मस्को– युक्रेनमा युद्ध चर्काएको आरोप रुसमाथि लगाउँदै नेटोले पूर्वी युरोपमा प्रतिरक्षा सुदृढ पार्ने योजना घोषणा गरेपछि रुसले अमेरिकी नेतृत्वको नेटो सैनिक गठबन्धन आफ्नो सुरक्षाका लागि चुनौती भएको मंगलबार जनाएको छ।वेल्समा दुई दिनपछि हुने नेटो शिखर बैठकअघि रुसले आफ्नो सामरिक नीति परिवर्तन गर्दै नेटो आफ्नालागि चुनौती बनेको घोषणा गरेको हो। नेटो बैठकमा युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सैनिक सहयोगका लागि आग्रह गर्नेछन्।
रुसको राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव मिखाइल पोपोभले पूर्वी युरोपमा नयाँ प्रतिरक्षा एकाइको योजना नेटोले बनाउनु अमेरिका र नेटोका नेताहरू रुससँग तनाव अझै बढाउने नीतिमा रहेको प्रमाणित भएको बताए।
उनले नेटोका सदस्यले रुसी सीमामा सैनिक संरचना स्थापना गरे रुसले त्यसलाई विदेशी सैनिक चुनौतीको रूपमा लिने बताए। यसपछि रुसको रक्षा नीति पुनरावलोकन हुने उनले जनाए। रुसले सन् २०१० मा लागू गरेको सैनिक सिद्धान्तले राष्ट्र नराम्रो खतरामा परे आणविक हतियार उपयोग गर्ने कुरालाई अनुमति दिन्छ। उनले नीति पुनरावलोकन गर्दा युरोपको क्षेप्यास्त्र प्रतिरोधक प्रतिरक्षा प्रणालीमा ध्यान दिइने पनि जानकारी दिए।
युक्रेनले मंगलबार रुससमर्थक पृथक्तावादीसँगको भिडन्तमा १५ सैनिक हराइरहेको जानकारी दिएको थियो। ब्रसेल्समा यसै साताको अन्त्यमा युरोपेली संघका नेताको बैठकमा रुसले द्वन्द्वग्रस्त क्षेत्रमा सैनिक पठाएको भनी युरोपेली सैनिक सहयोगका लागि युक्रेनी राष्ट्रपतिले गरेको आग्रह अस्वीकार गरेको थियो।
तर नेटो प्रमुख आन्द्रेस फो रास्मुसेनले २८ मुलुकको गठबन्धनले पूर्वी युरोपमा रुसको सैनिक परिचालन ध्यानमा राखि केही दिनमै तैनाथ गर्न सकिने हजारौं सैनिकको बल स्थापना प्रस्ताव समर्थन गरेको जानकारी दिए। तत्काल प्रतिक्रिया जनाउने सेनामा नेटोका पोल्यान्ड जस्ता नयाँ सदस्यले पनि सहयोग गर्ने न्यु योर्क टाइम्सले उल्लेख गरेको छ।
युक्रेन नेटोको सदस्य नभएकाले यसले युक्रेन सरकारलाई सहयोग भने गर्नेछैन। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी सेना पठाउन अस्वीकार गर्नुमा यो पनि एउटा कारण भएको अनुमान छ।