अब सबै दशैंपछि
२७ असोज २०६९
•
११ मिनेट पाठ
अब सबै दशैंपछि
दशैं आगमनसँगै काठमाडौंको राजनीतिक ब्यूह शिथिल भएको छ। दशैं शिथिलताको उत्सव हो, टन्न मासु-भात खाएर मनाइने उत्सव। यो उत्सवको मञ्चन असोजमा नै किन हुन्छ? संस्कृतिविद्हरुले यसको व्याख्या गरेका छैनन्। सम्भवत् खेतीपाती लगाइसकेपछि थाकेका मानिसको थकान दशैंमा नै मेटिन्छ। अचेल रमाउनका लागि दशैं नै आउनुपर्छ भन्ने छैन। तर सरकारी तहमा पाइने दशैंको छुट्टी विभिन्न पेशामा लागेका मानिसका लागि अतिरिक्त फाइदा हो।




राजनीतिमा पनि अब जे हुनु छ, दशैं-तिहारपछि नै हुनेछ। तिहारमा द्युत क्रिडाको परम्परा छ नेपालमा। राजनीतिको जुवामा अहिलेसम्म आपसको प्रतिद्वन्द्वितामा पराजित भएका दलका नेताहरु तिहार सकिनेबित्तिकै एकपटक फेरि खालको वरिपरि जम्मा हुुनेछन्। अबको खेल अन्तिम चक्रको हुनसक्ने सम्भावना पनि छ। किनभने, दलहरु नया" चुनावका लागि सहमतिमा पुगिसकेका छन। तर चुनावको टुंगो लागेको छैन। चुनावको पासा पल्टिएर पुनर्स्थापनाको दाउ पनि लाग्न सक्छ। चुनाव जितेर वा छानिएर संविधान निर्माता बनेका अधिकांश सभासदको जिब्रोमा सत्ताको स्वाद बसिसकेको छ।
अवसानमा परेको संविधान सभाका आधाभन्दा बढी सभासदले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभा भवनबाट आफ्नो वैधानिकता पुनर्स्थापित हुनुपर्ने अभियान सुरु गरेका छन्। यसैको समानान्तरमा नेपाली कांग्रेसका पुराना नेता देवेन्द्र नेपाली २०४७ सालको संविधानकै पुनर्स्थापनाका लागि जिल्ला जिल्लामा आफ्नो अभियान सञ्चालन गर्दैछन्। यी दुवै घटनाबीच कुनै समन्वय छैन र पनि संयोग विचित्रकै छ। २०४७ सालपछि देवेन्द्र नेपाली सत्ताको कुनै पनि वृत्तमा देखिएका थिएनन्। तैपनि, नेपाली कांग्रेस, एमालेका समर्थक र केही कानुन व्यवसायीद्वारा 'विश्वकै उत्कृष्ट संविधान' को संज्ञा दिइएको दस्तावेजको पुनः सक्रियताको माग गर्दैछन्। पृष्ठभूमिमा केही प्रश्न पक्कै छन्। त्यो संविधान विश्वकै सर्वोत्कृष्ट नै थियो भने देशमा हिंसात्मक आन्दोलन किन प्रारम्भ भयो? सर्वोत्कृष्ट संविधानले देशका निमुखा मानिसको आवाज किन सुन्न सकेन? संविधान सर्वोत्कृष्ट थियो भने त्यही समयमा सबभन्दा बढी भ्रष्टाचार किन भयो? सर्वोत्कृष्ट संविधानले देशमा ठूला दुर्घटनालाई रोक्न किन सकेन? किन कुनै पनि राजनीतिक दलले त्यो सर्वोत्कृष्ट संविधानको मर्यादा कायम राख्न सकेनन्? यी प्रश्न अब इतिहासको जिम्मामा छन्। इतिहासले नै यसका उत्तर पहिल्याउनेछ।
ताŒिवकरुपमा संविधान सभाको सदस्यता पुनर्स्थापनाको माग गर्नेहरुको पनि र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्ने देवेन्द्र नेपालीको पनि भावनात्मक उद्देश्य एउटै छ- जनताले दोस्रो जनआन्दोलनमार्फत् स्थापित गर्न चाहेका नवीनतम् मान्यताको अवसान। तर दुवैको ध्येय भने फरक देखिन्छ। २०४७ को संविधानको पुनर्स्थापनाले देवेन्द्र नेपालीको राजनीतिक हैसियतमा खासै प्रभाव नपार्ला। तर, संविधान सभाको पुनर्स्थापनाले ती सयौं सभासदको राजनीतिक र आर्थिक हैसियत एकपटक फेरि हलक्क बढ्नेछ। उनीहरु सामान्य नेपाली जनताबाट शासक र विधि निर्माता बन्नेछन्।
दलहरु नया" चुनावका लागि सहमत भए पनि पुनर्स्थापनाको घिडघिडो बा"की नै छ। दोस्रो जनआन्दोलनका लागि गिरिजाप्रसाद कोइरालाको पहलमा भएको संसद पुनर्स्थापनालाई नेताहरु चुनावबाट छड्किने दाउका रुपमा लिन खोजिरहेका छन्। लाग्छ- नेपाली नेताको कल्पनाशीलता र साहस चुकिसकेको छ। प्रयोगमा आइसकेका सूत्रहरुको पुनः प्रयोगद्वारा राजनीतिक परिस्थिति सम्हाल्न सकिन्छ कि भन्ने मानसिकतामा बा"चेका देखिन्छन् नेता। सात वर्ष लामो अनुपलब्धि र असफलताले थकाएको छ नेताहरुलाई। उनीहरुको आत्मा कमजोर भएको छ। अहिलेसम्म आफूले पाएको सामाजिक सम्मानलाई बा"चुन्जेल कसरी कायम राख्ने भन्ने एकमात्र चिन्तामा रुमल्लिएका छन् नेताहरु। आफ्नै सुरक्षाको किल्ला मजबुत तुल्याउने धूनमा देशलाई अस्थिरता र अशान्तिको अप्ठेरो ज"घारमा हेलिदिएका छन् उनीहरुले।
चुनावमा जनताले पक्कै जिताउलान् भन्ने आत्मविश्वास कुनै दलमा पनि देखिँदैन। पछिल्लो चुनावमा सबैभन्दा ठूलो दलका रुपमा स्थापित माओवादी होस् वा चुनावलाई लोकतन्त्रको मुटु-कलेजो मान्ने कांग्रेस होस्- परिवर्तनका दुई ठूला संवाहक मानिएका पार्टीहरुले पुनर्स्थापनाको लोभ छाडेका छैनन्। आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारले गरेको चुनाव घोषणालाई पार्टीका प्रवक्ताले सन्देहमा राखेका छन्। माओवादी चुनाव र पुनर्स्थापना दुवैको पक्षमा छ। अर्थात, माछो माछो - सर्प र माछो माछो भ्यागुतो। उसका लागि जेसुकै पनि ग्राह्य छ। सर्प र भ्यागुतोको यो खेलमा कांग्रेस पनि बराबरीको साझेदार छ। यी दुवै पार्टीका नेतालाई यो आत्मज्ञान छ- अहिले देशमा विद्यमान दर्जनौं पार्टीले चुनावलाई अन्तिम विकल्पका रुपमा सकारे पनि माओवादी र कांग्रेस तयार नभएसम्म चुनाव हुनै सक्दैन। नया" चुनावका लागि भारतीयले सल्लाह दिउन् कि युरोपेलीहरु चिच्याउन् कि अमेरिकीहरु कराउन्, यसले पार्टीहरुको रणनीतिमा खासै फरक पार्दैन। चुनावमा नगई समस्याको समाधान खोज्न सकिँदैन- माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेसका सभापति सुशील दुवैको भ्रान्ति सावित हुन सक्छ यो कुरा। किनभने राजनीतिको पानीमा नेताहरु घा"टीसम्म डुबिसकेका छन्। अहिलेकै स्थितिमा यी दुई दलबीच र यी दुई दल र अन्य दलबीच मेलमिलाप र सहमति सम्भव देखिँदैन। दलहरु आफैंमा लोकतन्त्र होइनन् भन्ने सत्यको व्याख्या गर्न नेपालका राजनीतिशास्त्रीहरु हिच्किचाएका छन्। लोकतन्त्रविना दलहरु पक्कै पनि पानीबाहिरका माछा हुन भने लोकतन्त्र दलहरुलाई जनताका विचार र आवश्यकताका संवाहक बनाएर मात्रै चल्नसक्ने पद्धति हो। अहिले नेपालमा दलहरु नै लोकतन्त्र बनेका छन्। लोकतन्त्रले सबै विचारको कदर गर्छ भन्ने विश्वव्यापी मान्यता पनि यहा" आएर उल्टिएको छ।
दोस्रो जन-आन्दोलन राज्यको केन्द्रीकृत स्वरुपविरुद्ध लक्षित थियो। आन्दोलनले जनतामा राज्य शक्तिको अवतरण गराएकोे थियो। अहिले त्यो उपलब्धिलाई मिथ्या सावित गर्न आन्दोलनका संवाहक ठूला-साना सबै दल आफैं सक्रिय छन्। आदिवासी, जनजाति, सीमान्तकृत, दलितको विशेषणमा विभाजित नेपाली जनताका हितमा राज्य पद्धतिमा आमूल परिवर्तनको एजेण्डा शिथिल भइसकेको छ। ठूला दलको ब्यूहमा परेर यी विशेषण आफैंमा प्रभावहीन भइसकेका छन। दलहरु राज्य शक्तिमाथि जनताको स्वामित्व स्थापित गर्नमा होइन, राज्य शक्तिलाई आफंैमा केन्द्रित गर्न प्रवृत्त छन्। युगोस्लाभियाका उपराष्ट्रपति मिलोवन जिलासको अनुभवमा जस्तै नेपालमा पनि शासकहरुको एउटा नया" वर्ग स्थापित हुने क्रममा छ। यो चक्र पूरा नभएसम्म नेपाल एउटा देशका रुपमा होइन, फरकफरक दलको पहिचान र परिचय बनेर साना ठूला इकाईका रुपमा बा"च्ने लगभग निश्चित भएको छ। देशका रुपमा नेपाली भूखण्ड राजनीतिक दलका स्वार्थको प्रतिशतका आधारमा विभाजित हुने भय बढ्दै गएको छ। दलहरु जनतामाथि आफ्नै वर्चस्व स्थापनाका लागि सिंगौरी खेलिरहेका बेला लोकतन्त्रको मर्यादा र वर्चस्व नै चुनौतीमा पर्छ भने यो कुनै आश्चर्यको कुरो पक्कै होइन।
अर्को समाचार
दशैंपछि पहिलो पटक घट्यो नेप्से
०४ कार्तिक २०८१
•
१ मिनेट पाठ
दशैंपछि पहिलो पटक घट्यो नेप्से
दशैपछि पहिलो पटक नेप्से परिसूचक घटेर बन्द भएको छ। दशैंपछि पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से आइतबार भने घटेर बन्द भएको हो।




आइतबार नेप्से परिसूचक ४७.४४ अंक घटेर २६९७.९१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.९१ अंक घटेको छ भने फ्लो इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेको छ।

नेप्से घटेपनि आइतबार कारोबार भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ। 

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस