केबल कार अग्लो डाँडाको टुप्पो छुनेगरी अकासिएपछि उनको मुखबाट 'अल्लाह हो अकबर!' भन्ने शब्द निस्क्यो। उनी अझ पनि अविश्वासिलो आँखाले चारैतिर रहेका गगनचुम्बी डाँडा हेरिरहेका थिए। सामान्य कदका मोटो शरीरका धनी ती व्यक्तिको आधा अनुहार दाढीले ढाकेको थियो।
टाउकामा भने कपाल पातलिने क्रममा थिए। टि सर्ट र ट्रयाक सुटको ट्राउजरले पनि उनको ढल्कँदो उमेरलाई लुकाउन सकेको थिएन। हातमा भएको मालाले उनी धार्मिक प्रवृतिको भएको दर्शाइरहेको थियो।
काठमाडौंबाट मनकामनाका लागि हिँड्नासाथ सरसर्ती घुमिरहेको मेरो नजर अगाडि चालकसँगै बसेका ति व्यक्तिमा पुगेर अडिएको थियो। वास्तवमा उनमा त्यस्तो कुनै अनौठो कुरा थिएन तर उनीसँगै बसेकी नेपाली अनुहारकी एउटी युवतीका कारण मेरो हेराई त्यहाँ गएर अडिएको थियो। केही बेरपछि चिया चमेनाका लागि गाडी रोकिँदासम्म उनीप्रति बसमा भएका अन्य यात्रुको पनि चाख भएको पाएको थिएँ। लगभग ५५/६० वर्षका जस्ता देखिने ती व्यक्तिसँगै बसेकी युवती भने २०/२२ की जस्ती देखिन्थिन्। पहिला त दुवै जना संयोगवस सँगैको सिटमा बसेको जस्तो लागेको थियो। तर चिया चमेनाका लागि ओर्लने क्रममा दुवैको कुरा गराईको शैलीले उनीहरूबीच 'विशेष' सम्बन्ध तर्फ इंगित गर्दै थियो। दुवैबीच देखिएको उमेरको अन्तरका कारण त्यो सम्बन्ध ठम्याउन कठिन भइरहेको थियो।
त्यतिबेलासम्म मैले ती युवतिलाई ध्यान दिएर हेरेको थिएँ। सामान्यभन्दा केही कम कदकी उनी सुरुवाल कुर्तामा सजिएकी थिइन्। मेरो ध्यान आकृष्ट गरेको कुराचाहिँ उनले हिजाब (मुस्लिम महिलाले टाउको छोप्ने कपडा)को शैलीमा टाउकोमा बाँधेको स्कार्फ थियो। चिया चमेना खाने स्थानमा पनि दुवैले कुनातिरको एउटा टेबल रोजेपछि उनीहरू सँगै आएको पक्का भएका भएको थियो। पुरुष अली बढी कुरा गरिरहेका थिए भने युवतीको जवाफ हो/हैनमा हुन्थ्यो।
आकासिँदै गरेको केबल कार हल्लन थालेपछि ढोकासँगै बसेका ती व्यक्तिलाई युवतीले सावधानीपूर्वक बस्न भनिन्। ती व्यक्ति भने युवतीलाई डराइदिनका लागि ढोका खोलेजस्तो गर्न थाले। युवतीले माया र डर मिश्रित रिस देखाइन्। केबल कारमा अन्य एक जोडी पनि थियो। मलेसियामा रेस्टुरेन्टको व्यवसाय गर्दै आएका पूर्वी नेपालका ती युवाको पनि त्यतिबेलासम्म ध्यान त्यो जोडीमाथि पुगिसकेको रहेछ। उनले मतिर हेरे। हामी दुवैले मुखामुख गरेर मुसुक्क हास्यौँ। वास्तवमा ती दुवैको व्यवहार नयाँ विवाहित जोडीको जस्तै थियो।
आखिरमा के सम्बन्ध होला यी दुईबीच? मेरो मनमा प्रश्न उठ्यो। दुवैबीचको फराकिलो देखिएको उमेरले उनीहरुलाई लोग्ने स्वास्नी मान्न मेरो मन तयार भइरहेको थिएन। तर केही मुस्लिम परिवारमा लोग्ने र स्वास्नीबीचको निकै फरक उमेर रहेकोबारे भने मलाई जानकारी थियो।
विशेषगरी खाडी राष्ट्रका पाका उमेरका धनी पुरुषले भारत, पाकिस्तान र बंगलादेश जस्ता देशका गरिब मुस्लिम परिवारको कमजोर आर्थिक स्थितिको फाइदा उठाउँदै आफूभन्दा निकै कम उमेरकी युवतीसँग बिहेवारी गरेको समाचार बेलाबेलामा पढेको थिएँ। त्यस्ता शेखहरूले वास्तवमा बिहेको नाममा त्यस्ता मुलुकबाट दुलही बनाएर लैजाने युवतीलाई घरको नोकर अथवा कसैकसैलाई त यौनदासीका रुपमा व्यवहार गर्ने गरेको समाचार पनि बेलाबेलामा भारतीय छापामा आइरहन्थ्यो। भारतले त यस किसिमका बेमेल उमेरको बिहे रोक्न कानुनलाई कडाइसाथ लागु गर्दै आएको थियो। त्यसपछि त्यस्ता शेख (खाडी मुलुकका धनी पुरुष) आफूभन्दा निकै कम उमेरकी युवतीसँग बिहे गर्ने क्रममा पक्राउ परेको समाचार पनि पढ्न पाइएको थियो। तर पाकिस्तान र बंगलादेश जस्ता मुलुकमा भने यो प्रथा अझ पनि कायमै छ। त्यस्ता शेखले धर्मको आडमा पैसाको लोभ देखाएर अझ पनि आफ्ना कामुक दृष्टि गरिब राष्ट्रतर्फ फालिरहेका छन्।
त्यो सम्झेर मेरो आँग सिरिङ्ग गर्यो। ती अरबी व्यक्ति र युवतीबीचको उमेरमा पनि निकै ठूलो अन्तर थियो। अनि दुवैको सम्बन्ध पनि बाबुछोरीको जस्तो पक्कै थिएन। मनकामना पुगेपछि उनीहरू अन्तै हराए। हामी भने दर्शन गरेर त्यहीँको एउटा होटलमा खाना खान लागेका थियौँ। त्यत्तिकैमा संयोगवस दुवै त्यही होटलमा आइपुगे। अहिले पनि आफ्नो साथीको तुलनामा ती युवती कमै बोलिरहेकी थिइन्। ती व्यक्तिले अरबी भाषामा बोलिरहेका थिए। अनि युवतीले पनि हो/हैन पारामा मात्र जवाफ फर्काइरहेकी थिइन्। मलाई लाग्यो- युवतीलाई अरबी भाषाको पूरा ज्ञान नभएको हुनाले उनी धेरै बोलिरहेकी थिइनन्। ती व्यक्तिलाई नेपाली आउने कुरै थिएन। त्यसैले आए पनि नआए पनि युवतीलाई बोलीचालीका लागि अरबी भाषाकै सहारा लिनुपरिरहेको थियो।
माइक्रो बसमा गएका हामी फर्कने बेलामा निर्धारित समयभन्दा चाँडै नै पारि आइसकेका थियौँ। सबै आएको भए तत्काल काठमाडौं फर्कने सल्लाह पनि गर्यौँ। तर अरबी पुरुष र नेपाली युवतीचाहिँ आएका रहेनछन्। त्यतिबेलासम्म हामी यात्रुबीच उनीहरूबारे नै कुरा भइसकेको थियो। 'पक्कै लोग्ने-स्वास्नी हुनुपर्छ'- एक सहयात्रीले भने। मलाई पनि त्यस्तै लागेको थियो। ती युवती पक्कै पनि खाडी मुलुकमा काम गर्न गएको हुनुपर्छ। अनि त्यहीँ बिहे भएको होला। अन्यले पनि मेरो कुरामा सही थापे। 'आखिरमा पैसा नै त रैछ सबैभन्दा ठूलो कुरा!'- एक सहयात्रीले भने। त्यो जोडी सम्बन्धमा सत्यको निकै नजिक रहेको उनको भनाइलाई मैले बलजफ्ती नकारें र भनें- प्रेम विवाह पनि त हुन सक्छ। तर म आफ्नो भनाईप्रति आफैं पूर्ण सहमत हुन भने सकेको थिइन। अब मलाई कामको खोजीमा गएका हाम्रा चेलीले खाडी मुलुकमा भोगिरहेको कष्टकर जीवनबारेमा पढेको/सुनेको समाचारले विचलित बनाउन थाल्यो। घरेलु कामदारका लागि त्यहाँ पुगेका हाम्रा चेलीमाथि अधिकांश शेखले खराब दृष्टि राख्ने गरेको समाचार नियमित पढ्न/सुन्न पाइन्छ। कति चेलीको त जीवन नै बर्बाद भइसकेको छ।
तर ती दुवैमा एकापसमा निकै माया भएको जस्तो देखिएको थियो। पुरुषले बेलाबेलामा उनलाई बस्न असजिलो भएको अनुभव गर्दै ठाउँ मिलाउन खोज्थे। युवती भने आफूलाई ठीकै भएको इशारा गर्थिन्। चर्को गर्मीमा पनि उनले आफ्नो टाउको र कान स्कार्फले छोपेकी थिइन्। मेरो मनमा विचार आयो- यदि युवती ती शेषकी पत्नी नै हुन भने पनि दुवै अन्य चेलीको तुलनामा उनलाई सुखी नै मान्नुपर्छ। कमसे कम उनले अहिले खाडी मुलुकमा आफूमाथि भएको यौनलगायत्का दुर्व्यवहारको कथा स्वदेशमा सुनाउँदै हिँड्नुपरेको थिएन। दुवैबीचको सम्बन्धमा पनि मिठास देखिन्थ्यो। वनस्थलीमा हामी ओर्लने बेलामा मैले अगाडि हेरें। युवतीले स्कार्फ फुकालेकी थिइन्। रंगाएको उनको कपाल काँधसम्म फैलिएको थियो। उनी ती शेखको कुममा टाउको अड्याएर सुतिरहेकी थिइन्। दुवैबीच जे/जस्तो सम्बन्ध भए पनि उनीहरूको एकापसमा देखिएको प्रेम र आत्मीयता कहिल्यै कम नहोस् भन्ने कामना गर्दै म माइक्रो बसबाट ओर्लेँ।