सहमतिको अवसान
२८ पौष २०६९
•
१२ मिनेट पाठ
सहमतिको अवसान
'देश गजवकै राम्रो रहेछ। मानिस पनि पुखला तर देशको कुनै भिजन रहेनछ। देशप्रति बहुतै घृणा ओकल्दा रहेछन् यहाँका मानिस। व्यापार गर्न निकै सजिलो रहेछ। खासै मेहनत गर्न नपर्ने। गजवकै अनुभव रह्यो मेरो'- युरोपको कुनै देशबाट टापटिपे व्यापारको सम्भावना खोज्ने निहुँ पारेर पर्यटनका लागि नेपाल आएको एक जना पर्यटकको कथन हो यो। जेट एयरवेजको विमानबाट दिल्लीतर्फ लाग्दा आफ्नो सीटको पछिल्तिर बसेका दुई यात्रुबीचको यो संवादले स्तम्भकारलाई एकछिन रन्थन्यायो। देशबारे कुरा काट्ने नेपालीको बानी नयाँ होइन। आफ्नो ल्याकतको बखान र देशका कारण खुम्चिनुपरेको अहंकार वमन गरेरै जुनी बिताएका छौं हामी नेपालीले। नागरिकको अस्तित्वका लागि देश सर्वोपरि हो भन्ने भावना हामीमा कहिल्यै आएन। यद्यपि देशको सौन्दर्य बखान गरेर पनि हामी कहिल्यै थाकेनौं। पछिल्लो समयमा देशभक्ति व्यापारकै श्रेणीमा पुग्यो। राजनीतिबाट देश र देशभक्तिको भावनाको पलायनपछि, अहिलेको समयमा, देशको हैसियत तपसिलमा पुग्यो। सत्ताको जीर्ण ढोकाबाट भित्र पस्न ठेलमठेल गरिरहेका नेताहरु र त्यो जीर्ण ढोकाअगाडि उभिएका उनका समर्थकको हुल देश तपसिलमा उभिएको सबभन्दा अकाट्य प्रमाण हो।
राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरुको नाममा सहमति पहिल्याउन पछिल्लो पटक जारी गर्नुभएको म्याद अन्तिम हो कि होइन? त्यो त स्वयं राष्ट्रपतिले समेत भन्नसक्ने कुरा होइन। राजनीतिक दलहरुको घिङन्याईका अगाडि उहाँको म्यादको कुनै अर्थ नरहेको त सावित भइसकेको कुरा हो। म्याद काट्नु र थप्नु राष्ट्रपतिको संवैधानिक अधिकारको कुरा होइन भन्ने तर्कहरु पनि प्रशस्तै प्रस्तुत भएका छन्। राष्ट्रपतिले तानाशाही लाद्न खोजेको मन्त्रोच्चारण गर्दै लोकतन्त्रको पुरोहित्याईं गर्नेहरु पनि बग्रेल्ती छन। दलहरुको तानाशाही आचरण र लोकतान्त्रिक उत्तरदायित्बारे भने कतै केही पनि लेखिएका छैनन्। दलहरुले जनतामा आ-आफनै विचारको तानाशाही लाद्न खोजेका छन्। एक दलले अर्को दललाई निषेध गर्नु तानाशाही नभए अरु के हो त? लोकतान्त्रिक पद्धतिकै कुरा गर्ने हो भने राष्ट्रपतिले मात्रै होइन, दलहरुले पनि राजनीतिक दायित्व पूरा गर्नैपर्छ। अहिले सत्तामा रहेको गठबन्धनले आफ्नो तानाशाही लादिरहेको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसको गठबन्धनले आफ्नो। लोकतन्त्रमा संवादको प्रमुख भूमिका हुन्छ। तर नेपाली लोकतन्त्रमा दलबीच बोलचाल नै बन्द छ, पानी बाराबारको अवस्था छ।

