जनतालाई धम्की
०२ माघ २०६९
•
१२ मिनेट पाठ
जनतालाई धम्की
अदालतको आदेश पालना गर्ने कर्तव्य पूरा गर्ने क्रममा प्रहरीले डेकेन्द्रराज थापाका हत्याराहरूलाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूविरुद्ध किटानी जाहेरी परेको थियो। नेपालको प्रचलित कानुनले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेपछि प्रहरीले कारबाही गर्नैपर्छ। डेकेन्द्रको हत्यासम्बन्धी मुद्दामा पनि किटानी जाहेरी परेको थियो। प्रहरीले पहिले अभियुक्तहरूलाई पक्रन सकेको थिएन। अदालतले प्रहरीलाई कानुनबमोजिम मुद्दा अगाडि बढाउन आदेश दियो। प्रहरीले न्यायालयको आदेश तामेल गर्नैपर्थ्यो। गर्‍यो। प्रहरीले न्यायालयको आदेश पालना गर्न/गराउन छाड्नेबित्तिकै त राज्यको औचित्य नै समाप्त हुन्छ। हत्याका अभियुक्तहरू पक्राउ परे। पक्राउ परेका अभियुक्तले कसुर सकारे। अर्थात् साबिती बयान दिए। प्रहरी अनुसन्धान र कारबाही सजिलो भयो। प्रहरी अग्रसरताको माओवादीबाहेक सबैले सराहना गरे। अभियुक्तमध्येकै एक जनाले त सञ्चारकर्मी सामु मनको बोझ हलुंगो भएकोसमेत बताए।

यस्तै अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराई र एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हत्याका अभियुक्त पक्रेर कारबाही चलाउने प्रहरीको कर्तव्यनिष्ठाको सराहना गर्नुको साटो विरोध पो गर्न थाले। महान्यायाधिवक्ताले त मुद्दामा हस्तक्षेपै गरे। मानव अधिकारकर्मी र विशेषगरी पत्रकारहरूले प्रधानमन्त्री र महान्यायाधिवक्ताको विरोध र हस्तक्षेपको आलोचना गरे।
यही क्रममा प्रहरीसमक्ष साबिती बयान दिएका हत्यारालाई कानुनबमोजिम कारबाहीका लागि अदालतमा पेस गरे 'शान्ति प्रक्रिया बिथोलिने' धम्की सरकार र माओवादीका तर्फबाट पटकपटक दिइएको छ। त्यसका साथै प्रधानमन्त्री भट्टराईले यसरी मुद्दा चलाउने हो भने 'कांग्रेस-एमाले कोही पनि बाँकी नरहने' धम्की पनि दिएका छन्। (भट्टराईको धम्कीकै असर हो कि राज्यको मूल मर्ममै प्रहार हुँदा पनि नेपालका राजनीतिकर्मी बोल्न नसकेका! )
माओवादी सशस्त्र संघर्षका अधिकांश समय कांग्रेस र एमाले सत्तामा थिए। प्रधानमन्त्री भट्टराईले भनेजस्तै तिनका नेता/कार्यकर्ता हत्यालगायत्का जघन्य अपराधमा संलग्न भएका छन् भने तिनीहरूविरुद्ध पनि राज्यले मुद्दा चलाउनुपर्छ। त्यस्तो अपराधमा संलग्न व्यक्तिमाथि मुद्दा चलाउन हुँदैन भनेर अहिलेसम्म तिनले चाहिँ भनेका छैनन्। मानवताविरुद्धका जघन्य अपराधमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनसार कारबाही हुँदा राज्य र समाज दुवैको भलो नै हुन्छ। तिनीहरूमाथि मुद्दा चलाउने दायित्व पनि सरकारकै हो। अझ नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५ ले त महान्यायाधिवक्तालाई त्यस्तो जिम्मेवारी दिएको छ। प्रचलित कानुन पालना गराउने दायित्व भएको अधिकारीमा साबिती बयान दिएका अभियुक्तमाथि समेत मुद्दा नचलाउने लिखित निर्देशन दिने व्यक्तिलाई प्रधानमन्त्री बाबुराम भट्टराईले नियुक्त गरेका छन् भन्दैमा संविधानमा लेखिएको व्यवस्था उल्टने त हैन। यसैले नेपाल र नेपाली जनताप्रति अलिकति पनि जिम्मेवारी बोध गर्ने हो भने सकेसम्म चाँडै मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही गराउनुपर्छ। त्यसरी कारबाही चलाउन तम्से भने संसारले सराहना गर्नेछ। नेपाली जनताले पनि हत्याराका मतियार भनेर अहिले जसरी तिनलाई घृणा गर्ने छैनन्। यसैले कारबाही भए कांग्रेस-एमाले कोही जोगिने छैनन् भन्ने प्रधानमन्त्रीको चेतावनी उनैका लागि चुनौती हो। जनता त अपराधीले सजाय पाएको हेर्न चाहन्छन्। अपराधी कुन पार्टीको हो भन्नेमा जनतालाई चासो हुँदैन।
'शान्ति प्रक्रिया बिथोलिने' धम्की झन् माओवादीकै लागि प्रत्युत्पादक हुन्छ। शान्ति प्रक्रिया बिथोलिने भनेको के हो? माओवादी कुन विन्दुमा फर्कने हो? नेपालको अन्तरिम संविधान, २०६३ को अनुसूची ४ मा संलग्न 'हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौता, २०६३' नमान्ने हो कि? विस्तृत शान्ति सम्झौता, २०६३ उल्टाउने हो कि? के हो? के गर्ने हो? दिल्लीको १२ बुँदे समझदारी त राजनीतिक दलबीचको सम्झौता हो। त्यसको कानुनी महŒव छैन। नेपाली जनताले दलले गरेका सबै सम्झौता, सहमति वा भागबन्डालाई स्वीकार गर्नैपर्छ भन्ने पनि छैन। दिल्ली सम्झौताको नेपालको राज्य सञ्चालनमा वैध अस्तित्व छैन। बाँकी कुन सम्झौता उल्टिन्छ? हतियार व्यवस्थापनको सम्झौता उल्टने हो भने राज्यबाट लडाकुको व्यवस्थापनका क्रममा भएको खर्च पनि त फिर्ता गर्नुपर्ला? स्वेच्छिक अवकाश रोजेका लडाकु त्यस्तो रकम फर्काउन तयार होलान्? अरू त अरू नक्कली लडाकुका नाममा माओवादी नेताहरूले हस्तगत गरेका अर्बौँ रुपियाँ फिर्ता गर्ने हो? हातमा पर्ने लाखौँ रुपियाँ छाडेर नेपाली सेनामा समाहित हुने समायोजन रोज्ने युवा शान्ति प्रक्रिया बिथोलियो भनेर सेनाको तालिम छाडेर मैदानमा आउलान्? आफ्नो माया तिनलाई पनि लाग्ला। माओवादी नेताहरूको सत्ता र द्रव्य मोह तिनले पनि त देखे/सुनेकै होलान्। अहिले हत्यारामाथि कारबाही हुँदा शान्ति प्रक्रियाको कुनचाहिँ काम वा विषय भताभुंग हुन्छ त? शान्ति प्रक्रिया बिथोलियो भनेर बाबुरामले सत्ता छाड्ने हो भने त्यो त झन् जनताले खोजेकै कुरा भयो।
नेपालीमा एउटा आहान छ- कुहिनाले हानेर पहरो भत्काउन सकिँदैन। जनता पहरा हुन्। संसारको इतिहासमा अन्ततः सधैँ जनताले जितेका छन्। नेपाल पनि अपवाद भएको छैन। हुन सत्तै्कन। यसैले जनतालाई धम्की दिनु मूर्खता हो। सत्तामा पुग्नेहरूले भने यति सामान्य ज्ञान पनि हेक्का राख्ने गर्दैनन्। यसैले त उनीहरू बेला न कुबेला जनतालाई धम्की दिन्छन्। स्पष्ट छ- प्रधानमन्त्री बाबुराम भट्टराई मण्डलीको हत्यारालाई कारबाही गरे 'शान्ति प्रक्रिया बिथोलिने' चेतावनी पनि यही जनताको शक्ति नबुझेर दिइएको धम्की हो।
मनोविज्ञानमा उच्चता र हीनता भन्ने दुईवटा ग्रन्थी गुजुल्टिएर रहन्छन् भन्ने मानिन्छ। व्यक्तिले हीनताबोध गर्‍यो भने उच्चता प्रकट गर्न थाल्छ रे! बिरालाले डराएपछि झम्टिन्छ रे! अपराधी समातिन थाले आफू पनि फेला परिन्छ भन्ने डरले तर्सेको असामान्य मनःस्थितिको अभिव्यक्ति हैन भने हत्यारालाई कारबाही गरे शान्ति प्रक्रिया बिथोलिन्छ भन्नु अपराधी मानसिकताको अभिव्यक्ति हो।
अपराधीलाई कानुनअनुसार कारबाही भयो भने पीडितले न्याय पाउनेमात्र हैन, पीडकको आत्मा पनि शान्त हुन्छ। दुर्योधनको पीडादायी अन्त्यको नियति भोग्ने चाहना नभए माओवादी नेताहरूले मानवताविरुद्धका जघन्य अपराधीलाई न्यायालयमा पुर्‍याउन राज्यलाई सघाउनु उचित हुन्छ।
र अन्त्यमा,
सञ्चारमाध्यममा सार्वजनिक भइसकेका दुई अभिव्यक्ति साभार गर्ने लोभ लाग्यो :
१. डेकेन्द्रकी आमाले पत्रकारमार्फत् गरेकी प्रश्न (१ माघको कान्तिपुरबाट उद्धृत) - प्रधानमन्त्रीले त्यस्तो बलमिचाइँ गर्न मिल्छ र? प्रधानमन्त्रीले नै अपराधीलाई बचाउ गरेपछि देश कस्तो होला?
२. पत्रकार गिरीश गिरीले फेसबुकमा लेखेको अंग्रेजी सन्देशको नेपाली अनुवाद- मेरा पिता ( स्व. गोपाल गिरी) र कृष्ण सेन पत्रकार थिए भने राजनीतिकर्मी पनि थिए। मैले उत्तराधिकारमा पत्रकारितामात्र रोजेको छु। म डेकेन्द्रजस्ता पत्रकारका हत्याराले तत्काल सजाय पाउनुपर्छ भन्ने ठान्छु। किनभने उनी (डेकेन्द्र) द्वन्द्वका पक्ष थिएनन्। मेरा पिताको हत्याको (छानबिन र न्याय) निम्ति म सत्य तथा मेलमिलाप आयोग पर्खन तयार छु। मलाई पनि न्याय चाहिन्छ। नेपाल पत्रकार महासंघले यो सामान्य तथ्य पनि किन बु‰दैन? म छक्क परेको छु।
अर्को समाचार
अर्थमन्त्रीले जनतालाई धम्काएर औधोगिक क्षेत्रको शिलान्यास गरे : नेता खाँण
२२ फागुन २०७७
•
३ मिनेट पाठ
अर्थमन्त्रीले जनतालाई धम्काएर औधोगिक क्षेत्रको शिलान्यास गरे : नेता खाँण
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर क्षेत्रका जनतालाई दमन गरेर अर्थमन्त्रीले औधोगिक क्षेत्रको शिलान्यास गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । जबरजस्ती डर धम्की देखाएर गरीएको विकासको औचित्य नरहेको भन्दै नेता खाँणले गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् । आफू कडा सुरक्षा घेरामा बसेर जनतालाई लाठी बर्साउने अधिकार अर्थमन्त्रीलाई नभएको भन्दै उनले जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले प्रेस विज्ञप्ती जारी गर्दै मौतिपुर क्षेत्रमा लामो समयदेखि बासोबास गरेका स्थानीयको मागलाई तत्काल सम्बोधन गनुपर्नेमा जोड दिएका छन् । ‘जनतालाई लालपुर्जा उपलब्ध गराउनु पर्नेमा उल्टै घरबारविहीन बनाउने अनि लाठी पनि बर्साउने ? जनतामाथि भएको यस्तो दमनको हामी घोर भ्रत्सना गर्दछौ’ नेता खाँणले भने ।  

नेकपाको प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले पनि अर्थमन्त्री बिष्णु पौडेलले जनतामाथि लाठी बर्साएर औधोगिक करिडोरको शिलान्यास गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार मोतिपुर औधोगिक क्षेत्रको शिलान्यास कार्यक्रमको विरोधमा उत्रेका स्थानीयमाथि दमन गरीएको भन्दै नेता भुसालले त्यसको विरोध गरेका हुन् । स्थानीयको चर्को विरोधका बीच औधोगिक क्षेत्रको शुक्रबार अर्थमन्त्री बिष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले कडा सुरक्षा घेराभित्र बसेर शिलान्यास गरेका थिए ।  

केवल जग्गा दलालीको वातावरण बनाउन स्थानीयको माग सम्बोधन नै नगरी ढल्नै लागेको सरकारका दुई मन्त्रीले शिलान्यास गरेको आरोप नेता भुसालले लगाएका छन् । रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद भुसालले प्रेस बिज्ञप्ती जारी गर्दै स्थानीयमाथि लाठी बर्साएर गरीएको दमनको हिसाव किताव हुने पनि बताएका छन् । ‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीयको मागको सम्बोधन गरेर औधोगिक क्षेत्रको काम अगाडी बढाउन गरीएको सहमति तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले कायरतापूर्वक नागरिकमाथि दमनको नाङ्गो नाँच नाचेका छन् । त्यसको हिसाब किताब हुने नै छ’ प्रेस बिज्ञप्तीमा भनिएको छ । आफ्नो अधिकार रक्षाका लागि उभिएका निहत्था नागरिकमाथि गरेको दमन, अपमान र घाइते बनाउने अपराधीहरुलाई जनताको परीक्षणमा खडा गरीने पनि विज्ञप्तीमा उल्लेख छ । नेता भुसालले आफू जनताको पक्षमा रहेको भन्दै न्याय दिलाएरै छाड्ने बताए ।

बुटवल उपमहानगरपालिका सियारी र सुद्धोधन गाउँपालिका क्षेत्रभित्र पर्ने तिनाउ नदी उकास क्षेत्रसहितको करिब १  हजार बिगाहमा मोतिपुर औधोगिक क्षेत्र निर्माणको आयोजना अघि बढेको छ । त्यसका लागि २०७३ सालमा ८१३ बिगाह जग्गा सरकारले अधिग्रहण गरेको थियो । त्यसमध्ये २ सय ५० बिगाह जमिन स्थानीयले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा हो । औधोगिक क्षेत्रमा ३ हजार घर पनि पर्ने दावी स्थानीयको छ । जग्गा अधिग्रहण गर्ने चर्चा चलेपछि स्थानीयले ४ वर्ष अघि नै संघर्ष समिति बनाएर आफ्ना माग सम्बोधनका लागि दवाव दिएका थिए । स्थानीयले बस्ती  क्षेत्र, सकुल, मठमन्दिरको जग्गा छोडेर बाँकीमा औधोगिक क्षेत्र निर्माण गर्न माग गर्दै आएका छन् । 

तर स्थानीयका मागको सम्बोधन नै नगरी शुक्रबार अर्थमन्त्रीले जबरजस्ती शिलान्यास गरे । आफ्ना माग सम्बोधन नै नगरीएपछि बिरोधमा उत्रेका स्थानीयले अर्थमन्त्री पौडेललाई मञ्चबाट बोल्दा बोल्दै भाग्न बाध्य पारेका थिए । सो क्रममा स्थानीय र प्रहरी बीच झडप पनि भयो । प्रहरी र प्रदर्शनकारी दुवै तर्फ केही व्यक्ति सामान्य घाइते  भएका छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस