काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत् आयोजना(४५६ मेगावाट)को शेयर शुक्रबार बाँडफाँट गरिएको छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्तामध्ये ५० कित्ता शेयर आवेदन गर्ने सञ्चयकर्तालाई शत प्रतिशत(५० कित्ता नै) शेयर परेको छ भने अधिकतम ५ हजार कित्ता शेयर आवेदन गर्ने सञ्चयकर्ता आवेदकलाई २ सय ९३ कित्तासम्म शेयर परेको निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ।
लगानीकोषका अनुसार सञ्चयकर्ताका लागि कुल १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता शेयर छुट्टयाइएको थियो। कुल १ लाख ९१ हजार ९ सय ५९ जना सञ्चयकर्ताले शेयर प्राप्त गरेका छन्। ।
आयोजनामा ऋण लगानी गर्ने सञ्चयकोषका ४ सय ८० जना कर्मचारीका लागि कुल १५ लाख २४ हजार नौं सय ६० कित्ता शेयर वितरण गरिएको छ । अर्को ऋण लगानीकर्ता नेपाल टेलिकमका ५ हजार ५ सय ५० कर्मचारीलाई ९ लाख १४ हजार ९ सय ७६ कित्ता शेयर वितरण गरिएको छ।

त्यस्तै, ऋण लगानीकर्ता नागरिक लगानी कोषका १ सय ७ जना कर्मचारीलाई कुल ३ लाख ४ हजार ९ सय ९२ कित्ता, राष्ट्रिय बीमा संस्थानका १ सय ९१ कर्मचारीलाई ३ लाख ४ हजार ९ सय ९२ कित्ता शेयर वितरण गरिएको छ।
प्रवद्र्धक नेपाल विद्युत प्राधिकरणका कर्मचारी र अप्पर तामाकोशी आयोजनाका कर्मचारीलाई न्यूनतम ५० देखि ४ सय २३ कित्तासम्म शेयर दिइएको छ। यी दुई संस्थाका कर्मचारीका लागि ३२ लाख ५७ हजार ५ सय २३ कित्ता शेयर बाँडिएको छ ।
सबै मिलाएर २ करोड ५४ लाख १६ हजार कित्ता शेयर वितरण भएको जानकारी दिइएको छ।
कम्पनीको शेयर आवेदन गरिएका मध्ये १५ वटा आवेदन मात्रै रद्द भएको निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाकारी दिएको छ।
आयोजनाका स्थानीय प्रभावित दोलखा जिल्लाबासीका लागि छुट्टयाइएको १ करोड ५ लाख ९० हजार कित्ता शेयर पछि विवरण पत्र प्रकाशित गरी वितरण गर्ने निष्काशन तथा बिक्री प्रबन्धकले बताएको छ।
शेयर वितरणका लागि एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड सह– निष्काशक तथा बिक्री प्रबन्धक थियो।