विश्व परिवेश र राज्य पुनर्संरचना
०५ कार्तिक २०६९
•
१८ मिनेट पाठ
विश्व परिवेश र राज्य पुनर्संरचना
नेपालमा पश्चिमी देशहरूको घनिभूत उपस्थितिको स्वार्थ छ। नेपालप्रति छैन तर नेपालमा छ। किनकि नेपालबाट चीन र भारतलाई हेर्न जुन सहज हुन्छ, त्यो चीन र भारतबाट हुँदैन। त्यसैले उनीहरू यहाँ निर्वाध उपस्थिति चाहन्छन् किनकि ...पश्चिमीकृत नेपाल' उनका लागि अनुकूल हुन्छ।

सन् १९९० पछाडि दुई ध्रुवीय विश्व प्रतिस्पर्धा समाप्तिको परिदृश्यमा विश्व राजनीतिका चरित्रहरूमा आमूल परिवर्तनहरू आएको महसुस हुन्छ। वर्तमान विश्व राजनीतिलाई बाहिर सतहमा हेर्दा शान्तिपूर्ण देखिन्छ, व्यापकरूपमा विकासतर्फ लम्किएको पनि देखिन्छ। विज्ञान प्रविधिले छलाङ मारिसकेको छ र भूमण्डलीकरणले सापेक्षित संस्कृतिका सिमाना भत्काइरहेको पनि छ। अर्थात् बाहिरबाट हेर्दा संसार एउटा स्वर्ण युगबाट अगाडि बढिरहेको जस्तो देखिन्छ। ...रेसनालिष्ट दर्शन' का अनुयायीहरूले भन्ने गरेका छन्- ...आँखाले देखेको संसारको सत्य, सत्यको संसार होइन।' वर्तमान विश्व राजनीतिलाई यस भनाईले प्रतिनिधित्व गर्छ। वास्तवमा अहिले विश्व राजनीति भूमण्डलको बाहिर देखिएजस्तो छैन। यसका भित्री चरित्र अत्यन्त क्रूर छन् र स-साना देश, अर्धविकसित समाज र गरिबहरूका लागि आजको विश्व एक अभिशापका रूपमा खडा भएको छ। डरलाग्दो भिडन्त, शोषण र यातनाका आधार निरन्तर तयार भइरहेका छन्। अहिलेको शोषण इतिहासमा सबैभन्दा क्रूर शोषणको रूपमा देखिएको छ।
सोभियत युनियनको पतनलाई पश्चिमी राज्यका शासकहरूले आफ्नो महान् विजय ठानेका थिए। उनीहरूले आफ्ना विरोधीहरू बर्लिन पर्खाल ढलेझैं ढलेको ठानेका थिए। अर्थात् उनीहरूले अब उप्रान्त आफ्नो ...आर्थिक र राजनीतिक अधिपत्य' स्थापना भएको ठानेका थिए। त्यसै क्रममा उनीहरूले आफ्नो प्रभुत्व स्थापनाका लागि सांस्कृतिक प्रभावलाई अभियानकै रूपमा अघि बढाए। उनीहरू (खासगरी थ्याचर र रेगन शैलीका शासन) ले ठानेका थिए- एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको मानसपटलमा पश्चिमी सभ्यता, भाषा र संस्कार भरिदिएपछि पश्चिमको आर्थिक र राजनीतिक प्रभुत्व मजबुत हुनेछ। यसको प्रभाव व्यापक पर्‍यो पनि। नेपाल जस्ता साना देशमा पश्चिमी सभ्यता आदर्श संस्कृति बन्यो। स्कुलका नामदेखि व्यक्ति नामसम्म पश्चिमीकरण हुन थाले र नेपाल नै यसको सबैभन्दा स्पष्ट एउटा उदाहरण हो। राष्ट्रियता, राष्ट्रिय मनोविज्ञान र राष्ट्रिय पहिचान गौरवको विषय हो भन्ने धेरैका लागि नक्कली कुरा बन्न थाल्यो, र खासगरी तेस्रो विश्वका जनता पश्चिमी, ग्रीनकार्ड, पिआरआई, र डिभीका योजनामा अन्धा भएर लागिपरे। यसलाई सजिलो नाम दिइयो- भूमण्डलीकरण।
तर सन् १९९० कै दशकबाट आर्थिक विकासमा एसियाले अभूतपूर्व प्रगति गर्‍यो। डरलाग्दो मन्दीलाई सकुशल पार गर्दै यो अगाडि बढ्यो र आजका दिनसम्म आइपुग्दा ...एसियाले अबको भविष्य' एसियाकै हो भन्ने देखाइसकेको छ। विश्वको दोस्रो, तेस्रो र छैटौं अर्थतन्त्र एसियामा छन्। चीन र भारतको आर्थिक उदयमात्रै होइन, सैनिक शक्तिका झण्डा पनि उदाए। कोरिया, भियतनाम, मलेसिया, सिंंंगापुर र इन्डोनेसियाले एउटा गतिलो अर्थतन्त्रको प्रतिनिधित्व गर्छन् भने गल्फ अर्को केन्द्रका रूपमा खडा भएको छ। अर्थात् एसियाको ठूलो खण्ड आज विकसित र उदीयमान अर्थतन्त्रको प्रतिनिधि भएको छ। यसले सन् १९९० पछाडि कथित शीतयुद्ध समाप्त भएको कुरालाई त्यस्तै अर्थमा बुझ्न इन्कार गर्छ।
अर्कातिर पश्चिम डरलाग्दो मन्दीबाट भर्खरै उत्रिए पनि ग्रीस, पोर्चुगल जस्ता देश अर्थतन्त्रको विगठनको कगारमा खडा छन्। भर्खरैको तथ्यांकले युरोपमा २७ प्रतिशत जनता बेरोजगारको शिकार बनेको तथ्य अगाडि ल्याएको छ। तर एसिया अर्थतन्त्रमा मात्रै होइन, सैन्य शक्तिका रूपमा उदाएको छ र विज्ञान र प्रविधिको केन्द्र पनि बनिरहेको छ। भारत र चीनको मात्रै जोड्दा करिब पचास लाख सेना, हजारौं क्षेप्यास्त्र र करोडौं हातहतियारको धनी एसिया बनेको छ र विश्व राजनीतिलाई प्रभावित पार्न यो सफल छ। पश्चिमका लागि मनोवैज्ञानिक चूनौती बनेको छ।
के पश्चिम यसबाट खुशी होला? के पश्चिम यसबाट नडराएको होला? के पश्चिम यसबाट प्रभावित नभइरहेको होला? के भूमण्डलीकरणले यस नयाँ परिवेशलाई पूर्णरूपमा पचाएको छ? उत्तरहरू सबै नकारात्मक अभिव्यक्तिमा आउँछन् र यसबाट सबैभन्दा ठूलो असर नेपाल जस्ता साना देशले भोग्नेछन्। कल्पना गरौं, ...भारत र चीन' को एकताले वा उनीहरूले विश्वमा ल्याउने प्रभावले नेपालमा के असर पर्ला? यदि नेपालले आफ्नो कूटनीति, विकास, राष्ट्रिय सुरक्षा र राजनीतिलाई बुद्धि र विवेकका आधारमा व्यवस्थापन गर्न सकेन भने नेपाली जनताले अत्यन्त दुःखका जीवन भोग्नुपर्नेछ।
असहज प्रतिस्पर्धा
भारत र चीनसँग पश्चिमको व्यापार अधिक छ। भारत र चीनको बजार आज युरोप र अमेरिका हुन्। अमेरिकी अर्थतन्त्र चीन, भारत र गल्फको निक्षेपमा सास फेरिरहेको छ। त्यसैले अहिले शक्ति सन्तुलनका लागि चीन र भारतलाई अमेरिका र अमेरिकालाई चीन र भारतको आवश्यक्ता छ। तर यो शक्ति सन्तुलन सधैँ भूमण्डलीकृत व्यापार र अर्थतन्त्रले मात्रै धान्न सक्तैन। एसिया प्राकृतिक स्रोतको धनी छ। हिजो उपनिवेशवाद यसै कारण भोग्यो यसले। पश्चिमी देशहरू यस प्राकृतिक स्रोतको प्रयोग गर्न अहिले पनि चाहन्छन्। त्यसैले अबको प्रतिस्पर्धा सजिलो र सहज हुनेवाला छैन। अरबको तेल जति अमेरिकालाई चाहिएको छ, त्यति नै भारत र चीनलाई पनि चाहिएको छ। त्यसै कारण चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। इरानको विवादमा चीनको अडानबाट नै चीन गल्फमा अमेरिकी उपस्थितिप्रति सचेत र शंकित देखिन्छ।
यिनै प्रतिस्पर्धाले पश्चिमी देशलाई भारत र चीनमाथि शंकित आँखाले हेर्नुपर्ने बाध्यता छ भने भारत र चीनले आफूमाथिका शंकाको प्रतिवाद त गर्छन् नै। नेपालीहरूले विगतमा ठाने- अबको प्रतिस्पर्धा भारत र चीनको बीचमा हुनेछ, त्यसैले पश्चिमी मुलुक नेपालका तटस्थ मित्र हुन्, जोसँग भौगोलिक विवाद हुँदैनन्। त्यसै कारण सन् १९९० पछि पश्चिमी देशका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सभ्यता र धर्मबाट भरियो नेपाल। हिजो अपवादमा रहेको ...क्रिस्टिनियटी' आज जताततै देखिन्छ। सरकारका मन्त्रीहरू टिभीमार्फत् नै यसको प्रचारमा उभिन थालेका छन्। अर्थात् हाम्रो समाजको ठूलो अंश आज पश्चिमी धर्मको वकालत गर्छ। ...क्रिस्टिनियटी' पश्चिमी देशको नेपालमा उपस्थितिको एउटा सहजता पनि हो। तर नेपालमा पश्चिमी देशहरूको घनिभूत उपस्थितिको के स्वार्थ छ? नेपालप्रति छैन तर नेपालमा छ। किनकि नेपालबाट चीन र भारतलाई हेर्न जुन सहज हुन्छ, त्यो चीन र भारतबाट हुँदैन। त्यसैले पश्चिमी संसार नेपालमा निर्वाध उपस्थिति चाहन्छ किनकि ...पश्चिमीकृत नेपाल' उसका लागि अनुकूल हुन्छ।
यसै कारणले हो संविधान निर्माणमा सबैभन्दा बढी पश्चिमी देश र त्यहाँका गैरसरकारी संस्था सक्रिय रहे। करिव दश अरब रूपियाँ संविधान निर्माणमा उनीहरूले खर्च गरे। उनीहरूले कसैले मधेसीलाई, कसैले महिलालाई, कसैले जनजातिलाई, कसैले दलितलाई, कसैले तेस्रो लिङ्गीलाई आर्थिक सहयोगका लाभ प्राप्तकर्ता बनाए। राजनीतिक दलहरूका कार्यकर्ता यसै सहयेाग रकमका लागि ...ककस' मा विभाजित भए। समूहहरू बलिया भए तर पार्टीहरू कमजोर। लोकतन्त्रमा पार्टीहरू कमजोर भए पनि राजनीति अनुशासनहीन, अराजक र विशृंखलित हुन्छ। सरकार कमजोर हुन्छ र सुशासन समाप्त हुन्छ। किन संविधानप्रति उनीहरू यति धेरै उत्साही भएर सहयोग गरे? त्यस सहयेागले लोकतन्त्रलाई बलियो बनाएको भए त लोकतन्त्रका लागि भन्नुहुन्थ्यो तर नेपालमा लोकतन्त्र संकटमा छ। त्यसो भए त्यो दश अरबको फाइदा देशलाई के भयो त? फाइदा त केही थोरै ...कम्युनिष्ट, थोरै कांग्रेस र थोरै जनजाति सभ्रान्त, थोरै महिला सभ्रान्त र थोरै दलित सभ्रान्त' लाई मात्र भयो। जो ...दाताहरूका परामर्शदाता' भई गैरसरकारी संस्था सञ्चालन गर्ने गर्छन्। आम नेपालीले त संविधान प्राप्त गर्ने अवसर नै गुमाए।
नेपालमा संविधान निर्माणताका भएका प्रभावको विश्लेषण सुक्ष्म ढंगबाट हुन सकेको छैन। भारत र चीनले संविधान निर्माणमा ...समूहहरूलाई' रकम बाँडेको देखिएको छैन। पश्चिमको मानव अधिकारको छलफलमा तिब्बत गासिँदा चीनको नेपालमा बाक्लो औपचारिक उपस्थिति देखिएको छ। चीनको बाक्लो उपस्थितिले भारतलाई प्रभाव विस्तारमा रणनीतिक ढंगले उपस्थित हुन उक्साएको छ। उनीहरूको बीचमा प्रतिस्पर्धा छ। तर अफसोच नेपाल कारण होइन। तिब्बतप्रतिको पश्चिमी दृष्टिकोण चीनलाई तिब्बतको असुरक्षाका कारण बनेको लागिरहेको छ र ऊ त्यससँग लड्न नेपालमा भूमिका खेलिरहेको छ। चीनको यस उपस्थितिले भारतलाई आफ्नो सुरक्षाप्रति चिन्तित पारिरहेको छ। हामी संविधान नबन्नमा यी दुई शक्तिको बीचमा भएको प्रतिस्पर्धालाई कारण देखिरहेका छौं। तर पश्चिम भारत र चीनको आर्थिक र सामरिक शक्तिको रूपमा उदय भएबाट नेपालमा आफ्नो भूमिका खोजिरहेको छ। नेपालमा राजनीतिक संकटको कारण त यस विन्दुमा छ।
...राजनीतिक शक्ति' नै राजनीतिको लक्ष्य र राजनीति सत्ता प्राप्त गरी राज्यको राजकीय शान शौकात प्राप्त गर्नु नै जीवनको सफलता ठान्ने वर्तमान प्रधानमन्त्री र उनका समकक्षी तथा प्रतिपक्षी मित्रहरूलाई ...नेपाल शक्तिहरूको प्रतिस्पर्धा' मा कता धकेलिँदैछ भन्ने केही पत्तो नै छैन। उहाँहरूलाई सत्ता प्यारो छ र त्यो मानव मर्यादा र सुरक्षान्मुख विकास विरोधी राजनीतिक शक्तिप्रतिकै प्रेम हो भने सत्ता प्राप्ति नै नेपालको अग्रगमनको आधार हो भन्ने प्रतिपक्षी सोच पनि राजनीतिक शक्ति प्राप्तिकै कुण्ठा हो। यस बारे छलफल हुन नसक्नु पनि विडम्बना नै हो।
देशले जटिलताबाट बाहिर आई आफूलाई भित्रभित्रै विकसित अन्तर्राष्ट्रिय राजनीतिमा सुरक्षित ढंगबाट खडा गर्नुपर्ने आवश्यकता हो आजको। तर राजनीतिक शक्तिको प्राप्तिलाई अविष्ट ठान्ने दलहरू देशलाई झन् झन् जलिटतातर्फ तानिरहेका छन्। कथित बौद्धिकहरू गहिरो निद्रामा सुतेका छन्। यस जटिल अन्तर्राष्ट्रिय राजनीतिक खेलमा निकासको एउटामात्र बाटो छ। त्यो हो- राजनीतिक दलहरूले ताजा जनादेशका लागि जनतासमक्ष जानु र सरकारको व्यवस्थापन तटस्थ व्यक्तिलाई छोडिदिनु। राजनीतिक दलहरूले अब विकासका एजेण्डा बोकेर जनतासमक्ष जानुपर्छ। देशको निर्वाचन गराउने दायित्व कुनै भूतपूर्व प्रधान न्यायाधीशलाई दिए हुन्छ। त्यस्तो सरकारले धारा १५८ अनुसार राष्ट्रपतिलाई बाधा फुकाउने आदेश जारी गर्न सिफारिस गर्नुपर्छ र अध्यादेशबाट निर्वाचन ऐनहरू जारी गर्नुपर्छ। निर्वाचन संविधान सभा वा संसद जेसुकै भने पनि फरक पर्दैन। तर यस्तो निर्वाचित निकायले संविधान बनाउने अधिकार एक महिनाभन्दा बढी प्राप्त गर्न सक्तैन।
राज्य पुनर्संरचनाका लागि सबै विषयका विशेषज्ञ रहेको आयोग बन्नुपर्छ र त्यसमा दलीय प्रतिनिधित्व हुन सक्तैन। त्यस आयोगको सिफारिस संसदमा छलफलका लागि पेश हुन्छ विधेयकका रूपमा। र, दुई तिहाई मतबाट पारित भएको ...ढाँचा' नै नेपालको प्रान्तीय व्यवस्था हुनेछ। त्यस संसदले जे नाम र जुन ढाँचामा संरचना पारित गर्छ, त्यसलाई सबैले स्वीकार्नुपर्छ। एकल जाति, बहुल जातीय वा भौगोलिक जस्तो रूपमा दुई तिहाई मतले ढाँचा पारित हुन्छ, त्यो नै नेपालको राज्य स्वरूप हुनेछ। त्यसैले प्रचारका लागि विचारहरू लिएर निर्वाचनमा जानुहोस् र जनताको मत लिनुहोस्। जसले जातको नारा लगाएका छन्, जसले क्षेत्रीयताको नारा लगाएका छन्, जसले सत्ताका लागि छलछाम गरेका छन्, जसले अकूत सम्पत्ति कमाएका छन्, जसले जनताको हितमा बोलेका छैनन्, जसले राजनीतिका नाममा विदेशी भक्ति गरेका छन्, उनीहरूलाई जनताले चिन्नेछन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस