२०६३ सालको जनआन्दोलनपछाडिको राजनीतिक परिदृश्य किन यस्तो भयो भन्नेबारे नेपालका राजनीतिक पण्डितहरुले छलफल गरेनन्। अर्थात रानजीतिक घटनाक्रमको विश्लेषण खुबै भयो तर ती घटनाहरु किन भए वा हुनुपर्ने कुरा किन भएनन् भन्ने कुराको दार्शनिक बहस भने हुँदै भएन।
त्यसैले पनि छलफलका लागि केही महत्वपूर्ण सवाल कोट्याउन आवश्यक छ। तत्कालीन नेकपा माओवादी र सात दलका प्रतिनिधिको १२ बुँदे सहमतिपत्रबाट नेपालको राजनीतिक आगतले नयाँ मोड लियो। यो देश र जनताका लागि अत्यन्त खुशीको कुरा थियो। त्यस सहमतिले नेपालीले भोगिरहेको कठोर द्वन्द्व अन्त्य भयो, सबै जनताले सन्तुष्टि व्यक्त गरे। त्यस राजनीतिक घटनाबाट विकास हुने राजनीतिक प्रक्रिया अवरुद्ध गर्न चाहने राजा ज्ञानेन्द्रको निरंकुश चाहनालाई आमजनताले दुत्कारिदिए।
राजालाई पन्छाएर माओवादी र लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध र त्यसबाट भविष्यमा विकसित हुने सुखद् राजनीतिक प्रक्रियाको पक्षमा नेपाली जनताले तीन कारणले संलग्नता जनाएका थिए। पहिलो- द्वन्द्व वा हिंसाबाट जनताले मुक्ति पाउने थिए। सभ्यता र संस्कृतिका दृष्टिकोणले नेपाली जनता हिंसाको पक्षमा कहिल्यै उभिएनन्, जसरी पश्चिमी सभ्यताले इतिहासमा हिंसा वा युद्धलाई विवाद निरुपणको माध्यम बनायो। दोस्रो- लोकतान्त्रिक राजनीतिक दल, खासगरी नेपाली कांग्रेसले आफूले गरेको गल्तीको आत्मालोचना गर्योत। कांग्रेस र एमाले दुवैले विभाजन र अकर्मण्यताद्वारा लोकतन्त्रलाई धरापमा हालेको कुराप्रति गल्ती स्वीकार गरे। अतः नेपाली जनतामा फेरि लोकतन्त्रप्रति विश्वास पलायो। तेस्रो- १० वर्षे जनयुद्धले नेपालको विकासलाई दुई दशक पछाडि ठेल्यो। यही समयमा भारत र चीनले अभूतपूर्व आर्थिक विकास गरे। यसले नेपाली जनतालाई आर्थिक विकासप्रति परोक्षरुपमा प्रेरित गर्यो ।
नेपाली जनता शान्तिपूर्ण परिवर्तनको पक्षमा उभिए। उनीहरुले राजा र माओवादी दुवै पक्षका हिंसा अनुमोदन गर्न चाहेनन्। यदि त्यसो हो भने आमजनताले किन माओवादीको पक्षमा मत जाहेर गरे त? यहीँनेर नेपाली राजनीति भ्रमको अँध्यारोमा डुबेको छ। माओवादीले ठान्यो- त्यो उसको जीत '१० वर्षे जनयुद्धको अनुमोदन हो।' नेपाली कांग्रेस र एमालेले त्यसलाई 'नेपालको राजनीतिको उग्रपन्थतिरको यात्राको सुरुवात' को रूपमा लिए। एमाले र कांग्रेस आत्तिए र माओवादी मात्तिए। संविधान सभामा जनताले माओवादीलाई दिएको मत 'उसले हिंसा छाडेको' कुराप्रतिको पुरस्कार थियो र त्यो प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक व्यवस्थाको पक्षमा जाहेर भएको जनमत थियो।
