साउथ चाइना समुन्द्रमा तनाव बढ्दै जाँदा गत हप्ता महŒवपूर्ण भारत भ्रमण गरेका चिनियाँ रक्षामन्त्री लियाङ गुङलीले चीनले भारतसँगको बलियो सम्बन्धको अनिवार्यता दर्शाए। सीमालगायत्का सवालमा बढेको विवादका कारण चार वर्षदेखि रोकिएको संयुक्त सैन्य अभ्यासलगायत् सैनिक सम्बन्धलाई सुचारु गराउने पहलकदमीबाटै चीनको भारतसँग रहेका तिक्तता मेट्ने उद्देश्य निहित देखियो। भ्रमणले चीनको चिन्ता र शंका एकैसाथ उजागर भयो। सबैभन्दा चिन्ता उसको वरिपरि अमेरिकाको बढ्दो उपस्थिति हो। बलियो शक्ति भारत उसको प्रतिद्वन्द्वी अमेरिकाकै कित्तामा रहेसरह प्रस्तुत हुन थालेपछि चीनले परिस्थिति आफूअनुकूल बनाउन मित्रवत् सम्बन्ध विकास गर्न सकिने सम्भावनाका एसियाली देशहरूतिर ध्यान खिचेर लेनदेनको व्यावहारिक पक्षलाई खुलायो। यसै पनि उसका छेउछाउका जापान, दक्षिण कोरिया र फिलिपिन्समा सैन्य अखडा बसालेको अमेरिकाले भारतमार्फत् चाल बढाउन थाले चुनौती थेगिनसक्नु हुने आँकलनका साथ चीन सम्बन्ध सुधारमा जुट्यो।
पूर्वी एसियाको जापान र दक्षिण कोरियासँग चीनको चिसो सम्बन्ध छ। उसको प्रभाव रहेको दक्षिणपूर्वी एसियाली देशहरूमध्ये सामरिक महŒवको भियतनामसँगको सम्बन्ध चिसिँदै जानुले समस्या झनै बढायो। साउथ चाइना सीको खनिजयुक्त टापुको विवादले भियतनाम चीनबाट झनै टाढिँदैछ। परम्परागत प्रगाढ सम्बन्ध तिक्ततामा बदलिँदै गएपछि चीनको नाकैमुनि अमेरिकाले खेल्ने अवसर पायो। जापान, दक्षिण कोरिया र फिलिपिन्समा सैनिक आधार खडा गर्दै आएको, चीनले आफ्नो भूमि दाबी गरेको ताइवानमा सैनिक संरक्षणको जिम्मेवारी सम्हाल्दै आएको अमेरिकाले थप देशहरूमा प्रभाव बढाउनु चीनका लागि समस्या हो। साउथ चाइना सीको द्वन्द्वमा भारतसमेत संलग्न भएपछि चीन शंकित बन्यो। चिनियाँहरू भारत संलग्न हुनुभित्र अमेरिकी रणनीति देख्छन्। विगतमा युद्ध लडिसकेको इतिहास भएकाले चीन र भियतनामबीचको विवादमा प्रत्यक्ष संलग्न हुन समस्या थियो। अमेरिकाले मित्रशक्ति मानेको भारत भियतनामलाई आडभरोसा दिन अघि सर्दा चीनमाथि अप्रत्यक्ष दबाब बढाउन सक्ने भयो। साउथ चाइना सीको खनिज अन्वेषणमा भारतीय लगानीभित्र आर्थिकका अलावा रणनीतिक चाल रहेको ठम्याई चिनियाँहरूको छ। स्रोतमाथि पकड सुनिश्चित गर्न भारतले गरेको अर्बौंको लगानीले चीन रुष्ट छ। सम्बन्धमा चीसोपन आएलगत्तै भारत र चीनको सीमामा सैनिक गतिविधि बढाउने सम्मका प्रतिष्पर्धा चले। चीनले भारतको छेउछाउ देशहरूमा सैन्य गतिविधि बढाएर रक्षा बजेट एक खर्ब डलर पुर्याएलगत्तै भारतले रक्षा बजेटमा भारी वृद्धि गर्यो। जुन चिनियाँ नीति र सम्बन्धमा आउने उतारचढावले भारतको राजनीति र अर्थतन्त्रमा ठूलै प्रभाव पर्न जाने प्रमाण हो। बदलिएको अन्तर्राष्ट्रिय सम्बन्धले भारत ३६ अर्ब डलरको रक्षा बजेट वृद्धि गरी ४४ अर्ब पुर्याउने टुंगोमा पुग्यो। विशेषगरी पाकिस्तानसँगको चिनियाँ निकटताले भारत झस्किएर सैन्य सुदृढीकरणमा लाग्यो। भारतीय विज्ञहरू पाकिस्तानसँगको चीनको बढ्दो निकटता भारतलाई दबाबमा राख्ने चाल मान्छन्। विन लादेन पाकिस्तानी भूमिभित्र मारिनुको परिणाम अमेरिकासँग सम्बन्ध चिसिनाले पाकिस्तान चीनसँग नजिकिने परिस्थिति बन्यो। परम्परागत 'शत्रु' सँगको चिनियाँ सम्बन्धले भारत सशंकित हुँदै चीनको छिमेकसँगको विवादमा मुछिन पुग्यो। भारतीय विज्ञबीच साउथ चाइना सीको विवादमा भारतीय उपस्थिति उचित कि अनुचित बहस चल्दै आए पनि चीनलाई दक्षिण एसियाको प्रभाव विस्तारमा रोक्ने अस्त्र बन्ने आँकलन धेरैको छ। आठ वर्षयता पहिलोपटक चिनियाँ रक्षामन्त्रीको भारत भ्रमणमा यिनै मुद्दा प्राथमिकतामा परे। भारतले पाकिस्तान शासित काश्मिरमा चिनियाँ उपस्थितिबारे चासो राख्यो। चीनले भारतीय भूमिबाट चीन विरोधी गतिविधि (स्वतन्त्र तिब्बत पक्षधरका गतिविधि), साउथ चाइना सीको बढ्दो विवादमा भारतीय संलग्नता र भारतीय सञ्चार माध्यममा चीनप्रतिको नकारात्मक प्रचारवाजीबारे चासो राख्यो। भारत भ्रमणलगत्तै श्रीलंका पुगेका चिनियाँ रक्षामन्त्रीले दक्षिण एसियामा प्रभाव विस्तारको पहलको सन्देशसमेत छाडेर गए। हिन्द महासागरमा सैन्य उपस्थिति बढाएर भारतमाथि चुनौती थपिएको अवस्थामा चीनले सम्बन्ध सुधारको प्रत्यक्ष छलफल र दबाबको एकसाथ गोटी चाल्यो।
एक अर्कालाई दबाबमा राख्ने प्रतिष्पर्धाले चीनलाई दक्षिण एसियाको राजनीतिमा खिच्दै ल्याएको छ, भारत भियतनामले दाबी गरेको टापुको खनिज खोजीको बहानामा साउथ चाइना सीसम्म सक्रिय छ। सभ्यताको गौरवशाली इतिहास र सुमधुर सम्बन्ध र द्वन्द्वबीच महाशक्ति बन्ने होडमा रहेका दुवै देशमा विवाद चर्कन सक्ने चिन्ता उत्तिकै छ। सीमा विवादले युद्ध लडिसकेका दुवै देशबीच न सहज सम्बन्धको सम्भावना छ न त असहज सम्बन्धको बोझ बोकिरहने अवस्था छ। भारतमार्फत् अमेरिकाले आफूमाथि दबाब सृजना गर्ने परिस्थितितर्फ चीन सतर्क छ। भारत पाकिस्तान र अन्य दक्षिण एसियाली देशमार्फत् चीनले आफूमाथि दबाब बढाउनेमा शंकित छ। दुवैका पछिल्लो रणनीतिक चालले चीनको दक्षिण एसियाका साना देशमा चासो बढ्न पुग्दा भारत चीनका छिमेकीहरूसँग हिमचिम बढाउँदैछ। एकले अर्कामाथि जत्तिसुकै दबाब सृजना गरे पनि दुवै देशमाथि कुनै न कुनै बिन्दुमा सहमति अनिवार्य छ। सीमालगायत्का विवाद थाँती राखेर भए पनि आर्थिक सवालमा सहमति बनाएर व्यापार सम्बन्ध विस्तारमा लाग्नु सहमतिको उदाहरण हो।
भारत र चीनलाई विवाद चर्किएर जोखिम बढे राजनीतिक सहमतिको बिन्दु पहिल्याउनुपर्ने वाध्यता छँदैछ। अमेरिकासँग कसिलो साँठगाँठ रहेका जापान र दक्षिण कोरिया जस्ता एसियाका भू-राजनीतिक र आर्थिक महŒव बोकेका देशहरूसँग चीनको सहज सम्बन्ध तत्काल सम्भव छैन। न त अतिवादी समूहहरू हावी रहेको पाकिस्तानको साथले चीनलाई दीर्घकालीन राजनीतिक लाभ हासिल हुनसक्छ। उल्टै पाकिस्तानभित्रका अतिवादी समूहसँग आफूभित्रका विखण्डनकारी र आतंककारी समूहको नसा जोडिएको निर्क्यौल चीनले गरिसकेको छ। चीनभित्रको उगाइरो 'अतिवादी' समूहले पाकिस्तानभित्र आश्रय पाइरहेकोतर्फ चिनियाँ अधिकारीहरूले ध्यानाकर्षण गराउँदै आएका छन्। चीनको सार्वभौमसत्तालाई चुनौती दिने उग्रवादी समूहको खतरा सामना गर्न भारत नै चीनको नजिकको मित्रशक्ति बन्ने अवस्था छ। भारतले पनि पाकिस्तानी अतिवादीबाट सधँै खतरा देख्छ। विगतमा अमेरिकाले पाकिस्तानलाई काखी च्यापेर आफूविरुद्ध बढेको आतंकवाद नियन्त्रणमा पर्याप्त दबाब सृजना नगरेको ठम्याई भारतीयहरूको देखिन्छ। ओठेबोलीले ठीक पारे पनि भारतमाथि पाकिस्तानमा आधार बनाएर बसेका समूहको आतंकवादी हमलाविरुद्ध अमेरिकाले चाल्न सक्ने दबाबमूलक कदम नचालेकै हो। न त अमेरिका भारतमाथि खतरा बनेका आतंकवादी समूहविरुद्ध पाकिस्तानलाई बाध्यकारी अवस्थामा पुर्याउन गम्भीर भएर लाग्यो। पाकिस्तानको सवालमा अमेरिका भारतका लागि भरोसायोग्य शक्ति होइन। अहिले सम्बन्धमा चिसोपन आएर केही फरक अवस्था आए पनि अमेरिकाको पाकिस्तानसँग चिसिएको सम्बन्ध कुनै पनि बेला सुधार हुन सक्ने सम्भावना कायमै छ। पाकिस्तानले बन्द गरेको अफगानिस्तानसँगको सीमाद्वार अमेरिकी सैनिक बन्दोबस्ती ढुवानीका लागि खोलिसक्यो। विन लादेन लुकाएर उसैलाई खोज्ने नाममा अर्बौं डलरको सैन्य सहयोग लिएको आरोप पाकिस्तानमाथि छ। अरु कुनै शीर्षकमा अमेरिकाबाट सहयोग सुरु भएपछि पाकिस्तान अमेरिकासँग पुनः नजिक पुग्ने सम्भावना छँदैछ। यस अर्थमा पाकिस्तानबाट चीन विश्वस्त हुने भरपर्दो आधार छैन। अर्कोतर्फ परम्परागत प्रतिष्पर्धी शक्ति जापानसँग चीनको तनाव बढेको बढ्यै छ। तीन देशले दाबी गरेका साउथ चाइना सीको टापुमा चीन र जापानले सैन्य शक्ति केन्द्रित गर्दै लगेका छन्। टापुहरू नजिकैको समुन्द्रमा चिनियाँ युद्धपोत जहाज पुगिसके। छेउछाउकासँग तनाव बढिरहँदा महादेशभित्रका अन्य शक्तिराष्ट्रका तुलनामा एसियाभित्र चीनका लागि भारत जत्तिको नजिकको मित्रशक्ति अरु हुने अवस्था छैन। भारतभित्र सहमति र सहकार्यका लागि 'भाइ भाइ' पुकार्ने गरिन्छ। 'भारत-चीन भाइ भाइ' को वाक्य उच्चाहरण गर्नेहरूसमेत छन्। यसलाई व्यवहारमै उतार्न सके दक्षिण एसियाले लाभ हासिल गर्न सक्थ्यो। देशभित्रको चर्को आन्तरिक द्वन्द्वले बढाएको अस्थिरता काबुमा आएर विकासको गति बढ्थ्यो। भारत चीनबीचको सम्बन्ध एसियाको भविष्य निर्धारणको प्रमुख आधार बनिसकेको छ। महाशक्ति बन्ने महŒवाकांक्षा भिडेरभन्दा मिलेरै सम्भव छ।