टेकुमा बन्द रहेको ‘फोहोरबाट ऊर्जा’ परियोजना पुनःस्थापना
१० मंसिर २०८३
•
३ मिनेट पाठ
टेकुमा बन्द रहेको ‘फोहोरबाट ऊर्जा’ परियोजना पुनःस्थापना
काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा टेकुस्थित बन्द अवस्थामा रहेको फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना गरी परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको छ।




युरोपेली संघको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको उक्त परियोजना बन्द अवस्थामा थियो। महानगरपालिका र केन्द्रबीच गत साउन १८ गते भएको समझदारीअनुसार पुनर्निर्माण सम्पन्न गरी आज परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोरबाट ऊर्जा परियोजना सहरी फोहोर व्यवस्थापनलाई ऊर्जासँग जोड्ने, स्थानीय स्रोतको सदुपयोग गर्ने, नागरिकलाई स्वच्छ तथा किफायती ऊर्जा उपलब्ध गराउने र स्वच्छ वातावरणमा बस्न पाउने अधिकार सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए।

नेपालले हरेक वर्ष एलपी ग्यासलगायत पेट्रोलियम पदार्थ आयातमा ठूलो रकम खर्च गरिरहेको अवस्थामा देशभित्र उपलब्ध जैविक स्रोतबाट ऊर्जा उत्पादन गर्नु आर्थिक, वातावरणीय र ऊर्जा सुरक्षाका दृष्टिले महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

ऊर्जा विकासको सोच जलविद्युत् उत्पादनमा मात्रै सीमित नराखी सौर्य ऊर्जा, बायोग्यास, फोहोरबाट ऊर्जा तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास र उपयोगमा पनि जोड दिनुपर्ने मन्त्री श्रेष्ठले बताए।

ऊर्जा मिश्रण विविधीकरण गरी स्थानीय स्तरमा उपलब्ध स्रोतको उपयोग गर्न सके दिगो र भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्न सकिने उनले उल्लेख गरे।

मन्त्री श्रेष्ठले नियुक्त भएदेखि नै बन्द अवस्थामा रहेको टेकुस्थित उक्त परियोजना पुनः सञ्चालनमा ल्याई नमुना परियोजनाका रूपमा दिगो सञ्चालन गर्न चासो व्यक्त गर्दै केन्द्रलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिएका थिए।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले परियोजनाको काम निर्धारित समयमै सम्पन्न भएकामा खुसी व्यक्त गरिन्। आगामी दिनमा पनि महानगरपालिका र केन्द्रबीच यस्ता परियोजनामा सहकार्य जारी राख्न महानगरपालिका इच्छुक रहेको उनले बताइन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजना निर्धारित समयमै सम्पन्न गरी हस्तान्तरण गरिएको बताउँदै सहयोग गर्ने महानगरपालिका, विश्व बैंक तथा प्लान्टको आपूर्तिकर्ता एवं जडानकर्ता कम्पनी जेवन वेस्ट म्यानेजर प्रालिलगायत सरोकारवाला निकायलाई धन्यवाद दिए। आगामी दिनमा पनि यस्ता आयोजनामा केन्द्र र महानगरपालिकाबीच सहकार्यलाई निरन्तरता दिइने उनले बताए।

सन् २०१४ देखि विश्व बैंकको सहयोगमा सञ्चालन भएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम-विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना तथा ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग गर्न थालिएको थियो। हाल उक्त कार्यक्रम विश्व बैंकको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ।

कार्यक्रमअन्तर्गत सातवटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भएका छन् भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई सहयोग उपलब्ध गराइएको छ।

केन्द्रले देशभर नगर फोहोरबाट ऊर्जा परियोजना तथा व्यावसायिक क्षेत्रमा बायोग्यास उत्पादनको सम्भाव्यता अध्ययन गरेको छ। साथै, ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव हरित जलवायु कोषमा पेस गरी स्वीकृतिको प्रक्रियामा रहेको छ। पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जामा आधारित कार्बन परियोजना विकासको काम पनि केन्द्रले अघि बढाएको छ।

फोहोरबाट ऊर्जा प्लान्टको विकासले सहरी क्षेत्रमा प्रमुख समस्याका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस