआएको रीत हो। तामझामका साथ देखिने युवाहरूमाथि शंकाको दृष्टि लगाउने परम्परागत शैलीमा अझै परिवर्तन आएको छैन। शारीरिक विशेषताबाट अपराधी छुट्याउन सकिने तर्क गर्ने १९ औं शताब्दीका अपराधशास्त्री सिजर लोम्ब्रोसोको सिद्धान्तमाथि अझै भर परेको नेपालको प्रहरीले अनुहारको आकृति र शारीरिक बनोटबाट अपराधी ठम्याउन सकिने विश्वास गर्न छाडेन। अपराध र अपराधीलाई चिन्ने र केलाउने दृष्टिकोणमा सैद्धान्तिक एवं व्यावहारिक परिवर्तनले निकै गति लिइसक्दा पनि परम्परागत सिद्धान्तको आधारमै अडिनुले युवाहरू मारमा परिरहेछन्। युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरू अरु उमेर समूहभन्दा पृथक बन्न चाहन्छन्। पृथक बन्ने क्रममा पछिल्लो फेसनमा आएको अपनाउन खोज्नु र नयाँ नयाँ स्वरूपमा देखिन चाहनु स्वभावैले विशेषता हो। यसैमाथि प्रहार गर्नु युवाको भावनामाथि ठेस पुर्यामउनु हो।
प्रहरीले विगतमा दाह्री पाल्नेलाई सशस्त्र माओवादीका रूपमा बु‰नेगरेको इतिहास साक्षी छ। दाह्री पाल्नै डर मान्नुपर्ने समय पनि आयो। कम्युनिष्ट सिद्धान्तका प्रतिपादक र समर्थक लेखकहरूको पुस्तक भेट्यो कि आतंकवादीको शंका गर्थे। शंका जसलाई पनि गर्नुपर्छ। तर अनावश्यक शंकाले निर्दोषले कष्ट भोग्छन्। अहिले कपाल पाल्नेमाथि प्रहरी बुझाई त्योभन्दा गलत देखिन्छ। लागूऔषध दुर्व्यसनी, गुण्डागर्दी एवं अन्य आपराधिक कार्यमा संलग्न हुनेहरूले कपाल पाल्छन् भन्ने सामान्य बुझाई यद्यपि रहिआएको छ। प्रहरीलाई यही बुझाईले प्रभावित पारेको हुनसक्छ। मान्छेको बाह्य आकृतिले भित्री स्वभाव खुलाउन सक्दैन। स्वभाव बु‰न संगत र व्यक्तिको अध्ययन जरुरी छ।
समाजले युवाहरूलाई बु‰ने र गर्ने व्यवहारमा धेरै समस्या छन्। अपराधीकै दृष्टिकोणबाट हेर्ने प्रवृत्ति यद्यपि छँदैछ। समाजले युवाको पहिचानलाई व्यवहारतः सम्मान गरेकै छैन्। उनीहरू पहिचानको संकटमा छटपटिइरहेछन्। घरदेखि शैक्षिक संस्था, बस्तीदेखि रोजगारीको थलोसम्म हेपिने र चेपिने समस्या भोग्दै आएका छन्। विकसित देशहरूमा युवाहरूको समस्याबारे विस्तृत अध्ययन गरेर मात्र नीति निर्माणपश्चात् लागु गरिन्छ। हामीकहाँ यस्ता परम्पराले खासै स्थान पाउन सकेको छैन। लहडको भरमा ल्याइने कार्यक्रमले प्रतिकूल असर पार्छ। हेर्दा सामान्य लाग्ने कपाल कटानीले समाजको सशक्त जनशक्तिका रूपमा विकास भइरहेका युवाहरूको भावनामाथि ठेस पुग्छ। राज्यप्रति नकारात्मक सोच हावी हुनसक्छ। उनीहरूको असन्तुष्टिमाथि आपराधिक समूहहरूले खेल्न सक्छन्। स्वतन्त्रता जत्तिको प्यारो केही हुँदैन। युवा पिँढीको स्वतन्त्रतामाथिको बलजफ्तीले उनीहरूमा राज्यको जिम्मेवार निकायप्रति घृणाभाव उत्पन्न गराउन सक्छ। त्यसको असर भविष्यसम्म पर्न गई समाजले मूल्य चुकाउनुपर्छ।
