आशा र आन्दोलनका कुरा
१० माघ २०६९
•
१३ मिनेट पाठ
आशा र आन्दोलनका कुरा
यथास्थितिप्रति जनताको असन्तुष्टिले जब एउटा सीमा नाघ्छ, त्यसको बिष्फोट हुन्छ। त्यो बिष्फोटले आन्दोलन, विद्रोह, विप्लव वा क्रान्ति आदिको रूप लिन्छ। त्यही बिष्फोटले पुरानो शक्ति सन्तुलनका ठाउँमा नयाँ सन्तुलन जन्माउँछ। देशको अनुहार फेर्छ। कुनै बेला समृद्धि ल्याउँछ, कुनै बेला बर्बादी। कुनै बेला देश टुक्र्याउँछ, कुनै बेला गुमेको देश फर्काउँछ। यो टुवि्र्कने वा जोडिने प्रवि्र्कया भूगोलमा, संरचनामा, विधिमा वा केवल मानिसका भावनामा - जेमा पनि जहाँ पनि जसरी पनि प्रकट हुनसक्छ। असन्तुष्टिको बिष्फोटको प्रतिफल के हुन्छ, भलो हुन्छ कि कुभलो, प्रगति हुन्छ कि अधोगति, त्यो प्रायः मार्गनिर्देशकहरुको नियत र खुबीमा भर पर्ने कुरा हो।
यो देशमा दशकौंदेखि थाक लाग्दै गएका जनताका अनेक असन्तुष्टिमध्ये राजतन्त्रप्रतिको असन्तुष्टि चरम बिन्दुमा पुग्यो र नै ६२­६३ को जनआन्दोलनको रूपमा बिष्फोट भयो। अनेकन असन्तुष्टिकै अर्को खाले अभिव्यक्ति र त्यसको उपयोग एक दशकदेखि माओवादी जनयुद्धका रूपमा प्रकट भइरहेको थियो। यथास्थितिप्रतिका यी दुवै असन्तुष्टिको योगले राजतन्त्र अन्त्य गरिदियो। शक्तिको नयाँ सन्तुलन गणतन्त्रका रूपमा प्रकट भयो।
देशले गणतान्त्रिक चोला फेरिसकेपछि पनि थुप्रै वर्ष बितिसकेका छन्। तर अझै पनि यो 'नयाँ नेपाल', यो 'गणतन्त्र नेपाल' भनेको के हो भनेर बुझाउने मौलिक संविधान छैन। अर्थात् कता जाने हो देश, न दिशा स्पष्ट छ, न बाटो। त्यो दिशा र बाटो निर्धारण गर्ने भनेर बनेको संविधान सभा ­ जो त्यत्रो प्रतीक्षा, त्यत्रो यत्न र त्यत्रो बलिदानबाट प्राप्त भएको थियो, त्यति लाजमर्दो अवसानको भागी भयो।
'गणतन्त्र' आफैँमा सबै समस्याको हल हैन। यसले पनि विशेषण खोज्छ। कस्तो गणतन्त्र भन्ने महत्त्वपूर्ण प्रश्न हो। एउटा विशेषण बनेर 'संघीय' भन्ने शब्द आयो। तर यो संघीयताको अर्थ के हो, अझै स्पष्ट हुन सकेको छैन। अनि यही अस्पष्टताको अँधेरोमा जनताकै विभिन्न पंक्तिबीच झगडाको सम्भावनासमेत देखापर्न थालेको छ। यो अस्पष्टता त छँदैछ, अर्को थप विशेषण पनि चाहिएको छ गणतन्त्रलाई ­ 'लोकतान्त्रिक' बनाउने कि 'जनवादी' भन्ने विवाद छ। लोकतन्त्र वा जनवादको अर्थ जेसुकै होस्, यिनका शाब्दिक अर्थबीच तात्त्िवक भिन्नता होस्, नहोस्, यी दुई शब्दका भरियाबीचको झगडा नै देशभित्रको द्वन्द्वका प्रमुख कारणहरुमध्ये एक बनिरहेको छ।