दलबीच संविधान सभाको चुनाव गराउने सहमति भए पनि चुनावी सरकार बनाउनमा सहमति नजुटेपछि निकट भविष्यमा चुनाव हुन नसक्ने अब निश्चितजस्तै भइसकेको छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नुभएको चुनावको घोषणा एकतर्फी थियो। पार्टीभित्र तात्कालिक लाभ र हानिका आधारमा गरिएको चुनाव घोषणाले राजनीतिमा निकै राप र ताप जगाए पनि त्यसका उद्देश्य पूरा हुन सकेनन्। दलको नेताका रूपमा बाबुरामजीको वर्चस्व स्थापित हुन सकेन। माओवादी अध्यक्ष प्रचण्ड प्रारम्भदेखि नै नयाँ चुनावबारे पूरै खुल्नुभएको थिएन। चुनाव भए पनि राम्रो हुन्छ तर संविधान निर्माणमा सहमति गरेर चुनावमा जाँदा झनै राम्रो हुन्छ भन्ने तर्कमा उहाँको भनाई केन्द्रित थियो। उहाँले कुरो फेर्नुभएको थिएन तर सहमतिको खोजीमा चक्कर काट्दाकाट्दै पटक-पटक कुरा फेरिएको थियो। संविधान सभा पुनर्स्थापनाको तुरूप उहाँले आफ्नै हातमा राख्नुभएको थियो। यतिबेला जब सहमतिका सबै बाटा बन्द भइसकेका छन्, उहाँले त्यो तुरूप प्रयोग गर्नुभएको छ। संविधान सभा पुनर्स्थापनाका लागि उहाँले जनस्तरमा पार्टी परिचालनको कार्यक्रम तयार गरिसक्नुभएको छ। चुनावमा भोट माग्नुभन्दा पुनर्स्थापनाका लागि जनमत तयार गर्नु सजिलो विकल्प हो।

नेताहरु सहमति जुटाउन विफल भएको स्पष्ट भएपछि राष्ट्रपतिले स्वतस्फूर्त ढंगले चुनावका लागि सहमतीय सरकार निर्माणको पहल गर्नुभयो भने सबभन्दा पहिले माओवादी पार्टी बाबुराम सरकार विघटनको विरोध गर्दै त्यसको प्रतिरोधमा जानेछ। आफ्नो दलको निर्वाचित सरकारको विकल्पमा 'अधिकार नभएका' राष्ट्रपतिले सरकार बनाउन गरेका कुनै पनि पहलको विरोध माओवादीको पहिलो कार्यसूची हुनु स्वाभाविक हो। त्यस्तो अवस्था आएमा महन्थ ठाकुरदेखि विजय गच्छदारसम्म, ऊसँग गठबन्धनमा रहेका सबै मधेसवादी दलले त्यो निर्णय पछ्याउनैपर्ने बाध्यता रहनेछ। अहिले राष्ट्रपतिको सहयोग खोजिरहेका अन्य दलले पनि लोकतन्त्रका नाममा राष्ट्रपतिले चाल्नुभएको त्यस्तो कदमको प्रतिरोधमा उत्रनैपर्ने बाध्यात्मक परिस्थिति पनि आउन सक्नेछ। त्यसले अहिलेको राजनीतिक द्वन्द्वलाई अझै धारिलो र अझै कष्टकर बनाउने त निश्चित नै छ।

देश एकपटक फेरि आन्दोलनतिर जाने संकेत महिला हिंसा र पत्रकार हत्याकाण्डसँग सम्बन्धित घटनाक्रमले देखाइसकेका छन्। बढ्दो क्रममा रहेका यी आन्दोलनमा अन्य व्यवसायी र पेशाकर्मी पनि जोडिन सक्नेछन। किनभने अहिले पूरै जनमत 'रेष्टलेस' भएको छ र आन्दोलनका लागि मौसम पनि उत्साहबर्द्धक छ। महिला हिंसाविरुद्ध भइरहेका प्रदर्शन अपर्याप्त सामाजिक सुधारमा केन्द्रित छन् भने पत्रकारको प्रदर्शन देशमा व्याप्त दण्डहीनताविरुद्ध लक्षित छन्। पत्रकार हत्याकाण्डलाई माओवादी नेतृत्वमा भएको द्वन्द्वसँग जोडेर प्रधानमन्त्री भट्टराईले आफ्नो खुम्चँदै गएको साखलाई झनै खुम्च्याउनुभएको छ भने महिलाको मागमा पनि उहाँको दृष्टिकोण सकारात्मक देखिन सकेको छैन। किनभने यी माग सम्बोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्छ। सत्य-तथ्य निरुपण आयोगको गठन वर्तमान सरकार एक्लैले गर्न सक्दैन। अहिलेसम्म कुनै सरकारले पनि यस्तो आँट गर्न सकेको छैन। अहिलेसम्मका सबै दलका सबै सरकारले यस्तो आयोग गठनलाई 'पेण्डुराको बाकस' का रूपमा लिएका छन। बाकसमा के छ के छ? किन अनावश्यक टाउको दुखाउने? भन्ने सोचाइले सबैलाई थिचेको छ।

सहमति हुन्छ कि हुँदैन? अब यो प्रश्नको सान्दर्भिकता औपचारिकरूपमा नै समाप्त हुनै आँटेको छ। सहमति हुँदैन भन्ने निश्चित भइसकेपछि पनि सहमतिको विकल्प फेरि पनि छैन। माओवादीले जनस्तरमा संविधान सभा पुनर्स्थापनाको आवश्यकता स्थापित गर्यो नै भने पनि दलहरुको सहमतिविना त्यो सम्भव हुँदैन। चुनाव सर्वोत्तम विकल्प हो तर त्यो विकल्पलाई कांग्रेसको निषेध राजनीतिले निस्तेज गरिसकेको छ। संविधान सभा पुनर्स्थापना तत्कालका लागि सहज र सरल विकल्प देखिए पनि त्यसले लोकतन्त्रलाई स्थगित गरिदिनेछ। पुनर्स्थापनाले जनतालाई उत्साही र आशान्वित गराउन सक्दैन। माओवादी र मधेसी दलहरुलाई मात्रै होइन, कांग्रेस र एमालेका लागि पनि पुनर्स्थापना तत्कालका लागि फाइदाजनक होला। तर त्यसले देशलाई संकटबाट मुक्ति दिन सक्दैन।

