तेहरान, भदौ १५- प्रधानमन्त्री बाबुराम भट्टराईले असंलग्न आन्दोलनका सिद्धान्त सम्पूर्ण मानव समुदायका लागि आशा, प्रगति र समृद्धिका प्रकाशपुञ्ज रहेको विश्वास व्यक्त गरेका छन्। उनले असंलग्न आन्दोलनलाई परिवर्तित समय सुहाउँदो रुपमा पुनःशक्ति दिन हामीले एकताबद्ध र संगठित प्रयासलाई बुझ्नु आवश्यक रहेको बताए।
इरानको राजधानी तेहरानमा आज सम्पन्न असंलग्न आन्दोलनको १६औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले असंलग्न आन्दोलनको एक संस्थापक सदस्य र विश्वासिलो अनुयायी रहिआएको नेपालले यो आन्दोलनका मौलिक सिद्धान्तलाई सार्वजनिन र समयानुकूल ठानेर आफ्नो संविधानको मार्ग निर्देशक सिद्धान्त मानेको बताए।
आजको विश्वलाई व्यापक असमानता, एकाधिकारवाद, चर्कंदो द्वन्द्व, हुने र नहुनेबीचको विभाजनले गाँजेको बताउँदै उनले भने, 'वित्तीय तथा आर्थिक सङ्कट, खाद्य तथा ऊर्जा सङ्कट, वातावरण परिवर्तनजस्ता विद्यमान एवम् पैदा हुँदै गरेका चुनौतीले सम्भावनाका ढोकालाई विश्वव्यापी बनाएको देखाएको छ र कुनै दिगो समाधान खोज्न विश्वव्यापी प्रयासको खाँचोलाई औंल्याएको छ।'
'त्यतिखेर असंलग्न आन्दोलन उत्पीडित, शोषित, औपनिवेशिक राष्ट्रहरूको आशाको केन्द्रबिन्दु बनेको थियो र अद्यापि यो विश्वका ओझेलमा पारिएका र उत्पीडित अरबौं जनताको आशा बन्दै आइरहेको छ,' प्रधानमन्त्रीले भने, 'असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको उद्देश्य हासिल गर्न खडा गरिएको थियो र यो लक्ष्य प्राप्तिमा थप जोश र ऊर्जासहित अरु अग्रसर हुनु जरुरी छ।'
जब अन्यायसँग जुझ्नुपर्ने स्थिति आउँछ असंलग्न आन्दोलन सदैव तटस्थ बन्नुपर्छ भन्ने होइन भन्दै उनले भने, 'त्यसकारण यो आन्दोलन आवाज उठाएरै अगाडि आउनुपर्छ र दमन, अतिक्रमण, धम्की र अन्यायविरुद्ध कदम उठाइनुपर्छ।'
उनले सम्बोधनको क्रममा स्वतन्त्र राष्ट्रका लागि सङ्घर्षरत प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारप्रति समर्थन जनाउनुभयो। सिरियामा चर्किरहेको हिंसाको अन्त्य र अहिलेको सङ्कटको शान्तिपूर्ण समाधान त्यहीँकै जनताको चाहनाअनुसार हुनुपर्नेमा पनि उहाँले जोड दिए।
विकासशील राष्ट्रहरूका अगाडि इतिहासको यो घडीमा अवसरका साथै नयाँ चुनौती विद्यमान रहेको बताउँदै प्रधानमन्त्री डा. भट्टराईले बहुपक्षवादभित्रै जनपक्षीय प्रगतिलाई अनुकूल हुने दीगो विकास र सुरक्षा हासिल हुन सक्छ भन्ने नेपालको विश्वास रहेको बताए।
असंलग्न आन्दोलनको प्रादूर्भावपछिको पाँच दशकमा विश्वमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उनले सबै मानवका लागि विश्व आर्थिक न्याय र साझा समृद्धी हाँसिल गर्न नेपाल यस आन्दोलनका अन्य सदस्यसँग दृढतापूर्वक उभिन्छ भने।
उनले भने, 'दोहा डेभलोपमेन्ट एजेन्डाको प्रक्रिया अवरुद्ध हुँदा यस आन्दोलनका निर्धन सदस्य राष्ट्रहरूको अर्थतन्त्र विश्वभर फैलाउने अवसर साँघुरो बनेको छ। यो प्रक्रियालाई शीघ्रतिशीघ्र पूरा गरेर विकासको प्रतिफल अल्प विकसित राष्ट्रहरूसमक्ष पुर्याउन सक्नुपर्छ। नेपाल खुला, विधिसम्मत, समान, विभेदरहित व्यापारिक, वित्तीय तथा मौद्रिक पद्धतिको पक्षमा छ।'
सबै वर्ग, भाषा, जाति, लिङ्गका नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन संविधानसभामार्फत नयाँ सङ्घीय लोकतान्त्रिक संविधान घोषणा गर्न र विद्यमान राजनीतिक गतिरोध सल्टाउन नेपाल अहिले वार्ता र सहमतिका प्रक्रियामा रहेको र त्यसपछि नेपालले समावेशी, समतामूलक र न्यायपूर्ण आर्थिक विकासको मार्गमा यात्रा सुरु गर्ने उनले बताए।
नेपालमा उच्च हिमालय, प्राचीन सम्पदा, बुद्धको जन्मस्थल, समृद्ध संस्कृति, जैविक विविधता र जलस्रोतको प्रचुरता रहेको चर्चा गर्दै उहाँले यस क्षेत्रमा ठोस विकास हासिल गर्ने नेपाली जनताको सोचाइ साकार पार्न वैदेशिक लगानीलाई नेपालले स्वागत गर्नेछ भने।
प्रधानमन्त्रीले १५ औँ शिखर सम्मेलनदेखि तीन वर्षसम्म असंलग्न आन्दोलनलाई कुशल नेतृत्व र निर्देशन प्रदान गर्दै आएकोमा अरब गणतन्त्र इजिप्टको सरकारलाई विशेष धन्यवाद पनि दिए। रासस