विचार बनाउन केही कुरा जान्नुपर्छ। जान्नका लागि सूचना चाहिन्छ। सूचना घर, समाज, विद्यालय र विश्वविद्यालय अनि आमसञ्चारबाट पाइन्छ। जसले कुनै विषयमा निर्णय लिनसमेत सघाउंछ। यसका लागि शिक्षा अनिवार्य हुन्छ।
शिक्षाले नै मानव जीवनलाई सहज बनाउन सघाउँछ। व्यवहारिक र सैद्धान्तिक पक्षबाट पाइने शिक्षाको अवसर र हैसियत कसले राख्छन् भन्ने प्रश्न आफैंमा महत्वपूर्ण हुन्छ। अहिलेसम्मको नेपाली समाज वर्ग, लिंगलाई आधार बनाएर व्यवहार गर्ने, आर्थिक हैसियतलाई व्यक्तिको क्षमता मापनको आधार मान्ने प्रवृत्तिका कारण न्युन आय भएका वर्ग र त्यसमध्ये पनि महिला पछाडि पारिएका छन्। अतः स्थानीय हुन वा राज्यबाट प्राप्त, स्रोत र साधनको वितरण प्रणालीको मूल्यांकन गर्दै हुँदा खानेहरूलाई राज्यले सेवा, सुविधा सुलभ र सहज रूपमा उपलब्ध गराउनु अनिवार्य हुन्छ।
शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता व्यक्तिका आवश्यकताको परिपुरण ग्रामीण भेकमा बस्ने ७० प्रतिशत वर्गमाझ पुर्यााउने चुनौती ज्यूँकात्यूँ नै छ। ग्रामीण महिलासम्म न सूचनाको पहुँच छ, न त जीवनोपयोगी शिक्षा नै पुग्नसकेको छ। महिलाले आफ्नो विवेक, समाजिक मूल्य मान्यतालाई आधार मानेर आफ्नो जीवनयापन गर्दै आएका छन्। ती विपन्न महिला न त परिवार नियोजनको साधनबारे जानकार छन्, नत त्यसको प्रयोग गर्ने निर्णय लिन आफै सामर्थ्यवान । त्यस्ता महिलाका सन्दर्भमा सरकारले महिला केन्द्रित ती सेवा र सुविधा कसरी पुर्याउने? प्राप्त सेवाको बढी भन्दा बढी सदुपयोग कसरी गर्ने? वितरण प्रणालीमा समानता कायम कसरी राख्ने? यी प्रश्नलाई सम्बोधन गर्ने गरी नीति तथा योजना बनाइएका छन्? विडम्बना धेरै सवालको जवाफ सकारात्मक पाइँदैन।
कानुनी रूपमा नै नेपालमा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको साढे आठ वर्ष हुँदैछ । यस अवधिमा सेवाको उपलब्धताबारे थाहा पाउने महिलामा खासै वृद्धि हुन नसकेको तथ्य हालै सार्वजनिक एक सर्वेक्षणले उजागर गरेको छ। तथ्यांक भन्छ-नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएयता करिब पाँच लाख महिलाले सेवा लिइसकेका छन्। तर त्यो सेवा कहाँका कस्ता महिलाले लिए? सेवा लिने महिला कुन वर्गका हुन्? कतिलाई गर्भपतन सेवा छ भन्ने थाहा छ? गर्भपतनसम्बन्धी कानुन के भन्छ भन्ने सम्बन्धमा कस्तो ज्ञान छ? यी प्रश्नहरूको लेखाजोखा गर्ने काम अनुसन्धानकर्ताद्वय डा. श्याम थापा र डा. शरदकुमार शर्माले गरेका छन्।
उनीहरूले गरेको अनुसन्धानअनुसार सुरक्षित गर्भपतन सेवा लिनेहरुमा १८ प्रतिशत सम्पन्न महिला छन् भने ५ प्रतिशत मात्र विपन्न महिला छन्। सेवा लिनेहरू धेरैजसो विवाहित र दुई सन्तान भएकाहरू छन्। त्यस्तै, सुरक्षित गर्भपतनका कानुनी व्यवस्थाबारेमा जानकारी पाएका अधिकांश महिलालाई कस्तो अवस्थामा अनिच्छित गर्भलाई कानुनतः फाल्न पाइन्छ भन्नेबारे जानकारीको अभाव रहेको छ। अध्ययनले सन् २०११ को मध्यसम्म १५ देखि ४४ वर्ष उमेर समूहका प्रत्येक पाँचजना महिलामा ३ जनालाई गर्भपतन सेवा उपलब्ध हुने स्थानबारे र कानुनबारे पाँच जनामा २ जनालाई मात्र थाहा भएको देखाएको छ। त्यसैगरी ७२ प्रतिशत सम्पन्न वर्गका महिला सेवाबारे थाहा पाउनेहरू छन् भने ४१ प्रतिशत अति विपन्न समूहका महिला मात्र छन्। त्यसैगरी सुरक्षित गर्भपतन सेवा उपलब्ध हुने स्थानको जानकारीका बारेमा शिक्षित र अशिक्षित समूहका महिलाहरूबीचको विषमता (४९ प्रतिशत र ८२ प्रतिशत) रहेको देखिएको छ।
अशिक्षित तथा न्यून सामाजिक तथा आर्थिक अवस्था भएका महिलाहरूसम्म गर्भपतनको कानूनी ब्यवस्था तथा गर्भपतन सेवाको उपलब्धता सम्बन्धी जानकारी पुर्या्उन गरिने विधि तथा सञ्चार सम्बन्धी रणनीतिहरूको विवेचनात्मक अध्ययन गरी यथाशीघ्र सुधार गर्नुपर्छ। अनि ग्रामीण र विपन्न महिलालाई केन्द्रीत गरी सेवाको उपलब्धताबारे जानकारी दिन सूचना प्रवाह गर्ने तरीकामा समय सान्दर्भिक बनाउन सकेमात्र ती महिलालाई प्रभावकारी रूपमा सेवा पुर्याहउने लक्ष्य हासिल हुनसक्छ।
परिवार स्वास्थ्य महाशाखाका अनुसार सुरक्षित गर्भपतन सेवा उपलब्ध भएयता सन् २००४ देखि करिब साढे आठ बर्षभित्र पाँच लाख ८० हजार महिलाले यो सेवा लिइसकेका छन्। ७५ वटै जिल्लाका सदरमुकामबाट सुरक्षित गर्भपतन गराउने व्यवस्था छ। सरकारी, निजी एवं गैरसरकारी गरी करिब पाँच सय ७५ वटा संस्थाबाट सेवा प्रदान गरिन्छ। चिकित्सक एवं स्वास्थ्यकर्मी गरी १ हजार ७ सयलाई यससम्बन्धी सेवालाई प्रभावकारी बनाउन तालिम प्रदान गरिएको छ। औजारको सहयोग र औषधीय पद्धतिबाट गरिने सुरक्षित गर्भपतन सेवाअन्तर्गत अहिले औषधी सेवनबाट पनि गर्भपतन गराउने कूल २१ स्थान छन् ।।
चेतनाको प्रवाह गर्ने विधि प्रविधि सबैलाई एउटै किसिमको रहेकाले पनि ग्रामीण भेकका महिलामा सेवाबारे जानकारी कम छ भन्दा अतिशयोक्ति हुँदैन। त्यसैले स्थानीय स्तरमा पाच्य हुने र स्थानीय समस्यालाई सम्बोधन गर्न सकिने गरी रणनीतिक रूपमा जोड दिनुपर्छ। दूरदराजमा रहेका र गरिब महिलालाई सेवा पहुँच योग्य बनाउन सामाजिक परिवेशलाई समेत सम्बोधन गर्दै सेवा र सूचना विस्तार गर्नसके व्यवस्थित स्वस्थ्य र सन्तुलित परिवार समाज निर्माण गर्न सहयोग पुग्छ।