जनताको यस सकारात्मक निर्णयलाई राम्रोसँग विश्लेषण गर्न नसक्दा एमाले र कांग्रेसको मनोविज्ञान भिजेको बिरालो जस्तो भयो। जसरी भिजेको बिरालोको सक्रियता समाप्त हुन्छ र पटक-पटक जीउ थर्थराउँदै झुसिलो अनुहार लगाएर कुनामा उभिन्छ, उनीहरुको व्यवहार त्यस्तै भयो। भविष्यको लोकतन्त्रको ढाँचा र संघीयताका सम्बन्धमा उनीहरुको छलफलमा सकारात्मक सक्रियता देखाउने भन्दा माओवादीको क्रियाप्रति प्रतिक्रिया मात्रै जनाइरहे। माओवादीले जातीय राज्यको नारा ल्यायो। एमाले र कांग्रेसले नेपाललाई सुहाउँदो ढाँचाको प्रस्ताव दिनुपर्ने थियो तर त्यो भएन। बरु उनीहरु जातीय राज्यको आलोचनामा नै ब्यस्त रहे। जातीय राज्यका पक्षमा माओवादीसँग सहमत नहुनु ठिक थियो तर त्यसको विकल्प दिन सक्नुपर्ने थियो, जसले सबैका चाहना सम्बोधन गरोस्।
यसले यी दुई पार्टीको मनोविज्ञान पूर्णरुपमा प्रभावित भयो। परिणामस्वरुप दुईवटा प्रवृत्ति जन्मिए। पहिलो- माओवादीसँग मिलेर सत्तामा रहने वा माओवादीलाई हटाएर सत्तामा रहने। दोस्रो- एमाले र कांग्रेसले लोकतन्त्रको सुखद् ढाँचाबारे एजेण्डा दिनुपर्ने थियो तर उनीहरु केबल माओवादीका एजेण्डमा अलमलिए। पछिल्लो समयसम्ममा त खासगरी नेपाली कांग्रेसमा निर्णय गर्ने क्षमतामा नै प्रश्नचिह्न लागेको अवस्था छ। निर्वाचनका लागि उद्घोष गरेको कांग्रेस प्रधानमन्त्री पदका लागि संविधान सभा पुनर्स्थापनाको बहसमा एकाएक फर्कियो र यसले एमाले र कांग्रेसको लोकतन्त्र र देशलाई राजनीतिक संकटबाट निकाल्ने कार्यगत एकतालाई नै धरापमा हालिदिएको छ।
यसरी नेपाली कांग्रेस फेरि एकपटक माओवादी एजेण्डाको पछाडि लाग्यो। यो परिदृश्य रोचक छ। मुसा मार्ने साँचोमा घिउ राखी लोभ्याइन्छ। मुसा आएर घिउ खान थाल्छ तर साँचाको छेस्किन खुस्किएर चेपुवामा पर्छ। संविधान सभा पुनर्स्थापना यस्तै साँचो हो भन्ने कुरा कांग्रेसले बुझेको छैन। प्रधानमन्त्री पदको 'अफर' त्यस्तो घिउ हो, जसले कांग्रेसलाई साँचोमा हाल्दैछ। संविधानमा संविधान सभा पुनर्स्थापनाको कुनै प्रावधान छैन र त्यसो गर्नु सर्वोच्च अदालतको निर्णयविरुद्ध पनि हुन्छ। यस प्रस्तावले कांग्रेसमा विचार विभाजन हुनेछ। एमाले कांग्रेसबाट टाढिनेछ। उनीहरुको लोकतान्त्रिक मोर्चाको परिकल्पना समाप्त हुनेछ। वर्तमान सरकारका लागि योभन्दा सुखद् कुरा केही हुने छैन। यसरी नेपाली राजनीतिको लोकतान्त्रिक भूमि कमजोर हुँदैछ तर यसको कारण लोकतन्त्रमा विश्वास गर्नेहरु नै हुन्।
किन यस्ता गम्भीर भूलहरु नेपाली कांग्रेस गरिरहेको छ? धेरैले भन्ने गर्छन्- कांग्रेस विचारहीन पार्टी भयो। कारण- १२ बुँदे सहमति कार्यान्यवनदेखि नै एकपछि अर्को कमजोरी लोकतान्त्रिक पार्टीबाट भएका छन्। उसले आफ्ना अडान तार्किक ढंगबाट राख्न सकेन। १२ बुँदे सहमति आत्माबाट स्वीकार गर्न सकेन भनिरहेका छन्। त्यसो त यो भारतको इच्छामा भएको थियो। नेपाल इन ट्रान्जिसन शीर्षकको पुस्तकमार्फत् एसडी मुनीले १२ बुँदे सम्झौताको जन्मदाता को भन्ने कुरा खुलासा गरिसकेका छन्। एनेकपा (माओवादी) को भारत सरकारसँगको समझदारीबाट यो जन्मियो र त्यसको आवश्यकता ज्ञानेन्द्रको अन्धराष्ट्रवादले हुर्काएको निरंकुशता थियो भन्ने कुरामा सत्यता देखिन थालेको छ। प्रकारान्तरमा भन्ने हो भने २०५६ देखिको लोकतान्त्रिक दलहरुको अकर्मण्यताले माओवादीको जीत भयो। यस राजनीतिक यथार्थताको विश्लेषण गरेपछि मात्र भविष्यको बाटो के हो भन्ने कुराको दार्शनिक बहस हुन सक्छ।
लोकतान्त्रिक राजनीतिको वकालत गर्ने दलहरु किन अकर्मण्यताको शिकार बनेका हुन? यो विषद् विश्लेषणको कुरा हो। तर पनि केही आधारभूत तर्क राख्न सकिन्छ। पहिलो- नेपालका राजनीतिक दलहरुले आफूले विश्वास गरेको राजनीतिक विचारधारालाई नेपालको धरातलमा राखेर यसको रुपान्तरणको चिन्तन बनाउन सकेनन् किनकि राजनीतिको अर्थ शक्ति र सत्तामात्र हो भन्ने स्वार्थी जडवादी दृष्टिकोणबाट उनीहरु प्रभावित भएका छन्। यसले लोकतान्त्रिक शक्तिलाई जनता र खासगरी उत्पीडन, भेदभाव र सीमान्तकृत वर्गमा बाँचेका जनताबाट अलग्याइदिएको छ। उनीहरुका संगठन कायम रहे पनि जनताको उनीहरुसँगको सक्रिय संलग्नता कमजोर भएको छ। संविधान सभाको निर्वाचनपछाडि एनेकपा (माओवादी) मा आएको वैचारिक विचलन, चन्दा आतंक, हिंसा जस्ता खतरा प्रशस्त थिए। तर नेपाली राजनीतिक नेतृत्वका अधिकांश व्यक्तिमा देखिएको राजनीतिको नैतिक मूल्यमाथि अविश्वास, त्यसबाट जन्मिएको नित्तान्त व्यक्तिवादी चिन्तन, पदले हैसियत निर्माण हुन्छ भन्ने सामन्ती सोचका साथै गुट निर्माण गर्ने प्रवृति र गुट जोगाउनका लागि निकम्मा मानिसको जत्था बनाएर आफ्नै मित्रमाथि प्रहार गर्ने प्रवृत्तिले नेपाली लोकतन्त्रलाई कुहिएको फर्सी बनाइयो। बाहिरबाट हेर्दा लोकतान्त्रिक संस्था त छन् तर लोकतन्त्रमा अन्तर्निहित सिद्धान्त भने फ्याँकिइसकेका छन्।
नेपाली राजनीति र लोकतन्त्र अहिलेको स्थितिमा हुनुमा राजनीतिक नेतृत्वको असफलता हो भन्न हिच्किचाउनुपर्दैन। खासगरी वर्तमान राजनीतिक संकटको समयमा त यो अत्यन्त स्पष्ट ढंगबाट देखिएको छ। एउटा पक्ष शक्ति र सत्ताका लागि अकल्पनीय चतुर्यापई र धुर्त्याइलाई रणनीति बनाएर खेलिरहेको छ, अर्को पक्ष छिर्के दाउलाई रणनीति बनाएर खेलिरहेको छ। राजनीति सत्ता राजनीतिको अभिष्ट होइन। जनताको समृद्धि, राष्ट्रिय गौरवको निर्माण र त्यसका लागि आर्थिक र सामाजिक रुपान्तरणका भरोसायुक्त कार्यक्रमद्वारा नयाँ सभ्यताको निर्माण नै राजनीतकिो अभिष्ट हुनुपर्छ। यस कुरालाई आत्मसात गरेर लोकतान्त्रिक शक्तिहरुले जनताको पक्षमा विकासका एजेण्डा र त्यसका लागि खडा भएका अवरोध विश्लेषण गर्दै आमजनतामा किन नयाँ जनमत र जनादेश आवश्यक छ भनेर अगाडि बढ्नुपर्ने थियो। तर उनीहरुले त्यसो गर्न चाहिरहेका छैनन् र आफूसँगै राष्ट्रलाई समेत असफल बनाइरहेका छन्।
अबको भविष्यले फेरि एउटा क्रान्ति वा आन्दोलन परिकल्पना गरिसकेको छ। लोकतान्त्रिक शक्ति केन्द्रहरूले आमजनताको भरोसा गर्न सके अबको क्रान्ति पूर्ण लोकतान्त्र र स्वाभिमानी राजनीतिको बाटोतर्फ जानेछ। त्यसो भएन भने फेरि वामपन्थी सशस्त्र संघर्ष र वामपन्थीकै एउटा अवसरवादी समूहले नेतृत्व गरेको सत्ताको बीचमा द्वन्द्वको क्रम दोहोरिनेछ। यसले समाजलाई क्रान्तिको भार र दमन थेग्न नसक्ने गरी कमजोर पार्नेछ।