नेपालमा देखिँदै आएको तर रुपान्तरण हुन नसकेको शैली अरुलाई आफूजस्तो बनाउन खोज्नु हो। प्रहरीले समाजलाई प्रहरी संगठन जस्तो बनाउन खोज्ने, राजनीतिक दलले त्यही प्रयास गर्ने, कर्मचारीहरूले पनि त्यही व्यवहार देखाउने प्रवृत्ति आफैँमा समस्या बनेको छ। प्रहरी सेवामा रहनेले छोटो कपाल राख्नुपर्छ। आफूले छोटो कपाल राख्नुपर्छ भन्दैमा अरुलाई समेत कपाल ठुटो पारेर हिँड्न बाध्य पार्नु न्यायोचित हुँदैन। कुनै पनि निकायले जनतालाई आफूअनुकूलको बनाउन खोज्ने होइन। समाजलाई हित हुनेगरी सेवा प्रदान गर्नेमात्र हो। समग्र समाज र जनताको हितमा भन्दा आफूअनुकूल बनाउन खोज्ने प्रवृत्तिले समग्र समाजलाई पिरोलिइरहेछ। कपाल कटाई पनि यसै उद्देश्यबाट प्रेरित छ। समस्या कपाल कटाईको भन्दा पनि युवा पहिचान र स्वतन्त्रतामाथिको प्रहार हो। समाजको शान्ति सुरक्षाको जिम्मेवारी लिएकाले कपाल पालेका युवालाई त्रसित पार्नुभन्दा आपराधिक क्रियाकलापमा सक्रियहरूलाई हतोत्साही बनाउन सक्नुपर्छ। युवाहरूलाई लक्षित गरी लागूऔषधका कारोबारी सक्रिय भइरहेछन्। संगठित अपराधीहरू आफ्नो सामानको सुरक्षा र ओसारपसारका लागि सस्तो ज्यालामा नवयुवाहरूलाई खतरनाक काममा लगाइरहेछन्। मानव तस्करहरू युवाहरूलाई लक्षित गरी गैरकानुनी ढंगले धन्दा विस्तार गरिरहेछन्। पीडक र पीडित दुवैमा युवाहरू संलग्न गराई फाइदा लुट्ने समूह हावी हुँदै गएको छ। प्रहरीले त्यसतर्फ चासो देखाए लाखौं युवा आपराधिक समूहको प्रहारबाट जोगिन सक्थे। युवा सचेतना कार्यक्रम, युवाहरूका लागि व्यवहारिक शिक्षा र रोजगारीको अवसर सृजनाका लागि कार्यक्रम अघि सारिए सुरक्षित र सुन्दर भविष्यको बाटो कोरिन्थ्यो।
कपालमा समेत चिह्न लगाउन थालेर तानाशाही शैलीको प्रवृत्ति देखाएर युवालाई सपार्न सकिँदैन। बल प्रयोगबाट युवालाई काबुमा राख्न सकिने युग होइन। स्वतन्त्रताको भरपुर उपयोग गर्ने लक्ष्य लिई बानी परिसकेका युवाहरूलाई लहडले खडा गरेको अवरोध तेर्साएर सकारात्मक नतिजा निस्कँदैन। युवाहरूले उत्तर कोरियाली शैलीको शासन खोजेका होइनन्। शिक्षा, रोजगारी र स्वास्थ्यको उपयुक्त व्यवस्थासहितको सुरक्षित भविष्य चाहेका हुन्। युवाहरूको सशक्तीकरणको अनिवार्यतालाई मध्यनजर राखी कार्यक्रम बन्नुपर्छ। उनीहरूको सुन्दर भविष्यको सुनिश्चितताबाटै आन्तरिक सुरक्षाको माहोल बन्छ। युवा पहिचानमाथि आइरहेको संकटमोचन गर्न सक्रियता देखाउनुपर्नेमा उल्टै प्रहार गर्नु समग्र समाजको हितमा हुँदैन। सुन्दर समाज निर्माणका लागि युवा पहिचानको सम्मान अनिवार्य छ।