संक्रमणकालीन संविधान भनेर चलनमा जे चलाइएको छ, त्यो भने उही पुरानो राजतन्त्रको पालाको संविधानलाई अलि अलि काँटछाँट गरेर बनाइएको जडौरी लुगा जस्तो लाग्छ। अनि अन्धाहरुले हात्ती छामेझैं भएभरका दल र तिनकै कार्यकर्ताजस्ता मात्र लाग्ने वकिलहरु त्यही 'कामचलाउ' संविधानलाई आ­आफ्ना किसिमले व्याख्या गरेजस्तो गर्छन्, त्यही निहुँमा झगडा गरेर बस्छन्, राष्ट्रपति र प्रधानमन्त्री अनि विभिन्न दलका नेताले ठिक गरे कि बेठिक गरे भनेर हल्ला गर्छन्।
यो आजको एउटा यथार्थ हो। अरु यथार्थ त छँदैछन् ­ देशभित्र हुनै नपर्ने गरिबी, अराजकता र असुरक्षा, पराईका आँखाले सजिलै देख्ने असभ्यता र कुसंस्कार, वातावरण विनाश, संसारको जुनसुकै ठाउँमा पनि नेपाली पासपोर्टले निम्त्याउने अपमान आदि इत्यादि।
यो देशमा कतै साँच्चैका नेता हुँदा हुन् त, ती साँच्चैका मार्गदर्शक हुन्थे होलान्, ती भविष्यद्रष्टा र गुरु हुन्थे होलान्, अभिभावक जस्ता हुन्थे होलान्। जनता र राष्ट्रले भोग्नुपरेको दुःख, असुरक्षा, अन्याय र अपमानको अन्धकारमा ती छट्पटाउँथे होलान्। र, आफ्नो हृदयको राँको बालेर देशलाई यो भोग्नै नपर्ने नारकीय अन्धकारबाट बाहिर निकाल्थे होलान्।
तर यस्ता नेता रहेनछन् हामीसँग। वा हुनसक्छ, हामी गलत दिशामा खोज्दैछौं यस्ता नेता। आजका कुनै पनि राजनीतिक दलहरु यस्ता नेता भेटिने ठाउँ रहेनन् ­ चाहे ती 'लोक' पार्टी हुन्, वा 'जन' पार्टी! नेतृत्वमा हुनुपर्ने गुणका बीज बोकेका असल मानिसहरु पनि यी पार्टीहरुमा पसेपछि कि खोक्रा भएका छन्, कि उस्तै लोभीपापीमा पतीत भएका छन्। जो अझै आफूलाई ज्युँदो र सफा राख्न सक्षम छन्, ती विवश भएर छट्पटाइरहेका छन्। तिनका हात खुट्टा पार्टीभित्रको दिशाविहीनताको फोहोर लेसिलो डोरीले बाँधिएका छन्, पार्टीभित्रैका छिनाझपटीले ठुट्याइएका छन्, आदर्शको स्खलन र भ्रष्टाचारले कुरूप बनाइएका छन्।
देशले युगलाई सुहाउने नयाँ नेतृत्व खोजिरहेको छ। युगले अर्को कुनै नयाँ दल हैन, राजनीतिकै नयाँ परिभाषा खोजिरहेको छ। राज्यकै नयाँ परिभाषा खोजिरहेको छ। जुन परिस्थितिले कुनै समस्यालाई जन्माएको छ, त्यही परिस्थितिभित्र समस्याको समाधान खोजेर भेटिँदैन भनेर आइन्स्टाइनले भनेका थिए क्यारे। अहिलेको गतिविहीनता र दिशाविहीनताको कारण पनि शायद त्यही हो - हामी परम्परागत कुटील राजनीतिमै समाधान खोजिरहेका छौं।
यथास्थितिप्रति असन्तुष्ट मानिसहरुको योग हो जनता। जनताको असन्तुष्टि परिवर्तनका लागि चाहिने ऊर्जा हो। त्यो ऊर्जाले व्यवस्थित, सुनियन्त्रित, उद्देश्यमूलक, सुनिर्दिष्ट, सकारात्मक निकास पाउँदा प्रगति र उज्यालोतर्फको बाटो खुल्छ, अग्रगमन हुन्छ। निकास पाएन भने एउटा 'वि्र्कटिकल' बिन्दुमा पुगेपछि त्यसको बिष्फोट हुन्छ। अहिले जनताको असन्तुष्टि फेरि चुलिन थालेको छ। बिष्फोटको बिन्दुमा पुग्न पुग्न लागेको छ। र यस्तै भएछ फेरि भने यसपालि त्यो बिष्फोट सत्ताका निम्ति दलहरुको छिनाझपटीभन्दा पर, निकै पर पनि जान सक्छ किनकि यतिबेला जनताका असन्तुष्टिको कुनै एउटा मात्र कारण छैन। यो असन्तुष्टि कुनै एक शक्ति विरुद्धमात्र लक्षित छैन। यस्तो बेला, जनताको असन्तुष्टिको के परिणाम हुन्छ? कसैले पनि अनुमान गर्न सक्दैन। कोही पनि सुरक्षित नहुन सक्छ। पार्टीहरुले सत्ता प्राप्तिका निम्ति गरेका 'आन्दोलन' र जनताको असन्तुष्टिको स्वतःस्फूर्त बिष्फोट एउटै हैनन्। पार्टी र तिनका नेताको त के कुरा, जनता स्वयं नै पनि सुरक्षित नरहन सक्छन्, राष्ट्र सुरक्षित नरहन सक्छ- यो सर्वव्यापी, बहुमूल असन्तुष्टिको बिष्फोटमा।
मानसिक रोगीहरुका निम्ति तर्कको कुनै अर्थ रहँदैन। अहिलेका राजनीतिक खेलाडीहरुसँग विवेकको कुरा गरेर पनि कुनै अर्थ नरहला तर जबसम्म यिनीहरुको अस्तित्व कायमै हुन्छ, जबसम्म यिनीहरुले राज्य र जनताका सरोकारका विभिन्न संयन्त्र ओगटेर बस्ने सम्भावना रहिरहन्छ, यिनीहरुलाई देखेको नदेख्यै गर्न पनि सकिन्न। सुने पनि, नसुने पनि विध्वंशक स्थिति आउन नदिन, होसमा आओ भनेर यिनलाई सचेत गराइरहने काम त जिम्मेवार नागरिकले गराइरहनै पर्छ तर जहिले पनि उही तालले सडक थुनेर र टायर बालेर, बार भत्काएर अनि ढुङ्गा हानेर जसले त्यसो गर्न सिकाए, तिनै गुरुहरुविरुद्ध लाग्दा त जनताले नै दुःख पाउने होलान्। गैंडाको भन्दा बाक्लो छाला भइसकेका यिनलाई त्यसले कति पो कुत्कुति लगाउला र! त्यसैले जनताभित्रको त्यो महान् ऊर्जा - यथास्थितिप्रतिको असन्तुष्टिले व्यवस्थित, सोद्देश्य, सुनिर्दिष्ट र अनुशासित निकास पाओस् भनेर नयाँ किसिमको आन्दोलन खोजिरहेको छ युग।
यो सम्भव छ त? राजनीतिलाई नयाँ परिभाषा दिन खोज्ने जनताको नयाँ आन्दोलनको साँच्चै सम्भावना छ र? यतिबेला कतिका नजरमा यस्तो कुरा करिब करिब बोहुलाको फ्यान्ट्यासी जस्तो लाग्न पनि सक्ला, अरु कतिलाई अल्छी पेटी बुर्जुवाको युटोपियन प्रलाप तर मलाई भने त्यस्तो लागेको छैन। नयाँ पुस्ताको पंक्तिभित्र सामाजिक उत्तरदायित्वबोधदेखि लिएर व्यवस्थापन क्षमतासम्म, न्यायप्रेमदेखि लिएर जीवनको सौन्दर्यबोधसम्म, वातावरणप्रतिको जिम्मेवारीदेखि लिएर विश्व नागरिकको चेतसम्म ­ अद्भूत गुणहरुको धनी नयाँ नेतृत्वका बीजहरु देखिरहेको छु। विध्वंश र हिंसाबाट एकदमै पर रहेर पनि 'निकै शक्तिशाली हुँ' भन्नेहरुको मनमा ढुकढुकी बढाउन ती अहिल्यै सफल भइरहेका छन्। सडक छेउ र साइबर स्पेसका मिहीन आन्दोलनहरुमा ती अभिव्यक्त भइरहेका छन्। गाउँ-गाउँका सृजनात्मक परिवर्तनका प्रयत्नहरुमा, संस्थाहरु भित्र संस्कार परिवर्तनका स­साना सफलताहरुमा, प्रेम र हिंसाबारेका नयाँ चेतमा, अन्यायविरुद्धको अहिंसात्मक लडाइँमा ती हरेक दिन देखा परिरहेका छन्। परम्परागत राजनीतिका वर्तमान खेलाडीहरुले ती हुर्किउन्जेल देशलाई सग्लो रहन देलान् कि नदेलान्? चिन्ता यतिमात्र हो।