तर नेपाल भ्रमणपछि फर्कन लागेको विदेशी पर्यटकले भनेजस्तै हामीसँग देशका लागि कुनै भिजन छैन। हामीमा देशभक्तिको भावना पनि छैन। देश नहुनेहरुको पीडा कति गहिरो हुन्छ त्यो हामीले कहिल्यै बुझ्न खोजेका पनि छैनौं। देशलाई के दिन सकियो भन्ने आत्ममूल्यांकन भन्दा पनि देशबाट कति ज्याला असूल गर्न सकियो र देशको कति शोषण गर्न सकियो? भन्ने मानसिकता हावी रहेको देखिन्छ नेताहरुको मनमा। त्यसैले त नेताहरु जनताको दैलोमा जानुभन्दा सत्ताको ढोका कुर्न रमाउँछन्। दलहरुले नयाँ संविधान निर्माणको कार्यसूची लिएर जनतामा जाने आँटमात्र गर्नसके त्यहीँबाट निर्माण हुन सक्थ्यो नयाँ नेपालका लागि नयाँ भिजन। यतिबेला त्यो आशा गर्नु नै ब्यर्थ छ।
अर्को समाचार
फेरि सहमति चिन्तन
१६ भदौ २०६९
•
१२ मिनेट पाठ
फेरि सहमति चिन्तन
देश सहमतिको रापमा राँकिन थालेको छ। सहमतिको सबैभन्दा बढी चिन्ता राष्ट्रपति रामवरण यादवलाई छ। चिन्ताको विस्तार तीन दलका ठूलादेखि खुद्रे नेतासम्म भएको छ। उनीहरू अहोरात्र खटिएर असहमतिमा अवसान भएको संविधान सभा ब्युँताएर संविधान जारी गर्ने कठिन कार्यमा अहोरात्र खटिएका छन्।
सरसर्ती हेर्दा यो निकै लोकतान्त्रिक र महान् देशभक्तिपूर्ण कार्यजस्तो देखिन्छ। तर विषयहरू राम्ररी केलाएर हेर्ने हो र यसका दूरगामी प्रभाव विश्लेषण गर्ने हो भने लोकतन्त्रका लागि यो अभ्यास अत्यन्त खतरनाक सावित हुनेछ। पहिलो कुरा त संविधान सभा अवसानसँगै अहिले राष्ट्रपतिले सहमतिको खोजीमा निर्देश गर्नुभएका दलहरूको लोकतान्त्रिक हैसियत गुमिसकेको छ। ती दल व्यावहारिक हिसावले मात्रै देशका ठूला शक्ति मानिएका हुन। तिनीहरूको हैसियत पुनर्स्थापित गर्ने एकमात्र वैधानिक तरिका चुनावमात्रै हो। दोस्रो, संविधान अत्यन्त सावधानीपूर्वक निर्माण गर्नुपर्ने विषय हो। तीन दलका नेताले चार अन्य दलका नेतासँग आ-आफ्ना विचार विनियोजन र समायोजन गर्दैमा देशलाई वर्तमान र भविष्यका समस्याबाट मुक्ति दिने दस्तावेज निर्माण हुन सक्दैन। तेस्रो, दलहरू आफैंमा लोकतन्त्र होइनन। उनीहरू लोकतान्त्रिक माध्यमले आफ्ना कार्यक्रम जनतामा पुर्याउने र विश्वासको मत जित्ने राजनीतिक गुमास्तामात्रै हुन। जनमत आफ्ना माग र अपेक्षाबारे शंकित र चञ्चल भइरहन्छ। निश्चित आवधिक चुनावबाट मात्रै दलप्रति जनताको विश्वास जाँच्न सकिन्छ। यी सम्यक लोकतान्त्रिक मान्यता निरस्त गरेर हाम्रा राष्ट्रपति र नेताहरू नेपाली जनतामाथि कस्तो सहमति लाद्न चाहन्छन्? समयको प्रवाह र वेग आँकलन नै नगरी देशको भविष्य किन यति बढी संकुचित बनाउन खोजिँदैछ? यो एउटा अगम्य प्रश्न भएको छ हामी सबैका लागि।

राष्ट्रपति एउटा महान् लोकतान्त्रिक दलसँग जोडिनुभएको छ र पनि उहाँका अहिलेका काम लोकतन्त्रसम्मत छैनन्। उहाँलाई 'मात्र' संविधान बनाउनुपरेको छ, असल र राम्रो संविधान होइन। त्यसैले उहाँ शीतलनिवासमा बसेर दलका नेतासँग दादागिरीमा उत्रनुभएको छ। सहमतिका लागि दलका नेता सक्षम छैनन् भन्ने प्रमाणित भइसकेको अवस्थामा उहाँ किन लोकतान्त्रिक मान्यताविपरित 'सहमति छिटो गर' भनेर कड्किरहनुभएको छ? अँध्यारो कोठामा केही नेताबीचको सहमतिले जनताको भाग्य निर्धारण गराउने यो चाहना उहाँमा किन जागृत भएको छ? यो अर्को अवोधगम्य कुरो भएको छ। स्वयं गणतन्त्र नेपालका निर्वाचित राष्ट्रपति भएर पनि किन उहाँ निर्वाचनविरुद्ध अराजनीतिक, त्यसैले अवैधानिक, सहमतिका पक्षमा लागिपर्नुभएको छ? किन उहाँ निष्पक्ष निर्वाचनका लागि दह्रो पाइला चाल्न हिच्किचाइरहनु भएको छ? उहाँले नेताहरूलाई निर्वाचनका लागि सहमति खोज्न किन निर्देशन दिइरहनु भएको छैन? यो नेपाली राजनीतिको रहस्यमय पाटो बनेको छ।

