जनादेशको अवज्ञा
२० कार्तिक २०६९
•
११ मिनेट पाठ
जनादेशको अवज्ञा
मुलुकलाई कुनै दुश्चक्रमा फसाउने नियत छैन भने अब प्रधानमन्त्री बाबुराम भट्टराईले कुर्सी छाड्न ढिलो गर्नु हुँदैन। अरू दलका नेताले पनि देशलाई संकटबाट मुक्त गर्न पद वा प्रतिष्ठाको लोभ गर्नु हुँदैन।
हुनत, एनेकपा (माओवादी)का नेताहरूले राजनीतिक जालझेलको 'भिँ्कगे दाउ' थाप्न अझै छाडेका छैनन्। त्यस्तो झिँगे दाउ थाप्ने क्रममा उनीहरू आफ्नो पदको गरिमा, अरूको वैयक्तिक मर्यादा र देशको हितजस्ता कुनै पनि विषयलाई महत्व दिँदैनन्। तत्कालका लागि के भन्दा वा गर्दा फाइदा हुनेजस्तो देखिन्छ, त्यही गर्छन्। त्यसो गर्दा उनीहरूलाई नै दीर्घकालीन क्षति पुगेको वा पुग्ने पनि ख्याल गर्दैनन्। शान्ति सम्झौतापछिका जालझेलको माओवादी रणनीति मुलुकका लागि मात्र हैन स्वयं उनीहरूकै लागिसमेत आत्मघाती हुँदै गएको छ। केही यता प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री वर्षामान पुनका राष्ट्रपतिप्रति लक्षित सार्वजनिक अभिव्यक्ति यसैका उदाहरण हुन्। राष्ट्रपतिलाई विवादमा तान्ने माओवादी प्रयास 'आकाशतिर फर्केर थुके'जस्तै जो हुनपुगेको छ।
अबको विकल्प संविधान सभाको निर्वाचन नै हो। यसैले चुनावी सरकारको गठन अहिलेको मुख्य राजनीतिक कार्यसूची हो। नेपाली कांगे्रसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति प्रमुख राजनीतिक दलका नेताहरूले गरिसकेका हुन्। तर, माओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यो सहमति पनि पालन गरेनन्। दाहालले उनीहरूलाई खेलाउने र बझाउने रणनीतिअनुरूप कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने पासा फ्याँकेका हुन् भन्ने नबुझेर कांग्रेसका नेताले अनावश्यक विवादमा समय खेर फाले। संविधानसभाको निर्वाचनबाहेक कांग्रेसका लागि सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिबाट स्वीकार्य विकल्प अरू हुनै सत्तै्कन थियो। तर, त्यही निर्णय गर्न पनि कांग्रेसले करिब ६ महिना लगाइदियो। कांग्रेसका अनिर्णयले लोकतन्त्रविरोधी शक्तिहरूले खेल्ने ठाउँ र मौका बढी पाए। कांग्रेस अब पनि लोकतन्त्र र राष्ट्रको दीर्घकालीन हित रक्षा गर्न तत्कालको लाभहानिलाई बेवास्ता गरेर अगाडि बढ्नुपर्छ।
प्रधानमन्त्री बाबुराम भट्टराईले चुनाव गराउन नसकेपछि सरकारको नेतृत्वको दाबी विपक्ष दलका हैसियतमा नेपाली कांग्रेसले गर्नु अत्यन्त स्वाभाविक हो। लोकतान्त्रिक मूल्यमान्यता र नैतिक वैधताको सम्मान गर्ने व्यक्ति प्रधानमन्त्री भएका भए आफूले घोषणा गरेको चुनाव हुननसक्ने बित्तिकै बाबुराम भट्टराई सत्ताबाट पन्छिनुपर्थ्यो। तर, घोषितरूपमै लोकतन्त्र र संसदीय प्रणाली विरोधी भट्टराईले नैतिकताका आधारमा पद छाडेनन् भनेर गुनासो वा टिप्पणी गर्नु नै मूर्खता हुन्छ। भट्टराईका लागि त 'नैतिकता' बुर्जुवाहरूको पाखण्डमात्रै हो। तर कांग्रेसका नेताहरूले उनैको अनुसरण गर्न मिल्दैन। कम्तीमा पनि नेपाली कांग्रेसले स्थापना कालदेखिका सैद्धान्तिक मूल्यमान्यता संशोधन नहुँदासम्म त लोकतन्त्रलाई सर्वोपरि महत्व दिनैपर्छ। यसैले कांग्रेसले सरकारको नेतृत्वभन्दा मुलुकलाई संकटबाट मुक्त गर्ने विषयलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ। अहिलेको संकट चुनावबाहेक अरू उपायबाट समाधान हुँदैन। जस्तोसुकै विकल्प अपनाए पनि अन्ततः चुनाव त गर्नैपर्छ। कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका सुहाउँदो उदारता र सुझबुझ देखाउन सके माओवादी र मधेसी दलहरू पनि निर्वाचनमा जान बाध्य हुनेछन्। यसैले कांग्रेसले चुनावी सरकारको नेतृत्वको दाबी गर्दागर्दै पनि लचिलो हुनुपर्छ। माओवादी सिद्धान्ततः अधिनायकवादी दल हो। यसका नेतामा सर्वसत्तावादी चिन्तनबाट निर्देशित हुनु अस्वाभाविक होइन। त्यसैले उनीहरू सरकारमा नबसी चुनावको सामना गर्ने कल्पनै गर्न सत्तै्कनन्। उनीहरू जनतामा हैन कार्यकर्तामा भर पर्छन्।
कांग्रसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने हो भने उसको छविका कारण निर्वाचनको विश्वसनीयता र वैधता पक्कै पनि बढी हुन्छ। विगत संविधानसभाको निर्वाचन माओवादीको नेतृत्वमा भएर त्यस्तो परिणामा आएको भए त्यसले मान्यता पाउन सजिलो हुने थिएन। तैपनि, माओवादी र मधेसी कांग्रेसलाई चुनावी सरकारको नेतृत्व दिन तयार हुँदैनन् भने त्यसलाई निर्वाचनै नगर्ने निहुँ बन्न दिनु बुद्धिमानी होइन र त्यो लोकतन्त्र तथा राष्ट्रियताको हितमा पनि हुँदैन। यसैले कांग्रेसले चुनावी सरकारको नेतृत्व स्वतन्त्र व्यक्तिले गर्ने प्रस्तावको विरोध गर्नु उचित हुँदैन।
कांग्रेसलाई सहमतिका नाममा अलोकतान्त्रिक विधि, प्रक्रिया र निर्णयमा फसाउने प्रयास माओवादी नेताहरूले निरन्तर गरिरहेका छन् र अब पनि गरिरहने छन्। संविधानका विषयवस्तुमा अहिले सहमति गर्ने प्रस्ताव यसैको उदाहरण हो। संविधान बनाउन संविधानसभाको निर्वाचन गर्ने हो भने संविधानमा राख्ने प्रावधानबारे अरू कसैले निर्णय गर्नु जनताको अधिकारमा अतिक्रमण गर्नु हो। लोकतन्त्रमा जनताको निर्णयलाई अस्वीकार गर्न वा छेकथुन गर्न मिल्दैन। अघिल्लो संविधानसभा निर्वाचनपूर्व कांग्रेसले थुप्रै सिद्धान्तहीन सम्झौता गरेकै कारण निर्वाचनपछि पनि मुलुकले गति र दिशा लिन पाएन। अब पनि कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता र आफ्नो सिद्धान्तविपरीत सम्झौता गर्योि भने मुलुक पुरानै अनिश्चितताको दुश्चक्रमा फस्नेछ। संसदीय पद्धतिलगायत उदार लोकतन्त्रका आधारभूत विषयमा नेपाली कांग्रेसले सम्झौता गर्नुहुँदैन। जनताले अनुमोदन गरेनन् भने त्यसलाई सजरूपमा स्वीकार गर्नसक्नुपर्छ तर आफ्नो सैद्धान्तिक मान्यता छाड्नु हुँदैन। पार्टीको सिद्धान्त र संगठन जोगियो भने सत्तामा त ५० वर्षपछि पनि पुग्न सकिनेरहेछ। अस्वाभाविक गठबन्धन गरे जनताले स्वीकार गर्दा रहेनछन्। बेलायतको लिबरल डेमोक्रेटिक पार्टी दोस्रो विश्वयुद्ध पछि गत निर्वाचनमा सत्तामा पुग्नु र स्थानीय निर्वाचनमा नराम्ररी पछारिनुबाट नेपाली कांग्रेसले सिक्नुपर्छ।
माओवादी पनि मुलुकलाई अनिर्णयको दुश्चक्रमा फसाएर सत्ता स्वार्थ सिद्ध गर्न चाहँदैन भने सरकारको नेतृत्व कांग्रेसलाई दिन तयार हुनुपर्छ। कांग्रेसलाई नेतृत्व दिन नसक्ने हो भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव स्वीकार गर्नुपर्छ। माओवादीले सरकारको नेतृत्व नछाड्ने नै हो भने पनि बाबुरामलाई हटाएर अर्को कसैको नेतृत्वमा विगत व्यवस्थापिका संसद्मा प्रतिनिधित्व भएको अनुपात र क्रममा सानो चुनावी सरकार बनाउन कांग्रेस तत्पर हुनुपर्छ। चुनावमा सत्तामा नबसे पनि खासै फरक पर्दैन तर, चुनावलाई सहज बनाउनेबाहेक अरू सम्झौता चाहिँ गर्नु हुँदैन। ( यसै पनि अबको प्रशासन यन्त्रले चुनावी सरकारको अनुचित दबाब पक्कै स्वीकार गर्नेछैन। चुनावपछि अख्तियार धाउने रहर त बाबुराम भट्टराईले वरीयता मिचेर बढुवा गरिदिएका मुख्यसचिवले समेत नगर्लान्। )
राजनीतिक दलका नेताहरू केही गर्न पनि सहमत नहुने हो भने दुईवटामात्र विकल्प हुन्छ : कि त राष्ट्रपतिले हस्तक्षेप गर्ने नभए चिट्टा हालेर सरकार बनाउने। यी दुवैमध्ये कुनै पनि विकल्प अपनाउनु पर्यो् भने 'पाटने प्रधान' बनेर सत्ताको खेलमा रमाउन चाहने प्रमुख दलका शीर्ष नेताहरूले 'डाडुमा पानी तताएर डुबे' हुन्छ। त्यस अवस्थामा पनि जनताले कठै भन्ने छैनन्। बरु, ताली नै बजाउनेछन्।


अर्को समाचार
जनादेशप्रति जबाफदेही
२१ पौष २०७४
•
८ मिनेट पाठ
जनादेशप्रति जबाफदेही
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको एक महिना पूरा भइसकेको छ । गत मंसिर १० र २१ गते दुई चरणमा भएका निर्वाचनमा सहभागी मतदाताका नङमा लगाइएको मसी मेटिइसकेको छ । मतदान गरेका यतिका दिनसम्म सरकार नबन्दा भने भर्खरै यो मुलुकले निर्वाचन सम्पन्न गरेको हो/होइन जस्तो पनि लाग्न थालिसकेको छ । अमेरिकामा भाबी राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर पहिलो मंगलबार मतदान हुने र जनवरी १९ मा शपथ ग्रहण गर्नेजस्तै व्यवस्था हामीकहाँ पनि हुँदो हो त नयाँ सरकारको व्यग्र प्रतीक्षा गरिरहनुपर्ने थिएन । त्यहाँ तीन महिनासम्म नयाँ राष्ट्रपतिको प्रतीक्षा गर्न बानी परिसकेको छ । हामीकहाँ भने नयाँ संविधानअनुसार यो वर्षको माघ ७ सम्म निर्वाचन हुनुपर्ने प्रावधान राखिएको भए पनि नयाँ सरकार गठनका निम्ति समय तोकिएको छैन। निर्वाचन आयोगले संविधानको धारा ७६ (८) अनुसार अन्तिम निर्वाचन परिणाम दिएपछि सरकार गठन प्रक्रिया सुरु हुन सक्ने व्यवस्था छ। यस निम्ति राष्ट्रियसभा निर्वाचन परिणामको प्रतीक्षा गरिरहनु नपर्ने राय संविधानविद्हरूले दिए पनि निर्वाचन आयोगले परिणाम रोकेर राखेको छ। संवैधानिक निकायले आफूलाई तोकिएको जति काम मात्र पूरा गरे हुन्छ, उसले सिंगै संविधानको कार्यान्वयन आफैंले गराउनुपर्ने जस्तो गरी प्रक्रिया अवरुद्ध गरेको देख्दा ‘षड्यन्त्रको सिद्धान्त’ मा समेत विश्वास गर्नुपर्ने अवस्था आउन सक्छ। किन र कसका लागि आयोगले निर्वाचन परिणाम रोकिराखेको छ भन्ने प्रश्न यतिबेला राजनीतिक वृत्तमा चुलिएको छ। 




प्रतिनिधिसभाको निर्वाचन भइसकेपछि नयाँ सरकार गठन प्रक्रियालाई यसरी अँचेट्न खोज्दा कुनै अर्थमा पनि मुलुकले खोजेको संवैधानिक अभ्यास हुन सक्दैन । यो जनादेशको सर्वथा अवज्ञा हो । जनताभन्दा ठूला कुनै पनि निकाय हुन सक्दैनन्।  

निर्वाचन सम्पन्न भएपछि पनि अन्तिम परिणाम सार्वजनिक गर्न कठिनाइ भए संविधानअनुसार बाधाअड्काउ फुकाउने व्यवस्था छ। त्यसका लागि संवैधानिक अंगको हैसियतले स्वतन्त्र ढंगले जनादेशको कदर गर्दै निर्वाचन परिणाम सार्वजनिक गर्न पहलकदमी लिनुपर्नेमा आयोग पदाधिकारीले ‘अक्षमता’ प्रदर्शन गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक गरिदेऊ भनेर वाम गठबन्धनका तर्फबाट आयोगमा दबाब दिन जानुपर्नेसम्मको घटना भइसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आयोगका पदाधिकारीलाई बिहीबार बोलाएर जनादेश पछाडि धकेलिन पुगेकोमा सोधनी गरिसकेकी छन् । कानुनी जटिलताकै कारण निर्वाचन परिणाम सार्वजनिक गर्न नसकिएको हो भने समाधानको बाटो नभएको होइन । राष्ट्रिसभा निर्वाचनसम्बन्धी बाटो अवरुद्ध भयो भनेर सरकारले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएको अध्यादेश पारित हुन सक्छ भने नयाँ निर्वाचन परिणाम सार्वजनिक गर्न देखिएका कठिनाइ समाधानका लागि पनि यस्तै बाटो अवलम्बन गर्न नसकिने होइन। अहिलेको समग्र अभ्यासले प्रयोगमै नगई संविधान भत्काउन थालेजस्तो देखिन्छ। आममतदाताले पंक्तिबद्ध भएर मतदान गर्ने तर त्यसको परिणाम सार्वजनिक गर्न हिच्किचाउने अहिलेको परिपाटीअनुसार भविष्यमा पनि सत्ता हस्तान्तरण यस्तै गरी अलमलिने देखिन्छ । प्रतिनिधिसभाको निर्वाचन भइसकेपछि नयाँ सरकार गठन प्रक्रिया यसरी अँचेट्न खोज्दा कुनै अर्थमा पनि मुलुकले खोजेको संवैधानिक अभ्यास हुन सक्दैन । यो जनादेशको सर्वथा अवज्ञा हो । जनताभन्दा ठूला कुनै पनि निकाय हुन सक्दैनन्।  

निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्न तयार भएको छ । अहिलेकै जस्तो स्थिति हुने हो भने त्यो निर्वाचनपछि पनि सरकार गठनका लागि सुरसार हुने छैन । केही न केही कानुनी बखेडा खडा गरेर निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ गरेर कसको सेवा गर्न खोजिएको हो ? केही समयका निम्ति सरकार गठन प्रक्रिया पछाडि धकेल्न सकिएला, त्यसैका आधारमा नयाँ किसिमका राजनीतिक चलखेल पनि गर्न÷गराउन सकिएला तर निर्वाचन परिणाम लामो समयसम्म रोकेर राख्न सकिने छैन । निर्वाचन परिणाम सार्वजनिक नगर्नु भनेको जनादेशको अपमान हो । जनताले मतदान गरेर जुनजुन दललाई सत्ता वा प्रतिपक्षमा बस्न भनेका छन् तदनुकूलकै कार्यान्वयन हुन ढिला भइरहेको छ । प्रत्येकजसो निर्वाचनमा जनादेश फेरिने गरेको छ । आममतदाताले यो वा त्यो दल नभनी आवश्यकताअनुसार आफ्नो मत फेरिरहेका छन् । यो यथार्थ स्वीकार गर्न जोसुकै पनि तयार हुनुपर्छ । त्यसमा पनि निर्वाचन परिणाम आफ्नो अनुकूल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनलाई सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न पनि निर्वाचन आयोगलाई निर्देशन गर्नुपर्ने हुन्छ । निर्वाचनका बेला सबै आयुक्त प्रधानमन्त्रीकहाँ लाम लागेर गएको देखिएकै छ । अहिलेको अवस्थामा पनि निर्वाचन परिणाम दीर्घकालसम्म रोकेर राख्न सकिँदैन भन्न सक्नुपर्छ । त्यसो त प्रधानमन्त्री देउवाले आफू सत्ता हस्तान्तरणका लागि लालयित भएको बताउँदै आएका छन् । यही कुरा उनले बिहीबार बोलाएको सर्वदलीय बैठकमा पनि बताइसकेका छन् । उनलाई त्यतिबेला वाम गठबन्धनका तर्फबाट बोल्दै पुष्पकमल दाहालले प्रस्टै भनिसकेका छन्– सत्ता हस्तान्तरण जनताले गरिसके तपाईंबाट त्यसलाई सहजीकरण र  कार्यान्वयन गर्नुपर्‍यो । यथार्थमा अहिले सरकारको काम नयाँ सरकार गठनलाई सहजीकरण गर्ने हो । कामचलाउ सरकार नियुक्ति, सरुवा, बढुवा र योजना–आयोजनामा लोभिनु आवश्यक छैन। कानुनका छिद्र खोजेर सत्तामा अडिरहनुभन्दा जनादेशप्रति जबाफदेही हुनतिर निर्वाचन आयोग र कामचलाउ सरकार लाग्नु उचित हुन्छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस