अलग कित्ता
२५ भदौ २०६९
•
१२ मिनेट पाठ
अलग कित्ता
गएको साता अमेरिकाले नेपालको सत्तारुढ पार्टीलाई 'आतंककारी'को सूचीबाट हटायो। यस समाचारलाई नेपाल र विदेशमा पनि निकै महŒव दिइयो। अर्को समाचारअनुसार हत्याका एक जना अभियुक्तले प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा आफू दिल्लीमा लुकेर बसेको बयान अदालतमा दिएका छन्। यो समाचार त्यसै हरायो।




पहिलो समाचारलाई सञ्चार माध्यमले महŒव र प्राथमिकता दिनु स्वाभाविकै हो। संसारकै शक्तिशाली मुलुक भनिएको संयुक्त राज्य अमेरिकाले नेकपा (माओवादी)लाई (एनेकपा (माओवादी) नै हो है!) आतंककारीको सूचीबाट जो हटायो। नेपाली जनताले संविधान सभाको चुनावमा सबैभन्दा धेरै स्थानमा जिताउँदा पनि माओवादीलाई 'चोख्याउन' हिच्किचाएको अमेरिकालाई बल्ल साइत जुरेछ। राम्रै भयो, कम्तीमा अब 'आतंककारीले शासन गरेको मुलुक' को कलंकबाट त मुक्ति पाइयो। हुन त, यसले नेपाली जनतालाई केही फरक पर्दैन। माओवादीकै पनि तल्ला तहका कार्यकर्तालाई यो निर्णय कागलाई बेल पाकेजस्तै हो। ठूला नेतालाई शायद फरक पर्ला। र त माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले 'निर्णयले माओवादी र अमेरिका सरकारबीच सहयोगको ढोका खोलेको' र 'अमेरिका र माओवादीबीचको सम्बन्ध सुदृढ हुने' टिप्पणी गरेका होलान्। त्यसो त, नारायणकाजीहरूलाई कहिले पो फरक परेको थियो र?
माओवादी र अमेरिकी सम्बन्ध नराम्रोचाहिँ थिएन। विशेषगरी जेम्स एफ मोरियार्टी फर्काइएपछि अमेरिकीहरू माओवादीलाई रिझाउन लागेका थिए। युरोपेली त झन् माओवादीका प्रशंसकै छन्। बेलायतलगायत् देशको सहयोगमा सञ्चालित थुप्रै परियोजनाबाट माओवादीलाई घुमाएर पैसा दिने गरिएकै हो। माओवादी शान्ति प्रक्रियामा आएपछि मागेजति पैसा दिन नपाउँदा युरोपेली कूटनीतिज्ञहरु बेलाबखत बिच्केका थिए। एकपटक लोकतान्त्रिक गैरसरकारी संस्थाहरूको महासंघ (फेडेन)का प्रतिनिधिहरूसँग एउटा स्क्यान्डिनेभियाली मुलुकका राजदूतले तत्कालीन अर्थमन्त्री रामशरण महतले 'माओवादीले मागे जति पैसा खुरुखुरु दिन नमानेको' मा असन्तुष्टि प्रकट गरेका थिए। अनौपचारिक कुराकानीमा उनले व्यक्त गरेको त्यो 'असन्तुष्टि' युरोपेली मानसिकताको प्रतिनिधि अभिव्यक्ति हो। शीतयुद्धकालमा हुर्केका युरोपेली बुद्धिजीवीका लागि कम्युनिज्म शायद रोमाञ्चक आकर्षण बनेको थियो। लोकतन्त्र त उनीहरूले जन्मँदैमा पाएका थिए। हावा, पानी, घामजस्तै 'महŒवहीन' हो पश्चिमाहरूका लागि लोकतन्त्र र विधिको शासन। पछिल्ला दिनमा 'नाजीवाद' प्रति पनि युरोपमा आकर्षण बढ्दो छ।
अमेरिकाकै पनि संस्थापनसँग माओवादीको सम्बन्ध 'हार्दिक' थियो रे। उपाध्यक्ष श्रेष्ठका अनुसार आतंककारीको पगरीले 'कूटनीतिक वृत्त' मा मात्र असजिलो भएकोे थियो। सन् २००३ मा आतंककारीको सूचीमा राखिएका माओवादीको 'अमेरिकी अधिकारीहरू' सँग रहेको 'हार्दिक' सम्बन्ध सम्भवतः सीआईएसँगै हुनुपर्छ। कारण, संसारका सबैजसो कम्युनिस्ट आन्दोलनमा सीआईएको सम्बन्ध, संलग्नता र सक्रियता रहेको मानिन्छ। नेपालीजस्तो सहज समाजमा सीआईएको सञ्जाल पक्कै छ। माओवादी भारतीय गुप्तचर 'रअ' प्रति निष्ठावान भए पनि सीआईएको पहुँचबाट टाढा छैनन् नै होला। 'रअ' सँग माओवादीको निकट सम्बन्ध अब रहस्य रहेन। अमेरिकी विदेश विभागले माओवादी 'अहिले अमेरिकी नागरिक र अमेरिकी विदेश नीतिको सुरक्षाका लागि खतरा नभएकाले आतंककारी गतिविधिमा संलग्न नरहेको' घोषणा गरेको छ। अमेरिकाको संस्थापन पक्षलाई लाग्यो भने जो पनि जुन बेला पनि आतंककारी हुन पुग्छ। प्राकृतिक न्याय, कूटनीतिक मर्यादा, मानवीय कानुन वा अरू कुनै नैतिक भौतिक बन्धनले अमेरिकालाई छेक्दैन।
शक्तिशालीका लागि न्याय र नैतिकताको अर्थ सार्वभौम हुँदैन। अमेरिकाले जे मान्यो, अझ सीआईएले जे ठान्यो, त्यही सत्य! इराक र अफगानिस्तान यसका पछिल्ला उदाहरण हुन्। इराकमा लडाइँ गर्न अमेरिकी जनमत तयार थिएन। आक्रमण गरिहाल्नुपर्ने कारण पनि थिएन। 'फ्याउरो र पाठाको कथा' सम्झाउने गरी 'आणविक हतियारको भण्डार' भएको निहुँ झिकियो। त्यति ठूलो विध्वंशपछि थाहा भयो- त्यो त निहुँमात्र रहेछ। यसैले अमेरिकाले औपचारिकरूपमा आतंककारी भन्नु वा नभन्नुको पनि कुनै अर्थ हुँदो रहेनछ। ( हो! माओवादी नेता आफ्नै खर्चमा पनि अमेरिका घुम्ने हैसियत राख्छन्। उनीहरूको पार्टी त झन् 'संसारकै धनी' भनेको हो क्यारे! अहिले मोहन वैद्यले अंशमा कति पाए? लिनु/दिनु के भयो? त्यो स्रोत खोल्न नमिलेजस्तै सार्वजनिकरूपमा बताउन पनि मिल्दैन होला! नागरिकको सूचना अधिकारमा पार्ने आँट त झन् कसरी गरिएला र? आईभीपीमा अब माओवादी अनुहार अलि धेरै देखिएलान् कि?) यो माओवादी नेताका लागि अमेरिकी संस्थापनासँग नजिकिने राम्रो मौका हुनसक्छ। संसारका धेरै सर्वसत्तावादी शासक अमेरिकी सहयोगमै टिकेका थिए । कम्बोडियाको खमेर रुजलाई समेत अमेरिकी सहयोग र समर्थन थियो। त्यति बेलाको अमेरिकी शासनका प्रमुख पात्रमध्येका हेनरी किसिंगरले आफ्नो पुस्तक 'अन चाइना' मा यसको विस्तारमा वर्णन गरेका छन्।
भारतीय गुप्तचर संस्था 'रअ' का पूर्व कर्मचारी बी रमनले भने माओवादीले 'पश्चिमी स्वार्थ पूरा' गर्ने गरेको गुनासो गरेका छन्। चल्लाले गुँढ छाड्ला भनेर पो चिन्ता बढेको हो कि? सिन्ह्वाले समाचार विश्लेषण भनेर अग्नि सापकोटाको भनाइ प्रचार गरेको छ। सिन्ह्वामा चीन सरकारको गन्ध आउँछ। (शीतयुद्धको पछिल्ला दिनमा यस्तै हुन्थ्यो। अमेरिका र चीनको एउटा धुरी थियो भने भारत र रुस एकातिर हुन्थे। भारतले अफगानिस्तानमा रुसी आक्रमणको समेत विरोध गरेन। बंगलादेशको स्वतन्त्रता आन्दोलनको चीन र अमेरिकाले चर्को विरोध गरे। )
अर्को समाचारचाहिँ अलि बेग्लै छ। त्यसैले नेपाली सञ्चार माध्यममा खासै ठाउँ नपाएको हुनसक्छ। वरिष्ठ पत्रकार युवराज घिमिरेका नाममा इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा शनिबार प्रकाशित समाचारअनुसार, ओखलढुंगाका माओवादी नेता नवराज बस्नेतले गएको बुधबार जिल्ला अदालतमा दिएको बयानमा आफू बाबुराम भट्टराईको निर्देशनमा दिल्लीमा लुकेर बसेको बताएका छन्। बस्नेतका अनुसार शान्ति प्रक्रियामा आइसकेपछि गोपाल किराँती र बालकृष्ण ढुंगेलले छवि कार्कीलाई मार्न भनेका थिए। बस्नेतलाई प्रहरीले हत्याको अभियोगमा खोजतलास गरिरहेको थियो। प्रचलित कानुनअनुसार हत्याका अभियुक्तलाई भगाउन वा थाहा भएर पनि लुकाउने व्यक्तिमाथि अपराधीको मतियारका रूपमा फौजदारी अभियोग लाग्छ। हुन त, नवराज बस्नेतकै बयानका भरमा गोपाल किराँती वा बाबुराम भट्टराईलाई अपराधीको मतियार भनिहाल्न नमिल्ला तर नेपालको कानुनअनुसार ज्यान मुद्दामा तानिएपछि अदालतसम्म त पुग्नैपर्छ क्यारे! (यस्ता 'बुर्जुवा' कानुनमा क्रान्तिकारीहरूको विश्वास नहुनुचाहिँ बेग्लै हो।)
यो कानुनको शासनको उपहास भए पनि प्रमुख विपक्षी भनिएको नेपाली कांग्रेसलगायत् राजनीतिक दलहरूलाई भने यसमा चासो देखिएन। उधारो प्रधानमन्त्री हुनैमा उनीहरू रल्लिइरहेका छन्। नागरिक समाजका नाममा बेलाबखत तमासा देखाउनेले यस्ता विषयमा खासै चासो राख्दैनन्। नेपाल बार एसोसियसन वा यस्तै अरू संस्था छन्। तर, ती किन छन् भन्ने शायद तिनकै पदाधिकारीलाई समेत थाहा छैन। यसरी पनि मुलुक नचल्ने त हैन तर लोकतन्त्रचाहिँ बाँच्न सत्तै्कन। नेपालीलाई लोकतन्त्र नचाहिएकै हो भने त्यही बाटो लागे हुन्छ। 'मिलीजुली बसौँ, बाँडीचुँडी खाऔँ' भन्ने पञ्चायती नारा दोहोर्‍याए हुन्छ। एउटा मियो अर्थात् सक्रिय नेतृत्व दिने अधिनायक चाहिने न हो। राजा नभएर के भयो र जसलाई खडा गरे पनि हुन्छ। नेपाली सेनालगायत् संस्थापनले सामन्ती चरित्र र अभ्यासलाई निरन्तरता दिएकै छन्। अब पनि त्यसमा सहयोग गरी जो हाल्छन्। हैन! लोकतन्त्र त चाहिने हो भने सधैँचाहिँ यसरी चल्दैन। अपराधी र शासकको कित्ता एउटै हुन सत्तै्कन।
अर्को समाचार
दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु
२५ असार २०७८
•
३ मिनेट पाठ
दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु
जिल्ला प्रशासन कार्यालय खोटाङले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति (अधिग्रहण)को काम थालेको छ।  




खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा बन्ने आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गामध्ये खोटाङको रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाभित्र पर्ने जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको हो।  

यो आयोजनाबाट डुवानमा पर्ने रावाबेँसी गाउँपालिकाको ५ हजार ३०४ कित्ता र ऐसेलुखर्क गाउँपालिकाको ५२२ कित्ता जग्गा प्राप्तिका लागि प्रशासनले सूचना जारी गरेको छ। समुद्री सतहबाट ६५० मिटर उचाइसम्मका करिब १२ हजार रोपनी व्यक्तिगत र ११–१२ सय रोपनी सरकारी जग्गा, गोठ, टहरा तथा रुखबिरुवा पूर्ण वा आंशिक प्राप्तिको प्रक्रिया थालिएको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए।  

जिल्ला प्रशासन कार्यालयले आयोजना प्रभावित क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको ५८६ कित्ता, रावाबेँसी गाउँपालिका–२ खार्पाको १ हजार ८९ कित्ता, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको १७४ कित्ता, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको २ हजार ३३० कित्ता, रावाबेँसी गाउँपालिका–५ दुबेकोलको ३०४ कित्ता र रावाबेँसी गाउँपालिका–६ हौंचुरको ८२१ कित्ता जग्गा प्राप्तिका लागि सूचना जारी गरेको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ९९ कित्ता, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ८४ कित्ता र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३३९ कित्ता जग्गा पूर्ण वा आंशिक प्राप्तिको प्रक्रिया अघि बढाइएको छ। प्रशासनले जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै असार २३ गतेदेखि ती जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन भनेको छ ।  

सो क्षेत्रको जग्गा रोक्काका लागि प्रशासनले जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिसकेको आयोजनाका उपनिर्देशक प्रखाछेँले बताए । प्राप्ति गरिने जग्गाको कित्ता नम्बर कित्ताकाट भएको वा उक्त कित्ताको जग्गाधनीको नाम फरक पर्न गएमा आफूसँग भएको जग्गाको प्रमाण पेस गरेको खण्डमा सोही बमोजिमको कित्ता जग्गा यकिन हुने प्रशासनले जनाएको छ।  

आयोजनाका लागि जग्गा रोक्का गरिएसँगै प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मूल्यांकन समितिले जग्गा अधिग्रहणका लागि मूल्यांकन गर्ने, मूल्य निर्धारण गर्ने र मुआव्जा वितरणको काम गर्ने छ। आयोजनाबाट प्रभावित हुने ओखलढुंगाको चिसंखुगढी गाउँपालिका र सोलुखुम्बुभित्रका जग्गा प्राप्तिको काम पनि क्रमशः हुने जनाइएको छ ।  

यो आयोजनाको बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ वर्गमिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ वर्गमिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घरधुरी डुवानमा पर्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ।  

पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरूपमा डुवानमा पर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाका लागि ड्याम बनाउदा दूधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय सिर्जना हुने प्रतिवेदनमा भनिएको छ । इआइए प्रतिवेदनमा तीन जिल्लाका १ हजार १५० घर धुरी डुवानमा पर्ने उल्लेख भए पनि आयोजनाबाट २४–२५ सय घरधुरी प्रभावित हुने देखिएको आयोजनाले जनाएको छ।  

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने योजना छ। भ्याटसहित करिब २.२ बिलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ । सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाका रूपमा पहिचान गरेको तथा २०१३ सालमा जाइकाले नै दोस्रोपटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस