अजित तिवारी, विराटनगर, असोज १९- प्रधानमन्त्री माधवकुमार नेपालले दशैँअघि नयाँ सरकार नआउने बताएका छन्। ‘दशैंअघि नयाँ सरकार सम्भव छैन, दशैं बिदामा पार्टीहरुबीच घनिभूत छलफल भए दशैंपछि सरकार आउने आशा र अपेक्षा छ'-प्रधानमन्त्री नेपालले ठट्टा गर्दै भने,‘तर दशैंपछि सरकार आउँछ नै भनेर नलेख्नुहोला।'
आफूले राजीनामा दिएको ९९ औँ दिनमा भोलि बुधबार हुन लागेको निर्वाचनले पनि प्रधानमन्त्री नचुनिने कामचलाउ प्रधानमन्त्री नेपालले बताए।
उनले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनको विशेष टोलीलाई शान्ति प्रकृया सन्तोषजनकरुपमा अघि बढिरहेको सन्देश दिने बताएका छन्। मुनका विशेष टोली बुधवार नेपाल आउँदैछ।
‘मुनको विशेष टोली भोलि आउँदैछ, शान्ति प्रकृया सन्तोषजनक अगाडी बढेको सन्देश दिनुपर्छ'-एमालेनिकट प्रेस चौतारी मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेपालले भने,‘माओवादीका साथीहरुलाई पनि सकारात्मक सन्देश दिन आग्रह गरेका छौ।' शान्ति प्रकृया, संविधान लेखन र सरकार निर्माणको साँचो फरक-फरक दलको हातमा रहेकाले ती प्रकृयाहरु टुंग्याउन समय लागिरहेको उनको भनाई छ।
‘तपाईहरुलाई थाह नै छ, ताल्चाको साँचो जसको हातमा छ, उसले खेल्ने हो'-प्रधानमन्त्री नेपालले भने,‘शान्ति प्रकृयाको साँचो एउटाको हातमा छ, संविधानको साँचो अर्कैकै हातमा, सरकार गठनको साँचो तेश्रोको हातमा छ, यसले समस्या जटिल बनेको हो।' उनले शान्ति प्रकृयालाई छिट्टै टुंग्याउन विशेष समिति अन्तर्गत गठन भएको कार्यदलको मंगलवार प्रतिवेदन बुझाउने समय रहेको बताए।
‘समायोजन हुने लडाकुको संख्या र मापदण्डका वारेमा कार्यदलले आज प्रतिवेदन बुझाउने अन्तिम दिन हो'-प्रधानमन्त्री नेपालले भने,‘शान्ति मन्त्रालयसंग पनि समायोजनको सिंगो प्याकेज मागिएको छ।' प्रधानमन्त्री नेपालले आफ्नो ध्यान पुरै शान्ति प्रकृयामा केन्द्रित रहेको बताए। उनले भने,‘लडाकुको शिविरको समाप्ति र समुचित व्यवस्थापनमा मेरो प्रयास जारी छ, केही पाइला अगाडि बढेको छ।'