संगठित अपराधविरुद्धको कदम
२४ असोज २०६९
•
११ मिनेट पाठ
संगठित अपराधविरुद्धको कदम
प्रहरी नेतृत्व परिवर्तनलगत्तै संगठित अपराधका घटनामा ठूलो धनराशिको सामग्री र रकम बरामद हुनु संयोगमात्र नहोला। साहस र दरिलो योजनाविना असम्भव कारबाहीले संगठित अपराधविरुद्ध प्रहरी आक्रामक भएको संकेत मिल्छ। यो धेरै पहिले जरुरी थियो।
देशकै बदनामी गराइरहेको संगठित अपराधको रगरगी र चकचकीले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ। राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पार्ने क्षमता विकास गरेर अराजकतालाई बढावा दिइरहेका छन्। अहिलेको कारबाहीले निरन्तरता पाएमा फैलँदै गएको संगठित अपराधलाई निष्कृय पार्न योगदान पुग्नेछ। तर, प्रहरी प्रशासनको इमानदारिता र साहसमा शंका भने हटेको छैन। अपराधीको संरक्षणमा प्रहरी नै सक्रिय हुने घटनाले पनि प्रहरीप्रतिको शंका बढाएको हो। १ करोड २३ लाख ४० हजार रूपियाँ बराबरको विदेशी मुद्रा तस्करी प्रयासमा प्रहरी मुछिएबाट संगठित अपराधमा प्रहरी मिलेमतो रहेको आरोपलाई बल मिलेको छ। 
अर्कोतर्फ सानालाई ऐन र ठूलालाई चैनको शैलीमा कारबाही केन्द्रित छन्। हिरासत र जेलमा रहेकाहरूको हैसियत हेर्दा पनि राज्यको अपराधीविरुद्धको विभेदकारी कारबाही छुट्टिन्छ। प्रहरीले संगठित अपराधका नाइकेलाई पक्रन सकेको छैन। उदाहरणका लागि अरबौंको रक्तचन्दन नेपाली भूमिबाट तस्करी हुँदा भरिया तहका व्यक्तिमात्रै समातिए। लागुऔषध कारोबारमा समातिनेहरू पनि भरिया स्तरकै हुन्। सामान्य नागरिकलाई मोहरा बनाई तिनकै नाममा फर्म दर्ता गरेर अरबौं रकम विदेश पठाउने गिरोहका मुख्य नाइकेलाई पक्राऊ त के पहिचानसमेत गर्न सकेको छैन। यस्तो संगठित अपराधको गिरोहलाई क्षतविक्षत् पार्नुपर्ने जिम्मेवारी बोकेको प्रहरी कमजोर हुनुमा प्रविधिमाथिको कम पहुँचलाई दोष दिने गरिन्छ। तर, अब प्रविधिमा भएको कम पहुँचलाई दोष दिएरमात्रै पन्छिन सक्ने स्थिति छैन। प्रहरीको खराब आचरण, पथभ्रष्ट र अनावश्यक राजनीतिक हस्तक्षेप पनि उत्तिकै जिम्मेवार छ। कमाई हुने स्थानमा सरुवाको अस्वस्थ प्रतिष्पर्धाले पनि प्रहरीलाई संगठित अपराधसँग सम्बन्ध राख्ने वातावरण बनाइदिएको छ। कतिपय अवस्थामा आपराधिक गिरोहले नै प्रहरी सरुवामा भूमिका खेल्छन्। त्यस्ता गिरोहले सरुवा गरिदिएको प्रहरी आफनो संगठनप्रति नभई अपराधीप्रति नै बफादार बन्न पुग्छन्। त्यस्तो प्रहरीले अरूलाई झुक्याउन पनि थोरै क्षति पुर्याईउने तर प्रत्यक्ष देखिने अपराधीलाई कारबाही गरेर धेरै क्षति पुर्याूउने तर स्पष्ट नदेखिने संगठित अपराधीलाई संरक्षण र सघाऊ पुर्यााउने गर्छन्।
त्यसो त जतिसुकै आलोचना गरे पनि अपराध कम गर्न र त्यसविरुद्ध लड्ने भूमिका प्रहरीकै हो। विशेषगरी संगठित अपराधविरुद्ध लड्न प्रहरीभित्रै शुद्धता खाँचो छ। आर्थिक अपराधकै अनुसन्धानमा खटिने प्रहरी स्वयं मूल्य र मान्यता बिर्सेर लोभी बन्नसक्छ। संगठित अपराधमा प्रहरी संगठनभित्रकै व्यक्ति पनि सामेल हुन्छन्। यही कारण जालो बलियो हुन्छ। यसलाई निमिट्यान्न पार्न सहज छैन। विदेशी मुद्रा तस्करीको पछिल्लो घटना संगठित अपराधकै हिस्सामात्र हो। यसको सिधा सम्बन्ध अन्य अपराधसँग हुन सक्छ । अभियुक्तले दुबईमा विदेशी मुद्रा असल नियतले लान लागेको होइन। नत्र उसले वैधानिक तरिकाले लान सक्थ्यो। यो अपराधको सम्बन्ध अन्य कुन कुन अपराधसँग छ भन्ने खोजीको विषय हो। विदेशी मुद्राकै तस्करीमा सीमित राखेर हेरियो भने संगठित अपराधका गिरोहलाई राहत मिल्छ। यो घटनाले संगठित अपराधीको सञ्जाल पहिचान गर्ने अवसर पनि प्राप्त भएको छ। देशकै बदनाम हुनेगरी विदेशी मुद्राको तस्करी, मनी लन्ड्रिङ, लागुऔषधको तस्करी, मानव तस्करी, हातहतियार तस्करीलगायत्का संगठित अपराधहरू आकाशिदा केही आशा जगाउने कदम प्रशंसनीय भए पनि कठिन चुनौती छ। संगठित अपराधमा हुने प्रहरी कारबाही पर्दाभित्रका दबाबले निश्चित सीमामा सीमित हुने गरेको छ।
मुद्रा तस्करीको प्रकृति
तस्करले यसअघि पनि विमानस्थलको बाटोबाटै रकम विदेश पुर्याीएको प्रहरी स्वयंबाट पुष्टि भइसकेको छ। यसअघि पनि तस्करहरू पक्राऊ परेका थिए। पक्राऊ नपर्ने पनि होलान्। तिनले कुन तहसम्म पहुँच बनाएर सक्रियता देखाए भन्ने अनुमानमै सीमित छ। पर्दाभित्र छायाँ जस्तो मात्र देखिने अपराधीका नाइकेको पर्दाफास शायदै होला। किनकि उनीहरू निकै सुरक्षित र सतर्क अवस्थामा छन्। तिनलाई देख्नेहरूले समेत कारबाहीको साहस जुटाउन सक्दैनन् या त जुटाए पनि प्रमाण पुर्यालउन सक्दैनन्। तर, उनीहरूको जालो जेलदेखि प्रहरी थाना, राजनीतिक दलदेखि प्रशासनसम्म फैलिएको छ।
वैदेशिक मुद्रा तस्करीमा हवाई या स्थल दुवै मार्ग प्रयोग हुने गरेको छ। स्थल मार्ग हुँदै करोडौं रुपियाँ बराबरको डलर चीनतर्फ तस्कर भएका घटना पछिल्लो समय सार्वजनिक भएका थिए। जसमा प्रहरी प्रशासनको मिलेमतोको प्रसंग आएको थियो। विमानस्थल प्रहरीका अनुसार ०६५/६६ मा एक लाख ४० हजार भारतीय रूपियाँ र ३४ हजार ९ सय अमेरिकी डलर तस्करी भएको घटना दर्ता छ। ०६६/६७ मा पनि ५० हजार भारतीय रूपियाँ र ४४ हजार ९ सय २० अमेरिकी डलर तस्करीको घटना दर्ता छ। सोही वर्ष पाँच हजार युआन तस्करी भएको घटना पनि दर्ता छ।
बरामद मुद्रा एकै घटनामा नभई विभिन्न समयका घटनाको कुल बरामद हो। पछिल्लोपटक एकैपटक झण्डै सवा करोड नेपाली रुपियाँ बराबरको रकम बरामद हुनुले तस्करहरूको दायरा विस्तार हुँदै गएको देखिन्छ। तस्करीमा प्रायः विदेशीको संलग्नता छ। प्रहरी तथ्यांकअनुसार हवाईमार्गबाट भएका विदेशी मुद्रा तस्करीमा अधिकांश विदेशी पक्राऊ परेका छन् जसमा केही नेपालीका साथै भारतीय, इजेप्टेली, क्यानडियनदेखि अफ्रिकी देश मोजाम्बिकका नागरिकसमेत छन्। तस्करहरू भारत, दोहा, बहराइन, ल्हासालगायत्का शहरतर्फ जाँदै गर्दा समातिएका छन्।
समाजमा असर
विदेशी मुद्राको तस्करी संगठित आर्थिक अपराधसँग सम्बन्ध छ। तथापि यसले राजनीतिक र आर्थिक क्षेत्रमा असर पुर्यारइरहेको हुन्छ। राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका उच्च ओहदामा पुगेकाहरू यस्तो अपराधमा संलग्न हुन्छन्। तिनको आड भरोसाविना अपराधीले काम गर्न सक्दैन। सिधा हेर्दा विदेशी मुद्रा तस्करी मात्र देखिए पनि यसको सम्बन्ध अन्य अपराधसँग पनि रहेको अनुमान गर्न सकिन्छ। जस्तो सवा करोड रुपियाँ बराबरको विभिन्न देशको मुद्रा दुबई लानुभित्र अन्य सामग्री तस्करी गर्न खोजिएको पनि हुनसक्छ। देशभित्र मौलाएको सुन तस्करीको उद्देश्यले मुद्रा तस्करी हुन लागेको शंका एकथरीको छ। चीनतिर भएका डलर र युआन तस्करी पनि सुन तस्करीसँग विशेष सम्बन्ध राख्छ।
अनुमान गरिएजस्तो सुन तस्करीमात्र नभई व्यापारीहरू अवैधरुपमा धनराशि विदेश पठाइरहेका त छैनन्? सोभियत संघ विघटनपछिको संक्रमणकालमा रुसी व्यापारीले अवैधरुपमा धनराशि पश्चिम युरोपतर्फ पुर्यासएका थिए। उनीहरूले झुटा कम्पनी खोलेर बैंकिङ मार्गमार्फत् समेत धनराशि विदेशतिर लगेका थिए। संक्रमणकाल लम्बिदै जाँदा नेपालमा समेत त्यस्तो तरिका अपनाइएको त होइन भन्ने शंका पनि उत्तिकै छ। संगठित अपराधले नेपाली समाजलाई आर्थिक, सामाजिक र नैतिकरुपमा संकटतर्फ धकेल्दै लगेको छ। सामाजिक र नैतिक मूल्यमा पहिरो गइसकेको छ। आपराधिक समूह वृद्धि भइरहेका छन्। तिनीहरूबीचको प्रतिष्पर्धाले गम्भीर अपराधको घटनाका सम्भावना पनि बढाएको छ। त्यसैले पनि उस्तो स्थितिमा त्यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनको सक्रियता जरूरी छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस