केहीअघि काठमाडौं विश्वविद्यालयका उपकूलपति सुरेशराज शर्माले अचानक राजीनामा दिएको समाचार आयो। उनको कार्यकालको तीन वर्ष अझै बाँकी थियो। समाचारअनुसार विश्वविद्यालयको सभा सञ्चालन भइरहेकै समय उपकूलपति शर्माले सभाको अध्यक्षता गरिरहेका कुलपति तथा प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष राजीनामा दिएका थिए र प्रधानमन्त्री बाबुराम भट्टराईले शर्माको राजीनामा तत्काल स्वीकृत गरेका थिए। लामो समयपछि भएको नेतृत्व परिवर्तनले काठमाडौं विश्वविद्यालयको भविष्य के हुने हो? देशका शिक्षाविद्हरूको जिज्ञासाको विषय बनेको छ।
काठमाडौँ विश्वविद्यालय देशको एकमात्र निजी विश्वविद्यालय हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर सन् १९८५ मा स्थापना गरिएको काठमाडौँ भ्याली क्याम्पसको विकसित रूप नै काठमाडौँ विश्वविद्यालय हो। काठमाडौँ भ्याली क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विज्ञान विषयमा प्रमाणपत्र तहको शिक्षा प्रदान गर्दै आएको थियो। सन् १९९१ म्ाा स्थापना भएको काठमाडौँ विश्वविद्यालयले सन् १९९२ देखि प्रमाणपत्र, सन् १९९४ देखि स्नातक र सन् १९९७ देखि स्नातकोत्तर तहको शिक्षा प्रदान गर्न थालेको हो। देशका केही निजी मेडिकल कलेजले यस विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका छन्। आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी काठमाडौँ विश्वविद्यालयमा करिब ८ हजार विद्यार्थी अध्ययनरत् छन्।
दुई दशकमा यस विश्वविद्यालय आफ्नो छुट्टै पहिचान दिन सफल भएको देखिन्छ। अति राजनीतिकरण, तालाबन्दी, हडताल आदिका कारण राज्यले स्थापना गरेका विश्वविद्यालयहरूमा समय-समयमा अध्यापन कार्य अवरुद्ध हुने गरे पनि काठमाडौँ विश्वविद्यालयमा अध्यापन कार्य सुचारुरूपले सञ्चालन हुने गर्थ्यो। स्तरीय पठनपाठनले गर्दा त्यहाँबाट उत्पादित विद्यार्थीले सजिलै रोजगार पाउने गरेको बताइन्छ। आकार, संरचना र विद्यार्र्थी संख्या सानो भएकाले काठमाडौँ विश्वविद्यालयमा समय-समयमा पाठ्यक्रममा सुधार र नयाँ विषय थप्ने काम हुने गर्थ्यो। यसबाट विद्यार्थी आकर्षित र लाभान्वित हुने गर्थे।
दुई दशकमा देशमा आएको राजनीतिक परिवर्तन र त्यसबाट उत्पन्न भागबण्डाको संस्कृतिले देशका अन्य विश्वविद्यालयमा उपकूलपतिको नियुक्तिमा ठूलो असर पार्दै आए पनि काठमाडौं विश्वविद्यालयमा त्यसको कुनै असर परेको थिएन। उदाहरणका लागि दुई दशकमा देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा आठ जना उपकूलपति फेरिसक्दा पनि काठमाडौं विश्वविद्यालयमा उपकूलपति फेरेको थिएन। स्थापनकालदेखि डा. सुरेशराज शर्मा २१ वर्षसम्म अविछिन्नरूपमा काठमाडौं विश्वविद्यालयका उपकूलपति रहे। सुरेशराज शर्मा जस्तो लामो समयसम्म विश्वविद्यालयको उपकूलपति बनेको उदाहरण शायद विश्वमा कतै पाइन्छ। सामान्यतया कुनै पनि विश्वविद्यालयमा उपकूलपतिले दुई कार्यकालभन्दा बढी समय काम गर्न पाउने व्यवस्था गरिएको हुँदैन। यस्तो व्यवस्था हुनाको मूल कारण विश्वविद्यालयमा समयसापेक्ष नयाँ सोच र विचारको सञ्चार गर्नु/गराउनु हो। तर, काठमाडौं विश्वविद्यालय यसको अपवाद रह्यो। वास्तवमा काठमाडौं विश्वविद्यालयमा सुरेशराज शर्मा भएसम्म अरू कोही व्यक्ति उपकूलपति बन्नसक्छ भन्ने धेरैले सोचेका पनि थिएन। काठमाडौं विश्वविद्यालय र सुरेशराज शर्मा एक प्रकारले पर्यायजस्तै बनेका थिए।
उपकूलपति शर्माको पछिल्लो कार्यकाल प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वविद्यालयको कूलपतिको हैसियतले करिब एक वर्षअघि मात्र थपेका थिए। प्रधानमन्त्री बाबुराम भट्टराई काठमाडौं विश्वविद्यालय र उपकूलपति सुरेशराज शर्माका प्रशंसक थिए। करिब तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले धुलिखेलको एक रिसोर्टमा उपकूलपति शर्मा र धुलिखेल अस्पतालका पदाधिकारीसँग भेटघाट गरेका थिए। त्यतिबेला प्रधानमन्त्री दाहाल र अर्थमन्त्री भट्टराईले उपकूलपति शर्मा र धुलिखेल अस्पतालका पदाधिकारीको खुलेर प्रशंसा गर्दै भनेका थिए- 'हामीले देखेका सपना तपार्इंहरू पूरा गर्दै हुनुहुन्छ र यस सफलतालाई अब देशभर लैजानुपर्छ।' त्यसैले विश्वविद्यालयको सभा सञ्चालन भइरहेकै समय उपकूलपति शर्माले दिएको राजीनामा प्रधानमन्त्री बाबुराम भट्टराईबाट तत्काल स्वीकृत हुनु धेरैलाई आश्चर्यजनक लागेको थियो। भनिन्छ- प्रधानमन्त्री बाबुराम भट्टराईले नै सभामै उपकूलपति शर्माको राजीनामाको माग गरेका थिए।
उपकूलपति शर्माको राजीनामा कसैलाई अप्रत्याशित र आश्चर्यजनक लागे पनि उनले केही दिनअधि एक दैनिकमा प्रकाशित लेखमार्फत् स्पष्ट पारेअनुसार उनले कुनै राजनीतिक दबाबको अगाडि घँुडा टेकेर राजीनामा दिएको नभई अरूलाई उपकूलपति बन्न मार्ग प्रशस्त गरेको बताएका थिए। तर उपकूलपति शर्मामा आफ्नो कार्यकालको तीन वर्ष बाँकी छँदै अरूलाई उपकूलपति बन्न मार्ग प्रशस्त गर्नुपर्ने सोच कसरी एकाएक विकसित भयो? त्यसबारे भने उनले आफ्नो लेखमा स्पष्ट पारेको पाइएन। त्यसैले कतिपय स्वतन्त्र पर्यवेक्षक उपकूलपति सुरेशराज शर्माले कुनै प्रकारको दबाब वा तनावका कारण आवेगमा आएर आफ्नो पदबाट राजीनामा दिएको अड्कल गर्छन्। शर्माले केही नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नमानेको कारणले पद त्याग्नुपरेको पनि बताइन्छ। जुनसुकै कारणले सुरेशराज शर्माले राजीनामा दिएको होस, उनको राजीनामासँगै काठमाडौं विश्वविद्यालयको एक लामो अध्याय अन्त भएको छ र एक नयाँ अध्याय सुरु भएको छ।
काठमाडौं विश्वविद्यालयको सफलतामा उपकूलपति शर्माको दिगो नेतृत्वको प्रमुख भूमिका रहेको मानिन्छ। काठमाडौं विश्वविद्यालयको पूर्वाधार विकास र विस्तार गर्न आवश्यक आर्थिक स्रोत जुताउन उपकूलपति शर्मा सफल भएको पाइन्छ। शर्मा उपकूलपति नरहेपछि काठमाडौं विश्वविद्यालयको भविष्य के हुने हो भनी चिन्ता गर्ने शुभचिन्तकहरू काठमाडौं विश्वविद्यालयभित्र र बाहिर धेरै छन्। केही समयअघि प्रकाशित सुरेशराज शर्माको लेखअनुसार काठमाडौं विश्वविद्यालयमा केही समययता देखा परेका आर्थिक कठिनाई तथा बढ्दो राजनीतिकरणका कारण स्वयं पूर्व उपकूलपति शर्मा पनि यस विश्वविद्यालयको भविष्यबारे चिन्तित भएको देखिन्छ। काठमाडौं विश्वविद्यालयलाई लामो समयसम्म राजनीतिबाट मुक्त राख्न र शैक्षिक गुणस्तर कायम गर्न उपकूलपति सुरेशराज शर्मा धेरै हदसम्म सफल भएको देखिन्छ। तर पछिल्लो समयमा काठमाडौं विश्वविद्यालय पनि राजनीतिकरणबाट मुक्त रहन नसकेको देखिन्छ। केही वर्षअघिसम्म काठमाडौं विश्वविद्यालयमा तालाबन्दी, हडताल आदि हुँदैनथ्यो तर विगत केही समययता काठमाडौं विश्वविद्यालयमा पनि तालाबन्दी, हडताल आदि हुन थालेका छन्।
कतिपय शिक्षाविद काठमाडौँ विश्वविद्यालयले आवश्यकताभन्दा बढी चर्चा र महŒव पाएको ठान्छन्। आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी उच्च शिक्षामा अध्ययनरत् कुल विद्यार्थी सङ्ख्याको ५ प्रतिशतभन्दा कम विद्यार्थीले अध्ययन गर्ने विश्वविद्यालयले नेपालको उच्च शिक्षा तथा देशको समग्र विकासमा खासै निर्णायक भूमिका खेल्न नसक्ने कतिपय शिक्षाविद्को ठहर छ। उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष काठमाडौं विश्वविद्यालयले भन्दा दशौँ गुणा बढी उच्चस्तरीय जनशक्ति उत्पादन गर्छ। यसैगरी त्रिभुवन विश्वविद्यालयको तुलनामा काठमाडौँ विश्वविद्यालयले केही सीमित विषयका जनशक्तिमात्र उत्पादन गर्छन्। आधारभूत विज्ञान, कृषि विज्ञान, वन विज्ञानजस्ता देश विकासका लागि अति आवश्यक उच्च तहका वैज्ञानिक तथा प्राविधिक जनशक्ति त्रिभुवन विश्वविद्यालयले मात्र उत्पादन गर्छ।
गुणस्तरकै कुरा गर्दा पनि चिकित्साशास्त्र वा इन्जिनियरिङ विषय पढ्न चाहने अधिकांश जेहेन्दार विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगन्जस्थित चिकित्साशास्त्र क्याम्पस र पुलचोकस्थित इन्जिनियरिङ क्याम्पस पहिलो प्राथमिकतामा पर्छन्। इन्टरनेटको एक सर्वेक्षण 'वेब पपुलारिटी रेटिङ २००' का अनुसार त्रिवि आज पनि नेपालका विश्वविद्यालयहरूमध्ये पहिलो स्थानमा पर्छ र त्यसपछि क्रमशः काठमाडौँ, पोखरा र पूर्वाञ्चल विश्वविद्यालय पर्छन्। यसैगरी काठमाडौँ विश्वविद्यालयको शिक्षण शुल्क देशका अन्य विश्वविद्यालयको तुलनामा ज्यादै महँगो भएकाले उक्त विश्वविद्यालय आम नेपालीका छोराछोरीको पहँुचबाहिर रहेको र जेहेन्दार विद्यार्थीभन्दा बढी सम्पन्न वर्गका छोराछोरीले पढ्ने विश्वविद्यालयको रूपमा चिनिन्छ।
दुई दशक लामो समयसम्म निरन्तर एउटै व्यक्ति उपकूलपति रहेकाले काठमाडौं विश्वविद्यालयको नेतृत्व तहमा नयाँ सोच र विचार विकसित हुन नसकेको त्यही विश्वविद्यालयमा लामो समयदेखि अध्यापन गर्दै आएका प्राध्यापक बताउँछन्।। दुई दशक बितिसक्दा पनि पूर्व उपकूलपति डा. शर्माले कसैलाई पनि आफ्नो उत्तराधिकारीका रूपमा व्यक्तित्व विकास गर्र्न पहल नगरेको त्यहाँका केही प्राध्यापक गुनासो गर्छन्। यी प्राध्यापक एउटा विश्वविद्यालयमा हुनुपर्ने प्राज्ञिक स्वतन्त्रता काठमाडौं विश्वविद्यालयमा नभएको बताउँछन्।
यिनै पृष्ठभूमिमा केही दिनअघि काठमाडौं विश्वविद्यालयको नयाँ उपकूलपतिमा सो विश्वविद्यालयसँग आबद्ध धुलिखेल शिक्षण अस्पतालका संस्थापक तथा निर्देशक प्राध्यापक डा. रामकण्ठ माकजूको नियुक्ति भएको छ। यसअघि देशका अन्य विश्वविद्यालयमा राजनीतिक भागबण्डा नमिलेकाले उपकूलपतिको नियुक्तिमा महिनौँ ढिलाइ हुने गरे पनि काठमाडौं विश्वविद्यालयमा नयाँ उपकूलपतिको नियुक्तिमा कुनै ढिलाइ भएको देखिएन। यसबाट डा. माकजूको नियुक्तिमा राजनीतिक भागबण्डाको समस्या नभएको देखिन्छ। काठमाडौं विश्वविद्यालयको प्राध्यापक संघले उपकूलपति सिफारिस गर्न गठित समितिको विरोध गरे पनि डा. माकजूको नियुक्तिको ठूलो विरेाध गरेको सुन्नमा आएको छैन। यसबाट विश्वविद्यालयका धेरैजसो प्राध्यापकले श्रेष्ठको नियुक्तिलाई स्वागत गरेको देखिन्छ। नवनियुक्त उपकूलपति डा. माकजू योग्य व्यक्ति मानिन्छन्। उनले जुनसुकै राजनीतिक दबाबमा पनि आफू कहिल्यै नझुक्ने बताएका छन्। यसमा उनी कत्तिको सफल हुनेछन्, समयले नै बताउनेछ।
राजनीतिकरणका कारण आज देशका प्रतिष्ठित प्राज्ञिक संस्थाहरू एकपछि अर्काे गर्दै समस्याग्रस्त बन्दै गएका छन्। कुनैबेला अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त गरेका त्रिवि शिक्षण अस्पतालमा डीनलगायत्का पदाधिकारीको नियुक्तिलाई लिएर ठूलो विवाद उत्पन्न भयो र कैयौँ दिनसम्म अस्पताल सेवा अवरुद्ध भयो। यसैगरी उपकूलपति र शिक्षाध्यक्षको नियुक्तिलाई लिएर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालबन्दीलगायत्का समस्या देखापरेका छन्। पदाधिकारीकै नियुक्तिलाई लिएर पूर्वाञ्चल विश्वविद्यालयमा कैयौँ दिनसम्म तालाबन्दी जारी रह्यो। हालै स्थापना भएका कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुचारुरूपले सञ्चालन हुन सकेका छैनन्। कामना गरौँ- भविष्यमा काठमाडौं विश्वविद्यालयले यस्तो नियति भोग्नुपर्ने छैन।