विशेष सुरक्षाका चुनौती
२० साउन २०६६
•
८ मिनेट पाठ
विशेष सुरक्षाका चुनौती
सरकारको विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनको क्रममा छ। कार्ययोजना लागू गर्नुअघि राजनीतिक सहमति जुटाउने भनिएको छ। तर कार्ययोजना घोषणा भएको साता दिन बितिसक्ता पनि सहमति जुटाउने प्रयास भएको देखिएन। भदौ १ देखि कार्ययोजना कार्यान्वयन गर्ने भनिएकोमा त्यतिन्जेलसम्ममा राजनीतिक सहमति बन्छ भनेर आश्वस्त हुने अवस्था छैन। राजनीतिक सहमति गरेर कार्ययोजना घोषणा गर्नुपर्थ्यो। सरकार सहमति बनाउने काममा पछि परिसकेको छ।
राजनीतिक सहमति गर्ने नाममा सुरक्षा कार्ययोजना कार्यान्वयनमा विलम्ब हुनुहुँदैन। कारण, विशेषसुरक्षा कार्ययोजनाप्रति सामान्य नागरिकको चासो छ। केही भैहाल्छ कि भन्ने आशा छ। बन्द, हडताल, अपहरण, चन्दा असुली र हत्याबाट आहत नेपाली शान्ति सुव्यवस्थाको प्रतीक्षामा छन्। कानुन हातमा लिने प्रवृत्ति प्रोत्साहित हुँदैगएको र प्रहरी संयन्त्रको मनोबल गिरेको अहिलेको अवस्थामा विशेषसुरक्षा योजना आशाको केन्द्रविन्दु बन्न सक्छ।




कार्ययोजनाले जनतामा आशा जगाएको भएपनि प्रहरीप्रति विश्वासको संकट यथावत् छादैछ। प्रहरी ज्यादती बढ्ने त होइन भन्ने आशंका पनि छ। स्वतन्त्र र स्वायत्त मधेशको नाममा गरिने चन्दा असुली, अपहरण र हत्याको पीडा सबैभन्दा बढी मधेशी समुदायलेनै व्यहोरिरहेको छ। विशेष कार्ययोजना पीडितलाई मलहम, पट्टी बन्न सक्नुपर्छ। तर विशेषगरी मधेशवादी राजनीतिक दलमा स्पष्टता जरुरी छ - आफ्ना राजनीतिक अभीष्ट पूरा गर्न आपराधिक र विखण्डनकारी सशस्त्र समूहको प्रवक्ता बन्ने कि पीडित जनसाधारणका पक्षमा वकालत गर्ने ?

दलहरूको समर्थन लिने कार्य मात्र होइन सुरक्षा कार्ययोजना कार्यान्वयन गर्न प्रहरीको प्रभावकारी सञ्चालन पनि आफैँमा चुनौतीपूर्ण छ। गिरेको प्रहरी मनोबल उकास्नु आवश्यक छ। तर असुली र भ्रष्टाचारको दलदलबाट प्रहरी संयन्त्रलाई माथि उतार्ने काम सहज भने छैन। जहाँ अपराध छ, त्यहाँ पैसा छ। जहाँ पैसा छ, त्यहाँ प्रहरीको संलग्नता हुने गर्छ। नेपाल र भारत दुबै देशका कतिपय सुरक्षाकर्मी र अधिकारीका लागि अपराधिक समूह असुली गर्ने माध्यम बनेको कुरा लुकाएर लुक्दैन। तराईका आपराधिक सशस्त्र समूह र विद्रोहीहरु भारतीय भूमिबाट परिचालित हुनेगरेका छन्। तिनको आश्रय स्थल भारतमा छ। यसैले विशेष सुरक्षा कार्ययोजना कार्यानवयनमा भारतको सहयोग पनि लिन सक्नुपर्छ।

प्रहरी नेतृत्वका सामुन्ने आफ्नो संयन्त्र शुद्धीकरण गर्ने चानचुने चुनौती छैन। मुहान सफा भए मात्र चुहान स्वच्छ हुन्छ भनेझैँ राजनीतिक र प्रहरी नेतृत्व चोखो रहनसके भने मात्र कार्यक्रम प्रभावकारी हुने हो। शान्ति सुरक्षा कायम गर्न आवश्यक स्रोत साधनमा कन्जुस्याइँ गर्नहुन्न तर विशेष कार्यक्रमका नाममा सरकारी ढुकुटी तजबिजी तरिकाले रित्याउने विगतदेखिको अभ्यास भने किमार्थ दोहोरिनु हुदैन।

अधिकांश प्रहरी बन्दुकको बलमा समस्याको समाधान खोज्छन्। प्रहरी संयन्त्र सशस्त्र विद्रोहीविरुद्ध आक्रामक कारबाहीको पक्षमा देखिन्छ। तर हतियारबाट मात्र समस्याको समाधान खोज्ने काम प्रत्युपादक साबित भएको छ। अपराधीलाई सिध्याउने भन्दा कानुनी कारवाहीमा ल्याउने नीति बुद्धिमत्तापूर्ण हो। जातीयता, क्षेत्रीयता र साम्प्रदायिकताको नारा दिने र स्वायत्तताको मागका नाममा अपहरण, असुली, हत्या गर्नेलाई जनताबाट अलग्याउने रणनीतिले प्राथमिकता पाउनुपर्छ। पीडित जनताको विश्वास लिनु नै प्रहरी प्रशासनका निम्ति सबैभन्दा प्रभावकारी र बलियो हतियार हुने छ। सुरक्षा निकाय अन्तरिम गृहमन्त्री कृष्ण सिटौलाको पालाको जस्तो रमिते बन्न हुदैन र माओवादी सिद्धाउने नाममा संञ्चालित 'किलो सेरा टु' अभियानको जस्तो छाडा पनि हुनुहुँदैन।

