नागरिक समाजले दण्हीनताविरुद्ध चर्को आवाज उठाइरहेको छ। यसै सन्दर्भमा असोज २१ र २२ गतेका दिन राष्ट्रिय मानव अधिकार आयोगले स्टाफ कलेजमा 'मानव अधिकार रक्षक' हरुको राष्ट्रिय सम्मेलन आयोजना गर्योय। त्यो सम्मेलनमा मधेसबाट खासगरी सिरहा, सप्तरी र सुनसरीका प्रतिनिधि पटकपटक सबै सत्रका छलफलमा भनिरहेका थिए- 'सिरहा र सप्तरी' मा विगत केही दिनमा मात्र चार जना मानिसको गैरन्यायिक हत्या गरियो तर पनि त्यसमा संलग्न प्रहरीलाई कारबाही भएन। अर्काथरी प्रतिनिधि भनिरहेका थिए- 'द्वन्द्वकालमा मानव अधिकारको उल्लंघन गर्ने मानिसको सरकारले बढुवा गरिरहेको छ।' उनीहरुले नेपाली सेनामा भएको बढुवाप्रति इंगित गरिरहेका थिए। कुरा नौला थिएनन् तर चर्चायोग्य थिए। वास्तवमा क्षेत्र, जात, लिंग भनेको कुरा त केवल भ्रम रहेछ।
गृहमन्त्री मधेसका छन्। मधेसका मुद्दाकै कुरा उठाएर निर्वाचित भएका पनि हुन्। गठबन्धनमा महŒवपूर्ण भूमिका पनि छ उनको। यो सरकारको निर्माण हुँदा मधेसी र माओवादी दुवै परिवर्तनकारी शक्तिको सरकार बन्यो र यथास्थितिवादीहरुको पराजय भएको भनिएको थियो। एकीकृत माओवादी र मधेसी मोर्चाबीचको सरकार गठनको समयमा भएको चार बुँदे सम्झौतामा मुद्दा फिर्ता लिने कुरा एउटा महŒवपूर्ण सर्तको रुपमा थियो। जे होस्, अहिले पनि त्यही गठबन्धन कायम छ र सरकारका सबै मन्त्री एउटै स्वरमा भनिरहेका छन्- निर्वाचन पनि यही सरकारले गराउनेछ। निर्वाचन त होला तर कसरी मधेसकै गृहमन्त्री भएका बेला मधेसमा धमाधम गैरन्यायिक हत्या भइरहेका छन्। पहाडको मानिस गृहमन्त्री भएको हुँदो हो त 'यो मधेसमाथिको अन्याय हो' भन्ने गरिन्थ्यो होला। र, त्यसो भन्न पनि मिल्थ्यो होला। तर, मधेसमा गैरन्यायिक हत्या भइरहेका छन्। यता मधेसका जनताको अधिकारका लागि पार्टी खोलेर राजनीति गरेकाहरू नै गृहमन्त्री र अन्य मन्त्री भएका छन्।
मानव अधिकार रक्षकहरुका यी सरोकार सुनेपछि लाग्यो- वास्तवमा 'राजनीति' मा केवल सत्ता हुँदोरहेछ। जात, भाषा, क्षेत्र केही हुँदोरहेनछ। जात, भाषा, क्षेत्र त केवल सत्तामा जाने भर्याजङ्गमात्र हुँदारहेछन्। जे गर्दिन भनेर प्रतिबद्धता गरिएको हुन्छ, वर्गीयताको प्रेम नभएको राजनीतिमा मानिसले सत्तामा पुगेपछि ती सबै गर्दोरहेछ। कसलाई दोष दिने अब? मधेस अहिले पनि तड्पिरहेको रहेछ, जबकि पचास प्रतिशतका हाराहारीमा मन्त्री त मधेसकै छन्। सम्मेलनको बाहिर लबीमा एकजना मधेसी साथीले मुस्कुराउँदै हात मिलाए। मैले भित्रको छलफलबारेमा जिज्ञासा गरें। 'के मधेसमा अहिले पनि आतंक त्यस्तै छ? उनले भने- 'खोई के भन्ने? मानिसको अपहरण भइरहेकै छ। गैरन्यायिक हत्या भइरहेकै छन्। जनकपुरको बमकाण्डका मानिस समातिएका छैनन्।' तर, अहिलेको सरकारमा त मधेसको राम्रो प्रतिनिधित्व छ। प्रायः सबै दल सत्तामा छन्। किन यो आवाज उठाउनुभएन त? भन्ने प्रश्नमा उनले चर्कै स्वरमा भने- के भन्ने? कसलाई भन्ने? सबै काठमाडौंमा घर बनाउँदैछन्। अकुत सम्पत्ति कमाएका छन्। मधेसको के मतलब उनीहरुलाई? मधेसीको नारा त सत्तामा पुग्ने भर्याङमात्र हो।
अहिले एकीकृत नेकपा (माओवादी) को सरकार छ। जनयुद्धमा आस्था राखेको, समर्थन गरेको वा सघाएकै कारणले थुप्रै मानिसको हत्या भयो र थुप्रैलाई गायव पारियो। राजनीतिक विचारधारामा माओवादीको जनयुद्धलाई समर्थन नगर्ने मानव अधिकारकर्मीले यस्ता गैरन्यायिक हत्या र गायव पार्ने कार्यका लागि तत्कालीन सरकार, सेना र प्रहरीको तीव्र आलोचना पनि गरे। विगतमा तत्कालीन सरकारको आँखाको तारो बनेरै भए पनि गैरन्यायिक हत्या र बेपत्ता पार्ने कार्यको विरोध गर्दै हिँडनेहरूलाई अहिलेको सरकारमा रहेकाहरू उल्टै 'जनदुश्मन' घोषणा गर्दैछन्। माओवादी नजरका 'जनदुश्मन' हरू अहिले पनि सडकमा 'मानव अधिकारको उल्लंघन गर्नेलाई बढुवा नगर' भनेर कराइरहेका छन्। तर सरकार तिनै मानिसलाई 'बदमास' भन्दैछ, जसले हिजो पनि र आज पनि 'माओवादीका नाममा गैरन्यायिक हत्या नगर, बेपत्ता नपार' भनेको थियो।
को ठिक? एउटा आश्चर्य लागिरहेको छ मनमा। वर्तमान प्रधानमन्त्री हिजो जनयुद्धमा नेता थिए। उनको पनि 'टाउकोको मूल्य' घोषित थियो। उनी सशक्त नेता थिए। उनीहरू जस्तालाई हेरेर मैना सुनुवार जस्ती बालिकाले आफ्नो जीवनको समृद्धिको सपना देखिन्, जीवनमा परिवर्तनको चाहना राखिन्। थुप्रै मैना सुनुवार र उनका दाजुभाइहरुले 'बाबुराम कमरेड, प्रचण्ड कमरेड- जिन्दावाद!' भने। उनीहरुले हतियार बोकेका थिएनन्। उनीहरु बारीमा कोदो रोप्थे, जंगलमा घाँस काट्थे तर सपनामा समाजको परिवर्तन देख्थे र जनयुद्धलाई समर्थन गर्थे। तर त्यही कारण उनीहरु मारिए र बेपत्ता पारिए। मानव अधिकारकर्मीहरु भन्छन्- त्यसो गर्नेहरुलाई त बढुवा नगर, सत्य निरुपण आयोग बनाउ र छानविन गर। दुवैतिरबाट ज्यादति भएका छन्, दुवैतिर ज्यादति गर्नेलाई कारबाही गर।
दुर्भाग्यवश, अहिले यो लडाइँ 'हिजो पीडितहरुको प्रतिनिधित्व गर्ने तर आज सत्तामा आसिन' जनयुद्धका पक्षधर र मानव अधिकारकर्मीबीच चलिरहेको छ। मानव अधिकारकर्मीका आन्दोलनले प्रधानमन्त्री र उनको पार्टीलाई अप्ठ्यारो पारिरहेको छ। दर्शनमा जब 'तर्क' को छलफल हुन्छ, ठट्टैठट्टामा एउटा कुरा भन्ने गरिन्छ- 'जहिले पनि जुनसुकै विषयमा दुईवटा सम्भावना हुन्छन् तर दुवै असम्भव हुन्छन्।' जीवनका हरेक पक्षमा एउटा सकारात्मक र एउटा नकारात्मक पक्ष हुन्छ। औचित्यतावादी दर्शन भन्छ- 'जहिले पनि सकारात्मक सम्भावनाको पक्षमा उभिनुपर्छ।' राजनीतिमा यसलाई मूल्यमा आधारित राजनीति भनिन्छ। राजनीतिक विचारधाराहरु फरक हुन्छन् तर प्रत्येक विचारधाराका आफ्नै आदर्श मूल्य हुन्छन्। साम्यवादी राजनीतिक विचारधाराले 'वर्गीय प्रेम, वर्गीय समर्पण र वर्गीय एकता' लाई मार्क्सवादी राजनीतिक मूल्य ठान्छ र यसै मूल्यको पक्षपोषण पनि गर्छ। मार्क्सवादीहरुका लागि 'यसलाई मार्क्सवादी नैतिकता' पनि भन्न सकिन्छ। जब कुनै मार्क्सवादीले यस मूल्यलाई छाड्छ, वास्तवमा उसको अस्तित्व सारमा समाप्त हुन्छ।
वर्तमान सरकारलाई यस मूल्यको कडीमा जाँच्दा के भन्ने होला? मार्क्सवादी र वामपन्थी होइन भनौं, हिजो जनयुद्धमा जीवनकै त्याग गर्न उत्साहित भएका एक दर्जन मानिस छन्। प्रधानमन्त्री स्वयं छन्। हो भनौं, यसमा हिजो कांग्रेसका नेता भएका महन्थ ठाकुर र विजय गच्छदारलगायतका थुप्रै व्यक्ति पनि छन्। प्रगतिशील गठबन्धन भनौं, कसरी भन्ने प्रश्न उठ्छ। होइन भनौं, उनीहरू स्वयं प्रगतिशील भएको दाबी गर्छन्। एनेकपा (माओवादी) लाई मधेस आन्दोलनको पक्षधर भनौं, हिजोको रौतहट घटना अगाडि तेर्सिन्छ। होइन भनौं, सबै मधेसी दलहरुले माओवादीका नेतालाई प्रधानमन्त्रीको रूपमा समर्थन गरिरहेका छन्। फेरि हो भनौं, हिजो मधेस एक प्रदेशको विरुद्धमा संघर्ष गर्न तयार भएको चुरेभावर पार्टी पनि यही गठबन्धनमा छ। त्यतिमात्र होइन, 'वामपन्थी राजनीति वाहियात हो' भन्ने प्रेमबहादुर सिंह पनि यही गठबन्धनमा छन्।
सन् १९८० को दशकमा प्रयोजनवादको एउटा दर्शन चीनमा तेङ्ग सियायो पिंगले ल्याए- 'चीनको विकास र आर्थिक विकासविना समाजवाद बाँच्दैन।' त्यसैले उनले भने- 'बिरालो कालो होस् वा सेतो, मुसा मारे पुग्छ।' यसै 'प्रेगमेटिज्म' भित्र उनले चीनमा विदेशी पुँजी खुला गरिदिए। तर चीनको कानुन, चीनको फाइदा र चीनको हित कहिल्यै बिर्सिएनन्। समाजवादको सेवाका लािग विदेशी पुँजी ल्याइयो तर समाजवादले विदेशी पुँजीको सेवा गरेन। वर्तमान सरकारले पनि यस्तै 'प्रेगमिटिज्म' को प्रयोग गर्न खोजेको हो भने बाटो ठिक भएन कि भन्ने हो।
देशले अग्रगमन खोजेको छ। अग्रगमनका लागि विकासका कुशल रणनीतिज्ञ चाहिन्छन्। परिपक्व विदेश नीति चाहिन्छ। स्पष्ट औद्यागिक कार्यक्रम चाहिन्छ र विश्वासिलो राष्ट्रिय सुरक्षा नीति र न्यायिक व्यवस्था चाहिन्छ। यी सबै कुराका लागि राष्ट्रिय एकता चाहिन्छ। राष्ट्रिय एकताका लागि अलिकति आँट, अलिकति सम्झौता र अलिकति चतुर्यााइँ पनि चाहिन्छ। यी तीन चिजको संयोगले सहमति निर्माण हुन्छ र अग्रगमनका लागि सहमति अनिवार्य चाहिन्छ र त्यो सहमति समाजवादका लागि गरिनुपर्छ।
लोकतन्त्रमा प्रतिस्पर्धा त हुन्छ नै। वाद र परिवार चाहिन्छ नै। संश्लेषण भने प्राकृतिक वस्तु र प्रक्रियाबाट नयाँ वस्तु वा सोच निर्माण गर्नु हो। शायद सरकार यही नयाँ वस्तु निर्माण गर्न असफल भयो। असफलताले निराशा जन्माउँछ। निरासाले भरोसा समाप्त गर्छ। भरोसाको समाप्तिपछि मानिस 'बुद्धि र विवेक' ले होइन भावनाद्वारा चल्न प्रेरित गर्छ। जब मानिस भावनाबाट प्रभावित हुन्छ, उसले अर्कोको राम्रो देख्दैन र आफ्नै मात्र राम्रो देख्छ। राजीतिमा जब भावना र महŒवाकांक्षाको प्रभाव रहन्छ, राजनीतिको रङ खुइलिन्छ। बुद्धिले मात्र असल नेता हुँदोरहेछ, जात र धर्म उस्तै भएर होइन। त्यसो नहुँदो हो त मधेसकै नेता गृहमन्त्री भएको शासनमा कसरी अर्धन्यायिक हत्याका घटना हुन्थे र?