हाम्रो समाजमा राजनीति, उद्योग, साहित्य, कला, खेल जगत, मनोरञ्जन जस्ता विभिन्न पेशाका अग्रणी व्यक्तित्वलाई आमजनता, बुद्धिजीवी तथा सञ्चारकर्मीलगायत् धेरै मानिसले चिनेका हुन्छन्। उनीहरूबारे सञ्चार माध्यममा प्रशस्त चर्चा गरिएका हुन्छन्। उनीहरू विभिन्न संघ/संस्थाद्वारा पटकपटक सम्मानित/पुरस्कृत हुन्छन्। तर नेपालका वैज्ञानिक र तिनका योगदानबारे नेपाली समाजलाई त्यति जानकारी हुँदैनन्। वैज्ञानिक र उनका योगदान सञ्चार माध्यमको चासोको विषय बनेका हुँदैनन्। अखबार, रेडियो वा टेलिभिजनको अन्तरवार्ता वा 'टक सो' मा वैज्ञानिकको उपस्थिति बिरलै देखिन्छन्। त्यतिमात्र होइन, विज्ञानका विद्यार्थीलाई समेत आफ्नो क्षेत्रमा अतुलनीय योगदान पुर्या्एका अग्रजबारे प्रायः कुनै ज्ञान हुँदैनन्।
शायद नेपाली जनताले सुनेका एकमात्र 'वैज्ञानिक' को नाम हो गेहेन्द्रशमशेर राणा। साँच्चो अर्थमा उनी वैज्ञानिक नै थिएनन्। उनी एक कुशल प्राविधिज्ञमात्र थिए। नेपालमा विज्ञानको क्षेत्रमा वास्तविक योगदान पुर्याथएका अग्रणी व्यक्तिबारे आमजनतालाई सुसूचित गर्ने प्रयास कहीँकतैबाट भएको देखिँदैन। यसले गर्दा पनि नेपाली समाजमा वैज्ञानिकहरू अरू पेशाका व्यक्तिजस्तो परिचित हुन सकेका छैनन। यसै सन्दर्भमा आजको यस लेखमा नेपालमा विज्ञानको एक महŒवपूर्ण विधा वनस्पति विज्ञानको विकासमा अतुलनीय योगदान पुर्यालएका व्यक्ति ब्राह्मीदत्त पान्डेबारे केही चर्चा गर्न चाहन्छु।
वनस्पति विज्ञानलाई कृषि विज्ञान, वन विज्ञान, औषधी विज्ञान, खाद्य विज्ञान, वातावरण विज्ञानजस्ता विज्ञानका धेरै विधाका जननी मानिन्छ। त्यसैले विज्ञानका यी विभिन्न विधाको विकासमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा वनस्पति विज्ञानको महŒवपूर्ण भूमिका हुन्छ। त्यतिमात्र होइन, जीव विज्ञानका कुनै पनि विषय अध्ययन गर्ने विद्यार्थीका लागि वनस्पति विज्ञानको आधारभूत ज्ञान अपरिहार्य हुन्छ।
वनस्पति हाम्रो देशको महŒवपूर्ण प्राकृतिक स्रोत हुन्। क्षेत्रफलमा सानो भए पनि नेपाल वनस्पतीय जैविक विविधतामा निकै धनी मानिन्छ। उदाहरणका लागि नेपालले विश्वको ०.०१ प्रतिशत भूभागमात्र ओगटेको छ तर पनि विश्वमा पाइने वनस्पतिका कुल प्रजातिमध्ये करिब ३.२ प्रतिशत नेपालमा पाइन्छ। नेपालको समग्र अर्थतन्त्रमा वनस्पतिको प्रयोगले ठूलो भूमिका खेल्दै आएको छ। यसैले नेपालको आर्थिक विकासको सन्दर्भमा वनस्पतिसम्बन्धी अध्ययन/अनुसन्धान गर्ने विज्ञानको विधा वनस्पति विज्ञानले ठूलो महŒव राख्छ।
नेपालमा वनस्पति विज्ञानको अध्यापन कार्य निकै ढीलो गरी सुरु भएको थियो। सन् १९१९ मा त्रिचन्द्रमा पहिलोपल्ट विज्ञान विषयको प्रमाणपत्र तह (आइएस्सी) को अध्यापन कार्य सुरु भएको थियो। सन् १९४७ सम्म त्रिचन्द्रमा गणित विषय लिएर मात्र विज्ञानमा प्रमाणपत्र तहको अध्ययन गर्न सकिन्थ्यो। योग्य शिक्षकको अभावले गर्दा त्यतिबेलासम्म त्रिचन्द्रमा जीव विज्ञान विषय लिएर प्रमाणपत्र तहको विज्ञान विषय पढ्न पाइँदैनथ्यो। त्यसैले जीव विज्ञानको कुनै पनि विषयमा उच्च अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई भारतमा गएर प्रमाणपत्र तहको अध्ययन गर्नुको विकल्प थिएन। यस अवस्थाको अन्त्य त्यतिबेला भयो, जब इलाहावाद (भारत) विश्वविद्यालयाबाट वनस्पति विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गरेका ब्राह्मीदत्त पान्डेले सन् १९४७ मा त्रिचन्द्रमा पहिलोपल्ट प्रमाणपत्र तहमा जीव विज्ञानको अध्यापन कार्य आरम्भ गरे।
जीव विज्ञान विषय लिएर प्रमाणपत्र तहमा अध्ययन गर्ने प्रथम 'ब्याच' मा विद्यार्थीको संख्या करिब ३५ जना भएको उक्त ब्याचमध्येका एक विद्यार्थी प्राध्यापक सरस्वतिप्रसाद रिमाल बताउँछन्। त्यतिबेला ब्राह्मीदत्त पान्डे वनस्पति विज्ञान पढाउने एकमात्र शिक्षक थिए। प्रमाणपत्र तहमा जीव विज्ञान विषय लिएर पढ्ने विद्यार्थीका लागि वनस्पति विज्ञानको अतिरिक्त प्राणीशास्त्र अध्ययन गर्नु पनि अनिवार्य हुन्छ। त्यतिबेला प्राणीशास्त्र पढाउने शिक्षक नभएकाले प्रमाणपत्र तहमा जीव विज्ञानको अध्यापन सुरु भएको केही वर्षसम्म कुनै एक चिकित्सकले प्राणीशास्त्र पढाउने गर्थे। सन् १९५२ मा मात्र त्रिचन्द्रमा प्राणीशास्त्रका शिक्षक शिवशंकर सिंहले प्राणीशास्त्र पढाउन थालेका थिए।
ब्राह्मीदत्त पान्डेकै अग्रसरतामा त्रिचन्द्रमा सन् १९५२ मा तीन विद्यार्थीसहित स्नातक तह र सन् १९६५ मा त्रिभुवन विश्वविद्यालयमा आठ विद्यार्थीसहित स्नातकोत्तर तहको वनस्पति विज्ञानको अध्यापन कार्य सुरु भएको थियो। यसरी नेपालमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको वनस्पति विज्ञानको अध्यापन कार्यको थालनी र विकास हुनुमा ब्राह्मीदत्त पान्डेको अहम् भूमिका रह्यो। सन् १९४७ मा त्रिचन्द्रमा अध्यापन सुरु गरेदेखि सन् १९७३ मा त्रिविबाट सेवा निवृत्त हुनुअघिसम्म ब्राह्मीदत्त पान्डे लगातार वनस्पति विभागको प्रमुख रहे। यस अवधिमा उनले नेपालका कैयन् पुस्ताका वनस्पतिविद्, चिकित्सक, कृषि वैज्ञानिक, वन वैज्ञानिक तथा जीव विज्ञानका अन्य विषयका विद्यार्थीलाई वनस्पति विज्ञानको आधारभूत ज्ञान प्रदान गरेका थिए। यसरी नेपालमा वनस्पति विज्ञानलगायत् जीव विज्ञानका विभिन्न विषयका जनशक्ति निर्माणमा ब्राह्मीदत्त पान्डेको योगदान अतुलनीय रह्यो।
ब्राह्मीदत्त पान्डे उत्कृष्ट एवं कडा अनुशासनका शिक्षक तथा कुशल प्रशासक थिए। उनमा विशेषगरी नेपालमा पाइने फूल फुल्ने जातका धेरैजसो वनस्पतिबारे ठूलो ज्ञान थियो। आफूले नचिनेको कुनै वनस्पति भेट्नासाथ त्यस्ता वनस्पति प्रयोगशालामा ल्याएर त्यसको अध्ययन गर्थे र तीनको वैज्ञानिक नाम र समूह (फेमिली) पत्ता लगाउँथे।
हिजोआज आर्थिक लाभका लागि वा राजनीतिक दबाबमा प्राज्ञिक मूल्यमा सम्झौता गरी आवश्यक पूर्वाधारविना देशभर जथाभावी विश्वविद्यालय तथा उच्चशिक्षाका निजी वा सरकारी शैक्षिक संस्थाको स्थापना हुनु सामान्य कुरा भइसकेको छ। तर ब्राह्मीदत्त पान्डे प्राज्ञिक मूल्यमा कहिल्यै सम्झौता गर्दैनथे। प्राज्ञिक मूल्यमा उनी कति कटिबद्ध थिए भन्ने एक घटनाको यस पंक्तिकारलाई आज पनि सम्झना छ।
सन् १९६६ मा वनस्पति विज्ञानको प्रथम ब्याचको स्नातकोत्तर तहको अध्यापन त्रिचन्द्रमा सञ्चालन भइरहेको थियो। त्रिवि कीर्तिपुरमा विज्ञानको स्नातकोत्तर तहको अध्यापन सुरु गर्न नयाँ भवन (हालको रसायनशास्त्र केन्द्रीय विभाग) को निर्माण कार्य सम्पन्न भइसकेको थियो। तर त्यहाँ स्नातकोत्तर तहको अध्यापन सुरु गर्न आवश्यक प्रयोगशालाको पूर्वाधार तयार भइसकेको थिएन। एक दिन त्रिविका तत्कालीन रजिष्ट्रार त्रैलोक्यनाथ उप्रेती आएर ब्राह्मीदत्त पान्डेलाई वनस्पति विज्ञानको स्नातकोत्तर तहको अध्यापन कार्य त्रिचन्द्रबाट कीर्तिपुरको नवनिर्मित भवनमा स्थानान्तर गर्न आग्रह गर्दै थिए। आवश्यक पूर्वाधार तयार भइनसकेकाले ब्राह्मीदत्त पान्डेले कीर्तिपुरको नवनिर्मित भवनमा स्नातकोत्तर तहको अध्यापन सुरु गर्न अस्वीकार गरे।
ब्राह्मीदत्त पान्डे नमानेपछि त्रैलोक्यनाथ उप्रेतीले राजा महेन्द्रबाट आदेश भएको भन्दै पान्डेलाई स्नातकोत्तर तहको अध्यापन कीर्तिपुरमा तत्काल सञ्चालन गर्न दबाब दिए। ब्राह्मीदत्त पान्डेले त्यतिबेला उप्रेतिलाई भनेका थिए- 'हालको अवस्थामा कीर्तिपुरमा वनस्पति विज्ञानको स्नातकोत्तर तहको अध्यापन कार्यसञ्चालान गर्न सम्भव छ वा छैन, त्यसबारे राजा महेन्द्रलाई भन्दा मलाई बढी थाहा छ। त्यसैले राजाको आदेश भए पनि कीर्तिपुरमा अहिल्यै स्नातकोत्तर तहको अध्यापन कार्य सञ्चालान गर्न म सक्तिन।' प्राज्ञिक मूल्यका लागि त्यतिबेला राजा महेन्द्रको आदेशलाई समेत अटेर गर्ने नैतिक साहस ब्राह्मीदत्त पान्डेमा थियो। त्यतिबेला राजाको आदेश नमान्नु सामान्य कुरा थिएन। आवश्यक पूर्वाधार पूरा भएपछि मात्र वनस्पति विज्ञानको स्नातकोत्तर तहको अध्यापन कीर्तिपुरमा सुरु भएको थियो। ब्राह्मीदत्त पान्डेकै अग्रसरतामा केही वर्षपछि कीर्तिपुरमा वनस्पति विभागको आफ्नै भवन र वनस्पति उद्यान निर्माण भएको थियो।
यस पंंक्तिकारको जीवनमा ब्राह्मीदत्त पान्डेको ठूलो प्रभाव रह्यो। पंक्तिकार प्रमाणपत्र तथा स्नातक तहमा ब्राह्मीदत्त पान्डेको विद्यार्थी थियो। पंक्तिकारका लागि ब्राह्मीदत्त पान्डे एक उदाहरणीय एवं आदर्श गुरु थिए। उनैबाट प्रभावित भएर पंक्तिकारले बिएस्सीपछि चिकित्सा विज्ञान (एमबिबिएस) पढ्ने अवसर त्यागेर भारतबाट वनस्पति विज्ञानमा स्नातकोत्तर गर्ने निर्णय गरेको थियो। ब्राह्मीदत्त पान्डेजस्तै वनस्पति विज्ञानको उत्कृष्ट शिक्षक बन्ने यस पंक्तिकारको सपना थियो।
यस पंक्तिकारको जीवनको मोडमा ब्राह्मीदत्त पान्डेले अत्यन्त महŒवपूर्ण भूमिका खेलेका थिए। सन् १९६६ मा गोरखपुर विश्वविद्यालयबाट वनस्पति विज्ञानमा स्नातकोत्तर गरेर पंक्तिकार नेपाल फर्कंदा नेपालमा पहिलोपल्ट त्रिविअन्तर्गत त्रिचन्द्रमा वनस्पति विज्ञानमा स्नातकोत्तर तहको अध्यापन सुरु भइरहेको थियो। त्यतिबेला त्यहाँ स्नातकोत्तर तहमा वनस्पतिको क्रिया विज्ञान (प्लान्ट फिजियोलजी) पढाउने कोही शिक्षक थिएनन्। त्यसैले त्रिविमा उक्त विषय पढाउने शिक्षकको खाँचो थियो। मैले सोही विषयमा स्नातकोत्तर तहमा विशेषज्ञता हासिल गरेको थिएँ। मलाई त्रिविमा शिक्षक भएर काम गर्ने चाहना थियो।
उता थापाथलीस्थित वनस्पति विभागमा पनि मलाई काम गर्ने अवसर प्राप्त भएको थियो। ब्राह्मीदत्त पान्डेले मलाई समयमै त्रिविमा नियुक्त गर्ने व्यवस्था मिलाइदिएका थिए। त्रिविमा नियुक्ति पाउन एक दिनमात्र ढिला भएको भए मैले अर्को दिन थापाथलीस्थित वनस्पति विभागमा नियुक्ति पाउने थिएँ र सरकारी सेवामा प्रवेश गर्ने थिएँ। त्यसो भएको भए मेरो जीवनले अर्कै मोड लिने थियो। समयमै त्रिविमा नियुक्ति पाएकाले वनस्पति विज्ञानको शिक्षक बन्ने मेरो विद्यार्थीकालको सपना पूरा भएको थियो। कीर्तिपुरमा वनस्पति विज्ञानको स्नातकोत्तर तहको अध्यापनकार्यको आरम्भ कालमा ब्राह्मीदत्त पान्डे र यस पंक्तिकारमात्र पूर्णकालीन शिक्षक थिए। त्रिचन्द्रका अन्य शिक्षक आंशिक शिक्षकका रूपमा अध्यापन गर्थे। कालान्तरमा कुनै बेला ब्राह्मीदत्त पान्डे विभागीय प्रमुख रहेको त्रिवि कीर्तिपुरस्थित वनस्पति विभागमा यस पंक्तिकार करिब १३ वर्ष विभागीय प्रमुख रह्यो। विभागीय प्रमुख रहँदा पंक्तिकारले ब्राह्मीदत्त पान्डेको अनुशासन र आदर्शलाई निरन्तरता दिने प्रयास गरेको थियो।
हामी धेरैजसो आफ्ना अग्रजले पुर्या एको योगदान छिट्टै बिर्सन्छौँ र उनीहरूको उचित कदर गर्दैनौँ। नेपालमा वनस्पति विज्ञानको विकासमा अतुलनीय योगदान दिएका ब्राह्मीदत्त पान्डे त्रिवि सेवाबाट निवृत्त हुँदा उनको सम्मानमा एउटा औपचारिक बिदाइ कार्यक्रम पनि विभागले आयोजना गरेको थिएन। अनिवार्य अवकाश प्राप्त गरेपछि ब्राह्मीदत्त पान्डे केही थप समयका लागि करारमा त्रिविमा अध्यापन कार्यलाई निरन्तरता दिन चाहन्थे। तर त्रिविका तत्कालीन पदाधिकारीले ब्राह्मीदत्त पान्डेको उक्त चाहनाको पनि कदर गरेनन्। विभाग र विश्वविद्यालयले आफ्नो योगदानको उचित कदर नगरेको दुःखेसो ब्राह्मीदत्त पान्डेले यस पंक्तिकारलाई बेलाबखत सुनाउने गर्थे।
दमको रोगबाट पीडित ब्राह्मीदत्त पान्डेको सन् १९७५ मा ६५ वर्षको उमेरमा उपचारको क्रममा नयाँ दिल्लीमा देहावसन भएको थियो।