उनी किशोरवय पार गरेका मात्र छन्। हातहतियार तथा खरखजाना मुद्दामा कसुरदार ठहरिई सजाय भोगेर जेलको पर्खालभित्रबाटै अनिश्चित भविष्य नियालिरहेछन्। चुनौतीसँग जुध्ने साहस छ तर ठोस आधार बनाउन सकेका छैनन्। जानीनजानी अपराधमा होमिएका उनी सुधारिएर सामान्य जीवन बिताउन चाहन्छन्, जुन सहज छैन। कैदी/बन्दीको अचाक्ली चाप भएको जेलको जीवनले उनलाई धेरथोक सिकाएको छ। सन्काहा ठिटोबाट परिपक्व बनाउँदै लगे पनि छुटेपछि जीवन धान्न अनिवार्य बलियो आर्थिक आधार अनिश्चित छ। त्यसैले उनी भन्छन्- अपराधको अन्त अपराधबाटै हुन्छ।
पंक्तिकारले राजधानीको कारागारमा भेटेको युवक खुलस्त छन्। आफू अपराधमा होमिनुको कारण खुलाउँछन् र भविष्यको मीठा योजना सुनाउँछन्। छुटेपछि अपराध छाड्ने चाहना छ तर जेलभित्र र बाहिरको दुनियाँप्रति उनको दृष्टिकोणले चटक्कै छाड्न सक्ने लक्षण देखिँदैन। जेल पर्दा उनले हतियार चलाउन र त्यसकै बलमा रकम असुली गर्न सिकेका थिए। तातो रगत छँदै थियो। साथमा राजनीतिक आवरण बोकेकाहरुको हौसला पनि थियो। आफूभित्रको साहस र बाह्य प्रेरणाले उनलाई खतराको सामना गर्न उत्प्रेरित गर्योस। कसैको इशारामा डर, धाक र धम्की देखाउँदै हिँड्ने समूहको प्रभावशाली सदस्य बने। पक्राउ परे तत्काल छुटिहाल्ने आश्वासनले हौस्यायो। आफ्नो पछाडि राजनीतिक नामधारी ठूलाठालुहरु भएकाले उनी ढुक्कै थिए। तर उनी छुटेनन्। सँगै समातिएका अरुहरु छुट्दा आफू नछुटेकोमा सुरुमा आबद्ध संगठनप्रति नै आक्रोश बढ्यो। केही वर्ष भयो, उनलाई लागेको छ- जे भयो ठिकै भयो। आफू प्रयोग भएको बुझ्ने अवसर समयमै प्राप्त भएकामा खुशी नै छन्, जति जेल पर्दाको पीडाबोध छ।
कलिलो उमेरमै युवकले समाजभित्रको कथा व्यथाको अन्तरवस्तु जान्ने अवसर पाए। उनको आँटिलो स्वभाव र व्यवहारले राजनीतिक खोल ओढेका आपराधिक समूहहरुसँग सम्बन्ध गाँसिदियो। ठेक्कापट्टा हात पार्ने दादागिरी, जग्गा प्लटिङमा हप्ता असुली जस्ता गतिविधिमा सक्रियता ह्वात्तै बढ्यो। ती सबै कसैको इशाराबाट थिए। आधुनिक हतियार सहजै उपलब्ध हुने वातावरण विकसित भइसकेको देशभित्र उनले बोक्ने गरेको गैरकानुनी हतियार जति आफ्ना लागि थियो, त्योभन्दा बढी अरुकै लागि थियो। निश्चित राजनीतिक उद्देश्य राख्नेहरुबाट उनी जस्तै धेरै युवाले हतियार बोकेका थिए। केही पक्राउ परे धेरैचाहिँ आपराधिक गतिविधिमै सक्रिय छन्।
साघुरिँदै गएको जेलमा उनको बाँकी बसाई लामो छैन। छुटेपछिको जीवनमा के गर्ने टुंगो छैन। उनले जानेको हतियार चलाउन र समूह बनाएर आपराधिक गतिविधि गर्न नै हो। पुरानो समूहकाले पक्राउको प्रारम्भिक कालमा चासो दिए पनि पछि बेवास्ता गरे। 'युज एण्ड थ्रो' को अनुभव उतिबेलै भइसकेको छ। यतिसम्म कि उनको कुख्यात् नामको नकारात्मक फाइदा लिने आफन्तहरु पनि टाढिए। धम्क्याउने र थर्काउने गर्नुपर्दा हारगुहार गर्नेहरु उनी पक्राउ परेपछि भेट्नसमेत आएनन्। तिनले फाइदामात्र लिए। अप्ठ्यारो पर्दा चटक्कै बिर्सिए। त्यसैले विगतप्रति उनलाई घृणा छ। अब फेरि त्यस्तै गतिविधितर्फ फर्कने मन त छैन तर परिस्थितिले उतै पुर्यामउने सम्भावनालाई पूर्णतः अन्त गरिसकेको छैन। जीउनका लागि सम्झौता गर्नुपर्ने अवस्था आइहाले उनी पुनः गैरकानुनी हतियारको तुजुक देखाएर हिँड्न सक्छन्। व्यावहारिकरूपमा सुधार गृहका रूपमा विकसित नभइसकेको देशको जेलले उनलाई सुधार्न सकेको छैन। मात्र सजाय दिएर औपचारिकता निभाएको छ।
युवक स्वयं जेलको अनुभव सुनाउँछन्- जेलमा उल्टै नयाँ अपराध सिक्ने अवसर मिल्छ। त्यतिमात्र नभई अपराध गरेर सजायबाट उम्कने उपाय सिक्न पाइन्छ। जेलभित्रै गुट बनाएर भविष्यमा ठूला अपराध गर्नसक्ने सशक्त समूह बनाउन सकिन्छ। जेलभित्रैबाट अपराध गर्नेहरु उनैका वरपर छन्। तिनले उनलाई समेत आकर्षण नगरेका होइनन्। विगतको कार्यप्रति स्वयंले घृणा गरिरहँदा उनी सकेसम्म त्यही दिशातर्फ मोडिन चाहेका छैनन्। त्यसैले उनी जेलभित्र बन्ने आपराधिक माहोलमा संलग्न छैनन्। अपराधको अन्त अपराधबाटै हुने उनको तर्क जति उग्र छ, त्यति नै हाम्रो जस्तो देशमा अपराधमा लाग्ने धेरैजना युवासँग मिल्दोजुल्दो छ। अपराध गर्नेले जेल परेकै आधारमा आपराधिक गतिविधि चटक्कै छाडेको घटना न्युन छ। पक्राऊ पर्ने युवामध्ये धेरैजसो पटकपटक समातिने र छुट्ने पाइनुबाटै अपराध गर्नेको प्रवृत्ति र प्रकृतिको पत्तो लाग्छ।
युवक जेलभित्रको असमानता र मानिसहरुको व्यवहार सुनाउँछन्। जेल परेका सम्भ्रान्त, उच्च ओहदा र पहुँच भएकाहरुको जीवन र सामान्य कैदी/बन्दीप्रतिको व्यवहारमा रहेको फरकले उनलाई पिरोल्छ। पैसा र पहुँचले मानवीय मूल्य र मान्यता परास्त गरिसकेको भोगाई उनीसामु छ। जेलको कोठामा बस्दा होस् या आफन्त भेट्दा नै किन नहोस्, पैसा र पहुँचले हैसियत निर्क्यौल गर्छ। जेल जीवनमा उनले भोगेको तीतो यथार्थले छुटेपछि पैसा र पहुँच वृद्धिका लागि मरिमेट्न प्रेरित गरिसक्यो। आपराधिक क्रियाकलाप सुरु गर्दा पनि पैसा कमाउने, बलियो समूह बनाएर शक्तिशाली बन्ने, शक्तिशाली व्यक्तिहरुको दरिलो आशीर्वाद पाइरहने र जीवनमा धेरै चकचकी गर्ने सपना देखेका रहेछन्। सपना साकार हुनु त कहाँ हो कहाँ, उल्टै फन्दामा परेको तीतो अनुभवले पिरोल्न छाडेको छैन। 'एकपटकको अपराधी सधँैको अपराधी' ठान्ने समाजको चुनौतीबाट भाग्न सक्दैनन्। उनी फर्केर आउने यही समाजमा हो, जसले दोषी सुधार गृहबाट फर्केको स्वीकार्दैन, बरु जेल परेको व्यक्तिको दर्जा दिएर घृणाभाव राखिरहन्छ। युवक जेलभित्र विद्यमान प्रणाली र पद्धतिबाट मानसिक चपेटामा छन्। जेलको भित्ता जति पुरानो छ, उति नै राज्यको कैदी/बन्दीलाई हेर्ने दृष्टिकोण परम्परागत छ।