लोकतन्त्रलाई समग्रमा स्वीकार नगरेकाले नै नेपाली राजनीतिमा 'कसको सरकार?' भन्ने कुरा सधैँ विवादको विषय भइरहन्छ। लोकतन्त्रलाई राजनीतिक दलका नेताले मात्रै पनि आत्मसात गरिदिएका भए त्यो बहस 'कस्तो सरकार?' भन्ने विषयमा केन्द्रित हुन्थ्यो। यस्तै, कुनै राजनीतिक दलमा देशलाई नेतृत्व गर्न सक्ने र सुहाउने नेता भइदिएको भए पनि सिद्धान्तमै सम्झौता गरेर सत्तामा टिक्न वा पुग्न यस्तो लबस्तरोपन देखिरहनुपर्ने पक्कै थिएन।
राजनीतिक क्षेत्रमा रहेको अविश्वास र असमझदारीका कारण चुनावका लागि राजनीतिक नेतृत्व दलहरूलाई नै स्वीकार्य भएन। बरु, प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने प्रस्तावमा सबै प्रमुख दलका नेता सहमत भए। यद्यपि केही साना दलले विरोध गरिरहेका छन् तर अहिलेको मूल राजनीतिक विषय संविधान सभा निर्वाचन नै हो। राजनीतिक विवाद छिनोफानो गर्ने अन्तिम न्यायाधीश जनता नै हुन्। अरू सबैको विकल्प खोज्न सकिएला तर लोकतन्त्रमा जनादेशको विकल्प हुँदैन। गोलमेच वा अरू कुनै नाममा चुनाव पन्छाएर जनतामाथि निर्णय थोपर्ने चाहनालाई लोकतान्त्रिक मान्न सकिँदैन।
यसपटक प्रस्तावित सरकारले पनि घोषित मितिमा चुनाव गराउन नसक्ने वा अहिलेको सरकारले जस्तै चुनाव गर्नै नखोज्ने जोखिम छँदैछ। तैपनि, चुनावबाहेक राजनीतिक विवाद अन्त्य गर्ने अर्को वैध र तर्कसम्मत लोकतान्त्रिक उपाय त छैन। यसैले साना पार्टीहरूको विरोधका तर्कहरू सही नै भए पनि तिनको अर्थ छैन। उदार लोकतन्त्र विरोधीबाहेक अरूले चुनावको तयारीमा लाग्नु नै सार्थक हुनेछ। हुन त, एनेकपा (माओवादी)ले अर्कों बखेडा झिकेर अहिलेको सहमति पनि भाँडिदिन बेर लगाउँदैन। तैपनि, यी पंक्ति लेखुन्जेल चुनावका लागि गैरराजनीतिक प्रकृतिको सरकार बन्ने सम्भावना बाँकी नै छ।
प्रमुख चार राजनीतिक शक्ति भनिएका दलका नेता प्रधान न्यायाधीशलाई निर्वाचनको जिम्मा दिन लाजगाल तयार भए भन्दैमा सत्ताको लोभ पनि गर्दैनन् भन्ने ठान्नु मूर्खता हुनेछ। शायद, कथित राजनीतिक संयन्त्र यही सत्ता लोभको उदाहरण हो। नत्र, चुनाव गराउन नसकेर प्रधान न्यायाधीश गुहार्न परेपछि बाँकी काममा किन राजनीतिक हस्तक्षेप? दैनिक प्रशासनका सामान्य कामकाजका लागि कर्मचारीतन्त्र छँदैछ। विधिको शासनमा विश्वास गर्ने हो भने दलका नेताले दैनिक कामकाजमा हस्तक्षेप गर्नु अवैध हुन्छ। चुनावी सरकारले दूरगामी प्रभाव पर्ने निर्णय यसै पनि गर्नुहुँदैन।
निर्वाचनका लागि आवश्यक कानुनी प्रावधान तयार गर्ने बाधाअड्काउ हटाउने काम मूलतः प्राविधिक हो। यस्ता कामका लागि पनि राजनीतिक निर्णय लिनुपर्दैन। काम बिगार्ने र अनावश्यक ढिलाइ गर्नेबाहेक राजनीतिक हस्तक्षेपबाट अरू केही हुने देखिँदैन। राजनीतिक दलका नेताहरूको सान र सोख त यस्तो संयन्त्रले पूरा गर्ला तर समग्र राजनीति तथा चुनावी प्रक्रियाको साख भने यसले गिराउँछ। गैरदलीय सरकार गठनको सिफारिस शायद यही कटु यथार्थ आत्मसात हो।
कथित संयन्त्र सक्रिय बनाउँदा निर्वाचन वा चुनाव कुनै पनि सहज हुने देखिँदैन। त्यसमाथि कुनै पार्टी सत्तामा भएका कारण तिनका केही नेता कार्यकर्ताको राज्यको साधन स्रोतमा हालिमुहाली हुने र अरू त्यसबाट वञ्चित हुने भएपछि असन्तोष बढ्नु स्वाभाविकै हो। त्यस अवस्थामा केही दलका नेताले चुनाव बिथोल्न विरोधको बहाना खोज्न थाल्नेछन्। यसै पनि चुनाव सहज नभएका अवस्थामा विरोध गर्ने स्वाभाविक बहानाको बीउ किन रोप्ने? अर्कातिर, यसले निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा पनि प्रश्न खडा गर्छ।
निर्वाचन आयोगलाई वास्तवमै स्वतन्त्र बनाउने हो भने त्यसको गठनमा राजनीतिक भागबन्डा गरिनु हुँदैन गैरराजनीतिक व्यक्तिको छनोट गर्ने जिम्मा पनि प्रधान न्यायाधीश नेतृत्वकै कार्यकारी निकायलाई दिनु उचित हुन्छ। यो नियुक्ति प्रकारान्तरले तिनको निष्पक्षता र योग्यताको कसी पनि हुनेछ। यसैमा चुके भने तिनले निष्पक्ष र स्वतन्त्ररूपमा चुनाव गराउन पनि सक्ने छैनन्। निर्वाचन आयोगबाहेक अरू संवैधानिक निकायमा नयाँ नियुक्तिका लागि निर्वाचित सरकारलाई पर्खनु नै राजनीतिक नैतिकता हुनेछ। यसै पनि अब चुनावी सरकारले नयाँ नियुक्ति गर्नु निर्वाचित सरकारलाई अप्ठेरो पार्नु हो। जनादेश लिएर सत्तामा आउने त आखिर यिनै दल न हुन्। जनताप्रति विश्वास भए राजनीतिक दलका नेताहरूले 'तातै खाऊँ र जली मरौँ' गर्नु पनि पर्दैन।
राजनीतिक नेताहरूको साख गिरेको छ। नेताहरूकै सत्ता लोलुपताका कारण लोकतान्त्रिक प्रक्रियाकै सफलतामा सन्देह उत्पन्न भएको छ। जनतामा लोकतन्त्रप्रति निष्ठा बचाइराख्न पनि अन्ततः नेताहरूकै साख र विश्वसनीयता बढाउनु जरूरी हुन्छ। त्यसका लागि चाहिने त्याग गर्न नेताहरू स्वयं अग्रसर र सक्रिय हुनुपर्छ। दुर्भाग्य, नेपालका नेताहरूमा यही त्यागको अभाव छ। प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्दा पनि चेत खुल्दैन भने तिनलाई 'रामराम' मात्र न भन्न सकिन्छ। जनताले 'रामराम' भन्न नपरोस्!