अर्को समाचार
अबको आन्दोलन
१० फागुन २०६९
•
११ मिनेट पाठ
अबको आन्दोलन
हिउँदले बिदा माग्दै गर्दा केही नयाँपनको आशा जाग्छ। अब त केही होला कि जस्तो लाग्छ। प्रायः निराशामै परिणत हुने गरेको त्यो आशासँगै आन्दोलनका ती दिनको सम्झना पनि गहिरिन्छ। हरेक वर्षको हिउँद सकिने बेलामा यस्तै हुन्छ। १९ दिन लामो त्यो ऐतिहासिक आन्दोलनको दोस्रो दिन थियो। बिहान कफर्यु लाग्नुअघि हतार-हतार हिँडेर महाराजगन्जको शिक्षण अस्पताल पुगेको थिएँ। केही साथीहरु पहिल्यै पुगिसकेका थिए। समाजका विभिन्न क्षेत्रमा कार्यरत् र त्यतिबेला आन्दोलनमा होमिएका बुद्धिजीवी मित्रहरु एक-एक गर्दै जम्मा भइरहेका थिए। अब के गर्ने भनेर गम्भीर छलफल भयो। र, निकै लामो छलफलपछि कर्फ्यु तोड्ने निर्णय भयो।

शिक्षण अस्पतालको ढोकामा ढुकेर बसेका पुलिसलाई झुक्क्याएर कान्ति अस्पताल पस्ने सडकको मुखमा नारा लगाउन थाल्यौं। अल्मलिएका पुलिसहरु निकै बेर नारा लागेपछि मात्र त्यहाँ आइपुगे। यसरी कफर्यु तोडेपछि सातजना डाक्टरसहित २४ जनाले गिरफ्तारी दियौं। एक रात पुलिस क्लबमा राखेपछि हामीलाई दुवाकोट पठाए। त्यहाँ पुगिसकेपछि पहिल्यै पक्राउ परेका अरु धेरै साथीहरुसँग भेट भयो। तर, हामी २४ जनालाई भने छुट्टै एउटै टहरोमा राखेका थिए। यस्तो लाग्थ्यो, सशस्त्र प्रहरी तालिम केन्द्रका हाकिमहरु हामीसँग त्यति सहज अनुभव गरिरहेका थिएनन्। एउटा कागजमा सही गरेर निस्किदिए हुन्थ्यो भनेझैं गर्थे। तर, विशेष परिस्थितिमा भएका केही साथीबाहेक अरु कोही पनि निस्कन मानेनन्। अठार दिनपछि ज्ञानेन्द्र हारे। सबै जना खुशी भयौं। तर अचम्म! तिनले हामीलाई तुरुन्तै छाड्न मानेनन्। अझै पनि कागजमा सही गर्नुपर्छ भनिरहे। चर्कै प्रतिवाद गरेपछि मात्र हामी निस्कियौं।
आन्दोलन, विद्रोह, क्रान्ति वा जनताका असन्तुष्टिका जस्तासुकै बिष्फोटहरुपछि विजयोल्लासको एउटा छोटो र विशिष्ट अवधि हुन्छ। त्यो बेलामा कुनै कानुनले हैन, मानिसमा रहेको र सामूहिक चेतले मात्रै काम गरिरहेको हुन्छ। त्यो चेतनाको सुन्दर पक्षलाई जोगाइराख्नका निम्ति यथाशक्य छिटो नयाँ विधि विधान बनाउनुपर्ने खाँचो हुन्छ। पुरानो कानुनले त्यो काम गर्न सक्ने भए त किन चाहिन्थ्यो त्यति ठूलो आन्दोलन?
त्यसबेला राजाको जागिर खाएको कुनै सिडिओ भनिने जागिरे प्राणीले पुरानो कानुनको धङधङीमा रहेर आन्दोलनकारीहरुलाई केही घण्टा बढी थुन्ने वा के गर्ने भनेर आफँै अल्मलिनु भनेको बुझ्न सकिने कुरा हो। तर, त्यसपछि पनि धुरन्धर क्रान्तिविज्ञ, राजनीतिज्ञ, कानुनविद आदि जानिफकारहरुकै बीचमा जे/जस्ता कानुनी छलफल हुन थाले, त्यो भने अहिलेसम्म पनि मैले बुझ्न सकेको छैन। सात वर्षदेखि मेरो मनमा आइरहने प्रश्न हो- कानुनी र अन्य औपचारिकताकै निम्ति देशले जति मूल्य तिरेको छ र अझै तिरिरहेको छ, त्यो साँच्चै आवश्यक हो?
आन्दोलन उत्कर्षमा पुगेका बेला वा विजयोल्लासको त्यो विशिष्ट क्षणमा जनताको बीचमा अभूतपूर्व एकता, उत्तरदायित्वबोध, सामाजिक चेत छाएको हुन्छ। त्यही बेला आन्दोलनको रापमा गर्नुपर्ने कतिपय निर्णयहरु गर्न, उचित कदम चाल्न स्वघोषित नेताहरु सक्षम भएनन्। गणतन्त्र घोषणा गर्न नै त्यति धेरै औपचारिकता पूरा गर्नुपर्ने थियो वा त्यति समय पर्खनुपर्थ्यो भन्ने लाग्दैन। अरु विभिन्न सवालमा पनि के 'वैधानिक' के 'अवैधानिक', 'कानुनी' हिसाबले के मिल्ने के नमिल्ने जस्ता कुरामा त्यत्तिकै अलमल(अलमल भइरह्यो। अनि आन्दोलनको राप सेलाउन थाल्यो।
आन्दोलनको तातोमा पग्लिएर एक भएका जनता विभाजित भएर जम्न थाले। जनताबीचको त्यो अत्यन्त सुन्दर एकताको ठाउँ विभाजनले लिन थाल्यो। फेरि उही पुरानो खेल, उही फोहोरी खेलाडीहरुका पछि जनता विभाजित हुन थाले। त्यसपछि पनि धेरै असल मानिसले दुःख पाइरहे, जनताका छोराछोरी फेरि पनि अनाहकमा मरे। संविधान सभाको चुनाव नै ढिलो भयो। संविधान सभा त बन्यो तर युगले खोजेको संविधान बनाउने काममा भन्दा बढी पुरानो फोहोरी खेलमै त्यो डुब्यो। सात वर्ष! जनता सार्वभौम भइसकेपछिको महŒवपूर्ण र लामो सात वर्ष! कति धेरै प्रगति भइसक्नुपर्ने हो देशमा? तर, कस्ता कुरामा समय खर्च भइरहेको छ हाम्रो?
यथाशक्य छिटो नयाँ संविधान बनोस् भन्ने चाहना जनतामा हुनु अत्यन्त स्वाभाविक हो। तर अहिलेसम्म मञ्चित सस्ता नौटङ्की हेर्दा-हेर्दा थकित भएका जनतालाई जेठमै चुनाव होला भनेर पत्याउन भने गाह्रै परिरहेको छ। यस्तो अवस्थामा जनताको, युगको पीडाको कुनै मतलब नराखी गरिएका सस्ता ठट्टाको लामो सिलसिला जारी रह्यो भने त्यसले धेरै कुरा बिगार्नेछ।
देश चलाउन, जनताको जीवनलाई शान्ति समृद्धि र स्वतन्त्रतासहित व्यवस्थित पार्न नयाँ विधि विधानको आवश्यकताबोध सबैले गरिरहेका छौं। संविधान नै नभएको जस्तो मुलुक भएको छ यो देश। अन्तरिम संविधान भनिएको चिजले अहिलेको आवश्यकता सम्बोधन गर्न सकेको छैन, गर्नै सक्तैन। जसरी भए पनि यथाशक्य छिटो यो अवस्थाबाट देश निस्कनै पर्छ। अधिकांश पार्टीले सैद्धान्तिक वा औपचारिक तहमा त सामाजिक न्याय, लोकतन्त्र र प्रगतिका निम्ति प्रतिबद्धता त जनाइसकेकै छन् नि! अब चाहिएको त केवल इमानदारी, पारदर्शिता, उत्तरदायित्वबोध जस्ता गुण न हुन्। यी गुण त जस्तोसुकै समाजमा पनि, जस्तोसुकै शासन प्रणालीमा पनि चाहिने कुरा हैनन् र?
तर यस्ता कुरा गर्दा परम्परागत राजनीतिका खलनायकहरु उल्टै 'राजनीति नबुझेको मूर्ख' भनेर हाँस्छन्। 'राजनीति भनेको स्वामीजीहरुको भूदान यज्ञ जस्तो कहाँ हुन्छ?' भनेर कुर्लन्छन्। हाकाहाकी 'हामी त राजनीति गर्ने मानिस पर्‍र्यौं, के गर्ने!' भन्दै अपारदर्शिता, भ्रष्टाचार, बेइमानीमै रमाइरहन्छन्। लाजै नमानी जनतालाई ढाँट्न सक्ने नकच्चरोपनलाई राजनीतिक सीप र खुबी सम्झन्छन्। अनि कुनै बेला झोक्किएर 'हामीलाई गाली गर्न त सजिलो छ, तर तिमीहरुले चाहिँ के गर्‍यौं त?' भन्दै झम्टन्छन्।
अझै परम्परागत राजनीतिमा परम्परागत तालले रमाइरहेका र परिवर्तनलाई हेर्न, देख्न, बुझ्न नचाहिरहेका यस्ता पण्डितहरुले के बुझ्नुपर्छ भने बितेको सात वर्षमा केही भइरहेको छ भने जनताले गर्दा नै भइरहेको छ। सत्ता राजनीतिका कारण हैन, सत्ता राजनीतिका बावजुद भइरहेको छ। अकुपाई बालुवाटार जस्ता आन्दोलनलाई होच्याउनेहरुले के बुझ्नुपर्छ भने जनताको आन्दोलनले नयाँ रूप लिन खोज्दैछ। र, त्यो त त्यसको प्रारम्भिक अभिव्यक्ति मात्रै हो। अबका आन्दोलनहरु पुराना खेलाडीविना नै हुनेछन्। जनताका नयाँ संगठन तयार हुनेछन्। तिनले अहिलेका थोत्रा पार्टीकै जस्तो रूप लिनुपर्छ भन्ने छैन। जनताका नयाँ आन्दोलनलाई, तिनमा लुकेको ऊर्जालाई आत्मसात गर्न सके भने, परम्परागत राजनीतिका यी हाँसोउठ्दा विदूषकहरु पनि अहिलेभन्दा केही कम बेइमान्, अलि कम असुन्दर र अलिकति पारदर्शक बन्न सक्नेछन्।
यो लेखिरहँदा अहिले चर्चामा रहेका श्रीमान् के भन्छन्, के गर्छन्, अझै थाहा छैन। श्रीमान्लाई के भन्छन्, के गर्छन्, त्यो पनि थाहा छैन। तर साँच्चै नै केही त गर्नैपर्‍यो, यो यथास्थितिलाई तोड्नुपर्‍यो भनेरै विशेष निर्णय लिइएको हो भने र यो कुराको परिणामले नै पुष्टि गरेछ भने अझै पनि अलिकति चेत त रहेछ यी पार्टीका केही मुखियाहरुमा भनेर बुझ्नुपर्ने हुन्छ। तर त्यसको परिणाम भनेको देश नयाँ संविधान बन्ने दिशातर्फ लाग्ने कुरा हो। यस्तै होस्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस