नयाँ विचारधाराको आवश्यकता
२४ असोज २०६९
•
१५ मिनेट पाठ
नयाँ विचारधाराको आवश्यकता
हरेक राष्ट्र एउटा निरन्तर निश्चित प्रक्रियाबद्ध ढंगबाट इतिहास निर्माण गर्दै अगाडि बढिरहेको हुन्छ। धेरै मानिसले सोचेभन्दा फरक त्यो इतिहास निर्माणमा कुनै व्यक्तिको होइन, घटनाहरूको नै प्रधानता हुन्छ।
अर्थात् त्यस राष्ट्रका आम नागरिकको थोक वा समुल चेतना नै इतिहास निर्माणको प्रधान तत्व हुन्छ। एउटा राष्ट्रको उन्नति वा विनासमा कुनै खास व्यक्तिको भूमिका भन्दा आम नागरिकको भूमिका नै निर्णायक कारक तत्व हुन्छ। युरोपमा नेपोलियन र हिटलर, भारतमा गान्धी र चीनमा माओलाई इतिहासका कारक तत्वका रूपमा प्रस्तुत गर्ने गरिन्छ। त्यसैगरी रसियामा लेनिन र अमेरिकामा अब्राहम लिंकनलाई। व्यक्तिको विवरण वा कथा वा समाजको सतहमा देखिएका छिटपुट घटनाको कथा लेख्ने इतिहासकारका वृतान्त पढ्दा त्यस्तो लाग्नु स्वाभाविकै पनि हो। तर इतिहासलाई विज्ञानको रूपमा ग्रहण गर्नेहरूले व्यक्तिलाई होइन, समाजभित्रका अन्तर्वस्तु र अन्तर्द्वन्द्वको भूमिकामा राष्ट्रको उदय र पतनका कारण देख्छन्। र, वास्तविकता पनि त्यही हो। 
कतिपय इतिहासकारले नेपोलियन र हिटलरलाई इतिहासका निर्माताका रूपमा प्रस्तुत गरेका छन्। त्यसैगरी गान्धीलाई स्वतन्त्र भारतका इतिहास निर्माता मानेका छन्। तर यथार्थता के हो भने यी सबै पात्र इतिहासका निर्माता भने होइनन्। एउटा व्यक्ति वा व्यक्तिको समूहले समयलाई कहिलेकाही प्रभावित पारेजस्तो देखिन्छ। तर प्रत्येक समाजको विकास र विनाशका रूपमा देखिएका घटना त्यस समाजका सदस्यको अन्तरचेतना र ती चेतनाको सामाजिक यथार्थतासँगको संघर्षबाट जन्मिएका हुन्छन्। राष्ट्रका नेताहरूले त्यही समाजको अन्तरचेतनाको प्रतिनिधित्वमात्र गर्छन्। सामाजिक विज्ञानको यस यथार्थताको आँखाबाट नेपालको वर्तमान अवस्था हेर्ने हो भने संविधान निर्माणमा भएको असफलता र नेपाली समाजले भोगिरहेको वर्तमान अराजकताका कारण 'राजनीतिक दलका' नेताहरूले सहमति गर्न नसक्नु होइन। असहमतिको यो अवस्था त बाहिरी वा प्रकट 'परिणाम' मात्र हो। यसका कारण खोज्न नेपाली समाजको यस अवस्थाको निर्माणमा सक्रिय भित्री घटना वा तिनीहरूलाई प्रभावित पार्ने कारण र संयोगहरू पहिचान गर्नुपर्छ। यसै कुरामा नेपाली समाजको बौद्धिक जमात पूर्णत असफल भएको छ। नेपाली बौद्धिक समाज अल्छी, लम्पट र स्वार्थी देखिएको छ। इतिहासको विश्लेषण गर्दै दर्शन र बौद्धिकताद्वारा मानिसको सकारात्मक अन्तरचेतना निर्माण गर्दै, सकारात्मक सामाजिक विकासका घटनालाई सकारात्मक विकासको बाटोतर्फ प्रेरित गर्न यो असफल भएको त कुरै नगरौं, यसले आफूलाई बौद्धिक भएको पहिचान पनि दिन सकेन। र, आज राष्ट्रले संकट भोगिरहेको छ।
राज्यको 'शक्ति एवं संरचना' तथा 'मानव विकास' को आवश्यकताका बीचमा अन्तरसम्बन्ध कायम गर्नसक्ने समाज मात्र सकारात्मक विकासको बाटोतर्फ अगाडि बढ्न सक्छन् भन्ने कुरा विकसित राष्ट्रहरूको इतिहासले देखाएका छन्। जुन समाजले 'मानव मर्यादा र मानव सुरक्षा' को लक्ष्यलाई विकासको लक्ष्य बनाउन सक्दैन, त्यस समाजले 'राज्य शक्तिलाई' विकासको साधन बनाउन पनि सक्तैन। जुन समाजले मानव 'मर्यादा र सुरक्षा' लक्ष्य भएको सामाजिक र आर्थिक रूपान्तरणको ढाँचाको योजना तयार पार्न सक्तैन, त्यसले कथित विकासलाई 'राज्य शक्ति' को साधन मात्र बनाउँछ। २०४७ सालेदखि २०६९ सालसम्मको छोटो इतिहास मात्र हेर्ने हो भने पनि नेपाली समाजको चरित्र यस्तै देखिन्छ। राणाहरू 'मानव मर्यादा र सुरक्षा' लक्षित विकासलाई राज्य शक्तिको विरोधी तत्व ठान्थे। त्यसैले उनीहरू विकासका सबै सम्भावना कुल्चिएर अगाडि बढे। नेपाली समाजको अन्तरचेतना यति कमजोर थियो कि त्यसको प्रतिवाद गर्ने चेतना नै थिएन आम मानिसमा। २००७ सालपछिको युगमा बीपी कोइरालाले समाजवादका लक्ष्य घोषित गर्दै चीन र भारतमा 'नेपालको छुट्टै पहिचान' को राष्ट्रियताको जगेर्ना गर्ने प्रयास गरे। तर उनकै पार्टीभित्र सामन्तवादको यति धेरै दबदबा थियो कि त्यसले 'राज्यको शक्ति जनताको विकासका लागि' प्रयोग गर्ने बीपीको सपना कहिल्यै पूरा हुन दिएन। २० वर्षे पञ्चायती व्यवस्थाले विकासलाई निरंकुशता प्रवर्द्धन गर्ने साधनका रूपमा ग्रहण गर्योू। यसैताका नेपालमा केही संरचनात्मक विकासका महŒवपूर्ण योजना भने पूरा भए। यसैलाई उदाहरण दिँदै केही मानिस 'नेपालमा बोनाफाइड डिक्टेटर' को आश्यकता छ भन्दैछन् अहिले। यसैलाई भनिन्छ- लम्पट बौद्धिकता। किनभने निरंकुशताले विकासलाई मानव मर्यादा र सुरक्षाको पक्षपोषणको साधन कहिल्यै बनाउँदैन।
२०४७ सालपछिको राजनीतिमा पनि 'राजनीतिक सत्ता विकासको सेवक वा विकासको साधन हो' भन्ने चेत आएन। २०४७ सालपछिको उदारपन्थी राजनीतिमा त राजनीतिको ध्येय नै 'राजनीतिक सत्ता' हो भन्ने बुझियो। विकासका गतिविधिलाई केवल राजनीतिक शक्ति प्राप्त गर्ने साधन वा माध्यमका रूपमा मात्र बुझियो। भ्रष्टाचारको स्रोत यही त्रुटिपूर्ण अवधारणा नै हो। 'राजनीतिक शक्ति' लाई राजनीतिको साध्य मानी विकासलाई 'राजनीतिक शक्ति प्राप्त गर्ने दाउपेच' मान्ने राजनीतिमा सुशासनका लागि कुनै स्थान हुँदैन। यो रोग नै नेपाली समाजलाई क्षतविक्षत पार्ने प्रमुख कारण हो र वर्तमान अस्थिरता, अराजकता, संकट र भविष्यको अँध्यारोको मुख्य कारण पनि यही गलत राजनीतिक मान्यता हो। यो मान्यता नेपाली नेता, बौद्धिक, व्यावसायिक र जनताको नसामा पसेको छ।
माओवादी जनयुद्ध पनि 'राजनीतिक ताकत' को प्राप्तिलाई नै मूल ध्येय मानेर लडिएको क्रुर लडाइँ थियो। जनताको विकासका लागि गरिएको क्रान्ति थिएन भन्ने कुरा अहिले प्रष्ट भएको छ। त्यस लडाइँले मानव मर्यादा निर्माणको खाका बनाएन र मानव सुरक्षाका कार्यक्रमबारे पनि सोचेन। गरिब जनताका गास-बासका कार्यक्रम यससँग थिएन। बरु क्रान्तिको प्रसव वेदनाका नाममा त्यसले स्वास्थ्य चौकीसमेत भत्कायो र चेतनाको निर्माण गर्ने स्कुलहरू पनि बाँकी राखेन। उसले लडाकुहरूलाई सेनामा भर्ती गर्ने कुरालाई राजनीतिको एजेण्डा बनायो र त्यसैलाई क्रान्तिको सफलता ठान्यो। ३० हजार लडाकुलाई स्कुल र कलेज स्थापना गरेर डाक्टर, इन्जिनियर, वकिल, समाजशास्त्री, अर्थशास्त्री बनाउने कुरा उसले एजेण्डा बनाएन। जति अरब रकम क्यान्टोनमेन्टमा उनीहरूलाई खान, लगाउन र सेनामा समाहित हुन पर्खिंदा खर्च गर्योज, त्यति खर्च ३० हजारलाई दक्ष व्यवसायी बनाउन पर्याप्त हुन्थ्यो। उनीहरूलाई सेनामा समाहित गर्ने योजना राजनीतिक शक्तिको खोजी हो, उनीहरूलाई दक्ष व्यवसायी बनाउनु राजनीतिलाई विकासको साधन बनाउने सुशासनको योजना हुन्थ्यो। उसले सृजनाका हातहरुलाई हिंसाका हातमा परिणत गरिदियो।
२०४६ सालपछि राज्यलाई पुनर्निर्माण गर्ने प्रयोजनका लागि नयाँ संविधान निर्माण प्रक्रिया सुरु
भयो। नागरिकका हक, शासनको ढाँचा र राज्यका स्वरूप संविधानका तीनवटा महŒवपूर्ण बुँदा थिए। यी तीनवटै बुँदाको लक्ष्य 'नागरिक स्वतन्त्र मर्यादा र सुरक्षामा' आधारित विकासको खाका निर्माण गर्नु थियो। तर त्यो लक्ष्य अपहरण गरियो। यस अपहरणमा थुप्रै पात्रहरूको अपवित्र गठबन्धन थियो। पश्चिमी देशका शासकहरू 'दलित र जनजाति' को विकासमात्र आवश्यकता हो भनेर 'ककस' बनाउन थाले। भारतले 'मधेस' मात्र पिछडिएको देख्यो। चीनले तिब्बतको सुरक्षामात्र नेपालसँगको सम्बन्धको आधार देख्यो। चीनले 'शक्तिशाली' केन्द्रीय सरकारको निर्माण गर्ने संविधान बनाउन सल्लाह दियो। भारतले 'एक मधेस एक प्रदेश' को सल्लाह दियो। पश्चिमी देशहरूले सबै जनजातिलाई अलग अलग प्रान्त चाहिने सल्लाह दिए। संविधानको खाका नेपाली 'जनताको मर्यादा र सुरक्षाको आवश्यकता थियो' तर संविधान लेख्न विदेशी सक्रिय भए। 'राजनीतिक शक्ति' को निर्माण गर्ने थलो संविधान सभालाई बनाए। केही राष्ट्रपति बन्ने अभिलाषाले 'राष्ट्रपतिको शक्ति संविधानमा लेख्ने कसरतमा लागे। जो राष्ट्रपति बन्ने आशामा थिएनन्, उनीहरू संसदले निर्वाचन गरेको प्रधानमन्त्रीको संविधान लेख्न तल्लीन रहे। अरु कतिपयचाहिँ प्रान्त प्रान्तमा शक्तिको मोर्चा निर्माणमा तल्लीन रहे। उदाहरणका लागि मगरात, किराँत, महाकालीमा बस्ने सबै जनताको मानव मर्यादा र सुरक्षाका लागि विकास सुनिश्चित गर्न प्रान्त चाहिन्छ र तिनीहरूको नाम इतिहासका आधारमा मगरात, किराँत, नेवा राखियोस् भनेको भए समस्या थिएन। तर 'मानिसको मर्यादा र सुरक्षा होइन' शक्ति केन्द्र निर्माणको उद्देश्यले जातीय पहिचानको कुरा संविधान सभामा उठाइयो। यसरी संविधान बन्न सक्ने अवस्था नै थिएन।
अतः नेपाली समाजको विकासमा 'मानिसको मर्यादा र सुरक्षाका' लागि राज्यको विकास र त्यस विकासका लागि राज्यको पुनर्संरचनाको आवश्यकता छ भन्ने नेपाली जनतामा रहेको चेतनाको अभाव र त्यस चेतनाको अभावले बहकिएका जनता र त्यसबाट विभाजित भएको समाज, आजको नेपालको संकटको कारण हो। त्यसैले उत्पीडनको शिकार भएका दलित, अन्धकारमा बाँचेका अल्पसंख्यक आदिवास र राज्यमा पर्याप्त समावेशी हुन नपाएका जनजाति, गरिबीको जाँतोमा पिँधिएका गरिब ब्राह्मण, क्षत्री र नेवारहरू र लैङ्गिक असमानताले पिँधिएका महिला र अलग्याइएका मधेसीहरूको 'मानव मर्यादा सुरक्षा' मा आधारित विकासको आवाज बोक्ने र 'राजनीतिक शक्तिलाई' विकासको साधन बनाउनुपर्छ भन्ने विचारधारा बोकेका स्वाभिमानी नेपालीले मात्र नेपालको अस्तित्व जोगाउन सक्छ। र, 'विकासका लागि राजनीति' को प्रतिनिधित्व गर्न सक्तछ। देशको संकटमोचन नेताहरूको सहमतिमा होइन, स्वाभिमानी नेपालीको आवाज र सृजनशील कर्मबाट मात्र हुनेछ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस