आतंकबाट शक्ति आर्जन गरेका माओवादी नेतालाई बन्दुकको धङधङीले अझै छाडेको रहेनछ। यसैले त उनीहरू मुढेबलका भरमा जनतालाई तर्साउने हुँकार गरिरहेका छन्। लोकतन्त्रमा चुनावमा भाग लिन मन नलागे बहिष्कार गर्न पाइन्छ। अरूलाई निर्वाचन बहिष्कार गर्न आग्रह, आह्वान गर्न पनि पाइन्छ। तर, यस्तो क्रियाकलाप शान्तिपूर्ण हुनुपर्छ। चुनाव बहिष्कार गर्नेले सहभागी हुनेको अधिकार हनन गर्नु दण्डनीय अपराध हो।तर, नेकपा—माओवादीका नेताले मतपेटिकाको नमुनामा हथौडाले हानेर 'बहिष्कार आतंक’ को प्रदर्शन सुरु गरिसकेका छन्। उनीहरूले निर्वाचन बिथोल्न उमेदवारलाई भौतिक कारबाही गर्ने, मतपेटिका खोस्नेजस्ता बिज्याइँ गर्ने पनि घोषणा गरेका छन्।
जनताविरुद्ध बल प्रयोग गर्ने धम्की दिने जत्तिकै दोषी त्यसको प्रतिकार पनि बल प्रयोग गरेरै गर्न उक्साउने पनि छन्। एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले वैद्य माओवादीले चुनाव बिथोल्न खोजे आफ्ना कार्यकर्ता प्रयोग गरेर प्रीतकार गर्ने हुँकार गरेका छन्। उनले वैद्यका दस जनाविरुद्ध आफ्ना हजार जना कार्यकर्ता उतार्ने चेतावनी पनि दिएका छन्। वैद्य माओवादीको प्रतिकार आफ्नै कार्यकर्ताबाट गर्ने दाहालको धम्की शान्ति व्यवस्था कायम राख्ने राज्यको कर्तव्य र अधिकारमा अतिक्रमण गर्ने ठाडो चुनौती पनि हो। दाहालको हुँकारमा पनि बन्दुककै धङधङी प्रतिध्विनित भएको छ।
'बहिष्कार आतंक’का लागि बल प्रयोग गर्ने र त्यसको प्रतिकारमा झन् बढी शक्ति लगाउने धम्कीले मतदाता तर्सिएर चुनावमा सहभागी हुनेछैनन् भन्ने ठानेर माओवादीका दुवै समूहले अहिले भिडन्तको वातावरण बनाउन खोजेको हुनसक्छ। केही समय यता एमाओवादीका नेताहरूको बोलीमा दम्भ र हिंसा बढी नै अभिव्यक्त हुन थालेको छ। संविधान सभाको अगिल्लो चुनावमा माओवादीले मतदाताको भयदोहन गरेका गरेका थिए। तर, त्यसपछि समय धेरै बदलिइसकेको छ। निर्वाचनबाट शासनमा सहभागी हुने लोकतान्त्रिक अधिकार पाउन सेनाले लगाएको कर्फ्यु तोड्न नडराउने नेपाली नागरिक वैद्य वा दाहालको धम्कीकै भरमा निर्वाचनमा सहभागी नहोलान् भन्ने ठान्नु मूर्खतामात्रै हो।
सभ्य समाजमा यस्ता धम्की स्वीकार्य हुँदैनन्। वैद्य माओवादीले निर्वाचन बिथोल्न भौतिक वा मानसिक आतंक उत्पन्न गर्न थाल्यो भने राज्यले तमासा हेरेर बस्नु हुँदैन। शान्तिपूर्णरूप निर्वाचन बहिष्कार अभियान चलाउँदा दमन गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुन्छ। लोकतन्त्रमा लोकतान्त्रिक पद्धतिकै विरुद्ध पनि मत प्रकट गर्न पाइन्छ तर अरूको अधिकारमा अतिक्रमण गर्न खोजे राज्यले कानुनअनुसार सबै उपाय प्रयोग गरेर पनि त्यसलाई नियन्त्रण गर्नुपर्छ। यसैले वैद्य माओवादीको 'बहिष्कार आतंक’लाई विफल तुल्याउने जिम्मेवारी राज्यको हो। मुलुकमा कानुन व्यवस्था कायम राख्ने कार्य सरकारको हो। कुनै समूहका कथित 'चील', 'श्याल', 'चल्ला'को हैन। कसैले पनि कानुन हातमा लिन पाउँदैन। वैद्य माओवादी र एमाओवादीबीच आआफ्ना हिसाबकिताब होलान् तर त्यसको छिनोफानो गर्न पनि कानुनले निर्धारण गरेकोबाहेक अरू उपाय अपनाउनु दण्डनीय हुन्छ। माओवादीका दुवै समूहका नेताले आफूले गर्नु नपर्ने काम गर्न खोज्नेले पञ्चतन्त्रको 'धोबीको गधा’को अवस्था भोग्नुपर्ने हुनसक्छ भन्ने हेक्का राख्नुमै तिनको कल्याण हुनेछ।
आचारसंहिताले मतदातालाई धम्क्याउन निषेध गरेको छ। तर, नैतिक बन्धन स्वीकार नगर्ने समूह वा व्यक्तिका लागि आचारसंहिता कागजको खोस्टोमात्र लाग्छ। मुढेबलमा भर पर्नेहरूले शक्तिकै भाषामात्र जो बु‰छन्। सरकारले पनि बेलैमा यस्ता धम्की राज्यले नसहने सन्देश दिनु आवश्यक देखिन्छ। नागरिकको स्वतन्त्रता खोस्न बल प्रयोग गर्न पाइँदैन। साथै, नागरिकलाई आतंकित पार्ने छुट पनि कसैले पाउँदैन। बल प्रयोग र बलपूर्वक प्रतिकारका धम्कीप्रति सावधान भएर सरकारले कम्तीमा कानुन व्यवस्था कायम गर्ने प्राथमिक दायित्व पूरा गर्ने विश्वास जनतालाई दिलाउनु जरुरी देखिन्छ।