पटक-पटकका वार्ता निष्कर्षहीन भइरहेका छन् र कतै अदृश्य कारणबाट अड्किएको नेपालको राष्ट्रिय सहमतिको प्रक्रिया अवरुद्ध भएको छ। प्रधानमन्त्रीको पद छोड्दिन र प्रधानमन्त्रीको पद छाड् भन्नेबारे बहस चलिरहेको छ। संक्रमणकालीन राजनीतिमा राष्ट्रले भोग्नुपर्ने निकृष्ट दुर्गतिमा देश फसेको छ। अहिले जुन अवस्था छ, त्यो कुनै नागरिकले चाहेको छैन। राजनीतिक नेताहरुमा देखिएको सक्रिय राजनीतिक तत्परताको अभाव, राष्ट्रलाई कुन बाटोमा उद्दार गर्ने हो भन्ने अठोटको कमी र अलिकति जोखिम मोलेर भए पनि अगाडि बढ्ने आँटमा कमी अहिलेको गतिहीनताको कारण हो।
एउटा उदाहरणबाट अहिलेको परिदृश्यलाई वैज्ञानिक ढंगबाट प्रष्ट गर्न सकिन्छ। तराईमा साँपले डसेर थुप्रै मानिसको मृत्यु हुन्छ। सामान्य बोलिचालीको भाषामा हामी भन्ने गछर्ौं- 'साँपले ठुँगेर मानिसको मृत्यु भयो।' सामान्य अर्थमा यस भनाईलाई सत्यताको प्रतिविम्ब मानिए पनि विश्लेषणात्मक दार्शनिक आधारमा भन्ने हो भने वा वैज्ञानिक विश्लेषणका आधारमा भन्ने हो भने यो भनाई सत्य हुँदैन। 'साँपको डसाई मानिसको रगतमा विष संक्रमित गर्ने कारणमात्र हो। 'विष संक्रमण परिणाम र डसाई कारण हो।' 'विष संक्रमण रगतबाट अक्सिजन भिन्न पार्ने कारण बन्छ।' रगतमा अक्सिजन समाप्त भएपछि हृदयघात हुन्छ। हृदयले मस्तिष्कमा पक्षघात गर्छ र अन्तमा मानिसको मृत्यु हुन्छ।' अर्थात् यस उदाहरणमा मानिसको मृत्यु एउटा कारणले जन्माएको परिणाम, अर्को परिणामको कारण बन्दै अनेक कारण र अनेक परिणामको गुत्थी वा मालाका रूपमा मृत्यु अन्तिम परिणामका रूपमा स्थापित हुन्छ।
नेपालको राजनीतिमा यही नियम वा सिद्धान्त लगाएर विश्लेषण गर्दै अब पर्दाभित्रका रहस्य जनतालाई भन्न सकिएन भने देशले 'अस्तित्वको विनास' भोग्नुपर्ने अवस्थाको सिर्जना हुनेछ।
राजनीतिक दलबीचको असहमति उनीहरुबीच रहेका फरक दृष्टिकोणहरुबाट निर्माण भएको छ। यो कुरा सबैले प्रकटरूपमा देखेका छन्, त्यसैले बुझ्न असजिलो छैन। फरक दृष्टिकोणहरुमा लेनदेनको बहसद्वारा 'सम्झौता' को अवस्था निर्माण गर्दै राजनीति परिणाममुखी बन्ने गर्छ, यो कुरा राजनीतिक गतिशीलताको आधारभूत मान्यता हो। लेनदेनबाट सम्झौता हुन नसक्नु पछाडि पनि कारण छ- त्यो 'सत्तालाई राजनीतिक अभीष्ट' मान्ने बेइमानी नियत। राजनीतिमा यो बेइमानी नियत हुनु स्वाभाविकै मानिन्छ तर त्यसले राष्ट्रलाई कमजोर नपारोस् भन्नका लागि लोकतान्त्रिक मूल्य र मान्यता तथा जनताप्रतिको उत्तरदायित्वको सिद्धान्त, नैतिकता एवं कानुनको सहयोगले बेइमानी नियतमाथि नियन्त्रण कायम गरिन्छ। तर नेपालमा वर्तमान अवस्थामा लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकता एवं कानुनको नियन्त्रणलाई पनि अस्वीकार गरियो वा भत्काइयो। यसलाई रोक्ने एउटा मात्र उपाय जनमत हो र जनमत निर्वाचनद्वारा प्रकट हुन्छ। जनताले निर्वाचनमा सजाय दिन्छन् भन्ने खतरा वा डरले राजनीतिक नेताहरु लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहन्छन्। तर नेपालमा वर्तमान राजनीतिक नेताहरुमा निर्वाचन वा लोकतान्त्रिक प्रक्रिया र पद्धतिबाट होइन, 'भारतको सत्ताधारी दल वा नेता' को आशीर्वादबाट राजनीतिक सत्ता प्राप्त गर्ने संस्कृतिको विकास खासगरी टनकपुरको सन्धि हुँदै महाकाली सन्धि र हाल बिप्पामा आइपुग्दा भयो।
भारत नेपाललाई आफ्नो प्रभाव वा सुरक्षा छाताभित्र राख्न चाहन्छ, त्यो कुरा घोषित छ, प्रकट छ। पछिल्लो प्रधानमन्त्री मनमोहन अधिकारीसम्म नेपालका नेताहरुले भारतको त्यो दृष्टिकोणले नेपाल र भारतका बीचमा चाहेजस्तो सौहार्द्ध सम्बन्ध हुनै सक्तैन भन्ने कुरामा अडान लिए। उनीहरु खासगरी बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीले भारतीय नेताहरुलाई 'स्वतन्त्र, स्वाधीन र विकसित नेपाल' को असल मित्र हुन सक्तछ भन्ने कुरालाई तर्क र विवेकका आधारमा प्रस्तुत गरिरहे। उनीहरुले भारतीय नेताहरुको आशीर्वादमा प्रधानमन्त्रीको पद प्राप्त गर्न चाहेनन्। टनकपुरको सन्धिबाट जीपी कोइराला चिप्लिए तर पनि उनले नेपाललाई समान राष्ट्रका रूपमा भारतका नेताहरुसँग सम्वाद गरे र भारतका राजदूत वा अन्य जासुसी संस्थाका कर्मचारीमार्फत् नेपालको पराराष्ट्र नीति सञ्चालन गर्न चाहेनन्।
२०६३ सालअगाडिको जनयुद्ध र त्यसपछिको संविधान सभा र संविधान सभा विघटनपछाडिको समयमा 'नेपाल र भारत' बीचका कूटनीतिक सम्वादहरु लगभग समाप्त भएका छन्। नेपालमा को प्रधानमन्त्री बन्ने वा नबन्ने कुरा प्रत्यक्षतः दक्षिणबाट प्रभावित भएको छ भन्ने कुरा सञ्चार माध्यम र बहसमा उठिरहेका छन्। नेपाली नेताबीच भारतको समर्थन लिएर प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा चलेको छ र मिडियाहरु वर्तमान प्रधानमन्त्रीलाई खुलारूपमा दक्षिणले मन पराएको मानिस भनिरहेका छन्। अर्थात् नेपालको परराष्ट्र नीति र कूटनीति भत्किएको छ।
यस अवस्थालाई हेर्ने हो र मान्ने हो भने नेपालमा निर्वाचन तबमात्र हुन सक्तछ, जब भारत चाहन्छ। यदि भारतले चाहेको छैन भने निर्वाचन हुँदैन। यदि मिडियाले भनेजस्तै 'वर्तमान प्रधानमन्त्री भारतले चाहेका प्रधानमन्त्री' हुन भने वैशाखमा निर्वाचन किन हुन्छ? कारण निर्वाचनपछाडि वर्तमान प्रधानमन्त्री फेरि प्रधानमन्त्री हुने निश्चित छैन। यदि मिडियामा चलेको बहसलाई सत्य ठान्ने हो भने वा त्यो सत्य हो भने निर्वाचनको कुरा वर्तमान सरकारले ल्याएको ढोगमात्र हो।
तर अर्कातिर राजनीतिक दलका नेताहरुले वर्तमान प्रधानमन्त्रीलाई भारतले चाहेका मानिस हुन्, भारत वैशाखमा निर्वाचन नगरी वर्तमान सरकारको आयु लम्ब्याउने खेल खेलिरहेको छ भनेका छैनन्। तसर्थ मिडियामा चलेको वर्तमान प्रधानमन्त्री भारतको सहयोगमा विराजमान छन् भन्ने कुरा गलत हो भने किन राजनीतिक दलहरु यस्तो हल्लालाई इन्कार गरिरहेका छैनन्? किन माओवादी नेता प्रचण्ड यसलाई खण्डन गर्दैनन् र किन कांग्रेस र एमालेका नेता यसको खण्डन गर्दैनन्? यदि त्यही कारणले सहमति हुन नसकेको हो भने निर्वाचन केवल 'स्टन्ट' मात्र हो भने राजनीतिक दलका नेताहरु जनतालाई किन वास्तविकता बताउन चाहँदैनन्? प्रश्न थुप्रै छन्।
यसका पछाडि दुईवटा कारण हुन सक्छन्। या मिडियामा आएजस्तै नेपालमा भारतको हस्तक्षेप छ भन्ने कुरा गलत हो र नेपाल-भारतको सम्बन्ध बिगार्ने गम्भीर षडयन्त्र भइरहेका छन्, जसप्रति नेपाली राजनीतिका नेताहरु अदूरदर्शी भएर राष्ट्रलाई कमजोर बनाइरहेका छन्। या त नेपालमा भारतको हस्तक्षेप भए पनि नेपाली राजनीतिका नेताहरु त्यसलाई स्वीकार गरिरहेका छन् र उनीहरु पनि भारतको आशीर्वादमा नै प्रधानमन्त्री बन्न वा आगामी निर्वाचन सम्पन्न गर्न चाहन्छन्। सहमति बन्न नसक्नुका पछाडि बाबुराम भट्टराईलाई भारतको समर्थन नै कारण हो भने किन नेताहरु जनतालाई वास्तविकता बताउन सक्दैनन्? यदि वास्तविकता त्यही हो भने प्रधानमन्त्री र उनको गठबन्धन नेपालको स्वाधीनतालाई सत्ताका लागि सट्टापट्टा गर्ने दुस्साहस गरिरहेका छन्। यदि सत्यता यसो हुँदाहुँदै नेताहरु जनतालाई सूचना लुकाइरहेका हुन भने उनीहरु पनि भारतको आशीर्वादबाट मात्रै सहमति बन्न सक्छ र निर्वाचन हुन सक्तछ भन्ने ठान्छन्। त्यसो हो भने यो पनि नेपालको स्वाधीनतामाथिको खेलवाड हो। यदि त्यसो हो भने बाबुराम भट्टराई र उहाँहरु खासगरी एनेकपा माओवादीका अन्य नेतालगायत् एमाले र कांग्रेसका नेतालाई भिन्न मान्नुपर्ने कारण हुँदैन। तसर्थ मिडियामा आइरहेको बहसको यथार्थता के हो? राजनीतिक दलहरुले आधिकारिकरूपमा आफ्ना विचार बाहिर ल्याउनुपर्छ। बाबुरामजीलाई राष्ट्रको स्वाधीनतामा आँच आउनेगरी नेपालको भू-राजनीतिक यथार्थविपरीत कुनै देशलाई काखा र कुनै देशलाई पाखा गर्ने अख्तियारी छैन। यदि उनले त्यसो गरेका छैनन् भने उनको मानमर्दन गर्ने र अर्को व्यक्तिलाई प्रधानमन्त्री बन्नुपरेकै कारणले उनीमाथि असम्मान गर्ने अख्तियारी पनि अरु नेतालाई छैन।
यदि भारतको हस्तक्षेप भएकै हो भने यसले दक्षिण एसियामा भारतको पक्षमा वातावरण निर्माण गर्ने कुरालाई सहयोग गर्दैन। भारतले चीनसँग प्रतिस्पर्धालाई अब उप्रान्तको रणनीति बनाएकै हो भने नेपालले गर्न सक्ने केही छैन। तर भारतको रणनीति चीनसँगको मैत्रीपूर्ण सम्बन्ध नै हो भने यी दुवै देशले नेपाललाई गर्ने व्यवहारप्रति परम्परागत सोच त्याग्नुपर्छ। नेपालमा लोकतन्त्रको संस्थापना, राजनीतिक स्थिरता, संविधान निर्माण र आर्थिक विकासले भारतलाई सहयोग पुर्या उँछ र यसले भारत र चीनको सांस्कृतिक निकटतालाई बल पुर्यााउँछ।
अतः यस अहिलेको अवस्थालाई सम्बोधन गर्न र भारतको नेपालप्रतिको दृष्टिकोण र कूटनीतिलाई सम्बोधन गर्ने प्रयोजनका लागि सर्वदलीय उच्चस्तरीय प्रतिनिधिमण्डल तत्काल भारत जानुपर्छ र भारतका सबै राजनीतिक दलसँग खुल्लस्त छलफल गर्नुपर्छ। नेपाल र भारतको असल कूटनीति 'नेपाल र भारत' का राजनीतिक दलबीचको सम्वादबाट मात्र सम्भव छ। त्यसैले वर्तमान असहमतिको कारण 'भित्रपट्टि' को परिदृश्यमा खोजिनु आवश्यक छ।