सम्भव छैन पुनःस्थापना
२७ भदौ २०६९
•
११ मिनेट पाठ
सम्भव छैन पुनःस्थापना
प्रमुख चार शक्तिबीच तीन महिनादेखि टुटेको सम्वादको तार जोडिएपछि त्यसले उत्पन्न गरेका राग फेरि सुनिन थालेका छन्। 'आजको बैठक सकारात्मक भयो र फेरि बस्ने सहमति भएको छ' भन्नेबाहेक अहिलेसम्म कुनै शुभसमाचार सुन्न नपाए पनि निराश भएका मानिसका बीचमा सम्वादको निरन्तरताले मात्रै पनि आशाको सञ्चार गरेको छ।
तर, आजको विन्दुसम्म आइपुग्दासमेत कुनै दल आफ्नो पूर्व अडानबाट एक इन्च पनि पछाडि हटेको देखिँदैन। संकटकाल लगाएर छ महिना म्याद थप्ने सहज बाटो लत्याएर मृत्युवरण गराइएको संविधान सभाकै पुनर्जीवनका लागि माओवादीले जोड दिएको छ र अरु दलहरु 'हुन्छ' र 'हुँदैन' भन्दै त्यसैको वरिपरि घुमिरहेका छन्। तर, हिजो संविधान सभामा देखिएका ककस नामधारी समूहरुका ताण्डव, पार्टी-पार्टीभित्रै देखिएका गलफत्ती र संविधान सभालाई निस्प्राण बनाउन विभिन्न शक्तिकेन्द्रबाट गरिएका चलखेलप्रति आँखा चिम्लिएको छ। के संविधान सभा पुनर्जीवित हुनासाथ संविधान बन्ने ग्यारेन्टी हुन्छ? अन्तरर्वस्तुमा अन्तरविरोध कायम रहेको बेला यस प्रश्नमा ध्यान नदिईकन संविधान सभा पुनःस्थापनाको रटान लगाउनु वस्तुतः प्रतिगमन नै सावित हुन्छ।

दलबीच विगतमा पनि मोटामोटी सहमति नभएको होइन। जेठ २ गते प्रमुख चार शक्तिबीच भएको सहमतिले मुलुकलाई निकासको बाटो देखाएको थियो। तर, त्यसलाई एकाएक कसले बिथोल्यो र किन बिथोलियो? फेरि मुलुक त्यही सहमतिमा पुग्न सक्छ कि सक्दैन? यस प्रश्नको निर्क्यौल नगरी पुनःस्थापना वा निर्वाचन जे भए पनि मुलुकले निकास पाउन सक्दैन। जेठ २ गते सहमति भएपछि देखापरेको आशामाथि सबभन्दा ठूलो दलका अध्यक्ष पुष्पकमल दाहालले तातो पानी खन्याइदिनुभयो- 'म घेराबन्दीमा परेँ, सडकमा उत्रिनूस्' भन्दै जातिवादी अगुवाहरुलाई उकासेर। त्यहाँबाट बल्भि्कएको समस्याले संविधान सभा निलिसक्दा पनि सुल्झिने कुनै छाँट देखाएको छैन।

यदि शासकीय स्वरुप, संघीय एकाई जस्ता विवादित मुद्दामा सहमति भयो भने पनि त्यही आधारमा आफ्नो वास्तविक आयुभन्दा दोब्बर बाँचेर सकिएको संविधान सभा पुनर्जीवित गर्न सकिन्छ? तोकिएका कुनै पनि काम पूर्व सहमतिअनुसार नगर्ने र आफ्नो सुविधाअनुरुप नियम, कानुन र सहमतिहरु मात्र होइन, संविधानसमेत परिवर्तन गर्न पछि नपर्ने राजनीतिक नेतृत्वका बीचमा 'राजनीतिक सहमति भएमा भइहाल्छ नि †' भन्ने मानसिकता देखिन्छ। निर्वाचनका लागि उत्पन्न संवैधानिक जटिलता, ६ सय १ कै जम्बो सदस्य संख्या, चार वर्षको कहालीलाग्दो अवधि र उग्र बन्दै गइरहेको जातीय समस्यालाई आधारका रुपमा देखाएर फेरि यही र यस्तै निर्वाचन गर्नुभन्दा त पुनःस्थापना गरेर सजिलै संविधान जारी गरे भइहाल्छ नि भन्ने मनोविज्ञान आममानिसमा पनि नभएको होइन। र, त्यो कसरी हुन्छ भन्ने प्रश्न गर्दा मानिसहरु सजिलै अघिल्लो प्रतिनिधि सभा पुनःस्थापनाको नजिर अगाडि सार्छन्।
सर्सर्ती हेर्दा यी सबै कुरालाई सिधै अस्वीकार गर्न पनि गाह्रो छ। तर, अघिल्लो प्रतिनिधि सभा पुनःस्थापना र अहिले चर्चामा रहेको संविधान सभा पुनःस्थापनाको मुद्दा रुप र सार दुवैरुपमा भिन्न छन्। राजनीतिक व्यवस्था परिवर्तन हुँदा त्यसलाई कुनै कानुन वा संविधानको दफा-उपदफाले बाँध्न सक्दैन। अर्थात् के पनि भन्ने गरिन्छ भने आन्दोलनमार्फत् हुने परिवर्तन भाषा हो भने त्यसलाई व्यवस्थित गर्न बनाइने संविधान, नियम वा कानुनहरु व्याकरण हुन्। अर्थात् भाषा पहिला बन्छ र व्याकरणले त्यसलाई व्यवस्थित बनाउनका लागि नियमहरु प्रतिपादन गर्छ। र, पछि भाषाको अनुशासन उल्लंघन हुन जाँदा त्यही व्याकरणका आधारमा निराकरण खोजिन्छ। के त्यसो भए नेपालमा गत जेठ १४ गते अघिल्लो २०६२/६३ को जनआन्दोलन जस्तै कुनै आन्दोलन भएको थियो? अथवा अघिल्लो प्रतिनिधि सभा असमयमै विघटन भए जस्तै संविधान सभा आफ्नो कार्यकाल पूरा गर्न नपाउँदै समाप्त भएको थियो? त्यतिबेला प्रतिनिधि सभा त अन्तरिम शासन प्रबन्धका लागि राजनीतिक आन्दोलनको निकासस्वरुप पुनर्जीवित भएको थियो। तर, अहिले त हामी अन्तरिम संविधान बनाउँदै छैनौँ, पूर्ण संविधान निर्माण गर्दैछौँ। यस्तो अवस्थामा जनादेश समाप्त भएर स्वाभाविक मृत्युवरण गरिसकेको संविधान सभालाई एक-डेढ सय नेताको समझदारीमा पुनर्जीवित गर्दैमा त्यसले जनताबाट वैधानिकता पाएको मान्न सकिएला?

लोकतन्त्रको सबभन्दा राम्रो सौन्दर्यका रुपमा विधिको शासनलाई लिने गरिन्छ। सर्वोच्च अदालतले संविधान सभाको म्यादबारे पटक-पटक सोचविचार गरी निर्णय गरेको छ। हठात् होइन, संविधान बनाउन नसके पनि अबचाहिँ संविधान सभाको म्याद थपिँदैन भनेर उसले साढे पाँच महिना पहिला नै फैसला गरिसकेको थियो। यति गर्दागर्दै पनि राजनीतिक दलहरुले त्यसलाई गम्भीरतापूर्वक लिएनन्। जेठ १४ आउना पाँच दिन बाँकी रहँदा माओवादीको नेतृत्वमा एमालेका मन्त्रीहरुको समर्थनसहित कांग्रेसका प्रतिनिधिले म्याद थपको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएरै छाडे। अदालतले त्यसलाई आफूविरुद्धको अपमानका रुपमा बुझ्यो र तत्कालै म्याद नथप्न अन्तरिम आदेश जारी गर्योद। त्यसैले संविधान सभा पुनःस्थापना भयो भने त्यसको पुनःस्थापनाको घोषणा र त्यसका विरुद्ध सर्वोच्चमा मुद्दा करिब-करिब साथसाथ हुने निश्चित छ। यस्तो अवस्थामा सर्वोच्च अदालतबाट के फैसला होला- हामी त्यति पनि कल्पना गर्न सक्दैनौँ ? जानाजान संविधान र सर्वोच्च अदालतको फैसलाविरुद्ध काम गरेपछि त्यसलाई अदालतले रोक्छ भन्ने सबैलाई थाहा छ। राजनीतिक र न्यायपालिकाबीच द्वन्द्व बढ्दै जाँदा कस्तो परिणाम हुन्छ भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन, निकट मित्रराष्ट्र पाकिस्तान हेर्दा हुन्छ। युसुफ राजा गिलानीले सर्वोच्च अदालतको आदेश पालना नगर्दा अदालतबाट 'उनी पदमा छैनन्' भन्ने घोषणा भयो। संसदीय प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री राजा युसुफ परबेज असरफले पनि आफूलाई नियुक्त गर्ने राष्ट्रपति आसिफ अलि जर्दारीको विदेशमा रहेका भनिएको खाताको छानबिन गर्ने सम्भावना कमै छ र उनले त्यसो गरेमा गिलानीकै बाटो पछ्याउनुपर्ने निश्चित छ। पक्कै पनि यसबाट पाकिस्तानमा रानजीतिक अस्थिरता देखापरेको छ र राजनीतिमा फेरि सेनाको पुनरागमन चर्चा पनि भइरहेको छ। तर, अदालतले भनेको छ- अदालतको काम राजनीति हेर्ने होइन, राजनीति (कार्यपालिका र व्यवस्थापिका) ले निर्माण गरेको कानुन हेर्ने हो।
नेपालमा पनि त्यही नियति नहोला भन्न सकिन्न। चार दलका मुख्य-मुख्य नेता बसेर संविधान पुनःस्थपनाको घोषणा गर्दैमा अदालतले त्यसलाई वैधानिक मान्छ भन्ने छैन। हो, अदालतले पनि राजनीतिक परिवर्तनलाई स्वीकार गर्छ, गर्नुपर्छ। तर, राजनीतिक परिवर्तनपछि बेला-बेलामा नेतृत्वको अयोग्यताका कारण गरिने 'राजनीतिक निर्णय' उसका लागि बाध्यकारी हु"दैनन्।

फेरि पनि सहमतिका आधारमा निकास निकाल्नुको विकल्प छैन। तर, त्यस्तो सहमति प्रतिगामी होइन, अग्रगामी हुनुपर्छ। छिटो संविधान होइन, समस्या समाधान गर्ने संविधान चाहिएको छ। त्यस्तो संविधान पछाडि फर्केर होइन, अगाडि हेरेर बनाउनुपर्छ। २०६४ सालभन्दा अहिले जनता धेरै सचेत भएका छन् र उनीहरुले निर्वाचनमा भाग लिएको पनि पाँच वर्ष पुग्न लागेको छ। यस्तो बेलामा सहमतिका आधारमा नयाँ निर्वाचनमा जाने र त्यहाँबाट निर्वाचित प्रतिनिधिहरुले संविधान बनाउने बाटो नै सबभन्दा अग्रगामी हुन्छ।

 
अर्को समाचार
'एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा संसद् पुनःस्थापना गरिएको भन्ने सुनिन्छ'
०६ चैत्र २०७७
•
१ मिनेट पाठ
'एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा संसद् पुनःस्थापना गरिएको भन्ने सुनिन्छ'
फाइल तस्बिर।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले भारतको स्वार्थ र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिएकाे बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद् सुवालले कालापानी लगायतका भूमिमा नेपालले कहिल्यै दाबी नगर्ने र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना भएको भन्ने अनुमान गरिएको बताए।

‘कालापाली, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालले कहिले दाबी नउठाउने र एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिन्छ। नेपालमा अब भारत अनुकूलको सरकार हुने नि बताइयो,’ उनले भने, ‘यस्तो देशघाती काम नेपाली जनतालाई स्वीकार हुने छैन।’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिँदा देश अस्थिरतातिर जाने आफ्नो पार्टीका धारणा रहेको समेत बताएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस