न्यायको खोजी
२८ पौष २०६९
•
१४ मिनेट पाठ
न्यायको खोजी
केही दिनयता फेरि मानव अधिकार र त्यसको हुर्मतबारे व्यापक छलफल भएका छन्। प्रधानमन्त्री स्वयं यस छलफलको केन्द्रविन्दु वा विषयवस्तु बनेका छन्। यो राम्रो कुरा होइन। राजनीति राज्य सञ्चालनको आधारभूत 'सिद्धान्तहरू' को खाका हो, जो तीनवटा खुट्टाले उभिएको हुन्छ- नागरिकको स्वतन्त्रता, राजनीति गर्ने व्यक्तिहरूको नैतिकता र शासन व्यवस्थामा जनताको सहभागिता सुनिश्चित गर्ने लोकतान्त्रिक पद्धति। यी तीनवटामध्ये जुनसुकै खुट्टा भाँचिए वा कमजोर भए पनि राज्य व्यवस्था लड्छ। तीनै वटा खुट्टा नभँाचिएर कमजोर मात्र हुँदा पनि राज्य व्यवस्था थला पर्छ। नेपालको राज्य व्यवस्था थला पर्ने अवस्थामा छ।




नागरिक स्वतन्त्रता मानिसले प्राप्त गरेको मानवीयताको विशेषता हो। यसले मानिसको 'निजत्व' लाई स्थापित गर्छ र संरक्षण गर्छ। जब कुनै मानिसको 'निजत्व' माथि कसैले धावा बोल्छ, शिकार त्यो एउटा मानिसमात्र होइन, सम्पूर्ण समाज नै बन्छ। प्रत्येक मानिसले बुद्धि र विवेक होइन, 'बल' को सहारा लिएर आफूलाई स्थापित गर्ने प्रयास गर्छ। जब स्वतन्त्रता कुन्ठित हुन्छ, त्यसले राज्य व्यवस्थालाई विस्थापित गर्छ। डेकेन्द्र थापाको हत्या त्यस अर्थमा एउटा मानिस वा एउटा पत्रकारको 'जैविक जीवनको अन्त्य होइन, मानिसको 'स्वतन्त्रता' अस्तित्वमा रहने 'वैयक्तिक निजत्व' माथि आक्रमण थियो। जसले उनको निजत्वमाथि धावा बोलेका थिए, शायद उनीहरूले थाहा पाएनन् होला वा थाहा पाइपाई बुझ पचाएर होला कि 'उनीहरू स्वयं आफ्नै स्वतन्त्रतामाथि धावा बोलिरहेका थिए।'
मानिसको स्वतन्त्रता उसको जीवनको अस्तित्वका लागि आवश्यक हुन्छ। तसर्थ जीवनको संरक्षण गर्नु प्रत्येक राजनीतिक विचारधारा, धार्मिक विश्वास र सभ्यताको आधारशीला हुन्छ। राज्य व्यवस्थाको आधारस्तम्भ यसैमा निहीत रहन्छ। यस विश्वासलाई क्रियात्मकता प्रदान गर्न 'राजनीतिक नैतिकता' को अवधारणा सभ्यताले नै निर्माण गरेको छ। त्यसमा पनि मार्क्सवादी नैतिकता र समाजको परिवर्तन, मानव जीवनको समतामूलक उन्नति र विज्ञानमा आधारित हुन्छ। यी कुनै पनि मापदण्डबाट विचार गर्दा पनि डेकेन्द्र मार्क्सवादी नैतिकताको दायराबाहिरका खलनायक थिए भन्ने प्रमाणित गर्न सकिने अवस्था देखिँदैन। के त्यसो भए 'कसैले कसैको जीवन' उसलाई मन नपरेका कारणले मात्रै समाप्त गर्ने स्वतन्त्रता प्राप्त गर्न सक्छ? सक्दैन। अर्थात, डेकेन्द्रको हत्या सामान्य मार्क्सवादी नैतिकताको बर्खिलाप थियो र त्यस्तो मार्क्सवादी चिन्तन र नैतिकताविपरीत हत्यामा संलग्न 'व्यक्तिहरूलाई कार्बाही गर्ने दायित्व' तत्कालीन जनयुद्धको नेतृत्वको थियो।
जनयुद्ध समाप्त भएपछि त्यसलाई नेतृत्व गर्ने दलकै नेता अहिले प्रधानमन्त्री हुनुहुन्छ। विगतमा कार्यकर्ताबाट भएका ज्यादतिहरूको छानविन गर्न उहाँलाई असम्भव छैन भने राज्य सत्तामा पनि उहँाहरू नै हुँदा, हिजो ज्यादति गर्ने सरकारी संयन्त्रमा कार्यरत् व्यक्तिहरूलाई कारबाही गर्ने अख्तियार पनि उहा"हरूलाई छ। के साँच्चिकै डेकेन्द्र थापालाई जिउँदै गाडिएको हो? यदि हो भने कुन मार्क्सवादी क्रान्तिको नैतिकताले त्यस्तो कार्यको औचित्यता पुष्टि गर्न सक्छ? त्यो कार्य त प्रतिक्रान्ति हो। डेकेन्द्रलाई सजाय गर्ने वा नगर्ने उहाँहरूको अधिकार थियो भने पनि जिउँदै गाड्ने सजायको नैतिक औचित्यता केमा रहेको हुन सक्ला? के यस तथ्यको छानविन हुनु आवश्यक छैन? यदि साँच्चिकै सत्य जिउँदै गाडिएकै हो रहेछ भने पनि, के त्यसो गर्ने व्यक्तिलाई क्रान्तिकारी मान्नुपर्ने बाध्यता एनेकपा (माओवादी) र आम जनतालाई छ? डेकेन्द्रले सुराकी नै गरेका रहेछन् भने पनि के सजाय/यातना दिएर जिउँदै गाड्नु उचित मान्न सकिन्छ? डेकेन्द्रको 'निजत्व' त समाप्त पारियो। त्यस्तो ज्यादतिमा कार्बाही गर्न निषेध गर्ने कार्यबाट राजनीतिक नैतिकताको पनि पतन हुन गयो र त्यसबाट नेपाली समाजमा अझै पनि लोकतन्त्र कायम छ भन्ने तर्क पनि पराजित भएको छ।
देशमा यस किसिमका गम्भीर घटना भइरहेका छन्। महिलाहरू आगो लगाएर मारिँदैछन्। तीन वर्षका बालिका बलात्कृत भइरहेका छन्। लोग्नेबाट विस्तरामा नै श्रीमतीको हत्या भइरहेको छ। देशको न्याय व्यवस्थाको खिल्ली उडिरहेको छ, यद्यपि जनता अपराधविरुद्ध 'महान्यायाधिवक्ता' को कार्यालयको साइनबोर्डमा आँखा लगाएर राहत आश गरिरहेका छन्। देशमा कानुन व्यवसायीको नेतृत्वका लागि निर्वाचन भइरहेको छ। तर सञ्चारमा/अखबारमा समाचार छापिइरहेका छन्- 'महान्यायाधिवक्ता' ले मुद्दा नचलाउन सरकारी वकिललाई दबाब दिइरहेका छन्। पत्रैसमेत पठाएका छन्। यो पंक्तिकारलगायत् एक दर्जन पूर्व महान्यायाधिवक्ता अहिले पनि जिउँदै छौं। त्यस अ•ामा ४ जना नायव महान्यायाधिवक्ता हुनुहुन्छ। तीन दर्जन जति सहन्यायाधिवक्ता हुनुहुन्छ। अर्थात् करिव तीन सय सरकारी वकिल। कसप्रति आशा गर्ने होला त्यस साइनबोर्डमा हेरिरहेका आँखाले?
प्रश्न जोडिन्छ, महान्यायाधिवक्ताको नियुक्ति प्रक्रियामा। प्रधानमन्त्रीले सिफारिस गर्छन् र राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त हुन्छ। एउटा कानुन व्यवसायी राजनीतिक आस्थाका कारणले सिफारिस भई नियुक्त भए पनि जब 'महान्यायाधिवक्ता' को कुर्सीमा बस्छ, तब ऊ राज्यको वकिल, राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहकार र जनता र समाजको प्रतिरक्षक बन्छ। उसको राजनीतिक आस्थालाई न्यायप्रतिको आस्थाले कार्यकालभरिका लागि विस्थापित गर्छ। तब न्याय र कानुनका सम्बन्धमा प्रधानमन्त्री र राष्ट्रपतिले बोल्ने शब्द, भाषा र अभिव्यक्ति महान्यायाधिवक्ताका दिमागबाट सिर्जित हुनुपर्छ/हुन्छन् भन्ने ठानिन्छ।
तर राजनीतिक नैतिकताको ह्रास यति धेरै भइसक्यो, सत्य र असत्यको परिभाषा धमिलो भएको छ। न्यायका प्रक्रियामा राजनीतिक दलहरू ठाडो हस्तक्षेपमा उत्रिएका छन्। अहिले त यस्तो विचित्रको स्थिति देखिन थालेको छ- 'राजनीतिक दलका कार्यकर्तालाई अपराधको वात लाग्नुहुँदैन, राज्यको सुरक्षा निकायमा काम गर्नेले गरेका करतुतमा अपराधको बात लाग्नुहुँदैन, नेताका छोराछोरीले गरेका अपराधमा बात लाग्नुहुँदैन, डाक्टर, वकिल, कर्मचारी, पत्रकारले गरेको अपराधमा बात लाग्नुहुँदैन। अपराधमा सजाय त केवल निरीह, गरिब, कमजोरलाई मात्र हुन्छ।' कस्तो लोकतन्त्रमा हाम्रा प्रधानमन्त्री शासन गरिरहनुभएको छ? कस्तो लोकतन्त्रमा विपक्षी दलका नेताहरू क्रियाशील रहनुभएको छ?
नेपालले जेनेभा सन्धि अनुमोदन गरेको छ अर्थात् युद्ध अपराध गर्नेलाई सजाय गर्नेछु भन्ने प्रतिबद्धता जाहेर गरेको छ। नेपालले यातनासम्बन्धी महासन्धि अनुमोदन गरेको छ वा यातनालाई अमानवीय अपराधका रूपमा स्वीकार गरेको छ। नेपालले नागरिक र राजनीतिक अधिकार महासन्धि अनुमोदन गरेको छ वा नागरिकको बाँच्न पाउने हक संरक्षण गर्छु भन्ने अन्तर्राष्ट्रिय दायित्व ग्रहण गरेको छ। तर पनि अपराध गर्नेहरू, मानव अधिकारको उल्लंघन गर्नेहरू, यातना दिएर मासिनको हत्या गर्नेहरू यस समाजमा प्रतिष्ठित कार्यकर्ता, कर्मचारी/अधिकारीका पदमा बहाल छन्। के नेपाली जनताले परिवर्तनको आन्दोलन 'अन्याय र अत्याचार' को जगजगी भएको समाज निर्माण गर्नका लागि गरेको हो? प्रधानमन्त्रीले जनतालई जवाफ दिनैपर्छ- के डेकेन्द्रको हत्या अनुसन्धान नै हुनु नपर्ने कानुनले छुट दिएको अपराध हो? अनि नेपाली कांग्रेस र एमालेका नेताहरूले जवाफ दिनैपर्छ- के नेपाली सेनाका अधिकारीलाई बेलायतमा घरजम गरी नेपालमा जागिर खाने छुट दिएको छ? के नेपाली सेनाका अपराध गर्ने मानिसलाई अन्तर्राष्ट्रिय कानुन लाग्दैन? के 'अपराध' मा पनि राष्ट्रियता हुन्छ?
यहाँहरूलाई थाहा छैन होला, नेपालले थुप्रै अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेको छ। सार्वभौम को हो? जनता वा राज्यका कुनै पदाधिकारी? किन आत्तिनुभएको तपार्इंहरू? के पक्राउ गर्नेबित्तिकै कर्नेल कुमार लामालाई सजाय भइहाल्छ? के कर्नेल लामामाथि अनुसन्धान नै हुनु हुँदैन? हो, वकिल दिने निर्णय भएछ दिनुहोस्। तर विगतमा साउदीमा पक्राउ परेकी महिला, जापानमा पक्राउ परेका पुरुष पनि त नागरिक थिए होला! किन दिनु भएन वकिलको खर्च? चार्ल्स एण्डरसनले एउटा कथा लेखे- 'वादशाहका नयाँ लुगा।' बुनकरले भने- 'हामीले बुनेका लुगा फटाहाले देख्दैन।' उनीहरू नयाँ कपडा बुनेको बहानामात्र गरिरहेका थिए। उनीहरूले भने महाराज कति राम्रो सुहायो, तपाईलाई। राजा आफ्नो नाङ्गो शरीर देख्थे तर राम्रो मान्छे हुन उनले आफ्नो नाङ्गो शरीर नाङ्गो मान्न तयार भएनन्। मन्त्री, कर्मचारी, सेना, पुलिस, बुद्धिजीवी सबैले भने- 'आहा महाराजका लुगा कति राम्रा!' तर, सबैले देखिरहेका थिए 'राजा नाङ्गै छन्। राजा हाँसिरहेका थिए।' एउटा बालकले भन्यो- 'राजा त नाङ्गा छन्, राजाले लुगा लगाएकै छैनन्।' देशले यस्तै सत्य बोल्ने एउटा बालकको आश गरिरहेको छ। त्यसले भन्न सकोस्- 'डेकेन्द्र तिमीमाथि अन्याय भएको छ।' त्यसले भन्न सकोस्- राजनीतिक दलका नेताहरू! कर्णेल होइन, गरिब जनतामाथि भएका अन्याय जान्ने प्रयास गर।
अर्को समाचार
पीडामा गुम्सिएका अत्यासलाग्दा २० वर्ष
०३ माघ २०७८
•
६ मिनेट पाठ
पीडामा गुम्सिएका अत्यासलाग्दा २० वर्ष
आज बीस बर्ष बितेछन्, बुबा मुक्तिनाथ अधिकारीको तत्कालीन माओवादी आततायीद्वारा चीरहरण गरिएको। आमाको सिन्दुर पुछिएको, जीवनका आशा/भरोसा चुँडिएको र हामीलाई सधैँका लागि टुहुरो बनाइएको।




हाम्रा सपना टुटाइएको, खुसी लुटिएको, सम्बन्ध चुँड़ाइएको, प्रगतिहरू रोकिएको त्यो कालो दिन २०५८ माघ ३। बीस बर्ष मानव सभ्यता र विकासका लागि छोटै होला तर एक व्यक्तिको जीवनका लागि अत्यन्त लामो हो। झन् पलपलमा तड्पिनुपर्ने पीडितहरूका लागि त औधी पट्यारलाग्दो लम्बेतान जुग नै रहेछ।  

बीस वर्षअघि जनताको कथित मुक्तिको नाममा माओवादीले देश र जनतामाथि थोपरेको हत्या हिंसा हाम्रा लागि क्रूर नियति बनेर आयो। अरूको खुसी लुटी आफू रमाउने, रगतको होली खेल्ने, श्रीखण्ड र खुर्पाको बिँड नचिन्ने, एउटा वाचा गर्ने अनि अर्कै रमणीयता गर्ने देख्दा हामीमा वेदना थपेकै छ। कहिले सोच्छु र दुःखित हुन्छु, तत्कालीन माओवादी जनसरकार प्रमुख बाबुराम भट्टराईलाई जस्तै हामीलाई पनि आफ्ना प्यारा बाबु/आमासँग केबलकार चढ्ने, सँगै घुम्ने रहर हुँदाे हो।

परिवारजनसँगै बसेर राम्रो लगाउने र मीठो खाने चाहना हुँदाे हो। बुबाको साथमा बसी उहाकै हातको टीका र आशीर्वाद ग्रहण गर्ने, मायाममता र अभिभावकत्व ग्रहण गर्ने इच्छा हुँदाे हो। मेहनत गरी आफूले गरेको प्रगतिको फल चखाउने मन हुँदो हो। तर खुसी न त पिताको ललाटमा रहेछ न त हाम्रो जीवनमै। हुन पनि शायद हामीलाई त्यो छूट छैन, किनकि हामी त आफू गल्ती नगरिकनै बनाइएका न्यायका भिखारी हौँ। अथवा हामी हत्या हिंसाको जवाफ रचनात्मक काम र शान्तिपूर्ण न्यायिक अभियानमार्फत दिनेहरू हिंस्रकहरूका नजरमा कातर पो हौँ कि?

अनुत्तरित प्रश्नहरू

“मनको बह कसैलाई नकह“ भनेझैँ हामी पीडितहरू बीसौँ वर्षदेखि पीडा वेदना लुकाइ न्यायको खोजीमा हिँडिरहेका छौँ। आफ्ना प्रगतिका चाहना, योजना र सपनाहरू सुकाउँदै, आफन्त र परिवारजनसँग लुकामारी खेल्दै दिन/रात नभनी कहिले यता त कहिले उता ढोका ढक्ढक्याउँदै आएका छौँ। लेखाजोखा छैन कति निद्रा फालियो, कति भोकै हिँडियो, कति आँसु झारियो, कति जुत्ताचप्पल फटाइयो, कतिलाई झक्झकाइयो न्याय देऊ भनेर, “अचानोको पीर खुकरीलाई के थाहा“, न झरी, न घाम, न धूलो धुवाँ, न चाडबाड, लगाब छ त केबल सत्य र न्यायको खोजी अनि जवाफको पर्खाइमा। निमुखा नागरिकको पक्षमा उभिनुपर्ने सरकार न्याय प्रक्रियालाई अवरोध गरेर न्याय पाउने अधिकारलाई कहिल्लै नटुङ्गने यात्राजस्तो बनाउन खोज्दैछ।

धेरै अनुत्तरित प्रश्नहरू छन् हामीसँग, बुबाको हत्याका जिम्मेवार माओवादी नेतृत्व र दोषी कार्यकर्तासँग, अनि विद्रोहीको प्रतिस्पर्धामा जघन्य मानवाधिकार उल्लङ्घन गर्ने तत्कालीन सरकारसँग। विद्रोही र सरकारबीचको बदला निर्दोष नागरिकहरूको जीवनमाथि बजार्न युद्धको कुनचाहिँ नियमले मिल्छ? सृष्टिका सुन्दर फूलहरूलाई अनाहकै चुँडाउने, होनाहार नेपाली आमाका सपुतलाई नास्ने अधिकार कसले दियो? विद्रोही र सरकारले गरेको जघन्य अपराधको जवाफदेहिता आ–आफूले लिनुपर्छ कि पर्दैन?

कठै त्यो अपुरो जिन्दगी

बुबा ‘नबिराउनु नडराउनु, खाएको विष पो लाग्छ’ भन्नुहुन्थ्यो। अफसोस उहाँकै हकमा त्यसो हुन सकेन। हुन पनि, सादा जीवन र उच्च विचारका सच्चा सम्बाहकलाई चाकरी चाप्लुसी, भ्रष्ट र लुटेरा प्रवृत्तिले कसरी चिनोस्। माओवादीको हत्या हिंसा आतंकको त्रासले कैयौँ व्यक्ति गाउँबस्तीबाट विस्थापित हुँदा बुबा स्कुलको जिम्मेवारी लिएर बस्नुभयो। काल लिएर उपस्थित भएका मानवरूपी यमराजका सामु कायरतापूर्वक घुँडा नटेकी, वीरतापूर्वक मृत्यु सामना गर्ने बुबाको साहसलाई सलाम छ। सबैलाई अवगतै छ, उहाँ शान्त, सौम्य र सुशिक्षित, नेपाल आमाले गर्भ गर्न लायक सपुत हुनुहुन्थ्यो।

अति प्रतिभाशाली भएर पनि सहरका मानसम्मान, प्रगतिका असीमित अवसर र सुखको चाहना छोडी जन्मथलो कर्मभूमि गाउँमै रगत पसिना र परिश्रम बगाउने चाहना र बाध्यताले दूरदराजका नागरिकमा शिक्षा, समाज विकास र मानव अधिकारको चेतना छर्न खट्नुभयो।

इच्छा कति हुँदा हुन्, अरूलाई ज्ञानको ज्योति छर्ने, समाजसेवा गर्ने। तर ती युवावस्था (४५ वर्ष) मै बिलाए, जीवनका सपनाहरू अधुरा अपुरा रहे। कहिल्यै किंकर्तव्यविमुख र कामचोर नबन्ने, केबल मेहनत, साहस र स्वाभिमान अंगाल्ने, कुरीति, कुसंस्कार, दुव्र्यसन र अन्यायविरुद्ध उठ्ने, हत्या हिंसाको विरोध गर्ने बुबाको आवाज र अभियान कथित क्रान्तिका नाममा निमोठियो।

आज बुबा रहनुभएको भए जम्मा ६५ वर्षको मात्र हुनुहुन्थ्यो। स्वस्थ, अनुशासित र हट्टाकट्टा शरीर हुनुभएको स्वास्थ्य र खानपिनमा खास ध्यान दिने बुबा अझै धेरै वर्ष बाँच्नुहुन्थ्यो, परिवार र समाजलाई अभिभावकत्व, आडभरोसा प्रदान गर्नुहुने थियो। तर कुनै खुसी र सुखको अनुभूति गर्न नपाउँदै दुःख दुःखमै अत्यन्तै अमानावीयतापूर्वक उहाँको सास थिचियो। यता परिवारजनको अरू कामै नभएझैँँ फगत न्याय माग्दैमा जुग जाने भयो।

पीडामाथि पीडाको उदाहरण  

बुबा छँदैमा २०५५ तिहारताका केही व्यक्ति गाउँको चन्द्रपाटामा रहेको नेपाल बैंक लुट्न आए। बैंक सुरक्षा गार्ड बालकृष्ण नेउपानेमाथि आक्रमण गरी घाइतेसमेत बनाए। होहल्ला र प्रतिकार भएपछि ती लुटेरा भाग्न खोजे। बैंक लुट्न खोज्ने लुटेराहरूलाई गाउँले मिली समात्यौँ। आक्रोशित गाउँलेले लुटेरालाई आक्रमण गरेर ज्यानै लिन खोज्दा बुबा, म, ठाकुर तिवारीलगायतका केही व्यक्तिले भिडको आक्रमणबाट छेकेर उनीहरूको ज्यान जोगाएका थियौँ। पछि थाहा भयो, बैँक लुट्न आउने ती लुटेरा माओवादी पो रहेछन्। खैर, जोसुकै भए पनि मानवीयताको नाताले कसैको ज्यान जोगाउनु हाम्रो कर्तव्य थियो र त्यसमा मलाई अझै पनि खुसी र गर्व लाग्छ।

तर उनीहरूको जीवन जोगाएको फल बुबाको ज्यान नै लिइयो। त्यही घटनाका कारण धेरैले मलाई घर नजानु माओवादीले जे पनि गर्न सक्छन् भनेकाले धेरै वर्ष दसैँ तिहारलगायत चाडपर्वमा पनि घर जान पाइन। परिवारजन, आफन्त र छरछिमेकसँग बसेर चाडवाड मनाउन, गाउँको हात्तीगाडेमा जम्मा भएर पिङ खेल्न नपाएको, उल्टो काठमाडौँमा एक्लै बस्नुपरेको अनुचित र अन्यास याद अझै पनि आउँछ। जे पर्ला भनेर बुबाको काजक्रिया गर्नचाहिँ घर गएँ, त्रासमै हतारहतारमा घर छाडेँ। शान्ति सम्झौतापश्चात धेरैपछि मात्र सहजरूपमा गाउँ जाने अनुकूलता मिल्यो।

ती २० वर्ष

परिवारजन र सन्ततिका खुसी र प्रगतिले ऊर्वर हुनुपर्ने २० वर्ष पीडित बनेर केही शोक, केही समाजसेवा र धेरै सत्यको खोजी तथा न्यायको लडाइँमै बिते। तर अफसोस, बीसौँ वर्षसम्ममा पनि न सत्य न त न्यायको कुनै संकेत देखिन्छ। तत्कालीन द्वन्द्वरत विद्रोही र सरकार पक्षले न पीडित नागरिकप्रति आफ्नो दायित्व बहन गरे न पीडितका आवाज नै सुने। बरु तिनै पीडितको पीडाको जगमा आएको गणतन्त्रमा मोजमस्तीमात्र गरे। पीडितलाई सानातिना कनिके चारोमा भुलाउने र लम्ब्याउने प्रयास गरे।

पार्टीका जिम्मेवार नेतृत्व तैँ चूप मैँ चूप रहे किनकि सत्यको खोजी उनीहरूलाई होइन, हामी पीडितजनलाई चाहिएको हो। उनीहरू दाता र हामी पीडितजन माग्ने जस्तो देखियो। देशमा साँच्चिकै लोकतन्त्र आएको भए, रूपान्तरण भएको भए त द्वन्द्वका नाममा अनाहकमा पीडित बनाइएका पीडित नागरिकको पीडामा मलम लगाउन सरकार आफैँ अग्रसर हुने थियो। यति साह्रो बेवास्ता गर्ने थिएन। शान्ति प्रक्रियालाई झुलाएर पीडितलाई उल्टो पीडामाथि पीडा कति थोपर्छौ ? काटेको घाउमाथि कहिलेसम्म कति नूनचूक छर्छौ सरकार?

अन्तमा,

सरकारको असम्वेदनशील र गैरजिम्मेवार व्यवहारबाट हामी धेरै दुखित छौँ तर विचलित छैनौँ। खासमा द्वन्द्वका नाममा भएका ज्यादतीहरूको स्वीकारोक्ति गर्नु, घटनाको निस्पक्ष अनुसान्धान गरी सत्य उजागर गर्नु र पीडितजनलाई न्याय प्रदान गर्नु राज्यको उत्तरदायित्व हो।

शान्ति प्रक्रियाको अभिन्न अंग हो। पीडितको नैसर्गिक अधिकार हो। यसरी बीसौँ वर्षसम्मको निरन्तरको न्यायिक यात्राका बाबजुद न्याय पाउन नसके पनि हामीलाई थाहा छ– हाम्रो आन्दोलन सकिएको छैन र छिट्टै टुंगिनेवाला पनि देखिँदैन। हाम्रो न्यायिक यात्रा जारी छ। विश्व मानचित्रमा ग्वाटेमाला, क्याम्बोडिया, बंगलादेशलगायतका देशमा दशकौँपछि पीडितले न्याय पाएका दृष्टान्त हाम्रासामु छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस