छोटो बढेपछि भारी फूर्ति ढाँचा बढाउँछ
उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ।
- पं. लेखनाथ पौड्याल
सार्वजनिक पद धारण गर्ने र सजग लोकका दृष्टिमा हर्दम् देखिने व्यक्तिले आफ्नो छवि, राम्रो वा नराम्रो, मूलतः आफैँ बनाउँछ। र, त्यो छवि उसका कर्महरुको ऐनामा टड्कारै देखिन्छ। चित्तको झोलीमा अनेक अभिप्राय र दाउ लिएर उसको वरिपरि झुम्मिने पात्रहरु त उसको छवि निर्माणमा केवल पूरक हुन्। प्रसङ्गमा हैकमकारी राष्ट्रपति छन्।
काकतालीको कृपाबाट नै सही, संघर्षशील र मुक्तिकामी नेपाली जनताले कत्रा दुःखले आर्ज्याको गणतन्त्रको प्रथम राष्ट्रपति बन्ने सौभाग्य श्री रामवरण यादवलाई प्राप्त भयो। पदको प्रकृति र कर्तव्यको दायराका दृष्टिले यादव खोपाको भीमसेनझै" सजावटी राष्ट्रपति हुन्। भक्तद्वारा खोपाको भीमसेन पुजिन्छ, तर ऊ बोल्दैन। भिक्षार्थीद्वारा खोपाको भीमसेनको आराधना गरिन्छ तर ऊ अशोभनीय चलखेल गर्दैन। भक्तजनलाई मौन आशीर्वाद वा निःशब्द वरदान दिनु नै खोपाका भीमसेनको निजत्व हो। त्यसो त उसको कर्तव्य र मर्यादाको सीमा पनि त्यही हो। तर खोपाको भीमसेन जब थरीथरी चुरिफुरी गर्दै अनपेक्षित र अस्वाभिकरूपले बोल्न र चल्न थाल्छ, तब भने कुरा गडबड हुन्छ। नपत्याए शीतल निवासबासी सम्माननीय राष्ट्रपति रामवरण यादवलाई हेरे हुन्छ।
सजावटी राष्ट्रपतिले कर्म गर्दैन, मूक मुद्रामा कार्यकारी प्रमुखका कर्महरुको अनुमोदन मात्र गर्छ। ती कर्महरुको जस वा अपजसको भागी कार्यकारी हुन्छ, सजावटी काजीलाई न लुतो न कन्याइ। तर यथार्थको चित्र सर्वथा पृथक छ। राष्ट्रपति यादवमाथि दुईतिरबाट एकसाथ प्रशंसा र निन्दाको वर्षा भइरहेछ। दुई दिनअघि भरतमोहन अधिकारीका पालाको जडाउरी बजेट स्वीकृत गर्दा राष्ट्रपतिमाथि सत्ता गठबन्धनको प्रशंसा वर्षियो र प्रतिपक्षको छद्म निन्दा ओइरियो। दुई दिनपछि सहमतीय प्रधानमन्त्री अघि सार भनी राजसी फर्मान जारी गर्दा उही सत्ता गठबन्धनले धारे हात लगायो र उही प्रतिपक्ष मखलेल भयो। यो प्रशंसा र निन्दामा, यो धारे हात लगाई र मखलेलपनामा राष्ट्रपति यादवको पदीय व्यक्तित्वमा धाँजा फाटेको छ। यसमा राष्ट्रपति पदको प्रकृति र पात्रको चरित्र बाझेको छ। मानौँ, राष्ट्रपति यादव राजावादी कमल थापाले भनेझै" शीतल निवासका विवादास्पद मन्त्री हुन्। कर्तव्य एउटा छ, कर्म अर्को। मर्यादाको दायरा एउटा छ, मर्यादा उल्लंघनको ज्यादति अर्को। र, यो सबको छाप कुरूप दागका रूपमा राष्ट्रपति यादवका निधारमा अङ्कित छ।
पदको प्रकृति र कर्तव्यको दायराका दृष्टिले सजावटी राष्ट्रपति यादव सबै नेपालीका साझा हुन्। ती देश नामक विशाल परिवारका अभिभावक हुन्। सिद्धान्ततः तिनका नजरमा कोही आफ्नो र कोही बिरानो हु"दैन। र, तिनको व्यवहारमा न कोही काखा हुन्छ न कोही पाखा पर्छ। राजनीति र धर्मका सबै मत र सबै पथका ती साझा हुन्। देशको सामाजिक मानचित्रभरिका सबै भाषा, भेष र संस्कृतिका ती आफन्त हुन्। आदर्शका दृष्टिले ती अखण्ड हुन्, ती विवादरहित हुन्, ती संशयरहित हुन्, ती निष्कलङ्क हुन्। तर ...हुन्' को कुरो एकातिर छ, भएको कुरो अर्कै छ। आफ्नै वचन र कर्मद्वारा राष्ट्रपति यादवको व्यक्तित्व चोइटिएर सहस्र चिरा परेको छ। चिरा पराइको यो कथा आजको होइन, सुरुदेखिकै हो। एक धर्मद्वारा अनेक धर्म अन्यायमा परेको नेपाल राज्यको धर्म हु"दैन भनी धर्मनिरपेक्ष घोषित भएको थियो। तर राष्ट्रपति भएकै दिन रामवरण यादव कुदेर हिन्दु मन्दिर पशुपतिनाथ पुगे। देशमा मुस्लिम पनि थिए र तिनका पनि मस्जिद थिए। देशमा इसाई पनि थिए र तिनका पनि गिर्जाघर थिए। देशमा प्रकृतिपूजकहरु पनि थिए र तिनका पनि पाती चढाउने देउरालीहरु थिए। अनि अरु अनेकन धार्मिक आस्थाहरुका पूजास्थलहरु त कति थिए कति † तर राष्ट्रपति त्यता गएनन्। ती अन्धआस्थासाथ गए खुरुखुरु पशुपतिनाथतिर। पछि हिन्दु पर्व र उत्सवहरुमा हिन्दु शक्तिपीठहरुमा लबेदा-सुरुवाल लाएर टोपी ढल्काउ"दै मानौ" राजसी मुद्रामा, राजसी ठा"टबा"टका साथ उनको सवारीको क्रम चल्यो। यसरी उनी हिन्दुहरुका लागि निकट र प्रिय भए र भए उनी अन्य धार्मिक आस्थाहरुका लागि दूर र अप्रिय। यो निकटता र यो दूरी एवं यो पक्षपात र यो भेदभाव राष्ट्रपति स्वयंद्वारा निर्मित उनको पहिचानको अकाट्य दसी हो।
आयो कुरा अब सुन्दैमा वाकवाकीलाग्दो कटवाल काण्डको। कटवाल काण्डको जन्म वास्तवमा राष्ट्रपति यादवको दलीय संस्कार र वर्गीय स्वार्थको नग्न अभिव्यक्ति थियो। राज्यका कार्यकारी प्रमुखले शाही शिक्षा र दीक्षाबाट संस्कारित स्वेच्छाचारी जर्नेलमाथि कारबारी गरे। कारबाहीको जस-अपजसका भागी कारबाहीकर्ता स्वयं छ"दै थिए। तर राष्ट्रपति यादव आफ्नो पदीय अख्तियार र कर्तव्यको लक्ष्मण रेखा नाघेर बडो तामसी मुद्रामा फुत्त बाहिर निस्के। संविधानको धारा र कुवाको उल्लेखै नगरी मनोमानी ढङ्गले कटवाल काजीलाई तिनले मानौँ रथयात्रा नै गर्ने मुद्रामा घ्याप्प बोके। र, तिनले यसरी राजनीतिको सियो उल्टो फर्काए। तिनले त्यसरी उल्ट्याएको सियो अझै सुल्टिएको छैन। र, राजनीतिमा बिब्ल्याँटो, बेथिति र विचलन व्याप्त छ।
स्वयंको व्यक्तित्व विखण्डनको यात्रामा राष्ट्रपति यादव अविराम गतिमान रहे। तिनलाई मानौँ राजालाई झैँ आफ्नो वंश-परम्परा धान्ने राजनीतिक उत्तराधिकारी चाहियो। र, तिनले कति राम्रोस"ग मधौरुहरुको सेवा गर्दै इज्जतसाथ वृत्ति आर्जन गरिरहेका कुशल चिकित्सक पुत्रलाई बित्थामा राजनीतिमा धकेले। पदीय मर्यादालाई दाउमा राखेर पुत्रलाई जिताउन झन्डैजसो नग्न भेषमा ती प्रस्तुत भए। तर पुत्र पराजित भए र पिताको छवि हुनुसम्म कलङ्कित भयो।
अहिले पदीय मर्यादाको गर्नुसम्म मानमर्दन गर्दै सम्माननीय राष्ट्रपति यादवले राजनीतिक दलहरुछेउ सहमतीय प्रधानमन्त्रीको नाम आफ्ना चरणकमलमा पेश गर्र्न हुंकारका साथ हुकुम जारी गरेका छन्। हुकुमको म्याद छ जम्मा सात दिन। हुकुमको भाषा छ काटीकुटी तमसुकको जस्तो। हुकुमको सिङ्गो ब्यहोरा एकै वाक्यमा छ। राष्ट्रपति र प्रधानमन्त्रीको जन्मस्रोत संविधान सभा हो। रकमी भाषामा कामचलाउ वा नचलाउ जे भने पनि प्रधानमन्त्री पदमा छउन्जेल उनी वैध कार्यकारी प्रमुख हुन्। तर अचम्म, राष्ट्रपतिको उर्दी प्रधानमन्त्री बाबुराम भट्टराईका नाउ"मा छैन। त्यो त मुख्य सचिवका नाउ"मा पो छ। पहिले तोकिएको समयमा चुनाव गराउन नसक्ने अक्षम भन्ने बात लगाएर राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीबाट निकाला गरेका थिए। राष्ट्रपति यादवले प्रधानमन्त्री भट्टराईको अस्तित्वलाई अस्वीकार गर्दै अहिले त्यही नजीरको सभक्ति सिको गरेका पो हुन् कि † कतै 'अब म मात्र छु, तँ छैनस्' भन्ने सन्देश सञ्चार गर्न खोजेका पो हुन् कि † कुन्नि, राष्ट्रपतिको यो अनर्थ कदम ज्ञानेन्द्रपथकै प्रारम्भ पो हो कि †
आलङ्कारिक दर्जाका राष्ट्रपति यादवको हुकुमको ओज र तेजले असहमतिको विकराल जन्जालमा जेलिएको राजनीतिमा चामत्कारिक ढङ्गले सहमतिको प्रधानमन्त्री फेला परे त बेसै भो। कदाचित् फेला नपरे हैकमप्रेमी राष्ट्रपतिले के गर्लान्? अरिंगालको गोलोमा हात हालेपछि मुख छोपेर भाग्न त नसकिएला नै। के एमालेका डबल पराजित तथापि 'प्रभावशाली' नेता केपी शर्मा ओलीले चटके पाराले भनेझैँ 'धितोविनाको तमसुक' जस्तो कुनै पदलोलुप नागरिकलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा भर्ती गर्लान्? महत्त्वाकांक्षाको डबलीमा यस्ता तमसुकहरुको केही कमी छैन। एउटा तमसुकले त दिल्लीसमेतको आशीर्वाद पाएर प्रधानमन्त्रीको गद्दीमा आसीन हुन खुट्टो उचालेको गाँइगुइँ सुनिन्छ। कुनै कुण्ठाग्रस्त तमसुकले मौका नपाए ज्ञानेन्द्रपथबाट सिकेर राष्ट्रपति स्वयंको कार्यकारी अध्यक्षतामा पो केही चमत्कार होला कि † खबरदार † अख्तियारविहीन सजावटी पदको मर्यादा र सीमा हाकाहाकी उल्लंघन गर्दै राजनीतिमा भयङ्कर नजीर स्थापना गर्न अमर्यादा र अराजकतातर्फ लहसिएका राष्ट्रपति रामवरण यादवलाई रोक।