केही साताअघि प्रहरीले पूर्वी तराईका सशस्त्र विद्रोहीविरुद्ध कारबाही तीव्र पारेको थियो। प्रहरी कारबाहीमा ठूल्ठूला विद्रोही नेता मारिए। मुठभेडका नाममा हुने नियोजित हत्यालाई प्रोत्साहित गर्नु हाुदैन। भावावेशमा आएर विद्रोहीको हत्याको पक्ष उभिनेको संख्या ठूलो होला तर, हत्या समस्या समाधानको उपाय होइन। मधेश राष्ट्र जनतान्त्रिक पार्टीका अध्यक्ष रामनारायण महतो -सन्देश) को हत्याले धेरै प्रश्न उब्ज्याएको छ। भारतमा पक्राउ परेर नेपाल प्रहरीलाई बुझाइएका सन्देश कसरी मुठभेडमा मारिए ? प्रश्न अनुत्तरित छ। सरकारले विशेष सुरक्षा योजना अनुमोदन गरेको भोलिपल्टै सप्तरीको राजविराजमा मधेश मुक्ति टाइगर्स, मधेशी भाइरस किलर्स, तराई संयुक्त जनक्रान्ति, नेपाल जनतान्त्रिक तराई मुक्तिमोर्चा - राजन मुक्ति)ले कार्यगत एकताको घोषणा गरे। वार्ता प्रक्रियामा आइसकेका यी विद्रोहीले सरकारसँग भएका सहमती कार्यान्वयन नभए फेरि बन्दुक उचाल्ने चेतावनी दिएका छन्। त्यसभन्दा महत्वपूर्ण सरकारको विशेष योजनासँगै सशस्त्र विद्रोही गोइत, ज्वाला र सन्देश समूहबीच कार्यगत एकताको प्रयास हुनु हो।

विशेष कार्ययोजना कार्यान्वयनको प्रमुख र जटिल चुनौती मौलाउँदै गएको अराजकता हो। नेपाली समाज अराजक र हिंस्रक बन्दै गएको देखिन्छ। अराजकता सिर्जना गरेर कानुनको धज्जी उडाउने काममा माओवादी र उसको भातृ संगठन वाइसीएल सबैभन्दा अगाडि होला तर, जिम्मेवार सत्ताधारीका भातृ संगठन युथ फोर्स र नेविसंघ पनि कम छैनन्। मात्रामा कम बेसी मात्र हो। अराजकताविरुद्धमा राजनीतिक दल नै अग्रसर हुन आवश्यक छ। दलहरूले आफू र आफ्ना भातृ संगठनमा लगाम लगाउन सकेमात्र अराजकता नियन्त्रण गर्न प्रहरीलाई सजिलो हुनेछ।
अर्को समाचार
तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती: डीआईजी राई
२३ माघ २०७९
•
१ मिनेट पाठ
तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती: डीआईजी राई
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक (डीआईजी) टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती रहेको बताएका छन्।




खुला सिमाका कारण तराईका सबै जिल्लाहरुको सुरक्षामा ठूलो चुनौती खडा गर्ने गरेको उनले बताए। उनले खुला सिमा कै कारण प्रहरीलाई काम गर्न धेरै अप्ठेरो परको बताए। खुला सिमामा चुनौतीका बाबजुत तस्करी र अपराध नियन्त्रण आफनो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

उनले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यायले आ आफनो कार्ययोजना बनाई अघि बढेको भन्दै प्रदेश प्रहरीको पहिलो प्राथमिता भनेकै सिमामा हुने अपराध र तस्कारी नियन्त्रण रहेको बताए। अपराध र तस्कारी नियन्त्रणमा प्रहरी सचेत रहेको भन्दै त्यसका लागि प्रहरी आफनो तरिकाले लागि परेको पनि उनले बताए ।  

अपराध र तस्कारी नियन्त्रणका लागि समन्यात्मक टिम बनाइएको भन्दै त्यसका लागि भारतीय सुरक्षाकर्मीसंग सेमेत बेला बखत बैठक बसी सुरक्षा योजना समेत बनाइएको उनले  बताए। उनले लागु औषधको ओसारपोसर समेत ठूलो समस्या रहेको भन्दै त्यसको नियन्त्रणका लागि विशेष युनिट समेत गठन गरिएको बताए।

प्रहरी निरीक्षक शलेश्वरी बोहोराको संचालनमा भएको कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी उपरिक्षक प्रमे बहादुर बस्नेत, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष किरणमान बज्राचार्य, संघका प्रदेश सदस्य गोपाल भन्डारी लगायतको सहभागीता थियो। यसै बिच प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राई र लुम्बिनी प्रदेशका सदस्यहरु बिच समेत अन्तरक्रिया संपन्न गरिएको छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस