वर्ष दिनभित्र संविधान पारित गरिसक्ने प्रतिबद्धतासहित अगाडि सरेका बेला सर्वदलीय सम्मेलन वा यस्तै कुनै नाममा संविधान सभाबाहिर अलमलिनु प्रत्युत्पादक हुनेछ।प्रधानमन्त्री सुशील कोइराला सर्वदलीय सम्मेलनका निम्ति तयार भएको दाबी नेकपा–माओवादीका नेताले गरेका छन्। प्रधानमन्त्रीका तर्फबाट सर्वदलीय सहमतिका बारेमा भएको सहमतिको कुनै जानकारी दिइएको छैन। तर, संविधान सभाको निर्वाचनमा भएको हिंसाको जिम्मेवारी लिने वैद्य माओवादीविरुद्ध राज्यले प्रचलित कानुनअनुसार कारबाही पनि नगरेर सद्भाव प्रदर्शन गरेको छ। प्रधानमन्त्री कोइराला संविधान सभा निर्वाचनमा गरेको हिंसात्मक कार्य र त्यसपछि पनि माओवादीका नेताले दिने गरेको हिंसाको धम्की बिर्सेर उनीहरूसँग वार्ताका लागि तयार भएको हुनुपर्छ। तर, सरकारको यस सद्भावलाई माओवादीले भने कमजोरीका रूपमा लिँदै आएका छन्। प्रधानमन्त्री वा सरकारका कुनै पदाधिकारीले व्यक्तिगतरूपमा सद्भाव राख्दा वा सम्बन्ध बढाउँदा संविधान सभाको गरिमामा आँच आउन नदिन भने सचेत हुनु आवश्यक छ।
संविधानमा सकेसम्म धेरैको सहमति हुनु पक्कै पनि नराम्रो होइन। यसैले संविधान सभा निर्वाचनमा संलग्न नभएका राजनीतिक दल वा अरू दबाब समूहको मागलाई सम्बोधन गर्ने प्रयास गर्नु अनुचित होइन। तर, यसका लागि दल विशेष वा नेताले व्यक्तिगत प्रयास गर्नुभन्दा संविधान सभाभित्रै उपयुक्त विधि र प्रक्रिया विकास गरिनुपर्छ। संविधान सभाबाहिरबाट समाधान खोज्ने वा त्यस्तो समाधान थोपर्ने कुनै प्रयास गरियो भने त्यो जनादेशविपरीत हुनेछ। नेपाल कम्युनिस्ट पार्टी — माओवादीलगायत चुनावमा भाग नलिएका केही दलहरू अहिले संविधानमा आफ्ना धारणा बलजफ्ती थोपर्न घुर्की र धम्की दिन थालेका छन्। सरकारले तिनका धारणा सुन्नुपर्छ तर त्यसका लागि संविधान सभाको प्रभाव कम भएको देखिने कुनै कार्य गर्नु भने हुँदैन। जनताको अभिमत नै निर्णायक र वैध शक्ति हो। संविधान सभा जनताको त्यही शक्ति प्रयोग गर्ने वैध संस्था हो।
संविधान सभाबाट घोषित अवधिमा संविधान पारित हुन सकेन भने वैद्य माओवादीलगायतका समूहले गरेको निर्वाचन बहिष्कारको औचित्य सिद्ध हुनेछ। यसैले संविधान सभा निर्वाचन बिथोल्न खोज्नेहरू संविधान बन्नै नदिने प्रयासमा पनि हुनसक्छन्। जनताले अत्यधिक सहभागिता जनाएर संविधान सभा निर्वाचनप्रति विश्वास प्रकट गरिसकेका छन्। यसैले अहिले सरकार र संविधान सभामा भएका सबै दलहरूको प्रमुख कर्तव्य संविधान निर्माणमा प्रवृत्त हुनु नै हो। त्यस क्रममा वैद्य माओवादीलगायतका समूहसँग संवाद र छलफल गर्नु अनुचित हैन तर, त्यही नाम र निहुँमा संविधान सभाको कार्यतालिका प्रभावित पारिनु भने जनादेशको अपमान हुनेछ। साथै, सर्वदलीय सम्मेलन वा अरू कुनै प्रकारका अभ्यास गर्नुपूर्व संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति कायम हुनु आवश्यक हुन्छ। संविधान सभामा नरहेका दलहरूसँग सहमति वा समझदारी खोज्न कुनै नेता वा दलले एक्लो प्रयास गर्न थाले भने अविश्वास र असमझदारी पनि बढ्नसक्छ। त्यस्तो असमझदारीले संविधान निर्माण प्रक्रियामै बाधा पर्नसक्छ। यसैले प्रधानमन्त्रीलगायत सबैले संविधानका विषयमा कसैसँग पनि संवाद गर्दा संविधान सभाभित्रको सन्तुलनमा असर पर्न नदिन गम्भीर हुनैपर्छ।
संविधान सभाभित्रको सन्तुलन र संविधान निर्माण कार्यतालिकामा प्रतिकूल प्रभाव नपर्ने गरेरमात्र संविधान सभाबाहिरका दलसँग संवाद र छलफल गर्नु उचित हुनेछ। निर्वाचन बहिष्कार गर्नेहरूले संविधान सभालाई स्वीकार नगर्ने हो भने उनीहरूसँग वार्ता गर्नुको औचित्य पनि हुँदैन। नयाँ संविधान जननिर्वाचित संविधान सभाले नै पारित गर्नुपर्छ। त्यसमा आँच आउने कुनै पनि प्रयास जनताको अपमान हुनेछ। जनादेशको अपमान गर्ने अधिकार स्वयं संविधान सभालाई पनि छैन। संविधान सभाबाहिर सहमति खोज्ने प्रयास गरियो भने लोकतन्त्र विरोधी समूहको शक्ति बढ्न सक्छ भन्ने पनि यस अवस्थामा बिर्सनु हुँदैन।