चुनावले सशक्त बनाएका जनता
०६ मंसिर २०६९
•
१५ मिनेट पाठ
चुनावले सशक्त बनाएका जनता
गोरखपुरबाट दिल्ली रेलयात्रा गर्दा एक भारतीय यात्रीको सरकारप्रतिको असन्तुष्टिसहितको चुनौती मनमा गड्यो। रेलमा बेलुकीको खानाको अर्डर लिन आउने कर्मचारीलाई उनले खानाको मूल्य सोधे। कर्मचारीले भारू ८० मात्र के भनेका थिए उनी जंगिए- जतिपटक रेलमन्त्री बदलिन्छ रेलमा खानाको मूल्य बढ्छ, यो के हो? रेल कर्मचारी अकमक्क परे। यात्री कराउन छाडेनन्। उनले झनै ठूलो स्वरमा भने- ६ महिनामा तीनवटा रेलमन्त्री फेरिदा तीनैपटक मूल्य बढ्यो। अब पर्ख आउँदो चुनावमा जनताले देखाउँछन्। जथाभावी मूल्य बढाउनेलाई सहँदैनन्। लोकतन्त्रमा जनताका लागि चुनाव सबैभन्दा महŒवपूर्ण अस्त्र हो। लोकतान्त्रिक मुलुकका ती सामान्य यात्रीले आफ्नो असन्तुष्टिको आवाज जहाँ पनि पोख्न पाउँछन् तर उनले चुनावका दौरान दिने मत सत्ता परिवर्तन गर्ने सानो भए पनि एकाई बन्नसक्छ। यही वास्तविकतालाई मनन गरेकाले उनले चुनावले देखाइदिने चेतावनी दिनसके।
दैनिक दुई करोडभन्दा बढी भारतीय रेलयात्रा गर्छन्। रेल भारतीयहरूको जीवनयापनसँग प्रत्यक्ष जोडिइसकेको छ। रेल्वेको अवस्थाबाटै भारतीयहरूको विकासको स्तरको धेरथोर आँकलन गर्न सकिन्छ। रेलयात्राका दौरान देखिने र भोगिने घटनाक्रमले भारतीयहरूको आर्थिक, सामाजिक र राजनीतिक जीवन केही न केही प्रतिविम्बित हुन्छ। मूल्य वृद्धिबाट असन्तुष्टि पोख्ने उल्लिखित यात्री एक पात्र मात्र हुन्। भारतभर मूल्य वृद्धिबाट असन्तुष्टिहरू पोखिइरहेका छन्। आगामी चुनावमा पर्नसक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गरी दलहरू सरकार छाड्ने या सरकारमा जान डराउने गरिरहेछन्। चुनावमा जनताले पराजय चखाइदिने भयले मूल्य वृद्धिको विरोध गर्दै ममता बेनर्जी नेतृत्वको तृणामूल कँग्रेसले सत्तारुढ युपिए गठबन्धनबाट आफूलाई अलग गरिसक्यो। रेल्वे भाडा वृद्धिको प्रस्ताव आउँदा तृणामूलले आफ्नो दलबाट प्रतिनिधित्व गरेका रेलमन्त्रीलाई बर्खास्त गर्न लगायो। भाडा वृद्धिको बाध्यकारी अवस्थालाई भन्दा जनताबाट आलोचित हुनुपर्ने भार थेग्न हम्मे पर्ने बुझेर तृणामूल कडारूपमा प्रस्तुत भयो। यसै पनि भारतमा रेल्वे भाडा बढाउन सहज छैन। केही रुपियाँको भाडा बढाउँदा भारतीयहरूको आर्थिक जीवनमा ठूलो असर परिहाल्छ। यात्राका अलावा उपभोग्य सामान ढुवानी रेलमार्गबाटै हुँदा मूल्य वृद्धि बेहोर्नुपर्छ। रेल्वे भाडा वृद्धिकै मुद्दा तृणामूल कँग्रेस सत्तारुढ युपिए गठबन्धनबाट अलग हुने प्रमुख कारकतŒव बन्यो। भाडा वृद्धिको प्रस्तावमा विवाद सृजना भएबाट बढेको तनावसँगै पछिल्लो समयमा भएका मूल्य वृद्धिले तृणामूल सरकार छाड्न पुग्यो। जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने विषयमा आलोचनाको साझेदार बनेर नजिकिँदै गरेको चुनावमा खतरा मोल्न चाहेन।
चुनाव सत्तामा पुग्ने माध्यम भए पनि पछिल्लो समय भारतका दलहरू सत्तादेखि डराइरहेछन्। मूल्य वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई ग्राहेताको विषयबाट आलोचित सरकारमा प्रवेश गर्न समाजवादी दल, बहुजन समाजवादी पार्टीलगायत् समेत साहस गरिरहेका छैनन्। उत्तर प्रदेश केन्द्रित दुवै दलले सरकारलाई बाहिरैबाट आलोचनात्मक समर्थन गरेकाले तत्काल मध्यावधि चुनाव टरेको छ। दलहरूलाई जनताबाट आलोचित भई आसन्न चुनावमा झड्का बेहोर्नुपर्ने भय छ। मध्यावधि चुनावको सम्भावना टार्नमात्र वर्तमान सरकारलाई पूरा अवधि चल्न दिन सरकार बाहिरै रहेर आलोचनात्मक समर्थन गरिरहेछन्। उत्तर प्रदेशको विधान सभा चुनावमा बहुमत ल्याएर उत्साहित समाजवादी पार्टीले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाएर मध्यावधिको सम्भावनालाई टारिदिएको छ। मध्यावधि चुनावमा धकेलेर जनताबाट आलोचित हुनुपर्ने भयले यसमा प्रमुख भूमिका खेल्यो। जहाँ हेर्योु उतै जनताबाट दलहरूलाई डर छ। जनता बलियो हुँदै गएको बु‰न सकिन्छ।
जनताबाट बढी उत्तरदारी हुनुपर्ने बाध्यकारी अवस्था सृजना गर्ने भूमिका नियमित चुनाव र राजनीतिक स्थिरताले खेलेको छ। लोकसभा, विधान सभा, स्थानीय निकायको नियमित चुनाव भइरहने हुँदा भारतका दलहरूलाई जनता रिसाउँछन् कि भन्ने भय अत्याधिक छ। भ्रष्टाचारको मुद्दामा भारतमा इतिहासमै बुलन्द आवाज उठ्यो। सञ्चारसम्बन्धी 'टु जि स्पेक्ट्रम' भ्रष्टाचारदेखि कोइला काण्डले सत्तारुढदेखि प्रतिपक्षीसम्मलाई आलोचित बनायो। नेताहरूले बचाऊका लागि जनतासामु स्पष्टीकरण दिँदैमा हैरान भयो। जनतामा बढेको चेतना र अन्यायविरुद्धको आवाजले नेताहरूलाई बढी जनउत्तरदायी बनाउँदै लगेको छ। प्रत्येक पाँच वर्षमा लोकसभा चुनावको सामना गर्नुपर्ने, प्रान्तहरूमा विधानसभा र स्थानीय चुनावको सामना गर्नुपर्ने राजनीतिक प्रणालीले जनतासामु बारम्बार प्रस्तुत हुनुपर्ने अवस्था छ। प्रधानमन्त्रीका दाबेदार राहुल गान्धी हुन् या नरेन्द्र मोदी नै किन नहुन्, भारतको कुनाकाप्चा पुगी जनतासामु आफ्ना मुद्दा लिएर पुग्छन्।
चुनावको तयारी
नियमित चुनावको तिथि १८ महिना टाढा भए पनि भारतमा चुनावी गर्मी चढिसकेको छ। दलहरू रणनीति बनाउन सक्रिय भइसके। उत्तर प्रदेशको विधान सभा चुनावमा बहुमत हासिल गरी उत्साही समाजवादी पार्टीले लोक सभाका लागि उम्मेदवार घोषणा गरिसक्यो। ममता बेनर्जी नेतृत्वको तृणामूल कँग्रेसले सत्तारुढ दलहरूको गठबन्धन (युपिए) बाट आफूलाई अलग्याएर चुनावका लागि व्यग्रता देखाइसकेको छ। तृणामूल मध्यावधि चुनावको चाहना राखिरहेछ। यद्यपि प्रमुख दलहरू सन् २०१४ को मेमा नियमित चुनाव गर्ने पक्षमा देखिएकाले मध्यावधि चुनावको सम्भावना न्युन छ। कुनै पनि बेला चुनावमा जानसक्ने अवस्थालाई दृष्टिगत गरी दलहरू आन्तरिक तयारीमा जुटेका हुन्।
सत्तारुढ कँग्रेस आईले चुनावकेन्द्रित कमिटीहरू गठन गरिसक्यो। प्रधानमन्त्रीका दाबेदार राहुल गान्धीलाई पार्टीको चुनाव समन्वय कमिटीको प्रमुख तोकेर जिम्मेवारी दिइसक्यो। उनलाई दिइएको जिम्मेवारीले चुनावपछि कँग्रेसले सरकारको नेतृत्व गर्न पाए उनी प्रधानमन्त्री बन्ने संकेत गरिएको विश्लेषण भइरहेछ। भारतीय मतदाताहरू आफ्नो देशको भावी प्रधानमन्त्रीबारे अग्रिम जानकार हुन चाहनुले पनि प्रमुख दलहरूलाई भावी प्रधानमन्त्रीबारे स्पष्ट पार्नुपर्ने बाध्यकारी अवस्था विकसित हुँदै गएको छ। भारतीय सञ्चार माध्यमले समेत आगामी लोक सभा चुनावपछि कुन दलको नेतृत्वमा सरकार बन्ने विश्लेषणसँगै भावी प्रधानमन्त्रीको विषयलाई प्राथमिकताका साथ पस्किइरहेका छन्। जवाहरलाल नेहरू, इन्दिरा गान्धीका अलावा अटलबिहारी बाजपेयी जस्ता विश्व राजनीतिमै चर्चित हस्तीहरूले सम्हालेको बागडोर त्यस्तै हस्तीले सम्हालोस् भन्ने चिन्तन भारतीय विज्ञहरूमा देखापरिरहेछ।
अमेरिकामा अध्ययन/अध्यापन गरे पनि डा.मनमोहन सिंह सोनिया गान्धीको छायाँमा परेको भन्दै आलोचित छन्। उनकै नेतृत्वमा सरकार रहँदा भारतमा इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्दा उठ्यो। अन्ना हजारे नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलन उठेर राजनीतिक दलहरू अनपपुलर भए। आगामी चुनावको प्रमुख मुद्दा नै भ्रष्टाचार हुने देखिन्छ। त्यसबाहेक मूल्य वृद्धि अर्को प्रमुख मुद्दाका रूपमा उठिरहेछ। यिनै मुद्दाहरू लिएर प्रमुख दलका नेताहरू जनताका बीच पुगिरहेछन्। कँग्रेस नेता राहुल गान्धी र प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीका दाबेदार मानिएका नरेन्द्र मोदीको सक्रियता बढ्दो छ। भारतीय मिडियाहरूले सन् २०१४ को मे महिनामा हुने चुनावलाई 'राहुल भर्सेस मोदी' भनी प्रचारमा ल्याएका छन्।
सन् २०१४ को चुनावी नतिजा कुनै एक दलको पक्षमा नजाने आँकलनहरू गरिएबाट प्रान्तीय दलहरू विगतभन्दा उत्साही छन्। त्यसमा पनि पश्चिम बँगालकी मुख्यमन्त्री एवं तृणामूल कँग्रेसकी अध्यक्ष ममता बनर्जी र समाजवादी दलका अध्यक्ष मुलायमसिंह यादवको मनोबल उच्च छ। चुनावको तयारीमा दुवै अग्रपंक्तिमा छन्। चुनावलाई दृष्टिगत गरेरै ममताले लामो सहकार्यपछि कँग्रेस आई त्याग्ने कठोर निर्णय गरिन्। जनताको चाहनालाई दृष्टिगत गरी युवा नेता अखिलेश यादवलाई मुलायमले अगाडि सारेर मुख्यमन्त्रीको जिम्मेवारी दिन तयार भए। चुनावको सामना गनुपर्ने नियमित अभ्यासले नेताले भनेजसरी मात्र जर्बजस्ती दल सञ्चालन सम्भव छैन। नत्र मुलायम आफै मुख्यमन्त्री हुन्थे होला। जनताको आवाज बेवास्ता गरेको भए सोनिया गान्धीले मनमोहन सिंहलाई प्रधानमन्त्री पद छाड्दिनथिइन् होला। भारतका दल र नेता जनताको आवाजलाई जर्बजस्ती लत्याएर जानसक्ने अवस्थामा छैनन् भन्ने घटनाक्रमले देखाउँछ। जनताको असन्तुष्टिलाई मनन नगर्नु ठूलो मूल्य चुकाउन तयार हुनु हो। यसैले चुनावभन्दा धेरै अघि असन्तुष्टि केलाउन र रणनीति तयार गर्न दलहरू सक्रिय भइसके।
भारतका राजनीतिक दलहरू चुनावको १८ महिनाअगावै सक्रियताका साथ तयारीमा जुट्नुपर्ने बाध्यता जनताको प्रकट असन्तुष्टि प्रमुख कारक बनेको हो। चुनाव नियमित आउने जाने प्रक्रिया मात्र नभई असन्तुष्टि प्रकट गर्ने र परिवर्तन गर्ने सशक्त अस्त्र हो भन्ने बुझाई भारतीयहरूमा विकसित हुँदै गएको छ। तसर्थ रेलयात्रा गर्ने साधारण यात्रुसमेत मूल्य वृद्धिको असन्तुष्टिलाई उठाएर आगामी चुनावमा पख् भनी औंला ठड्याउँछ। नियमित चुनावले भारतको लोकतन्त्रलाई बलियो बनाउँदै लगेको हो। लोकतन्त्रले जनतालाई सशक्त बनाउँदै लगेको छ। दलहरूलाई बढीभन्दा बढी जनउत्तरदायी हुने बाध्यकारी अवस्था तयार गरेको छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस