भारतीय संस्थापन पक्ष निकट टाइम्स अफ इण्डियाको सेप्टेम्बर २१ को अंकमा भारतसँग भएको सम्झौतालाई छायाँमा पार्नेगरी चीनसँग बिप्पा सम्झौता हुन लागेकोमा असन्तुष्टि पोखिएको छ।
लोकतन्त्र स्थापनापछिको संक्रमणकालीन राजनीतिमा भारत र चीनले नेपालबाट लाभ हासिल गरेकोमध्ये जलविद्युत् सम्बद्ध सम्झौता महŒवपूर्ण हो। भारतले अन्तरिम सरकार हुँदा माथिल्लो कर्णाली र अरुण तेस्रोको लाइसेन्स पायो भने चीनले हालै पश्चिम सेतीको लाइसेन्स पायो। नेपालको आर्थिक विकासमा सम्झौताले उल्लेखनीय योगदान पुर्याउने आशा गरिए पनि भारतीय कम्पनीले पाएको आयोजनाले गति लिन सकेको छैन। चिनियाँ कम्पनीको कामको गति हेर्न बाँकी नै छ। भारतीय पक्ष नेपालको राजनीतिक अस्थिरता र विरोधीको अवरोधलाई काम सुस्त हुनुको दोषी भन्छ। ऊर्जा संकटले आक्रान्त नेपालमा जतिसक्दो छिटो काम पूरा भई विद्युत्को बढ्दो माग पूरा गर्नुपर्ने बाध्यता छ। लाइसेन्स लिएकाहरूका लागि चाहिँ नाफा र घाटाको हिसाबकिताब नै प्राथमिक हो।
खरबौं लगानी हुने जलविद्युत् योजनाको लाइसेन्स प्राप्त गरेपछि भारतले द्विपक्षीय लगानी तथा व्यापार प्रबर्द्धन सम्झौता (बिप्पा) को अति आवश्यकता देख्यो। योजनामा भारत विरोधी समूहबाट अवरोध आउनेबित्तिकै बिप्पा सम्झौतामा हतार हस्ताक्षर गर्यो। भारतको आर्थिक स्वार्थमा यो महŒवपूर्ण उपलब्धि हो। प्रधानमन्त्री बाबुराम भट्टराईले सम्झौतालाई आफ्नो राजनीतिक जीवनको विशेष उपलब्धिमा दर्ज गरेका छन्। भारतीय लगानी ओइरिने उनको तर्क थियो। तर, सम्झौतापछि वैदेशिक लगानी ३० प्रतिशतले झरेको तथ्यांक छ। विगतबाटै भारतको विश्वास र त्यसपछि उसले चाहेको सम्झौता गराउन सफल भएपछि बाबुराममा ऊर्जा भरियो। सोही बलमा उनी प्रतिपक्षीले डेग चलाउन नसक्ने सत्तामा छन्। देशभित्र उनको चर्को आलोचना गर्नेहरू फिक्का सावित भए। मुखले सहमति भने पनि असहमतिकै बीच सत्तामा रहन पाउनुको लाभ लिइरहेछन्। भारतसँग बिप्पा सम्झौता भएलगत्तै उनका विरोधीहरू चर्को आलोचनामा उत्रिए। स्वयं उनका मन्त्रीमण्डलका उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल उठाएर असन्तुष्टि पोखे। अहिले उनै श्रेष्ठ चीनसँग बिप्पा सम्झौता गर्नेतर्फ सक्रिय छन्। राष्ट्रिय स्वाधीनतामा आँच नपुग्नेगरी सम्झौता गरिने उनको अभिव्यक्ति सार्वजनिक भइसकेको छ। यता चीनसँग हुने भनिएको बिप्पा सम्झौताको सवाललाई लिएर भारतचाहिँ असन्तुष्ट भइसकेको छ। भारतीय संस्थापन पक्ष निकट मानिने टाइम्स अफ इण्डियाको सेप्टेम्बर २१ को अंकमा भारतसँग भएको सम्झौतालाई छायाँमा पार्नेगरी चीनसँग बिप्पा सम्झौता हुन लागेकोमा असन्तुष्टि पोखिएको छ। चिनियाँ लगानीको व्यापकताले नेपालको बजारमा पछि परिन्छ कि भन्ने चिन्ता भारतलाई परेको हो। राज्य नियन्त्रित चिनियाँ कम्पनीहरू र गैरसरकारी भारतीय कम्पनीबीचको भिन्नता मनन नगरी एकै तप्का या त्योभन्दा पनि उदार बनेर नेपाली पक्षले सम्झौता गर्न लागेको अर्थ्याउँदै भारतीय पक्ष सतर्क बनेको हो। नेपाल मामलामा दुई देशको प्रतिष्पर्धा र इर्ष्या प्रकट भएको छ।
नेपालले भारतसँग बिप्पा सम्झौता गरेपछि चिनियाँ पक्ष झनै आतुर देखियो। अनुमानित १८० अर्ब रुपियाँ लाग्ने पश्चिम सेती आयोजनाका साथै भइरहेका चिनियाँ लगानीको सुरक्षाको सुनिश्चिताका लागि 'व्यवहारवादी' को परिचय बोकेका चिनियाँहरू सक्रिय हुनै नै भए। नेपाल मामलामा सुक्ष्म चासो राख्ने भारतले आर्थिक मामलाको सम्भावित दीर्घकालीन सम्झौतामा ध्यान दिनु स्वाभाविक हो। सँगै नेपालमा प्रभाव वृद्धि गर्न भारत र चीनबीचको प्रतिष्पर्धाको उद्देश्य थप उजागर भयो। दुवै देश सुरक्षाका अलावा आर्थिक स्वार्थमा केन्द्रित बन्दै गएको प्रतीत हुन्छ। छिमेकीले आफूलाई मनग्गे लाभ हुने आँकलनका साथ जलविद्युत्को ठूलो आयोजनाको लाइसेन्स हात पारिसके। अबको प्राथमिकता काम कसरी र कुन गतिमा अघि बढ्छ् भन्ने सवाल प्रधान हुन्छ। मसी सुकिसकेको सम्झौताको विरोध गर्नु विरोधीको धर्ममै सीमित रहन्छ। अबको सवाल देश हितलाई केन्द्रमा राखी सम्पन्न छिमेकीहरूबाट अधिकतम् लाभ लिन सक्नु हो। नेपालको आर्थिक विकासमा छिमेकी देशहरूको लगानीबाट आशा गर्ने ठाउँ धेरै छ। विशेषगरी जलविद्युत्को विकासबाट आर्थिक विपन्नताको कालो बादल हट्ने अपेक्षा गर्न सकिन्छ।
नेपालको राजनीतिक स्थिरता र अस्थिरता दुवैमा वैदेशिक शक्तिको तीव्र प्रतिष्पर्धालाई नजरअन्दाज गर्नै मिल्दैन। तिनको व्यवहारबाट राजनीतिमा ठूलै असर पर्छ। विशेषगरी भारत र चीनको भूमिका बढी प्रभावकारी हुन्छ। आजपर्यन्त तिनको भूमिकाले नेपालको विकास र स्थिरतामा सकारात्मक असर थोरै र नकारात्मक धेरै पर्दै आएको यथार्थ छर्लंङ्गै छ। आफूहरूको बीचमा अवस्थित नेपालमा हिंसा मच्चिँदा त्यसलाई बेलैमा रोक्न सक्षम भएनन्। हिंसालाई अप्रत्यक्ष सघाएको आरोपसमेत तिनैमाथि लाग्यो। आफ्नो राष्ट्रिय स्वार्थलाई मात्रै केन्द्रविन्दुमा राखेर कदम चाल्न सिपालु र संकल्पित छिमेकीहरूका कारण नेपालले पाउनेभन्दा धेरै गुमाउँदै आएको छ। दू्रत आर्थिक वृद्धि हासिल गरिरहेका विशाल देशबीच आर्थिकरुपमा दरिद्र रहेर सुस्त आर्थिक वृद्धिले सुस्ताउनुपर्ने बाध्यता छ। नेपालको वास्तविक अवस्थालाई राम्ररी बुझे पनि दुवै छिमेकी देश आफ्नो राष्ट्रिय स्वार्थभन्दा यताउता गएर नेपालका लागि लचक हुनेखालका छैनन्। बरु भारतले बिप्पा सम्झौता गरेपछि चीनलाई गर्न हतार हुन्छ। चीनले सम्झौता गर्न लाग्दा भारतलाई चासो हुन्छ। तिनको प्रतिष्पर्धाको राजनीतिबाट नेपालले लाभ हासिल गर्न सकिरहेको छैन।
भारतबाट कुनै उच्च अधिकारी नेपाल भ्रमणमा निस्केमा चीनबाट हुलका हुल अधिकारी भ्रमण सुरु गर्छन्। अनि चिनियाँहरूको चासो बढ्यो भन्दै भारत सतर्क हुँदै चिन्ता जनाउन थाल्छ। त्यसबीच नेपालले ठूलै उपलब्धि हात पार्ने त परै जाओस्, अप्ठ्यारो अवस्था सामना गर्नुपर्छ। यिनै खेलबीच नेपाली राजनीति पिरोलिएको छ। आर्थिक प्रगतिका सवाललाई व्यावहारिकरुपमा जगाउन सकिएको छैन। अन्धकारको अवधि बढेको बढ्यै छ। भारतले नेपाललाई विद्युत बिक्री वृद्धि गर्नु उसको अनुकम्पा ठहर्छ। ऊर्जा संकटले पिरोलिएको उसैलाई अपुग हुँदा कागजी सम्झौता राम्ररी लागु नहुने भइहाल्यो। सम्झौताहरूको पालना सानोले गर्नैपर्छ, ठूलाका लागि उति बाध्यकारी हुँदैन। वनस्पति घ्यु निर्यातमा अवरोध हुँदासमेत विगतका सरकार निरीह बनेका इतिहास साक्षी छ। वर्तमानमा त्योभन्दा बढी निरीहपना छ। हामीले लिनसक्ने फाइदासमेत लिन सकिरहेका छैनौं। देशभित्रको बेमेल र जुँगाको लडाइँंले हाम्रो मोलमोलाईको क्षमता कमजोर बनाइदिइसक्यो।
जनअन्दोलनलगत्तै दीगो विकासमा वैदेशिक सहयोगको बाढी आउने आँकलन गरिएको थियो। विकासले निकै गति लिने अपेक्षा थियो। छिमेकबाट प्याकेजमा केही अरब आए पनि आशा गरिएभन्दा कमै हो। आन्तरिक बेमेलले व्यथा बल्भि्कएको छ। आर्थिक सहयोगका लागि छिमेकलाई प्रतिष्पर्धामा उतार्न सक्ने खूबी देखिँदैन। बलियो सरकार र राजनीतिक स्थिरता भए त्यो अवस्था बन्थ्यो। अहिले हामी निरीह छौं। सम्पन्न छिमेकबाट पाउनुपर्ने सहयोग पाइरहेका छैनौं। बरु छिमेकहरूको सहयोगको ध्यान बलियो र स्थिर सरकार भएको श्रीलंकातिर गएको छ। त्यहाँ अरबौं रकम सहयोगको प्रतिष्पर्धा चल्यो। पहिलोपटक चीनका रक्षामन्त्री श्रीलंका पसेर उसको हैसियत बढेको जनाऊ दिइसकेका छन्। दशकौंको रक्तपातपछि राजनीतिक स्थिरताले श्रीलंकालाई बलियो शक्तिका रुपमा उभ्याउँदै लगेको छ। रक्तपातको अन्तको सात साल पुगिसक्दा पनि हामीले आन्तरिक राजनीतिक सहमतिको विकास गर्न सकेनौं। कमजोर शासनको नियति भोगिरहेछौं। बढी गुमाइरहेछौं र कम पाइरहेछौं। हामीले गुमाएअनुसार नपाउँदाको पीडा पछिसम्म भोग्नुपर्छ।
आजपर्यन्त बेमेलले पुर्याएको नोक्सानीको भड्ताल हाल्न तत्काल सहमति र एकताको खाँचो छ। आन्तरिक भूगोलको चिह्न कोर्नमै अलमलिनुभन्दा देशको दीगो आर्थिक विकासका लागि बृहत् र सशक्त योजनामा तत्काल सहमति खोज्न केन्द्रित हुनुपर्छ। ठूला नदीको लाइसेन्स हात पारेका र अझै केहीमा आँखा लगाइरहेका छिमेकलाई आर्थिक सहयोग वृद्धिका लागि वातावरण निर्माण गर्न सक्छौं। हामीले यस्तो वातावरणको विकास गर्नुपर्छ, जसबाट छिमेकहरूले नेपाल मामलामा गर्ने प्रतिष्पर्धाको कोण बदलियोस्। त्यसले स्थिरता र दीगो आर्थिक विकासमा योगदान देओस्। माहोल त हामी आफंैले सृजना गर्ने हो, जुन राष्ट्रिय हितमा एकै अवधारणा बनाउने संस्कारको सुरुवात्बाटै सम्भव छ। एउटा दलको सरकार हुँदा विदेशीसँग सम्झौता गर्न लाग्यो भने विरोधका लागि विरोध गर्ने अनि आफू सरकारमा पुगेपछि त्योभन्दा तल झुकेर सम्झौता गर्ने छली प्रवृत्तिले हल्का बनाइदिएको छ। हाम्रो अस्थिरताबीच भएका सन्धि सम्झौताले नाफा घाटा के भयो भविष्यमा आउने परिणामले मात्र उत्तर दिन्छ। बितेको समय फर्कदैन। भविष्यको जिम्मेवारी नलिई धरै पाइन्नँ। कम्तिमा विकासको विशिष्ट मुद्दामा आम सहमतिको संस्कार विकास गनुपर्छ। यस्ता सवालमा बृहत् सहमतिको थिति नबस्दा छिमेकहरू नेपाल मामलामा यतिविघ्न प्रतिष्पर्धी बनेर उत्रिरहँदा लाभ लिन सकिने आधारहरू हुँदाहुँदै हामी चुकिरहेछौं। भुपीले भनेझै 'हामी आफंै कहिले मिल्न नसक्ने अरुले मिलाइदिनुपर्ने।' यो अवस्थाबाट केही मात्र भए पनि रुपान्तरित भएमा राष्ट्रिय स्वार्थमा ऊर्जा भरिन्थ्यो।