सिरियाली राष्ट्रपति बसर अल आसादको शासन अन्त्य हुनैलागेको विश्वास दिनहुँ बढ्दै गएको छ। सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लिगका विशेषदूत कोफी अन्नानले हिंसाको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायको छ सूत्रीय योजना कार्यान्वयन गर्न विफल भएपछि निराशापूर्वक उक्त प्रयास छाडिसकेका छन्।
अन्तर्राष्ट्रिय समुदाय सिरियाको गृहयुद्धबाट उत्पन्न जोखिम कम गर्न अब झन् बढी गम्भीर हुनुपर्ने देखिएको छ। राष्ट्रसंघ सुरक्षा परिषद्भित्र सहमतिको अभावले यस द्वन्द्वलाई लम्याएको छ भने र यसको स्वरूप बदलेको छ। अरब जागरणबाट उत्प्रेरित यस आन्दोलनले क्रमशः साम्प्रदायिक र उग्र रूप लिइरहेको छ। फलस्वरूप, यसले अन्तर्राष्ट्रिय समर्थन कम भएको छ र त्यसले गर्दा सहमतिबाट समाधान निस्कने सम्भावना झन् कम भएको छ।
खासगरी, कुल जनसंख्यामा करिब १२ प्रतिशतमात्र भएर पनि सरकार, अर्थतन्त्र र सेनामा प्रभुत्व भएको अलबाइट समुदायविरुद्ध सुन्नी सम्प्रदायको प्रतिशोधको जोखिम बढेको छ। सन् १९६३ मा आसादको बाथ पार्टी सत्तामा पुगेपछि मात्र दोस्रो दर्जाको नागरिकको हैसियतबाट मुक्त अलबाइटहरू वर्तमान सत्ता कायम रहेसम्ममात्र आफ्नो अस्तित्व कायम रहने ठान्छन्।
सिरियाली विपक्षले अलबाइटहरूको चिन्तालाई गम्भीरतापूर्वक लिएन भने यो मुलुक सन् १९७५ देखि ९० सम्म चलेको लेबनानी संघर्षभन्दा पनि विध्वंशकारी वर्षौँ लामो गृहयुद्धको दलदलमा भासिन सक्छ। यसको क्षेत्रीय दुष्परिणाम प्रकट हुन थालिसकेका छन्। सरकारी र विद्रोही सेनाबीचको लडाइँ फैलँदै जाँदा छिमेकका टर्की, जोर्डन तथा लेबनानतर्फ सिरियाली शरणार्थीको ओइरो लाग्न थालेको छ। यसले ती मुलुकहरूलाई पनि द्वन्द्वमा प्रत्यक्षरूपमा तान्ने खतरा बढाएको छ।
यस संघर्षबाट टर्कीका कुर्दहरूमा स्वतन्त्रताको चाहना पुनः देखा पर्न थालेको छ भने इराक तथा सिरियाको कुर्द जनसंख्यासँगको जटिल सम्बन्धका कारण आफ्नो मुलुकको कुर्द जनसंख्यामा पर्नसक्ने प्रभावबाट टर्की चिन्तित भएको छ। जोर्डन सिरियाली विद्रोहीहरूको ठूलो संख्यामा प्रवेशलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा ठान्छ। लेबनानमा त झन् हजारौँ सिरियाली शरणार्थीको आगमनपछि टि्रपोलीमा प्रायः आसादका समर्थक सिया अलबाइट र मूलतः विद्रोहीका समर्थक सुन्नीहरूबीच पुरानो साम्प्रदायिक तनाव सुरु भइसकेको छ।
यो अस्तव्यस्तता र द्वन्द्व इराक सजिलै पुग्छ जहाँ सिरियाली सरकारको पतनको सम्भावनाले मूलतः सिया प्रभुत्वको नुरी अल मलिकीको सरकारविरुद्ध सुन्नि प्रतिरोध पुनः टाउको उठाउन खोजेको देखिएको छ। सिरियाली संघर्षको परिणामले मध्यपूर्वको शक्ति संरचनामा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। आसादको पतनपछि सुन्नी सत्ता स्थापित हुनुको अर्थ इरान र यसको लेबनानी सिया सहयोगी हिजबुल्लाको अस्तित्व संकटमा पर्ने हुनाले त्यससँगको सम्बन्धको रणनीतिमा परिवर्तन हुनेछ। सिरियाको सुन्नी सरकारले इरानबाट लेबनानमा हतियार आपूर्ति रोक्न चाहने प्रबल सम्भावना जो हुन्छ।
सिरियाली अशान्तिले यस क्षेत्रमा इरानको परम्परागत मैत्री आधार कमजोर बनाइसकेको छ। उदाहरणका लागि हमास 'मुस्लिम ब्रदर्स'सँगको सम्बन्धमा जोड दिएर सिरियाली विद्रोहीका पक्षमा उभिएको छ। गत वर्ष इजिप्टले गाजाको सीमा स्थायीरूपमा खुला गरेपछि हमासले त्यहाँको अन्तरिम सरकारलाई समर्थन गरेको थियो।
इजिप्टको जटिल परिस्थितिका कारण यसका नेताहरू केही समय आन्तरिक राजनीतिमै व्यस्त होलान् तर नयाँ सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने जमर्को पक्कै गर्नेछ। मुस्लिम ब्रदरहुडको राजनीतिक मोर्चाका तर्फबाट निर्वाचित इजिप्टका राष्ट्रपति मोहमद मोर्सीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि साउदी अरेबिया छान्नुमा धार्मिकमात्र हैन राजनीतिक महत्व पनि रहेको छ।
कतारसँग मिलेर सिरियाली विद्रोहीलाई हतियार आपूर्ति गर्ने साउदी अरेबियाका लागि आसादको अन्त्यपछिको समय इरान र सिरियाको सम्बन्ध टुटाउने रणनीतिक मौका हुनेछ भने हिजबुल्लाहलाई एक धक्का दिने अवसर पनि हुनेछ।
इरान, सिरिया र हिजबुल्लाहबीचको सहकार्य कमजोर भए इरानको आणविक ठेगानाहरूमा एक्लै भए पनि आक्रमण गर्ने ठाडो चेतावनी दिँदैआएको इजरायललाई प्रत्यक्ष लाभ हुनेछ। यही क्रममा इजरायलले इरानसँगै हिजबुल्लाहमाथि पनि हालै बुल्गेरियामा पर्यटक लिएर गएको इजरायली बसमाथि बम हान्नेलगायत इजरायली ठेगानाहरूमा आक्रमणको प्रयास गरेको आरोप लगाउँदै आएको छ।
यस नयाँ परिदृश्यले इरानको आणविक कार्यक्रमसम्बन्धमा चालु वार्तामा इरानको स्थितिमा निन्देह असर गर्नेछ जसको प्रभाव कूटनीतिक समाधान पहिल्याउन महत्वपूर्ण हुने देखिछ। किन्तु, सिरियाली संघर्ष जारी रहेसम्म सिरियामा नयाँ सरकार गठन हुँदा त्यसबाट पर्ने क्षेत्रीय प्रभावप्रति सशंकित इरानसँग वार्ताबाट सार्थक परिणाममा पुग्न कठिन हुनेछ।
यसैगरी, सिरियाली संकट समाधानका लागि रुस र चीनसँग समेत सम्झौता भए पनि नभए पनि यी दुई मुलुकसँगको सम्बन्ध इरानको आणविक कार्यक्रमबारे निर्णय लिन अमेरिका र युरोपेली संघले हासिल गर्ने सफलता निर्भर हुनेछ। सुरक्षा परिषद्का सदस्यहरू इरानको आणविक संकट समाधान गर्ने विषयमा त सहमत भए तर रुस र चीन तथा बाँकी सदस्यबीचको आधारभूत विमतिका कारण सिरियाली संघर्ष अन्त्य गर्ने उपायका सम्बन्धमा निर्णय हुन सकेन। परस्परमा अन्योन्याश्रित यी दुवै समस्या एकैसाथ समाधान गर्नुपर्ने विषय हुन्।
निश्चित समाधानमा पुग्नका लागि टर्की, खाडी मुलुकहरू र अरब लिगबीच समान धारणा निर्माण हुनुपर्छ। यस बाटाबाट मात्र एक पक्षीय समर्थनप्रति सशंकित सिरियाली विद्रोहीको विभिन्न पक्षको समर्थन हासिल गर्न र यस प्रक्रियाको अर्को अपरिहार्य पक्ष सिरियाली अल्पमतको विश्वास प्राप्त गर्न सकिनेछ।
यसले सुरक्षा परिषद्को समर्थनका लागि थप दबाब सिर्जना गर्नेछ र सिरियाली संक्रमणसम्बन्धी नीति निर्माण प्रक्रियालाई गति दिनेछ। आसादको अन्त्यपछि सम्झौतामा पुग्न सजिलो हुनेछैन तर सिरिया र यस क्षेत्रका लागि त्यसको अर्थात् अन्तर्राष्ट्रिय समुदायबीचको सहमतिको विकल्प पनि छैन।
लेखक स्पेनका पूर्व विदेश मन्त्री र नेटोका पूर्व महासचिव हुन्।