संविधान सभाको सबैभन्दा महत्वपूर्ण मानिने संवैधानिक समितिको सभापति चयनका लागि सहमतिको प्रयास गर्न ठूला ३ दलले थप समय मागेपछि मिति सारिएको छ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेताहरुको संयुक्त आग्रहमा समितिको सभापति निर्वाचन कार्यक्रम स्थगित गरिएको हो। यसअघि सहमति जुटाउने प्रयास विफल भएपछि भदौ १ गते निर्वाचन मिति तोकिएको थियो। अब भदौ १२ गते निर्वाचन हुनेछ। माओवादी र कांग्रेस दुवैले सभापतिको दाबी नछाडेकाले सहमति हुन नसकेको हो। अरु साना दलले पनि दाबी गरेका छन् तर माओवादी कांग्रेस र एमालेबीच सहमति भएमा सम्भवतः अरुले अवरोध उत्पन्न गर्ने छैनन्।
माधवकुमार नेपाल प्रधानमन्त्री नियुक्त भएपछि संवैधानिक समितिको सभापति रिक्त भएको थियो। नेपाललाई माओवादी र कांग्रेस दुवैले समर्थन गरेका थिए। त्यसैले दुवै दलले एमालेको समर्थन आफूलाई हुनुपर्ने दाबी गर्दै आएका छन्। एमाले विभाजित देखिएको छ। एमालेको अनिर्णयका कारण समय बिताउन मात्र खोजिएको हैन भने सहमति खोज्ने प्रयास सान्दर्भिक र सकारात्मक नै देखिन्छ।
माओवादी कांग्रेस र एमालेको संयुक्त सहमतिबिना संविधान निर्माण पनि हुन सत्तैन। यसैले संविधान निर्माणमा यी राजनीतिक दलहरु प्रतिबद्ध छन् भने कुनै पद वा सबाललाई प्रतिष्ठाको विषय नबनाई सहमतिमा पुग्नु जरुरी छ। संवैधानिक समितिको सभापतिमा चयनमा दलीय भागबन्डा भन्दा पनि समितिको गरिमाअनुसारको व्यक्तित्व चयनमा ध्यान दिनु उचित हुनेछ। बैठक साचालन र निर्णय प्रकि्रयामा सभापतिको भूमिका नै निर्णायक हुने हुनाले समितिको सफलता धेरैहदसम्म उसको व्यक्तित्वमा निर्भर हुन्छ। यसैले सभापति हुने व्यक्ति थोरै र मीठो बोल्ने उदार निष्पक्ष र सबैका लागि मान्य हुने व्यक्तित्व हुनु आवश्यक हुन्छ। दलगत स्वार्थभन्दा माथि उठेर विचार र व्यवहार गर्ने व्यक्तित्वको खोजी गर्न सके अहिले गरिएको ढिलाइ पनि सार्थक हुनेछ।
नेपालका राजनीतिक दलहरुमा पदको भागबन्डामा सहमत हुने तर अरु कामकारबाहीमा आपुनो हठ नछाड्ने प्रवृत्ति देखिँदै आएको छ। माओवादीले प्रधान सेनापति प्रकरणमा राष्ट्रपतिको भूमिकाविरुद्ध सदन र सडकमा आन्दोलन गर्दै आएको छ। सहमति र सहकार्यका लागि सम्भवतः यो सबैभन्दा अप्ठेरो विषय बनेको छ। माओवादीका अधिकांश व्यवहार रणनीतिक मात्र हुने गरेको सन्दर्भमा सहमति जुटाउँदा यस विषयमा पनि ध्यान जानु आवश्यक छ। मूलतः अहिलेको समस्या परस्परको अविश्वास हो। कसैले कसैलाई सिध्याउन नसक्ने यथार्थ आत्मसात् गरेर दलका नेताहरुले कटुता र अविश्वास बढाउने बोली र व्यवहार बन्द गरे भने संवैधानिक समितिको सभापतिमा मात्र हैन माओवादी सेना व्यवस्थापनलगायत मुलुकमा विद्यमान सबै समस्याको समाधान सहमतिमा नै खोज्न कठिन हुनेछैन।