नेपाली समाजमा विज्ञान र वैज्ञानिक
११ भदौ २०६६
•
१३ मिनेट पाठ
नेपाली समाजमा विज्ञान र वैज्ञानिक
यस वर्ष मेक्सिकोमा सम्पन्न ४०औँ अन्तर्राष्ट्रिय भौतिकशास्त्र फिजिक्स ओलम्पियाडमा नेपालबाट विज्ञानका दुई जना विद्यार्थीले मात्र भाग लिने अवसर पाएका थिए।
पाँच जना विद्यार्थीलाई सहभागी गराउन सकिने भए पनि सरकारबाट आर्थिक सहयोग नपाएकाले दुई जनाले मात्र भाग लिएका हुन्। कतिपयलाई लाग्दो हो हाम्रो जस्तो गरिब मुलुकले यस्ता वैज्ञानिक कार्यक्रममा भाग लिन रकम उपलब्ध गराउन नसक्नु वा नचाहनु स्वाभाविकै हो। तर केही दिनअघि मात्र बैंककमा एक एसियाली खेल प्रतियोगितामा ७० लाख रुपियाँ खर्चेर भाग लिन भने हाम्रा १८ खेलाडी र २२ प्रशासकलाई मुलुकको 'गरिबी'ले रोकेन। यसरी हेर्दा राष्ट्रसँग पैसा नै नभएको त होइन रहेछ भन्ने बुझ्न सकिन्छ। कुरा प्राथमिकताको रहेछ।




बैंककको खेलमा सहभागी ४० मुलुकमध्ये पदक तालिकामा नेपाल पुछारमा परेको थियो। तीन मुलुकको मात्र सहभागिता रहेको एक खेलमा मात्र एक नेपाली खेलाडीले कास्य पदक प्राप्त गर्न सफल भएका थिए । ७० लाख रुपियाँ खर्च गरेर प्राप्त भएको उपलब्धि यही नै थियो। उता विश्वका अति विकसित मुलुकलगायत ८१ राष्ट्रका ३१४ विद्यार्थी सहभागी भएको मेक्सिकोको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिएका विज्ञानका दुई विद्यार्थीमध्ये रोहन पौडेल फिजिक्स ओलम्पियाडको इतिहासमा नेपालका लागि पहिलोपल्ट कास्य पदक जित्न सफल भए। फिजिक्स ओलम्पियाडमा पदक जित्नु खेलतर्फको ओलम्पिक प्रतियोगितामा पदक जित्नुभन्दा कम कठिन र गौरवको विषय होइन।

ओलम्पिक खेलमा कुनै नेपाली खेलाडी कास्य पदक जित्न सफल भएका भए उक्त खेलाडीको सायद विमानस्थलदेखि नै सिन्दुरे जात्रा गराई सहर परिक्रमा गराइन्थ्यो होला र राष्ट्रले लाखौँको नगद पुरस्कारसहित ठूलो सम्मान गर्ने थियो होला। विभिन्न खेलमा राम्रो प्रदर्शन गरेका नेपाली खेलाडीले यस्तो पुरस्कार र सम्मान पाउँदै आएका पनि छन्। उदाहरणका लागि नेपालका चर्चित तेक्वान्दो खेलाडी संगीना वैद्यले हालै सक्रिय खेलबाट सन्यास लिँदा झन्डै ३० लाख रुपियाँको टोयोटा गाडी उपहार पाएकी थिइन् । तर रोहनले विज्ञानतर्फको ओलम्पिक मानिने मेक्सिकोमा सम्पन्न फिजिक्स ओलम्पियाडमा हासिल गरेको यत्रो ठूलो सफलताको राष्ट्रिय स्तरमा न कुनै सम्मान भयो न साचार माध्यममा उनको खास चर्चा नै भयो। खेलकुद र खेलाडीको विरोध गर्न खोजिएको होइन बरु हाम्रो समाज विज्ञान र वैज्ञानिकप्रति कति उदासीन छ भन्ने उदाहरणमात्र दिन खोजिएको हो।