अन्तरिम संविधानले संविधान सभा अवसानको कल्पना गरेको थिएन भने सहमतिमा अवसानमा परेको संविधान सभा ब्युँताएर संविधान बन्न सक्ने कल्पना पनि गरेको थिएन। यो दुर्घटनापछिको तार्किक र सहज राजनीतिक बाटो चुनाव नै हुनुपर्छ। यस्तो अवस्थामा चुनाव कसरी हुन्छ? भन्ने शिखण्डी प्रश्न अघि सार्नु राजनीतिको तत्व विज्ञान होइन। प्रशासनिकरूपमा अहिले देश पंगु भएको छैन। यसले आफ्नो भविष्य निर्माणका लागि एउटा चुनाव धान्न सक्छ। सुरक्षालगायत्का जटिल समस्या पनि विद्यमान छैनन् देशमा। घूस र भ्रष्टाचारका दर्जनौं आरोप लगाइए पनि नेपालको सुरक्षा संयन्त्रमा देशको सुरक्षाप्रति आवश्यक कर्तव्यवोध र तदारुकता छ। देशको सार्वभौमसत्ता का"धमा बोकेका जनतालाई चुनावका माध्यमबाट विविध विषयमा सहमतिमा पुग्ने अधिकार छ। त्यो अधिकार कुण्ठित गराएर कस्तो लोकतन्त्र चलाउन खोज्दैछन् नेताहरू?

कुण्ठा एउटा यस्तो रोग हो, जसको उपचार कुनै पनि चिकित्सकले गर्न सक्दैन। राष्ट्रपतिलाई यो कुराको राम्रो ज्ञान छ किनभने उहाँ स्वयं चिकित्सक हुनुहुन्छ। नेपालका नेताहरू सत्ताको कुण्ठाले गाँजिएका छन्। राष्ट्रपति हुन वा प्रधानमन्त्री, दलका सामान्य नेता हुन वा शीर्षस्थ- सत्ता सुमर्ने चिन्ता सबैमा छ। यो चिन्तालाई देशप्रेमको गुलियो क्याप्सुलमा बन्द गरेर मार्केटिङ गर्ने कलाका एकएक विशेषज्ञ सावित भएका छन सबै। सहज कुरालाई पनि असहज बनाएर देशको नाममा पाखण्ड ओकल्ने यो स्थितिले समस्याको निकास कहिल्यै निस्कँदैन।

राष्ट्रपतिलगायत्का सबै नेताले बुझ्नैपर्ने कुरा के हो भने आजको नेपाल उनीहरूले सोचेको जस्तो छैन। जनसंख्याको अधिकांश भाग तन्नेरी पुस्ताले ओगटेको छ। विचारका हिसावले यो पुस्ता सबै कुरा खुला र पारदर्र्शी देख्न चाहन्छ। त्यसैले चार वर्षसम्म कुनै बहस नगरी चूप बसेर आफैं स्खलित भएको संविधान सभा ब्युँताउने वा राष्ट्रिय महत्वका विषयमा मुख्य भनिने दलहरूको अवधारणाको विकल्पमा सोच्नै नपाइने गरी जनमत संग्रहमा लैजाने निर्णय कसैका लागि पनि सुपाच्य हुन सक्दैन। नया" संविधानका विषयमा जनमत संग्रह कुनै उत्तम विकल्प होइन। सन् ७० को दशकमा दुनियाँमा थुप्रै जनमत संग्रह हुन्थे। ती सबै जनमत संग्रहको परिणाम एकाधिकारवादी शासन व्यवस्थाको पक्षमा निस्कन्थ्यो। अहिले केका लागि जनामत संग्रह गर्ने? संविधान सभाले सहमतिमा संविधान तयार पार्न सकेको भए जनमत संग्रहले त्यस महाग्रन्थ अनुमोदन गर्ने कुरा औचित्यपूर्ण हुन सक्थ्यो। दलहरूले आफूले कोर्न चाहेको संविधानको खाका लिएर चुनावद्वारा शासनमा प्रतिनिधित्वका लागि ठाउँ सुरक्षित गर्ने साहस नदेखाएसम्म जनमत संग्रहले राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्नै सक्दैन।

दलहरूले चुनावमा जाने साहस नदेखाएसम्म राजनीतिको दुर्गति यथावत् रहनेछ। चुनाव हुने भयो भने संघीयता, साधन र स्रोतको बाँडफाँट, दीर्घकालीन आर्थिक नीतिलगायत् देशका सर्वाधिक जटिल समस्यामा जनताले खुला छलफल गर्न र आफ्नो राय व्यक्त गर्न पाउने छन। विचारको घर्षणले देशबारे सोच्ने जनताको साहस र शक्ति बढ्ने त निश्चित नै छ। लोकतन्त्र भनेको जनताको सोच्ने अधिकारको प्रत्याभूति हो। लोकतन्त्रको दियोमा जनताको विचारको तेल नहालेसम्म देश अहिलेकै अवस्थामा अड्किरहन्छ।

दुर्भाग्यवशः नेपालको वर्तमान राजनीतिमा 'मास' को आधारमा राजनीति गर्ने दाबी गर्दै आएका दलका नेता 'क्लास' को राजनीतिमा रमाउन थालेका छन्। जनताको अधिकारका लागि लड्नेहरू नै जनताको शक्ति खुम्च्याउने काममा लाग्न थाले भने राजनीतिज्ञहरूको विश्वसनीयता सकिन्छ। २००७ सालदेखि २०१५ सालसम्मको राजनीति राजाको प्रतिघातबाट सञ्चालित रह्यो। के लोकतान्त्रिक राजनीतिमा पनि त्यस्तै प्रतिघात दोहोरिन थालेको त होइन? अहिले सहमतिको खोजीमा लागेका राष्ट्रपतिलगायत्का नेताले आत्मचिन्तन गर्नुपर्ने बेला आएको छ। जनता चुनावको मनस्थितिमा छ। त्यो चुनाव बाबुराम भट्टराईले गराउने कुरामा असहमति छ भने सुशील कोइरालाले गराए पनि हुन्छ, झलनाथ वा माधव नेपाल जसले गराए पनि हुन्छ। यति हो कि देशमा सुरु भएको लोकतान्त्रिक प्रक्रियाको उपहास हुनुहुँदैन। हाम्रा नेताले बुझ्नुपर्छ- देशका जनताका नजरमा उनीहरूको छवि निरन्तर खस्कँदो छ। स्वयं राष्ट्रपतिको छवि पनि, औपचारिक हिसावले बाहेक, जनताको नजरमा टल्कन सकेको छैन। शनिबार अपराह्नमात्र तरहराका जनता भन्दै थिए- हामी राष्ट्रपति, प्रधानमन्त्री वा अरु कुनै पनि नेताको फोटो टाँसिएका अखबार पढन चाहँदैनौं। यो सानो र गैरमहत्वको कुरा होइन। यो वितृष्णा हटाउने हो भने नेताहरूले नैतिक र लोकतान्त्रिक ढंगले इमानको राजनीति सञ्चालन गर्ने सहमति नगरेसम्म म्यानिपुलेसनका भरमा मात्रै अहिलेको अवस्थामा कुनै समाधान निस्कन सक्दैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस