राजनीतिमा वंश उत्तराधिकारी
०८ माघ २०६९
•
१४ मिनेट पाठ
राजनीतिमा वंश उत्तराधिकारी
राहुल गान्धीलाई कंग्रेस आईको उपाध्यक्ष बनाएर भारतको सत्तारुढ दलले नेहरू-गान्धी वंश परम्पराको निरन्तरालाई पुनः प्राथमिकतामा राख्यो। ४२ वर्षीय अविवाहित राहुलको पार्टीमा गरिएको बढोत्तरीलाई सन् २०१४ को लोकसभा चुनावअगाडि कंग्रेसको तयारी ठानिएको छ। उनलाई दोस्रो वरियताको पद दिनुमा प्रधानमन्त्रीका रूपमा प्रक्षेपण गर्न खोजिएको संकेत हो। कंग्रेस अध्यक्षसमेत रहेकी उनकी आमा सोनिया गान्धीको स्वास्थ्यबारे बेलाबेलामा टिकाटिप्पणी भइरहँदा उनले पाएको नयाँ जिम्मेवारी कंग्रेस अध्यक्षमा भावी उत्तराधिकारीको अग्रिम टुंगो लगाइएको रूपमा विश्लेषण भइरहेछ।
राहुललाई कंग्रेस आईको सर्वोच्च पदमा पुर्यािउनभन्दा पनि भावी प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गर्न उपाध्यक्षको जिम्मेवारी दिइएको आंकलन गर्नेहरू धेरै छन्। ८० वर्षीय डा.मनमोहन सिंहले दोस्रो कार्यकाल पूरा गरेपछि तेस्रो कार्यकालका लागि अघि नसर्ने निश्चितप्रायः भइसकेको छ। कंग्रेसका पूर्व वरिष्ठ नेता प्रणव मुखर्जी राष्ट्रपति बनिसके। राहुललाई चुनौती दिनसक्ने हस्ती कंग्रेसभित्र नभएपछि उनी कंग्रेसभित्र निर्विरोध प्रधानमन्त्रीका दाबेदार देखिन्छन्। पार्टीभित्र चुनौती बाँकी नरहेपछि उनको ध्यान विपक्षीका तर्फबाट दाबेदारसँग प्रतिष्पर्धा गर्नुमै केन्द्रित भइसकेको छ। गुजरात विधान सभा चुनावमा सक्रिय हुनुका पछाडि प्रतिष्पर्धाकै पूर्वाभ्यास थियो जहाँबाट भारतीय जनता पार्टीका प्रभावशाली नेता नरेन्द्र मोदीले राजनीतिक तामझाम देखाउँदै आएका छन्। राहुलको प्रधानमन्त्री बन्ने मार्गमा सबैभन्दा ठूलो चुनौती भनेकै मोदी हुन्।
विश्वकै ठूलो लोकतन्त्रवादी देशको भावी प्रधानमन्त्रीको दाबेदारबारे धेरै अघिबाट आंकलन भइरहँदा आगामी लोकसभा चुनाव राहुल र मोदीबीचको प्रतिष्पर्धा भनी टिप्पणी हुँदै आएको थियो। राहुल उपाध्यक्ष बन्नुले प्रतिष्पर्धाले नयाँ गति लिइसक्यो। गुजरातका अति धार्मिक स्वभावका विवादास्पद यी अविवाहित नेतासँगको प्रतिष्पर्धा राहुलका लागि सहज भने छैन। विकासका दृष्टिले गुजरातको कायापलट गरेको जस लिन सफल मोदीले हालै विधान सभा चुनावमा बहुमत ल्याएर क्षमता देखाइसके। लगातार चौंथो पटक मुख्य मन्त्री बन्ने मोदीको सफलता र चर्चा कंग्रेस आईका लागिसमेत चुनौती बन्दै आएको छ।
भारतको स्वतन्त्रता संग्रामदेखि लोकतन्त्रको निरन्तर विकासको झण्डै एक शताब्दी लामो इतिहासमा नेहरू गान्धी परिवारको योगदान विशेष छ। दक्षिण एसियाको राजनीतिमा केही परिवार 'ब्राण्ड' समेत बनेका छन् जसलाई संसारभर राजनीतिमा चासो राख्नेले चिन्छन्। यही 'ब्राण्ड' ले कतिपय परिवारका भावी सन्ततिलाई राजनीतिमा स्थापित हुन सहज भइरहेछ। गान्धी परिवारलाई पनि इतिहासको ब्याज खाइरहेको भन्नेहरू उत्तिकै छन्। कंग्रेसको नेतृत्व नेहरू-गान्धी परिवारबाहेकमा कमैमात्र गएको छ। जिजुबुबा जवाहरलाल नेहरू, हजुरआमा इन्दिरा गान्धी, बाबु राजीव गान्धी हुँदै आमा सोनिया गान्धीको जिम्मेवारीमा रहेको कंग्रेस आईको सर्वोच्च पदबाट राहुल एक कदम मात्र टाढा छन्। जसमा आफूपछि राहुलकै अधिकार छ भन्ने संकेत सोनियाले गरिसकेकी छिन्। त्यसो त इटालीमा जन्मे/हुर्केर तत्कालीन विमानचालक राजीव गान्धीसँग विवाह गरेकी सोनियाको राजनीतिमा आउने चाहना नहुँदा/नहुँदै समय परिस्थितिले बाध्य बनाइदियो। अहिले फेरि राहुललाई राजनीतिमा स्थापित गर्ने योजनाअनुसार उनलाई अघि सारेको देखिन्छ। पार्टीको युवा फाँटको महŒवपूर्ण जिम्मेवारीसमेत सम्हाल्ने गरी महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी दिएर अघि बढाउनुमा राहुललाई पार्टीको सर्वोच्च पदको जिम्मेवारी दिने आकांक्षा निहीत देखिन्छ। जिम्मेवारी सम्हाल्ने पूर्वाभ्यासका लागि उनले उत्तिकै सक्रियता देखाइसकेका छन्। भारतको कुनाकाप्चासम्म राजनीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्। राजनीतिक सेलिब्रिटी भइसकेका राहुलको उपस्थितिले मात्र कंग्रेसको संगठनले स्थानीय तहमा ऊर्जा पाउने गरेको छ। गुजरात विधान सभा चुनावताका उनी जुन जुन क्षेत्रमा प्रचारका लागि पुगे, त्यहाँ कंग्रेसले विजय हासिल गर्नुले उनको प्रभाव देखाउँछ।
राजनीतिमा वंश प्रभाव
राजनीतिको सवालमा बाँकी विश्वभन्दा दक्षिण एसियाको प्रणाली र प्रथामा खास पृथकता देखिन्छ। व्यक्तिको भूमिकाले सधैँ प्रधानता पाउने गरेको छ। नाता सम्बन्ध र त्यसमा पनि रक्त सम्बन्ध प्रगाढ हुनुले व्यक्तिवादी प्रवृत्ति हावी छ। रक्तसम्बन्धको निकै महŒव छ। मेहनतबाट प्राप्त गर्नेभन्दा जन्मसिद्ध श्रेयले व्यक्तिको हैसियत स्थापित हुनसक्ने अवस्था यद्यपि दरिलो छ। गहिरो गरी गाडिएको यो संस्कारले राजनीतिलाई समेत अछुतो राखेको छैन। 'वंश धान्ने' परम्परा भारतमा झनै बलियो छ। नेहरू-गान्धी परिवारको पुस्तेनी राजनीतिमा निरन्तर सक्रियतालाई क्षमता या मेहनतको प्राप्तिसँग मात्र जोडेर हेर्नु भुल हुनेछ। रक्त सम्बन्धको महŒवकै कारण अन्य नेताले समेत आफ्ना छोराछोरीलाई राजनीतिमा सक्रिय बनाइसके। मुलायमसिंह यादवले छोरा अखिलेश यादवलाई उत्तर प्रदेशको मुख्य मन्त्री बनाउनु, तामिल नाडुका पाका नेता एम करुणानिधीले छोरा एम.के.स्टालिनलाई उत्तराधिकारी घोषणा गर्नुले राजनीतिमा वंश परम्पराको निरन्तरताको संकेत गर्छ।
रक्त सम्बन्धबाट मात्र उत्तराधिकारी बन्ने र बनाउने राजनीतिलाई लोकतन्त्रको आधारभूत सिद्धान्तविपरित हो भनी तर्क गरिन्छ। क्षमतावानहरू पछि पर्ने खतरा रहने प्रथाले दक्षिण एसियाको राजनीतिक विकासले जति गति लिनुपर्ने हो, उति लिन नसकेको विश्लेषण पनि छ । पुर्खाको ब्याज खाएर राजनीतिको उच्च तहमा पुगेकाहरूले लिएको अपरिपक्व निर्णयले सिंगो देशलाई समस्यामा पारेको उदाहरणसमेत छन्। अर्कोतर्फ जीवनको लामो समय पार्टी र देशका लागि योगदान पुर्या एकाहरूलाई पछि पारेर अनुभवहीनलाई अघि सार्दाको परिणाम नकारात्मक हुनसक्छ। राहुल गान्धीको हकमा सोही टिप्पणी स्वाभाविकरूपमा आइरहेछन्। पी.चिदम्बरम, ए.के.एन्टोनी जस्ता कंग्रेसका हस्तीहरूको प्रधानमन्त्रीको दाबेदारीलाई राहुलको उदयले फितलो बनाइसक्यो। सत्ताको राम्रो अनुभव भएकाहरू अवसरबाट विमुख बनाउनेगरी एकैपटक प्रधानमन्त्रीका लागि राहुललाई प्रक्षेपण गर्दा पार्टीभित्र र बाहिरबाट असन्तुष्टिका स्वर सुनिइसके। भारतीय मतदातामा समेत यसको असर पर्ने निश्चित छ। राहुलको सेलिब्रिटी व्यक्तित्वले आगामी चुनावमा प्रभाव पर्ने/नपर्ने नतिजाबाट मात्र पुष्टि हुनेछ। यद्यपि उत्तर प्रदेशको विधान सभा चुनावमा उनले प्रभाव देखाउन सकेनन्। बरु मुलायम पुत्र अखिलेश यादवले चमत्कार गरे। त्यतिखेर राहुल र उनका सल्लाहकारहरू निकै आलोचित भएका थिए।
असहज भविष्य
डा.मनमोहन सिंहको स्वास्थ्य अवस्थालाई लिएर राहुल प्रधानमन्त्री बन्ने सम्भावनाबारे चर्चा भएको थियो। राहुलका निकट कंग्रेस नेता दिग्विजय सिंहले सार्वजनिकरूपमै उक्त संकेत गरेका थिए। तर डा.सिंहको राजीनामा कंग्रेसका लागि घातक बन्ने देखियो। भ्रष्टाचार र मूल्य वृद्धिको मुद्दा उठाएर सहयोगी दलहरूले धमाधम गठबन्धन छाड्न थालेपछि मनमोहनको विकल्पमा राहुललाई ल्याउने भित्री प्रयास थाती राखियो। आगामी चुनावयता उनलाई प्रधानमन्त्री बनाइने सम्भावना कमै छ। यद्यपि चुनावलाई दृष्टिगत गरी उनी प्रधानमन्त्री बन्नसक्ने सम्भावना नभएको होइन। यद्यपि राहुलको चुनावअघि या पछि नै प्रधानमन्त्री बन्न परिस्थिति निकै असहज छ। राहुल प्रधानमन्त्री बन्न लागे सत्तारुढ गठबन्धनलाई बाहिरैबाट सहयोग गरिरहेकाले समर्थन फिर्ता लिन सक्छन्। भारतको प्रधानमन्त्री बन्न उनको क्षमताबारे पाका राजनीतिज्ञहरूले प्रश्न उठाउने गरेका छन्।
आगामी चुनाव जितेर प्रधानमन्त्री बन्नसमेत राहुललाई सहज छैन। भ्रष्टाचारको मुद्दाले कंग्रेसलाई जति घाटा अन्य दललाई पुर्यााएको छैन। विभिन्न राज्यहरूको विधान सभा चुनावको परिणामले कंग्रेसको लोकप्रियता खस्किएको देखाउँछ। भ्रष्टाचारको कलंक कंग्रेसलाई मात्र लगाउन विपक्षीहरू सक्रिय छन्। भारतीयहरूमा भ्रष्टाचारविरुद्ध उठेको आवाजले वर्तमान सत्ताधारीहरूलाई समस्यामा पारेकै छ। यद्यपि जटिल समयमा राहुललाई प्रक्षेपण गर्ने तयारीभित्र उनको चर्चित छवि र नेहरू-गान्धी 'ब्राण्ड' कारक हो। चुनौतीलाई अवसरमा ढाल्ने प्रयास पनि हुनसक्छ। तर उनको सफलता र असफलताले भने ठूलो अर्थ राख्नेछ। भारतीय राजनीतिमा उत्तराधिकारीहरूको प्रवेशलाई जनताले परम्पराकारूपमा स्वीकार गरिरहन्छन् या परिवर्तनका लागि जोड दिन्छन् भन्ने प्रश्न एकैसाथ उठेको छ। साथै राहुलको प्रक्षेपणले दक्षिण एसियाली राजनीतिमा वंश परम्पराको बोलवाला रहेको सन्देश प्रवाहित भएको छ। तर भविष्यमा आउने चुनावी नजिताले दिने सन्देश बढी महŒवको हुनेछ। जसले भारतमा मात्र नभई दक्षिण एसियाको राजनीतिमै वंश परम्पराको अवस्था निर्क्यौल हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस