विश्वकै उच्च युद्धभूमि सियाचेन हिमनदी अवस्थित काश्मीरले यसपटक पुनः विश्वको ध्यान खिच्यो। पाकिस्तानी सैनिकद्वारा दुई भारतीय सैनिक मारिँदा एक सैनिकको टाउको फर्किएन। जसलाई भारतले प्रतिष्ठासँग जोडेर पाकिस्तानलाई चेतावनीको भाषामा आलोचना गर्योो। असंयमित र आक्रोशयुक्त प्रतिक्रियाहरू सञ्चार क्षेत्रमा छाउँदा भारतीयहरूको पाकिस्तानप्रतिको घृणाको गहिराई सतहमै प्रकट भयो। पाकिस्तानले चाहिँ टाउको गिँडेको अस्वीकार गर्दै स्वतन्त्र छानविनका लागि राष्ट्र संघको भूमिका उठायो। रणनीति नै रणनीतिको गन्ध मिसिएको घटनाले काश्मीर समस्याको जटिलता र गहिराई प्रष्ट हुन्छ।
नफर्किएको टाउकाको विषय राजनीतिक मुद्दा बनाइने प्रयास दुवैतर्फबाट भए। भारतले युद्ध अपराधको आरोप लगाउँदै टाउको नफर्काए कडा चुनौती दिने आशययुक्त प्रतिक्रिया सार्वजनिक गर्योध। सत्तापक्ष र विपक्ष दुवैको कडारूपमा प्रस्तुत हुने प्रतिस्पर्धा प्रष्ट थियो। भारतीय जनता पार्टीकी संसदीय दलकी नेता सुष्मा स्वराजदेखि भ्रष्टाचारविरुद्ध सक्रिय नागरिक अगुवा अन्ना हजारेसम्मले आक्रोशयुक्त अभिव्यक्ति दिए। सेना प्रमुख भीके सिंहले चाहिँ युद्ध अन्तिम विकल्प भएको तर भारत त्यसका लागि सधैँ आवश्यक तयारीका साथ रहने गरेको प्रतिक्रिया दिए।
भारतले टाउको विषयलाई पाकिस्तानद्वारा भएको युद्ध अपराधका रूपमा प्रस्तुत गर्योर। पाकिस्तानले चाहिँ टाउको मुद्दालाई काश्मीर विवादलाई थप अन्तर्राष्ट्रियकरण गर्ने अस्त्र बनाउन खोज्यो। आरोप-प्रत्यारोपको सिलसिला चलिरहे। भारतले लगाएको आरोपलाई संयुक्त राष्ट्र संघीय सैनिक सुपरीवेक्षण समूहबाट छानविनको प्रस्ताव राख्यो। विदेशमन्त्री हिना रब्बानी खारले राष्ट्र संघलाई भूमिका दिनुपर्ने आशययुक्त भनाई सार्वजनिक गरिन्। आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गर्दै भारतले प्रस्ताव अस्वीकार गर्योक। पाकिस्तानले काश्मीर विवादमा राष्ट्र संघको प्रवेशलाई प्राथमिकतामा राख्ने गरेको छ। भारतचाहिँ विवाद सल्टाउनकै लागि भनेर राष्ट्र संघको प्रवेश आफू शासित क्षेत्रमा अस्वीकार्य हुने प्रष्ट पारिसकेको छ। दुवै सदनले काश्मीरलाई अखण्ड भूमि भन्दै तेस्रो पक्षको मध्यस्थता असम्भव रहेको प्रस्ताव पारित गरेर अडान तयार गरिसक्यो। दक्षिण एसियाभित्रको आन्तरिक समस्या समाधानको पहलमा राष्ट्र संघको भूमिका हुनुहुँदैन भन्ने पक्षमा रहेको भारतले काश्मीरमा उसलाई मध्यस्थकर्ता मान्ने सम्भावना छैन। उसले यहाँभित्रको समस्यामा आफ्नो प्रत्यक्ष/अप्रत्यक्ष भूमिका खोज्दै आएकामा राष्ट्र संघबाट भूमिका संकुचित हुने अवस्था निर्माण हुन दिँदैन। राष्ट्र संघको भूमिका बढ्दा पश्चिमाहरूको प्रभाव बढ्ने बुझाईले भारतलाई शंकित पारिरहन्छ। उसले द्विपक्षीय पहलबाटै समस्याको समाधानमा अडान लिँदै आएको छ। पाकिस्तानले द्विपक्षीय पहलबाट समस्याको समाधानलाई अस्वीकार नगरे पनि तेस्रो पक्षको संलग्नतामा जोड दिइरहन्छ। राष्ट्र संघको भूमिका या मध्यस्थताको मुद्दालाई रणनीतिकरूपमा उठाएर काश्मीर मुद्दामा आफूलाई बलियो बनाउन प्रयासरत् रहन्छ।
काश्मीरमा भारतीय सैनिकले ज्यादति गरेको आरोप लगाउँदै पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्न खोज्छ। भारतमाथि कूटनीतिक दबाब बढाउने रणनीति उत्तिकै चाल्छ। कहिले अमेरिका त कहिले युरोपेली देशहरू, विशेषगरी बेलायतले मानव अधिकारको मुद्दा उठाउने गरेका छन्। पाकिस्तानले यसका लागि रणनीतिकरूपमा लबिङ गर्दै आएको छ। सन् १९९३ मा इस्लाम राष्ट्रहरूको संगठन (ओआसी) ले भारतविरुद्ध काश्मीरमा मानव अधिकार हनन् गरेको संकल्पमा मतदान गर्दा पाकिस्तानले लबिङ गरेको थियो। इरानसँग भारतको घनिष्ठ सम्बन्धका कारण इस्लाम देशहरूबाट भारतमाथि दबाब सृजना गर्ने पाकिस्तानी प्रयास कमजोर बन्दै आएको छ। उसले अन्य उपायहरूसमेत अपनाएको इतिहास छ। काश्मीरमा आत्मनिर्णयको अधिकारको सुनिश्चितता र संयुक्त राष्ट्र संघको सुपरीवेक्षणको मुद्दालाई बेलायतले भारतमाथि दबाब सृजना गनुपर्ने विषयलाई त्यहाँको लेबोर पार्टीले सदनमा उठाएको थियो। यद्यपि बेलायत औपचारिकरूपमा काश्मीर समस्यामा तेस्रो पक्षको संलग्नताको विपक्षमा उभिएको छ। तेस्रो पक्षको संलग्नतालाई सफल बनाउन कूटनीतिक दबाबका लागि पाकिस्तानले लविङ गर्ने गरेको विश्लेषण गरिन्छ। जुन शक्ति राष्ट्रहरूमार्फत् एक अर्कामाथि दबाब बढाउने रणनीतिअन्तर्गत पर्दै आएको छ।
काश्मीरको मुद्दा नै एक अर्कामाथि अन्तर्राष्ट्रिय दबाब बढाउने प्राथमिक रणनीतिमा पर्दै आएको छ। विगतमा पाकिस्तानले आफूमाथि अन्तर्राष्ट्रिय दबाब सृजना गर्दा भारतले काश्मीरमा सक्रिय हिंसात्मक समूहहरूको ज्यादतिलाई थप प्रकाशमा ल्यायो। त्यस्ता समूहलाई पाकिस्तानको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहेको तथ्यसहित भारत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत भयो। पाकिस्तानको अन्तर्राष्ट्रिय लबिङलाई भारतले यसैगरी सामना गर्दै आएको छ। पछिल्लो घटनालाई भारतले पाकिस्तानद्वारा भएको गम्भीर 'युद्ध अपराध' का रूपमा चित्रण गर्योत। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दोषीमाथि तत्काल कारबाहीमा जोड दिँदै नत्र सम्बन्ध पुरानै अवस्थामा फर्कने चेतावनी औल्याए। पाकिस्तानीले चाहिँ आफूहरूलाई बदनाम गराउने षड्यन्त्र भनी अस्वीकार गरे। विदेश मन्त्री हिना रब्बानीले भारतीय अभिव्यक्तिले सुधारिँदो सम्बन्धलाई २० वर्षपछाडि फर्काउन सक्नेतर्फ ध्यानाकर्षण गराइन्। साना घटनाले पनि तरंगित पार्ने भारत-पाक सम्बन्धमा पछिल्लो घटनाले सुधारिँदै गएको सम्बन्धमा असर पुर्या उने खतरा बढेको छ। समस्याको दीर्घकालीन हल नभएसम्म संवेदनशील सम्बन्ध प्रगाढ हुने सम्भावना छैन।
काश्मीर समस्या सुल्झाउन दुवै पक्षबाट बेलाबेलामा पहल हुने गरेको छ। यद्यपि ठोस सफलता हासिल हुन सकेको छैन। कतिपय अवस्थामा सम्बन्ध सुधारको पहल क्षणिक राजनीतिक फाइदा हासिल गर्ने स्वार्थमा परिणत भइसक्यो। बल्लबल्ल हुने उच्च तहको भ्रमणमा पनि व्यक्तिगत र पार्टीगत राजनीतिक फाइदा लिने प्रवृत्ति कायमै छ। जुन दुवै देशका सत्तारुढ, विपक्षीदेखि क्षेत्रीय दलका नेताले समेत प्रयोगमा ल्याएका छन्। यतिसम्मकी दुई देशबीच हुने क्रिकेट प्रतिष्पर्धालाई समेत राजनीतिक स्वार्थले घेरिरहन्छ। जसका लागि उच्च तहबाटै अनुमति नलिई सम्भव छैन। सन् २००८ को मुम्बई हमलाले राजनीतिक छलफललाई मात्र नभई क्रिकेटलाई समेत असर पारेको थियो। कुनै एक टोली अर्को टोलीको घरेलु भूमिमा खेल्न गएनन्। दुवैबीचको प्रतिष्पर्धा अन्तर्राष्ट्रिय क्रिकेटको नियमित प्रतिष्पर्धाबाहेकको अवस्थामा भएन। बल्लतल्ल भएको उच्च तहको भेटघाटपछि क्रिकेट प्रतिस्पर्धा सुचारु हुन थाल्यो। पछिल्लो घटनालगत्तै भारतीय हक्की लिगबाट नौं पाकिस्तानी खेलाडी फर्काइए। भारत भ्रमणमा निम्तो गरिएका पाकिस्तानी व्यापारीको प्रतिनिधिमण्डल बीचैमा फर्कियो। यो सहज सम्बन्ध स्थापनाको प्रयासमा कालो बादल मडारिएको संकेत हो।
भारत र पाकिस्तानबीचको सम्बन्धमा कमैमात्र सुखद् इतिहास छ। तीनपटक युद्ध भइसक्यो। जसमध्ये दुईवटा युद्ध काश्मीरकै लागि भएको थियो। अप्रत्यक्ष युद्ध विभिन्न रूपमा निरन्तर चलिरहेछ। भारतीय भूमिमा हुने गरेको ठूला आतंकवादी हमलामा सिधा दोष पाकिस्तानमाथि पर्ने गर्छ। कतिपय घटनामा पाकिस्तानीहरूकै संलग्नताले आरोपलाई बल मिल्छ। कहिल्यै समाधान नहुने काश्मीर समस्याले समग्र दक्षिण एसियाको राजनीतिमा समस्या ल्याइरहन्छ। द्विपक्षीय व्यापारमा सयौं वस्तु आयात निर्यातमा बन्देज रहँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेछ। यतिसम्म कि दक्षिण एसियाकै अर्को देशले भारत र पाकिस्तान दुवैसँग एकसाथ निर्धक्क आर्थिक सम्बन्ध सुधार्न सक्ने अवस्था छैन।
काश्मीर समस्याका कारण हालसम्म करिब ४७ हजारको ज्यान गइसकेको छ। समस्याको दीगो समाधान नभएसम्म घटना दोहोरिइरहन्छ। यी त द्वन्द्वको परिणाममात्र हुन्। भारत-पाक द्वन्द्वको मूल्य क्षेत्रीय राजनीतिले चुकाइरहेछ। विकासको गतिमा व्यवधान पैदा भइरहेछ। विवाद थाती राखेरै अघि बढ्ने पहल नभएका होइनन् तर सजिलो छैन। समग्र दक्षिण एसियाको विकासलाई दु्रत गति दिन क्षेत्रीय शान्ति अनिवार्य छ। त्यसका लागि भारत-पाकबीच असम्भवप्रायः ठानिएको काश्मीर मुद्दामा दीगो सहमति आवश्यक छ।