प्रत्येक वर्ष खेलाडीमात्र होइन अन्य क्षेत्रका कयौँ व्यक्तिलाई विभिन्न संघ संस्थाले उनीहरुको योगदानको कदरस्वरुप ठूलो धनराशिसहितको पुरस्कार प्रदान गर्ने गरेको पाइन्छ । कतिपय चर्चित व्यक्तिले त यस्ता लाखौँलाखको पुरस्कारहरु पटकपटक पाएका हुन्छन् र उनीहरुका कोठा सम्मानपत्रबाट भरिभराउ हुन्छन् । तर वैज्ञानिकहरु यसरी पुरस्कृत र सम्मानित भएको कमैमात्र पाइन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्ट र डा। बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानमात्र देशका दुई यस्ता संस्था हुन् जसले वैज्ञानिकहरुको सम्मान गर्दै आएका छन् ।
नेपाली साचार माध्यमले पनि विज्ञान र वैज्ञानिकलाई खासै महत्व दिएको पाइँंदैन । दैनिक एवं साप्ताहिक अखबार टेलिभिजनको टक सो रेडियो अन्र्तवार्ता आदिमा विज्ञान र वैज्ञानिकलाई बिरलै स्थान दिइन्छ । बलिउड सिनेमा वा टिभी सिरियलका सामान्य कलाकार पनि काठमाडौँ आउँदा ठूलो महत्वका साथ समाचार अन्तरवार्ता छाप्ने वा प्रसारण गर्ने अधिकांश नेपाली अखबार रेडियो वा टिभी च्यानलहरुले नेपाल आएका नोबेल पुरस्कार विजेताजस्ता विश्वविख्यात वैज्ञानिकलाई समेत महत्व दिँदैनन्।

हाम्रा धेरैजसो वैज्ञानिकहरु परम्परित पठनपाठनमा सीमित छन् र पूरा समय अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिकको संख्या अति न्यून छ। तथापि देशमा समय समयमा हुने गरेका राष्ट्रिय स्तरका विज्ञान सम्मेलनहरुमा हजारौँ वैज्ञानिकको सहभागिता हुन्छ र सयौँ कार्यपत्र प्रस्तुत हुन्छन्। तर नेपाली वैज्ञानिकले के के महत्वपूर्ण खोज नतिजा हासिल गरे न आयोजक संस्थाले समीक्षा गरी सर्वसाधारणलाई जानकारी दिन्छन् न यसबारे साचार माध्यमले नै चासो लिएर खोजतलास गर्छन्।

धेरैजसो अन्य पेसाका प्रतिष्ठित व्यक्तिलाई सर्वसाधारणले चिनेका हुन्छन्। तर नेपालका वरिष्ठ वैज्ञानिकहरुलाई सर्वसाधारणले मात्र होइन विज्ञानकै विद्यार्थीहरुले समेत राम्ररी चिनेका हुँदैनन्। कुनैपनि वैज्ञानिक विशेषतः उसले अनुसन्धानमार्फत् गरेका मौलिक खोज र आविष्कारका कारण समाजमा चिनिन्छ र प्रसिद्ध हुन्छन्। तर बिजुली र पानीको निरन्तर आपूर्तिजस्तो वैज्ञानिक अनुसन्धानका लागि आवश्यक न्यूनतम पूर्वाधारसम्म नभएको हाम्रो देशमा जतिसुकै योग्य प्रतिभाशाली र समर्पित वैज्ञानिकले पनि ठूल्ठूला खोज एवं आविष्कार गरि समाजमा परिचित र प्रतिष्ठित हुन त्यति सजिलो छैन। यिनै कारणले गर्दा नेपाली वैज्ञानिकले के कस्ता महत्वपूर्ण खोज र आविष्कार गरे जनता अनभिज्ञ छन्।

देशमा विज्ञानको समग्र विकास र वैज्ञानिकको हक हितको प्रवर्द्धन गर्न विज्ञान मन्त्रालय तथा नास्ट जस्ता राष्ट्रिय संस्था स्थापना नभएका होइनन्। तथापि यी संस्थाहरु प्रभावकारी हुन नसकेको वैज्ञानिकहरुको गुनासो छ । उपयुक्त नीति तथा बृहत् कार्यक्रम बनाएर देशमा विज्ञान र प्रविधिको समग्र विकास गर्न र वैज्ञानिकहरुको मनोबल उकास्न ध्यान दिनुभन्दा कतिपय विज्ञान मन्त्री एवं मन्त्रालयका सचिवहरुले समेत मन्त्रालयको औचित्य देख्दैनन् र मन्त्रालय खारेज भए नै राम्रो भनेर सार्वजनिकरुपमै भनी हिँड्छन् । कतिपय विज्ञान मन्त्री फुस्रद बढी भएर ब्युटी पार्लरको उद्घाटन गर्न जानसमेत भ्याउँछन्।

हरेक नेपाली प्रधानमन्त्रीले अनिवार्यरुपमा छिमेकी मुलुक भारत र चीनको भ्रमण गर्छन्। भ्रमण दलमा दर्जनौँ सम्बन्धित वा असम्बन्धित व्यक्तिको सहभागिता हुन्छ। तर यस्ता उच्चस्तरीय भ्रमणमा वैज्ञानिकको सहभागिता हुने गर्दैन र विज्ञान प्रविधि छलफलको एजेन्डा पनि बन्ने गर्दैन । जानेको र चाहेको भए यी दुवै राष्ट्रले विज्ञान प्रविधि क्षेत्रमा केही समय यता हासिल गरेको सफलताबाट नेपालले ठूलो पाठ सिक्न र फाइदा लिनसक्ने थियॊ।
नेपालका कतिपय शक्तिशाली राजनीतिज्ञहरुको पृष्ठभूमि विज्ञान भएपनि उनीहरु देशमा विज्ञानको विकासप्रति प्रतिबद्ध भएको देखिँदैन। स्वयं राष्ट्रपति चिकित्सा वैज्ञानिक हुनुहुन्छ । तर २२ दलको समर्थन प्राप्त सरकारले तयार पारेको र उहाँले व्यवस्थापिका-संसद्मा प्रस्तुत गर्नु भएको यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा विज्ञान शब्दको उल्लेखसम्म भएन। संविधानसभामा कुनैपनि सभासद्ले आजसम्म विज्ञानको विषय उठाएको सुनिएको छैन। तथापि हिजोआज हाम्रा नेताहरु आफ्नो भाषण र अभिव्यक्तिमा ुवैज्ञानिकु शब्द प्रयोग गर्ने गर्छन् जस्तै सङ्घीयताको वैज्ञानिक आधार वैज्ञानिक शासन प्रणाली वैज्ञानिक शिक्षा नीति वैज्ञानिक भूमिसुधार आदि। यतिमात्र होइन अब त राजनीतिक दलबीच मन्त्रालय राजदूत सचिव संस्थानका महाप्रबन्धक आदिको भागबन्डा समेत 'वैज्ञानिक' हुनु पर्नेमा नेताहरु जोड दिने गर्छन् । उनीहरुले प्रयोग गर्ने ुवैज्ञानिकु शब्दको परिभाषा उनीहरुले मात्रै बुझ्ने भएका छन्।

हाम्रा राजनीतिज्ञ एवं योजनाकारहरुले कुनैपनि नीतिनिर्माण कार्यमा वैज्ञानिकहरुको सल्लाह लिनुपर्ने आवश्यकता महसुस गरेका छैनन् । देशमा नयाँ संविधान निर्माण हुँदैछ । तर संविधान निर्माणमा वैज्ञानिकको रायको लिनु पर्ने आवश्यकता कुनैपनि राजनीतिक दलले महसुस गरेका छैनन् । संविधान सभामा धेरै पेसाका व्यक्तिहरुको प्रतिनिधित्व भएको छ । तर वैज्ञानिक समुदायको प्रतिनिधित्व छैन । आज समाजका हरेक पेसामा संलग्न व्यक्तिहरु आफ्नो हकहितका लागि आवाज उठाई रहेका छन् । तर राम्ररी सङ्गठित हुन नसकेकाले नेपाली वैज्ञानिकहरु आज एक आवाजविहीन वर्ग बनेका छन्। उनीहरुको आवाज न सरकारसम्म पुगेको छ न समाज सदन वा सडकमा नै सुनिन्छ। आजको युग विज्ञान तथा प्रविधिको युग हो र विज्ञान तथा प्रविधिको विकास नगरी कुनैपनि मुलुकले आर्थिक सामाजिक विकास गर्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ। तर नेपालमा यस तथ्यलाई आजसम्म न समाजले राम्ररी बुझेको छ न वैज्ञानिकहरुले नै राम्ररी बुझाउन सकेका छन्।
अर्को समाचार
नास्टको प्रयास
०१ पौष २०६६
•
१३ मिनेट पाठ
नास्टको प्रयास
नेपाली समाजमा पनि आधुनिक वैज्ञानिक चेतना एवं सोच जगाउन विज्ञान संग्रहालय, प्लेनेटोरियम, विज्ञान अध्ययन केन्द्रआदि स्थापना गर्ने विषय केही अघि देखि उठेको हो। वि.सं. २०४६ को परिवर्तनपछि प्लेनेटोरियम स्थापनाका लागि तामझामका साथ एउटा समिति बनेको थियो। विज्ञान प्रविधि मन्त्रालय बनेपछि सोहीअन्तर्गत अहिले बी.पी. कोइराला मेमोरियल प्लेनेटोरियम अब्जरभेटरी विकास समिति तथा विज्ञान संग्रहालय समितिका नाममा कार्यरत छ। लगभग १२-१५ वर्षपछि हाल केही भवन बनेर समितिको कार्य अघि बढेको छ। त्यस्तै, सन् २००३ मा नास्ट परिसरमा विज्ञान अध्ययन केन्द्र बनाउन नेपाल-भारतको "प्रोग्राम अफ कोअपरेसन" (पिओसी) मा समावेश गरी निर्माण गर्ने प्रस्ताव सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसमेतको सहमतिमा सरकारले भारतीय दूतावासमा पठाएको रहेछ। दूतावासले संभाव्यता अध्ययनलगायत प्राविधिक सहयोगका लागि कोलकत्ता स्थित नेसनल काउन्सिल फर साइन्स म्युजियम (एन.सी.एस्.एम्.) लाई लेखी पठाएबमोजिम त्यहाँबाट एउटा टोली नेपाल आएको रहेछ। उक्त टोलीले नास्ट परिसरमा स्थलसमेत हेरी छलफल भएको र सोबमोजिम उक्त संस्था तथा नास्टसँग संझौता भएको रहेछ। यसअन्तर्गत सन् २००५ सालमा उक्त संस्थाले विस्तृत परियोजना प्रस्ताव बनाएर पठाउने सहमति भएको रहेछ। यत्तिकैमा नास्टका पूर्वउपकुलपति दयानन्द बज्राचार्यको कार्यकाल समाप्त भएको र केही समयपछि म उपकुलपति भएको हुँ। उहाँको कार्यकालमा उक्त पहल भएकोले होला। आजसम्म उक्त अध्ययन केन्द्रको निर्माण हुन नसकेको विषयमा नागरिक दैनिकको १८ मंसीर २०६६ को अंकमा नास्ट र विज्ञान अध्ययन केन्द्र शीर्षकको बज्राचार्यको लेख छापिएको छ। उक्त लेखले केही भ्रम पारेको र आक्षेपसमेत गरेकाले स्पस्ट पार्नु आफनो कर्तव्य ठान्छु।






म उपकुलपति भएको केही समयपछि भारतीय दूतावासबाट एनसीएसएमले तयार पारेको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) प्राप्त भयो। हामीले विस्तृत अध्ययन गरी आठबुँदे सुझाव दूतावासमा पठायौं। परामर्शदाताको खर्च नास्टले व्यहोर्ने जस्ता बुँदामा हाम्रो राय फरक रह्यो। परामर्शदातालगायत सम्पूर्ण निर्माण कार्य 'टर्न की' आधारमा भारतले गरिदिने र नास्टले जग्गा, पानी, विद्युतलगायत आधारभूत पक्षको व्यवस्था गर्ने हाम्रो सुझाव थियो। उक्त आठबुँदे सुझावमा सहमति जनाएर दूतावासले नयाँ दिल्ली पठायो। केही समयपछि निर्माण कार्यमा प्राविधिक परामर्श गरिदिन एनसीएसएम कोलकातामा लेखी पठाइएको जानकारी आयो। उक्त संस्था धेरै ठाउँमा परामर्शदाता भएकाले 'कन्सलटेन्ट' नियुक्तिमा विलम्ब भएको बुझियो।
नास्ट २५ वर्ष पुगेको अवसरमा २०६४ मंसीर २० गते रजतमहोत्सवको विशेष कार्यक्रमसहित वार्षिक दिवस मनाउने सम्बन्धमा म तत्कालीन प्रधानमन्त्री एवं कुलपति गिरिजाप्रसाद कोइरालालाई अवगत गराउन बालुवाटार गएको थिए। सोही अवसरमा नास्टमा प्रयोगशाला भवन निर्माणका लागि ड्रइङ डिजाइन पूरा भै सकेकाले शिलान्यास कार्यक्रम राखिएको थियो। साथै विज्ञान अध्ययन केन्द्र निर्माणका लागि भएको प्रगति बारे पनि अवगत गराउँदा उत्साहित भएर कोइरालाले तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीलाई फोनबाट त्यसका बारेमा सोध्नु भयो। राजदूतले बुझेर जानकारी दिने बताए। एकैछिनमा राजदूत मुखर्जीको फोन आयो। उनले सबै तयार छ भनेपछि त्यसको शिलान्यास कार्यक्रम राखियो।
आफू उपकुलपति भएर आएपछि संस्थालाई थप प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने चिन्तन हुनु स्वाभाविक थियो। प्रज्ञाप्रतिष्ठानका विगतका कार्य प्रायशः प्रबर्धनात्मक भएको र विज्ञान प्रविधिको अनुसन्धानमा निकै कम भूमिका रहेको देखियो। देशको उच्चतहको यस्तो संस्थाले विश्वका उत्कृष्ट अनुसन्धानसँग तुलनीय अनुसन्धान केन्द्र संचालन गर्न सकिन्छ भन्ने लाग्यो। त्यसको प्रारम्भ कहाँबाट गर्ने? सर्वप्रथम, सुविधा सम्पन्न प्रयोगशालाका लागि भौतिक पूर्वाधार अर्थात प्रयोगशाला भवन निर्माण आवश्यक थियो। अतः पहिलो वर्ष ड्रइङ डिजाइनका लागि केही बजेट राखी कार्य प्रारम्भ गरियो। अर्को वर्ष निर्माण कार्य प्रारम्भ गर्न सरकारसँग बजेट माग गरियो। विज्ञान तथा प्रविधि मन्त्रालयबाट सिफारिस भए पनि अर्थ मन्त्रालयले बजेट दिने लक्षण देखिएन। मैले तत्कालीन विज्ञान तथा प्रविधि मन्त्री महन्त ठाकुरसँग प्रधानमन्त्री कोइरालाकहाँ गएर भन्ने भन्नुपर्ने र सँगै जाने प्रस्ताव राखेँ। उहाँ पनि विज्ञान प्रविधिका लागि न्यून बजेट हुने देखेर असन्तुष्ट हुनुहँुदो रहेछ। अर्को बिहान सँगै प्रधानमन्त्रीलाई भेटेर प्रधानमन्त्रीसँग बजेट नभए काम नहुने र संस्थामा बसी रहनुको औचित्य पनि नहुने विचार राखेँ। प्रधानमन्त्रीले तत्कालीन अर्थ मन्त्रीलाई भनेर प्रयोगशाला भवन बनाउने बजेट उपलब्ध गराउने आश्वासन दिनुभयो। त्यस वर्ष एक करोड पचास लाख बजेट स्वीकृत भयो।

प्रधानमन्त्री एवं भारतीय राजदूतबाट शिलान्यास कार्यक्रम राख्न मौखिक सहमति भएपनि लिखित आधार नभएकोले औपचारिकरूपमा शिलान्यास गराउन हामीलाई अप्ठेरो लाग्यो र दूतावासमा पत्राचार गर्‍यौं। दूतावासले लिखितरूपमा शिलान्यासका लागि सहमतिका साथै शिलामा लेखिने व्यहोरा र दुबै देशको झण्डा राख्ने विवरणको मस्यौदा पठायो। त्यसपछि शिलान्यास नगर्ने कुनै कारण थिएन। यस्तो अवस्थामा पनि शिलान्यास नगराउनु अध्ययन केन्द्रको स्थापनामा ढिलाइ गर्न खोजेको हुन्थ्यो। शिबशंकर मुखर्जीबाहिर जानु परेकोले शिलान्यास कार्यक्रममा दूतावासका डीसीएम् आलोक सिन्हाको सहभागिता भयो। आफनो भाषणमा उनले समयमा नै बन्ने बचनसमेत दिए। शिलान्यासका लागि दूतावासबाट लिखित पत्र प्राप्त भएको जानकारी मैले आफनो मन्तव्यमा पनि दिएको थिएँ। बज्राचार्यको लेखमा भनिएजस्तो उक्त अवसरमा प्रधानमन्त्रीले समयमा बन्ने विषयमा सिन्हालाई दोहोर्‍याएर सोध्नु भएको र सिन्हाले बन्छ भनेर जवाफ दिएको सत्य हो। उपकुलपतिले विज्ञान अध्ययन केन्द्र समयमै बनाउने भनेको भन्ने चाहिँ असत्य हो। किनभने विज्ञान अध्ययन केन्द्रको सम्पूर्ण निर्माण कार्य भारतीय पक्षबाट टर्नकी आधारमा हुने भएकोले आफनो भूमिकै नभएको विषयमा उपकुलपतिले आश्वासन दिनु असंगत हुन्थ्यो।
शिलान्यास पछिको प्रगतिका सम्बन्धमा एक त परामर्शदाताको काम गर्ने भनिएको एनसीएसए धेरै पछिमात्र काम गर्न सहमत भएको बुझियो। त्यही क्रममा भारतमा चुनावको घोषणा भएकोले पनि केही विलम्ब भयो। डिसेम्बर २, २००८ मा दूतावासले अर्थ मन्त्रालयका सचिव, नास्टका उपकुलपति र भारतीय राजदूतबीच त्रिपक्षीय सम्झौता गर्नुपर्ने भनी मस्यौदा पठायो। उक्त मस्यौदामा कानुन मन्त्रालयसमेतको रायबमोजिम नास्ट र मन्त्रालयहरूबाट राय दूतावासमा पठाइयो। अन्तिम स्वीकृतिका लागि दूतावासले दिल्ली पठाएको जानकारी दिँदै अब केही समयमै त्रिपक्षीय सम्झौता हुने भनिएको छ। अहिलेसम्मको अनुगमन र प्रगति यही हो।
माथिका सबै जानकारी मैले समय समयमा बस्ने प्राज्ञ बैठकमा पनि दिँदै आएको छु। तैपनि बज्राचार्यको लेखमा गैरजिम्मेवार, कर्तव्यविमुखजस्ता शब्दको प्रयोग भएको र वर्तमान उपकुलपतिले निर्माणको पूर्वतयारी नगरी राष्ट्राध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई झुक्याएर शिलान्यास गराउनु हुन्थेन भन्ने आशय उल्लेख हुँदा आश्चर्य लागेको छ।
जसरी पूर्व उपकुलपतिको कार्यकालमा लगभग पाँच करोडमा भवन बन्यो, त्यसैगरी अहिले लगभग सात करोडमा प्रयोगशाला भवन निर्माण कार्य सम्पन्न हुँदैछ। यस्ता निर्माण प्रज्ञा-प्रतिष्ठान आफँैले गर्ने भएकोले पदाधिकारीको सक्रियतामा नै पूरा हुन्छ। तर कुनै मित्रराष्ट्रबाट हुने सहयोगमा प्राविधिक, कूटनीतिकलगायत विभिन्न पक्ष हुन्छन् र यसलाई त्यहीरूपमा बुझिदिनु पर्छ।
पूर्वउपकुलपति बज्राचार्य आफनो क्षेत्रका विद्वान् भएकाले र शिक्षा एवं विज्ञानका विभिन्न पदमा बसेर योगदान दिएकोमा विमति छैन। उहाँले विज्ञान प्रविधिका क्षेत्रमा सर्वसाधरणलाई जानकारी गराउने विषय धेरै छन्। कुनै संस्थामा कसको कति योगदान भयो भन्ने त अरूले मूल्यांकन गर्ने विषय हो।

लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस