संविधानै नबनाई जेठ १४ को मध्यरातमा प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभाको अवसान गरेर अर्को संविधान सभा निर्वाचनको घोषणा गरेपछि मुलुक संवैधानिक र राजनीतिक संकटमा फसेको छ। एनेकपा (माओवादी)को संस्थापन पक्ष र मधेसी मोर्चाबीचको सहमतिमा चालिएको उक्त कदमप्रति माओवादीकै वैद्य समूहसमेत बेखबर थियो।
सभामुखको कार्यकक्षमा विभिन्न विकल्पमा छलफल भइरहँदा पुष्पकमल दाहाल 'प्रचण्ड' जसरी प्रस्तुत भए, त्यसबाटै उनी संविधान सभालाई अन्त्य गर्न अग्रसर रहेको अनुभूति धेरैलाई भएको थियो। प्रस्तावित सबै विकल्पप्रतिको प्रचण्डको असहमति देखिए पनि अन्त्यमा उनी कुनै न कुनै विकल्पमा सहमत हुने अनुमान मैले गरेको थिएँ। किनभने, नीति निर्माणमा प्रभाव भएका माओवादी र मधेसी मोर्चाका नेतासमेत संविधान निर्माण प्रक्रिया कायम राख्नुपर्ने पक्षमै देखिएका थिए। नेकपा (एमाले) र नेपाली कांग्रेसले त वार्तामा विकल्पहरू प्रस्तुत गरिरहेकै थिए। संविधान सभाबाहिरका सरोकारवालासमेत संविधान निर्माण पक्रियाकै निरन्तरताका पक्षमा देखिएका थिए। तर राति १० बज्दा नबज्दै धेरैको अनुमानविपरीत बिनासहमति मन्त्रिपरिषद्को बैठक राखेर प्रधानमन्त्री भट्टराईले संविधान सभाको अवधि नै समाप्त नहुँदै विधि र प्रक्रियासमेत मिचेर नयाँ निर्वाचनको घोषणा गरे। परन्तु, उल्टै 'जो चोर उसैको ठुलो स्वर'को शैलीमा भट्टराई र प्रचण्ड संविधान सभा अवसानको दोष कांग्रेस र एमालेलाई लगाइरहेका छन्।
शान्ति प्रक्रियाले छ महिनामा सकिने अपेक्षा गरिए पनि माओवादी रणनीतिअनुरुप त्यसले बढी समय लिएको थियो। शान्ति प्रक्रिया टुंग्याउन माओवादी अनिच्छुक देखिएकैले एमाले र कांग्रेसले त्यसलाई संविधान निर्माणसँग जोडेका थिए। सरकारको नेतृत्व गर्दासमेत माओवादी शान्ति प्रक्रिया अघि बढाउन अग्रसर भएन। शिविरभित्रै माओवादीका दुईपक्षबीच भिडन्तको स्थिति उत्पन्न भएपछि मात्र शिविर र हतियार नेपाली सेनालाई जिम्मा लगाउने काम भयो। त्यसपछि संविधान निर्माणले गति लिने अपेक्षा गरिएको थियो। किन्तु, माओवादीभित्रको अन्तर्द्वन्द्व र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मोहका कारणले संविधान निर्माणले गति लिन पाएन। पहिलेका सहमतिले समेत संवैधानिक समितिमा प्रवेश पाउन सकेनन्। हात्तीवन वार्तामा दलहरूबीचमा अनौपचारिक तहमा महत्वपूर्ण सहमति भएका थिए। शासकीय स्वरूपका सन्दर्भमा कांग्रेसले आफ्नो धारणा दिन नसकेकाले सहमति लिपिबद्ध हुन सकेको थिएन। बहुपहिचानमा आधारित सातदेखि आठ प्रदेशमा माओवादी र मधेसी मोर्चा दुवै प्रतिबद्ध भएका थिए। तर पछि माओवादी त्यसबाट विमुख भयो र १० प्रदेशको प्रस्ताव अघि सार्योप। त्यसमा एमाले र कांग्रेस तयार नभएपछि १४ प्रदेशमा फर्कने जिद्दी गर्योस। त्यही क्रममा दलहरूबीचमा पाँचबुँदे सहमति भएपछि नयाँ आशा पलाएको थियो। जेठ २ गते प्रमुख दलहरूबीच संविधान निर्माणका सन्दर्भमा सहमति भएपछि स्थिति निकै आशाप्रद भएको थियो। त्यसै क्रममा नामको टुंगो प्रदेश सभाले लगाउने गरी ११ वटा बहुजातीय प्रदेशको सहमति भएको थियो। तर त्यसबाट पनि विमुख भएर माओवादी अध्यक्षले जनजाति संगठनहरूलाई एकल जातीय प्रदेशका पक्षमा सडकमा उत्रन आह्वान गरे। त्यसपछि संविधान निर्माण प्रक्रिया निकै जटिल बन्न पुग्यो। तैपनि अन्त्यमा कुनै न कुनै रूपमा दलहरूबीच सहमति हुने अपेक्षा धेरैको थियो। एकल जातीयताका पक्षधर जनजाति नेताहरूसमेत लचिलो भएको बताइरहेका थिए।
अन्तिम दिनमा कुनै न कुनै सहमति हुने विश्वास लिएरै कांग्रेस र एमाले नेतृत्व १४ गते बिहानैदेखि बालुवाटारमा उपस्थित भयो। सुरुको केही समय वार्तामा बसेको माओवादी नेतृत्व आन्तरिक छलफलका नाममा लामो समयसम्म सम्पर्कविहीन भयो। आयोजक नै वार्तास्थलबाट बेपत्ता हुँदासमेत एमाले र कांग्रेसका शीर्ष नेताले धैर्य गुमाएनन्। माओवादीले नचाहे पनि उनीहरूले वार्ताको धागो चुँडिन दिएनन् र व्यवस्थापिका संसद्लाई कुनै न कुनै रूपमा कायम राख्ने कोसिस गरिरहे। उक्त प्रयास सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा समेत राति अबेरसम्म जारी रह्यो। तर माओवादी र मधेसी मोर्चाको नेतृत्वले त्यो सत्प्रयासलाई सरकार परिवर्तनको चालवाजी ठान्यो र बिनासल्लाह तथा सहमति संविधान सभाको अवधि नै नसकिँदै नयाँ संविधान सभाको निर्वाचनको मिति घोषणा गर्न पुग्यो। सरकारको त्यस घोषणाले एकैसाथ मुलुकलाई बहुआयामिक संकटतर्फ धकेलेको छ।
अहिले एकातिर सरकारले नयाँ संविधान सभाको निर्वाचनको मिति घोषणा गरिसकेको छ तर अन्तरिम संविधानले भने संविधान सभाको अर्को निर्वाचनको कल्पनासमेत गरेको छैन। संविधान सभाको निर्वाचन हुने अवस्था पनि छैन। मुलुक संविधान सभा निर्वाचनपूर्वको अवस्थामा फर्किएको ठान्ने हो भने पनि संविधानकै प्रावधानले ०६४ साल चैत्र यता १८ वर्ष पुगेका लाखौँ नागरिक मताधिकारबाट वञ्चित हुनेछन्। संविधान सभा निर्वाचनसम्बन्धी कानुनमा समेत संविधान सभाको अर्को निर्वाचनको कल्पना गरिएको छैन। नियोजितरूपमै संविधान संशोधन र कानुन निर्माण गर्ने व्यवस्थापिका संसद् पनि समाप्त गरिएको छ। राजनीतिक द्वन्द्व र संसद्को अभावमा बाधा अड्काउ फुकाउने र अध्यादेश जारी गर्ने बाटोबाट अघि बढ्न पनि सम्भव देखिँदैन। अर्थात्, घोषणा गरिएको चुनावमा पनि जान नसक्ने र यथास्थितिमा लामो समयसम्म अन्तरिम संविधानलाई क्रियाशील राख्न पनि नसक्ने अवस्था उत्पन्न भएको छ। प्रधानमन्त्रीले सर्वोच्च अदालतको निर्देशको अपव्याख्या र पदको दुरुपयोग गरेर संविधान सभाको नयाँ निर्वाचनका नाममा मुलुकलाई संवैधानिक शून्यमा धकेल्ने र त्यसैको जगमा सर्वसत्तावाद स्थापना गर्ने माओवादी एजेण्डा कार्यान्वयन गर्न खोजेको देखिन्छ। राष्ट्रपतिले प्रधानमन्त्रीलाई कामचलाउ अवस्थामा रहेको जनाउ दिएका कारणले भने उनको प्रयासमा ठुलैे धक्का लागेको हुनुपर्छ।
राजनीतिक दलका नेताहरूलाई झुक्याएर तथा अपमान गर्दै गरिएको संविधान सभा निर्वाचनको घोषणाले बाह्र बुँदे सहमतिदेखिको सहमति र सहकार्यको यात्रा पनि गंभीररूपमा प्रभावित भएको छ। संविधान जारी गरेर अघि बढ्दा कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्ने र व्यवस्थापिका संसद्लाई कायम राखेर निर्वाचनमा जान गरिएको प्रस्ताव स्वीकार गर्दा अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भयग्रस्त मानसिकताले पनि माओवादीले असहमतिको बाटोबाट आफ्नो प्रभुत्व कायम गर्ने नीति अवलम्बन गरेको हो। त्यसमा नेपालको संक्रमणकाल लम्याउँदा आफूलाई फाइदा देख्ने विदेशी शक्तिहरूको बुझाइले पनि मलजल गर्योस।
हुनत, माओवादी सर्वसत्तावादको यात्रामा अघि बढ्नुमा योजनाबद्ध प्रयासको मात्र भूमिका नहुनसक्छ। त्यसमा उनीहरूलाई भयको मानसिकताले पनि प्रेरित गरेको देखिन्छ। सहमतिबाट अघि बढ्दा वैद्य समूहले नेतृत्वले क्रान्तिप्रति गद्दारी गरेको आरोप लगाउने र व्यवस्थापिका संसद् कायम रहे अविश्वासको प्रस्ताव आएर सत्ता छाड्नुपर्ने डरको यसमा मुख्य भीमका देखिन्छ। त्यसरी नै सरकारको अर्को घटक मधेसी मोर्चासमेत सहमतिका आधारमा अघि बढ्दा उपेन्द्र यादवको प्रहारबाट कमजोर भइने भयग्रन्थीबाट ग्रस्त थियो। त्यसमाथि शरदसिंह भण्डारीको नेतृत्वको गतिविधिबाट पनि फोरम लोकतान्त्रिकका नेता तर्सिने स्थिति उत्पन्न भएको थियो। एकल जातीय पहिचानको विषय चर्काएर एमाले र कांग्रेसभित्र विग्रह उत्पन्न गर्न सकिने र आफूभित्रको विग्रहको त्यसबाट क्षतिपूर्ति हुने आशाले पनि माओवादीले संविधान सभा र व्यवस्थापिका संसद्लाई समाप्त गरेको हो। किन्तु, संविधान सभा सिध्याएर फाइदा उठाउन खोज्ने प्रचण्ड र भट्टराईको कोसिस कालक्रममा तिनैका लागि प्रत्युत्पादक हुने देखिएको छ। अहिले उनीहरूलाई पनि त्यसको अनुभूति भएको हुनुपर्छ।
नेपालको अन्तरिम संविधान, २०६३ एउटा संविधान सभाको अवधिका लागिमात्र तयार गरिएको थियो। त्यस संविधानले संसद्विहीन अवस्थाको कल्पनै गरेको छैन। कानुन निर्माण त छँदैछ, संवैधानिक नियुक्तिका निम्तिसमेत संसदीय सुनुवाइको व्यवस्था छ। अधिकांश संवैधानिक निकायमा पदाधिकारी रिक्त रहेको अवस्थामा संसद्समेत नहँुदा मंसीरसम्ममा त निर्वाचन आयोगसमेत पदाधिकारीविहीन हुनेछ। यसरी नै सर्वोच्च अदालतलगायतका अन्य संवैधानिक निकायसमेत क्रमशः पदाधिकारीविहीन हँुदै गएर सम्पूर्ण राज्य संयन्त्रनै अस्तव्यस्त हुने देखिन्छ। धक्का, क्रमभंग र महाविपत्तिको दर्शनबाट निर्देशित माओवादीले यस प्रकारको अवस्था आफ्ना लागि अनुकूल ठानेको हुनसक्छ तर राष्ट्रका लागि भने यो निकै महंगो र पीडादायी हुनेछ।
वर्तमान संकटबाट राष्ट्रपतिप्रति जनसाधारणको अपेक्षा बढाएको छ। जननिर्वाचित निकाय नरहेको अवस्थामा राजनीतिक सहमति स्वतः अपरिहार्य हुन्छ। अन्तरिम संविधान राजनीतिक दलहरूबीचको सहमतिको दस्तावेज थियो। माओवादीले पनि आफ्नो भयलाई सम्बोधन गर्न सहमतिको संवैधानिक व्यवस्था स्थापित गर्न जोड दिएको थियो। मुलुक संवैधानिक संकट हुँदै शून्यतर्फ अघि बढ्न लागिरहेको अवस्थामा राष्ट्रपतिले सहमतिको अभ्यासतर्फ अघि बढ्न राजनीतिक दलहरूलाई निर्देशित गरेका छन्। तर सरकारका कारणले सहमति निर्माण गर्न सफल नभए संविधानको क्रियाशीलताका लागि राष्ट्रपतिले 'बोल्ड' कदम चाल्नुपर्ने अवस्था आउनसक्छ। संविधानमा भने त्यस प्रकारको भूमिका छैन। राजनीतिक धु्रवीकरणका बेला राष्ट्रपतिको कदम प्रधानसेनापति प्रकरणमा झँै विवादमा पर्नसक्छ। किन्तु, त्यसले संवैधानिक क्रियाशीलताका लागि नयाँ परिस्थिति निर्माण पनि गर्नसक्छ। यसैले, सरकारभन्दा बाहिरका लोकतान्त्रिक राजनीतिक दलहरूका तर्फबाट बलियो एकता र आधार प्रस्तुत गरिनुपर्छ।
सहमतिबिना अहिलेको राजनीतिक र संवैधानिक संकटको निकास सम्भव छैन। आफ्नो पार्टीभित्रैको अन्तर्द्वन्द्वका कारण माओवादीको संस्थापन पक्ष कुनै पनि प्रकारको जोखिम उठाउन तयार नहुने अवस्थामा छ। बरु सशस्त्र संघर्ष कालको एजेण्डा स्थापित गर्ने नाममा राजनीतिक र संवैधानिक संकटको जोखिम उठाएको दाबीसहित आफ्नो पक्षलाई सुदृढ गर्न कोसिस गर्दैछ। यसबाट वैद्य खेमासमेत दबाबमा परेको देखिन्छ। वास्तवमै वैद्य समूहले भने झै विदेशी प्रभुहरूको योजनामा बनेको गठबन्धनलाई भत्काउन र बढ्दै गएको राष्ट्रियताको खतराबाट मुलुकलाई जोगाउन चाहने हो भने अब वैद्य समूहले आफूलाई विचार समूहका रूपमा मात्र सीमित नराखी राजनीतिक शक्ति बन्न तयार हुनुपर्छ। त्यसो गर्न तयार नहुने हो भने प्रचण्डकै योजनाको सहयोगीका रूपमा प्रस्तुत हुनसक्नु पर्छ। वैद्य समूह प्रचण्डको नेतृत्व स्वीकार्न तयार नहुने र वैधानिकरूपमा वैद्यको नेतृत्व माओवादीमा स्थापित हुने अवस्था नरहेकाले सुलहको सम्भावना पनि देखिँदैन। यसैले अहिले असार १ गतेदेखि हुने भनिएको उनीहरूको भेलालाई पनि धेरैले चासोका साथ पर्खेका छन्।
संविधानले आफैँ बाटो नदेखाए संविधानको मर्म र भावनाका आधारमा अघि बढ्न सबै तयार हुनुपर्छ। संविधानका संरक्षक र पालनकर्ताको रूपमा राष्ट्रपतिलाई कार्यकारी अधिकार नरहँदा नरहँदै पनि संवैधानिक क्रियाशीलताका लागि सकारात्मक भूमिका खेल्ने ठाउँ भने राष्ट्रपतिलाई संविधानले दिएको छ। यसैले राष्ट्रपतिले लामो समयसम्म काम चलाउ सरकारलाई कामगर्न दिइरहनु उचित हुँदैन। राष्ट्रपतिले अब राष्ट्रिय सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गर्नुपर्छ। त्यसका लागि निश्चित समयसमेत तोकिनुपर्छ। राष्ट्रपतिले तोकेको अवविधिसम्म पनि प्रमुख दलहरू सहमतिको नयाँ सरकार दिन सफल नभए राष्ट्रपतिले धेरै दलहरूको समर्थन प्राप्त व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्ति गरेर निश्चित अवधिमा सबैको सहमति जुटाउन निर्देशन दिनुपर्छ। यसरी गठन भएको सरकारका माध्यमबाट संविधानलाई क्रियाशील बनाउने प्रक्रिया अघि बढाउन पनि सहज हुनेछ। त्यसपछि असहमत रहेका दलहरूलाई समेत प्रक्रियामा आउन दबाब पर्नेछ।
संवैधानिक क्रियाशीलताका सन्दर्भमा अन्तरिम संविधान निर्माण प्रक्रियामा पनि ध्यान दिनु उपयुक्त हुन्छ। हालको संविधान राजनीतिक दलहरूको सहमतिमा गठित आयोगले मस्यौदा गरेको भए पनि त्यसलाई पुनर्स्थापित प्रतिनिधिसभाले पारित गरेको थियो। साथै, संविधानअन्तर्गत गठित अन्तरिम व्यवस्थापिका संसद्बाट अनुमोदन पनि गरिएको थियो। यो समग्र प्रक्रिया जनआन्दोलनकारी शक्ति र विद्रोही माओवादीबीचको सहमति र संझौता मुख्य विषय थियो। माओवादीको एउटा पक्ष मधेसी मोर्चाको सहयोगमा मुलुकलाई संवैधानिक शून्यतर्फ लैजान उद्यत भएका बेलामा संवैधानिक क्रियाशीलताका लागि जनआन्दोलनकारी शक्तिहरूले वैद्यसमूहको सहयोग लिनसक्नु पर्छ। वैद्य समूहले आफूलाई नयाँ प्रक्रियामा अघि बढाउन तयार गरेको अवस्थामा राष्ट्रपतिले त्यसलाई समहतिको आधारका रूपमा लिएर संवैधानिक र राजनीतिक गतिरोधको गाठो फुकाउन सक्नुपर्छ। भट्टराई र प्रचण्ड सत्ताबाट हटेर सहमति गर्न तयार नभए संवैधानिक क्रियाशीलतका लागि यसभन्दा उपयुक्त अर्को विकल्प देखिँदैन।
संक्रमण काल अन्त्यका लागि नयाँ संविधान आवश्यक हुन्छ। नयाँ संविधानका लागि हाम्रा सामु दुईवटा विकल्प छन्। पहिलो, अहिलेसम्मका सहमतिका आधारमा संविधानको मस्यौदा तयार गर्न अग्रसरता लिने। सहमति हुन बाँकी विषयमा सहमति कायम गर्न सकिए संविधानको मस्यौदा सहजै तयार हुनेछ। दलहरू यस प्रक्रियामा अघि बढ्न तयार हुने हो भने संयुक्त सरकार गठन गरी मन्त्रिपरिषद्को निर्णयका आधारमा आयोग बनाएर यो प्रक्रिया अघि बढाउन सकिनेछ। यसरी तयार भएको संविधानको मस्यौदालाई जनअनुमोदनका लागि संविधानको बाधा अड्काउ फुकाउको व्यवस्थाबाट व्यवस्थापिका संसद्को सिर्जना गर्न वा जनमत संग्रहमा लैजान सकिन्छ। अहिलेको अवस्थामा संविधान सभाको पुनर्स्थापना सर्वोच्च अदालतको फैसलका कारण असम्भव छ भने नयाँ निर्वाचनमा जाने विषय संवैधानिक र राजनीतिक दुवै हिसावले अनुपयुक्त देखिन्छ। हुनत, पुनर्स्थापनका सन्दर्भमा सर्वोच्च अदालतले कस्तो फैसला गर्छ भन्नेले पनि विशेष अर्थ चने राख्नेछ।
माओवादीको संस्थापन पक्ष सहमतिको लागि तयार नहुने र राष्ट्रपतिले समेत संविधानको क्रियाशीलताका लागि ठोस कदम चाल्न नसक्ने हो भने समयक्रममा मुलुक नयाँ द्वन्द्वतर्फ अग्रसर हुनेछ। सरकारमा रहेको दलले नै सडकबाट प्रतिकारको कार्यक्रम अघि बढाइरहेको अवस्थामा नेपालको आगामी राजनीतिक परिदृश्य अहिले देखिए झैँ मौन रहने छैन। अहिले देखिएको शान्तिलाई प्रधानमन्त्रीले आफ्नो कदमप्रतिको समर्थनका रूपमा अर्थ्याएका छन्। सत्य भने भिन्नै छ। यो मौन एकातिर सडकमा देखिएको तनावबाट केही समयका लागि मुक्ति मिलेको सन्तोषको अनुभूति हो भने अर्कोतिर भविष्यको द्वन्द्वको तयारीका लागि एक प्रकारको शक्ति सञ्चय पनि हो। अहिले शान्ति भयो भनेर मख्ख पर्नु पर्दैन। त्यसमाथि संवैधानिक र राजनीतिक शून्यले भविष्यप्रति अझ बढी निराश बनाउन पनि सक्छ। त्यसबाट राज्य, राजनीतिक नेतृत्व र वर्तमान समाजिक संरचना सबैप्रति जनताको विश्वास र भरोसा टुट्ने र मुलुक थप संकटमा धकेलिन सक्छ। तसर्थ, समय छँदै सहमति वा संवैधानिक क्रियाशीलताका लागि वैकल्पिक उपायको खोजी गरिहाल्नु पर्छ। अन्यथा, सहमतिको खोजीमा रहेका सभामुखको अहिले आलोचना गरिएजस्तै राष्ट्रपतिको भूमिकाको पनि गंभीर आलोचना हुनेछ।